Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026
Tuesday, September 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोवार्डले मलाई यसरी मार्क्सवादी बनाए…

आज हामी मानवता–विरोधी वातावरणले घेरिएका छौं। एकातिर नश्लीय विज्ञान र महिलाविरुद्ध हुने हिंसा स्वीकार गर्ने उग्र दक्षिणपन्थ छ भने अर्कोतिर मानव प्रजातिलाई संवेदना र आकांक्षा नभएको ‘स्वचालित यन्त्र’ ठान्ने सिलिकन भ्याली सक्रीय छ। यसरी मानवतालाई वेवास्ता गर्दै उत्तर–मानवतावादी आन्दोलनले होमो सेपियन्स (मानव प्रजाति)लाई मेसिन र मासुको थुप्रोमा प्रतिस्थापन गर्छ कि भन्ने त्रास व्याप्त छ।

पउल म्यासन पउल म्यासन
पुस २१, २०७७
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मलाई पहिले–पहिले लाग्थ्यो, ठूला भनिने र सम्भ्रान्त व्यक्तिहरूले मात्र पाखण्डपूर्ण (दोहोरो मापदण्डको) जीवन जिउँछन्। तर एकदिन मैले महसुस गरें कि प्रधानमन्त्रीहरू र क्याथोलिक पादरीहरूले यसरी जिइरहेका रहेछन्। त्यो समय सन् १९७३ थियो। र, हामीले हाम्रो शहरका भित्ताहरूमा ‘अन्यायी हिथ, राजिनामा देऊ’ भन्ने नारा देख्न थालेका थियौं। त्यो नाराको अर्थ मैले उतिखेर बुबालाई सोधेको थिएँ।

    अहिले पनि सम्झन्छु। प्रधानमन्त्री टेड हिथले (तत्कालीन बेलायती प्रम एड्‍वार्ड हिथ) सो समय मजदुर युनियनहरूमाथि  आक्रमण भइरहेको र जसको कारण चाँडै नै आम हड्ताल सुरु हुने र आन्दोलनले हिथ सरकारलाई गिराउने छ भनी मलाई बताउनु भएको थियो। उहाँले मलाई हिथ समलिङ्गी हुँदाहुँदै पनि सोबारे समाचारपत्रहरूले समाचार सम्प्रेषण गर्दैनन् भनेर पनि बताउनुभयो।

    सानै उमेरमा बुझिएको वर्ग संघर्ष
    यसरी १३ वर्षकै उमेरमा मैले १९६० को दशकको शान्त राजनीतिलाई कसरी वर्गयुद्धले विस्थापित गर्दैथियो भन्ने ज्ञान प्राप्त गरें। र, ७० को दशकको देखावटी इज्जतदार अनुहारका पछाडि विभिन्न नियमहरूको आडमा सत्ताधारीहरूले गोप्य जीवन ब्यतित गर्दथे। चाँडै नै मेरा बाको भविष्यवाणी सत्य सावित भयो। खानी मजदुरहरूको हड्तालका कारण कोइला अभाव भयो र तत्कालीन सरकारले विद्युत कटौती गर्दै हप्तामा तीन दिनमात्र आपूर्ति गर्ने भयो। म सम्झन्छु मेरा स्कुल जाने साथीहरूलाई चाँडै घर फर्काइन्थ्यो र तिनीहरू निस्पट्ट अँध्यारोमा बजारका तासीहरूबाट सानातिना सामान चोर्दै घर आइपुग्थे।

    तर मलाई लाग्छ यदि वर्गसंघर्षको सुरुवात र क्याथोलिकवाद धोका हो भन्ने खोजी मैले सँगसँगै नबढाएको भए वर्गसंघर्षलेमात्र मभित्र यति ठूलो आमूल प्रभाव ल्याउने थिएन। मेरो विद्यालयमा हामीलाई पढाउने पादरीहरू प्रत्येक दिन हस्तमैथुन र समलैङ्गिकतालाई जुम्ल्याहा सैतानिहरू भन्दै यीविरुद्ध जुलुस निकाल्थे। तर हामी विद्यालय पुग्दा हाम्रा अलि ठूला विद्यार्थी साथीहरू ‘फलानो–फलानो पादरीहरूसँग एक्लै कोठा भित्र नपस्नू नत्र कामुकताको शिकार हुनेछौ,’ भनी सजग गराउँथे। तर चेतवानीलाई बेवास्ता गर्दै कतिपय विद्यार्थीहरू भने भद्र, सालिन र विनयी जिजसका नाममा हुने गरेको अभद्र मानसिक हिंसा सहिरहेका हुन्थे।

    कोवार्डको नाटक ‘दिस ह्याप्पी ब्रिड’काे प्रभाव
    विद्यालयभित्रका आडम्बर र धम्कीहरूको दैनिक अनुभवहरूसहितको राजनीतिक संकटको वातावरणले मलाई दोहोरो मापदण्डमा जिउने मान्छेहरूबारे बुझ्न र जवाफ खोज्न बाध्य बनायो। र, संयोगवस कतिपय जवाफहरू मेरै दिमागमा खात लागेर रहेका थिए (किनभने म १० वर्षको हुँदा मैले नियोल कोवार्डको नाटक ‘दिस ह्याप्पी ब्रिड’ (त्यो खुशहाल नश्ल) मा नयाँ केटाहरूमध्ये एकको भूमिका निभाउने अवसर पाएको थिएँ। त्यस नाटकमा आम हड्ताल, मन्दी र म्युनिख संकटको समयको श्रमजीवी परिवारको चित्रण गरिएको छ।

    त्यस नाटकका केन्द्रीय पात्रहरूमध्ये साम लिडबिट्टर नामको एक कम्युनिष्ट पात्र पनि छ। प्रत्येक रात स्टेजको कुनामा बसेर मैले उसले बोलेका वाक्यहरू (डाइलग) मात्र स्पष्ट र शशक्त पाएँ। मेरो १० वर्षे दिमागले लिडबिट्टरलाई नाटकको पात्र नदेखी वास्तविक ठान्यो। मेरो चेतनाले त्यो लिडबिट्टरले उसले नाटकमा भने जस्तै ‘सभ्यताकै अवहेलना गर्ने पुँजीवादी व्यवस्थाका समवेदनाहीन, सोच्न नसक्ने र दब्बु समर्थकहरूको माझमा’ एक मात्र इमान्दार पात्र भएको देख्यो। त्यसका डाइलगहरू सधैं मसँग रहन गए। यसकारण नियोल कोवार्डले नै चिहानघारीको कुरकुरे वैंशको विद्रोही अवस्थाबाट मलाई बाहिर निकाले। र, मुक्तिको विश्वको सबैभन्दा सुसंगत सिद्धान्तः मार्क्सवादसँग वास्तविक रूपमा आजिवन संलग्न गराए।

    ‘कम्युनिष्ट घोषणापत्र’ 
    त्यसपछि मैले विद्यालयको पुस्तकालयमा रहेको ‘कम्युनिष्ट घोषणापत्र’ पढें। सोही पुस्तकमा यो घोषणापत्र बकवास हो भनी हामीलाई विश्वास दिलाउन ए जे पी टेलरले लेखेको परिचय थियो। त्यो पनि पढें। मैले त्यति पढिसकेपटि एक जना पादरीले मसँग ‘क्याथोलिक सामाजिक शिक्षा’का विषयमा छलफल गर्ने कोसिस गरे। मैले क्याथोलिक(क्रिश्चियन) सामाजिक शिक्षा बकवास हो र भगवानमाथिको विश्वास युक्तिसंगत छैन भन्दै उसँग छलफल अघि बढाइनँ। तर त्यो अवस्थासम्म मेरो मार्क्सवादी ज्ञान किताबी र अति आधारभूत थियो।

    म १५ वर्ष पुगेताका युथ क्लबमा डिस्को नाच्न गएँ। नाच्ने मञ्चको छेवैमा खुंखार देखिने केही आइरिस, काला र इटालीयन केटाहरू थिए। प्राथमिक विद्यालयको पढाइ सकिएपछि त्यस्ता केटाहरूसँग मेरो सम्बन्ध टुटेको थियो। डिस्कोमा एउटा अर्कै गीत बज्न थाल्यो। त्यसपछि स्लेड–ब्याण्डका प्रशंसकहरू नाच्ने मञ्चबाट बाहिरिन थाले। अब भने आगो बल्दा दाउरा चट्किएझैं संगितसँगै एक कालो मानिस रोएझैं गरी गाउन थाल्यो। त्यस पश्चात आर एण्ड बि (रिदम एण्ड ब्लुज) धुन बज्न थाल्यो र हुल्लडबाजजस्ता देखिने सबै केटाहरू कुङ फु, सफलिङ र एक्रोब्याटिक गरेजसरी नाच्न थाले।

    उनिहरू घरि छुट्टिन्थे, घरि ब्याले नृत्यङ्गनाझैं फनफनी घुम्थे। यो सन् १९६० ताकाको प्रख्यात सङ्गित नाट्य नर्दन साउल कल्चर (Northern soul culture) थियो जुन उत्तरी र मध्य इङ्ग्ल्याण्ड निवासीहरूको एक परम्परागत नृत्य थियो। केही क्षणमा नै म त्यसमा सामेल भएँ, झुमें, रमाएँ।

    सबैका दोहोरो जिन्दगी
    त्यस बेलासम्म संस्थापन र पादरीतन्त्रले मात्र होइन, सर्वसाधारणले समेत दोहोरो जिन्दगी बाँच्दा रहेछन् भनेर मैले बुझिसकेको थिएँ। त्यस बखत भूमिगत अपराधी संगठनहरू लागू औषधी बिक्रीका काम गर्दथे। ती औषधिहरू उत्तरी बेलायतका औषधी पसलहरूबाट चोरिएका वा नेदरल्याण्डको एम्सड्रामबाट चोरबाटो हुँदै जहाजमा ओसारिएका हुन्थे। ‘नथरेन साउल कल्चर’मा सामेल हुन बेलुकाको अन्तिम बस समात्नु पर्थ्यो, राती घर बाहिरै बिताउनुपर्थ्यो र घर फिर्न विहान झिसमिसेमा चल्न थाल्ने बस वा रेल ढुकेर बस्नुपर्थ्यो।

    र, त्यतिखेरसम्म म अन्जानमा नै म प्रहरीको खानतलासी र छापाविरुद्ध साथ दिदैं सत्ताविरोधी श्रमजीवी वर्गमा सामेल भइसकेको थिए। हामी हाम्रा जुलुस, प्रदर्शनजस्ता कार्यक्रमहरूमा अश्वेत केटाहरूलाई हार्दिक स्वागत गर्थ्यौं र मेजर लान्स, ज्याकी विल्सनजस्ता अश्वेत संगितकार र गायकहरूको सम्मान गर्दथ्यौं। हुनलाई हामी सेता जातिका श्रमजीवी वर्गका सन्तान थियौं। तर हामीहरू डेट्रोइट र मेम्फिसका आर एण्ड बि (रिदम एण्ड ब्लुज) संगितको प्रसार गर्थ्यौं, र बाँकी विश्व भर्सेलै परोस् भन्थ्यौं।

    यसैकारण राष्ट्रिय मोर्चाले आफ्ना ‘जातिवादी लुटपाट विरोधी प्रदर्शनहरू’ प्रारम्भ गरेका बेला के गर्नपर्छ हामीले  के भन्ने हो भन्नेबारे हामी प्रष्ट थियौं। एकदिनको कुरा हो, म मेरी प्रेमिकाको हात समातेर बाटोमा हिडिरहेको थिएँ। त्यसबेला नाजी–विरोधी लिगको प्रदर्शनलाई रोक्न दङ्गाविरोधी प्रहरीका गाडीहरूको लस्कर हामी छेवैबाट गुज्रियो। मैले त्यही बेला प्रेमिकाका कानमा खुसुक्क भनें, ‘अर्को पटक म पनि यस्तै प्रदर्शनमा सामेल हुनेछु।’

    प्रदर्शनमा पहिलाे पटक
    जुलाई १९७८ मा नाजी विरोधी लिगले म्यान्चेस्टरमा एक विशाल प्रदर्शन गरेको थियो। करीव २५ हजार जनता सहभागी भएको प्रदर्शनीमा म पनि सहभागी थिएँ। त्यो राजनीतिक प्रदर्शन नै मेरा लागि पहिलो थियो। मेरी आमाले बारम्बार यस्ता हुलदङ्गाबाट जोगिन भन्नुभएको थियो। तर म त्यो प्रदर्शनमा एक्लै गएँको थिएँ। त्यस प्रदर्शनीमा एक वामपन्थी पत्रिका बिक्रेतालाई ‘चाहिँदैन धन्यवाद,’ भन्ने बाहेक मैले कसैसँग एक शब्द बोलिन। म जुलुसमा एक्लै हिडें, मैले नारा लगाएँ। त्यसैबेला हुरीले ब्यानर ठड्याइएको गह्रौं डन्डी भाँच्यो र त्यो डण्डी मेरो अनुहारमा बज्रियो। मैले आमालाई ढाँट्न सकिनँ। त्यस घटनापछि म कुनै प्रकारको फासिवादविरोधी अभियानमा लागेको छैन भनेर आमालाई सम्झाउन मलाई हम्मे हम्मे पर्‍यो। यसरी म नास्तिकवाद, आत्मिक संगित र आन्दोलनमा सहभागी हुँदै म राजनीतिमा संलग्न भएँ।

    वामपन्थसँगको राजनीतिक संलग्नता भएको ४० वर्ष पुग्यो। विगतलाई फर्केर हेर्दा १५ वर्षको उमेरमा मेरो मष्तिष्कमा अंकित भएका केही विचारहरू छन्, उदाहरणका लागि शक्तिमा विराजमान व्यक्तिहरूप्रति सम्मानभाव नजाग्नु, राजनीतिक र धार्मिक नेताहरू भ्रष्ट र ढँटुवा हुन्छन् भन्ने प्रगाढ भावना हुनु, आमरूपमा स्वस्फूर्त कामकार्वाहीलाई महत्व दिनु, जातिवादलाई आजीवन घृणा गर्नु आदि। हो, यस्तै विचारहरू धेरै हदसम्म अहिले पनि मेरो मनमा जस्ताको तस्तै रहेका छन्।

    ‘प्रचलित संस्कृति–विरोधी संस्कृति’
    विगतदेखि हालसम्म मेरो मष्तिष्कमा श्रमजीवी वर्गको जीवनमा ‘प्रचलित संस्कृति–विरोधी संस्कृति’ (Counterculture) को महत्व सधैं रहिरह्यो। नर्दन साउल, पङ्क र पछि आएर हिपहप तथा ग्यारेज संस्कृतिलाई मैले राजनीतिक महत्वका ठान्न थालें। रातको समयमा यी र यस्ता कार्यक्रमहरू कानून–नियमहरू तोड्न र जातीय तथा यौनिकताहरूसँग मिसाउनका लागि ज्यादै उपयुक्त स्थलहरू बने।

    म हुर्किएको श्रमजीवी वर्गको संस्कृतिप्रति आशक्त हुने कैयन मानिसहरू पनि वामपन्थमा  यात्रारत छन्। तिनीहरू त्यसै संस्कृतिमा सिमित रहेर यसैलाई सम्झाउने परियोजना निर्माण गर्छन्। तर म यतिमा सिमित हुन सकिन। मेरा लागि वास्तविक श्रमजीवी वर्गको संस्कृति भनेको वियर पिउने सामान्य हैसियत, फुटबल संस्कृति र आत्मसम्मानसहितको लागूऔषध सेवन, संगित सुन्ने, स्थापित धार्मिक वा राजनीतिक मान्यता वा वस्तुहरूमाथि आक्रमण गर्ने र गिरफ्तारीबाट बच्ने ‘प्रचलित संस्कृति–विरोधी संस्कृति’ नै हो। यसले नै मलाई विगतका कुरामा अल्झनबाट जोगायो। यही ‘प्रचलित संस्कृति–विरोधी संस्कृति’लाई महत्व दिने बुझाइले मेरा राजनीतिक प्रतिबद्धताहरूलाई आजको विविधताले भरिपूर्ण, सञ्जालमा आवद्ध र शिक्षित समुदायको राजनीतिक आन्दोलनको युगमा समयानुकुल बनाइरह्यो।

    पछाडि फर्किएर हेर्दा कतिपय प्रगतिशील पादरीले गरेका कामहरू पनि व्यर्थ भएजस्तो लाग्दैन। जस्तै पोप लियो १३ औं ले १५ मे १८९१ मा पुँजी र श्रमका अधिकार र कर्तव्यको एक फेहरिस्त जारी गरेका थिए। त्यो फेहरिस्त ‘रिरम नोभारम’ काम नामले प्रख्यात छ। यसैको आधारमा क्याथोलिक सामाजिक शिक्षा खडा भएको हो। त्यसले वकालत गरेको क्याथोलिक मानवतावादलाई पराजित गर्न मैले मेहनत गरें। आफु १६ वर्षको हुँदा त्यसबेला उपलब्ध साहित्यहरू पढेर आदर्श र नैतिक शर्तहरूसहितको मार्क्सवादी मानवतावादबारे मैले आफ्नो विचार बनाएको थिएँ। त्यही खाले विचार मेरो जीवनभर झन्–झन् सुदृढ बन्दै गयो।

    निरन्तर क्रान्ति
    आज हामी मानवता–विरोधी वातावरणले घेरिएका छौं। एकातिर नश्लीय विज्ञान र महिलाविरुद्ध हुने हिंसा स्वीकार गर्ने उग्र दक्षिणपन्थ छ भने अर्कोतिर मानव प्रजातिलाई संवेदना र आकांक्षा नभएको ‘स्वचालित यन्त्र’ ठान्ने सिलिकन भ्याली सक्रीय छ। यसरी मानवतालाई वेवास्ता गर्दै उत्तर–मानवतावादी आन्दोलनले होमो सेपियन्स (मानव प्रजाति)लाई मेसिन र मासुको थुप्रोमा प्रतिस्थापन गर्छ कि भन्ने त्रास व्याप्त छ।

    तर म त्रस्त छैन। त्रस्त नहुनुमा आमरुपमा ७० को दशकताक मैले आफ्नो विद्यालयको पुस्तकालयमा बसेर निकालेको निष्कर्ष कारक छ। त्यो निष्कर्ष भनेको मानव प्रजातिको विकास उसको कल्पनाशीलता, समूहमा काम गर्नसक्ने गुण र भाषासम्बन्धी ज्ञान भएकै कारणले हो। यही गुणका आधारमा उनीहरूले प्राविधिक परिवर्तन र स्वमुक्तिद्वारा आफूलाई स्वतन्त्र बनाउन सक्छन्। यदि तपाईंले समाजबाट वर्ग, आर्थिक संकट र राजनीतिक दाउपेचजस्ता सम्बन्धित बिशेषताहरूलाई हटाउनु भयो भने त्यहि नै मार्क्सवादको आधारभूत प्रस्तावना बन्दछ।

    साभारः अक्टुबर २२, २०१९ मा अनहर्ड अनलाइनमा प्रसारित।

    पउल म्यासन एक पत्रकार, चलचित्र निर्माता र लेखक हुन्। हालसालै उनले लेखेको Clear Bright Future: A radical defense of the human being नामक पुस्तक चर्चामा छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पउल म्यासन

      पउल म्यासन

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.