Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के सबै महिलाहरूलाई एउटै डालोमा राखेर हेर्न सकिन्छ?

व्यक्तिगत र सामाजिक मापनमा महिलाको अस्तित्वका साथै उनका अरु थुप्रै पहिचान जोडिएका हुन्छन। लर्ड लेख्छिन्, ‘गरीब, काला जाति, तेस्रो विश्वका महिलाहरू, लेस्बियनलगायत आफ्नो छुट्टै पहिचान भएका महिलाहरूका बारेमा ध्यान नदिइएको तथा उनीहरूका कुरा नसुनिएको नारीवाद एक किसिमको प्राज्ञिक अभिमान मात्रै हो।’

ऐश्वर्य राज ऐश्वर्य राज
जेष्ठ १३, २०७८
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी नारीवादी लेखक अन्डे« लर्डले भनेकी छिन् ‘द मास्टर्स टुल विल नेभर डिस्म्यान्टल द मास्टर्स हाउस।’ त्यसको सार अर्थ हो, ‘शोषक समुदायको औजारबाट कहिल्यै पनि शोषण ध्वस्त हुन सक्दैन।’ यसै नामबाट प्रकाशित आफ्नो लेखमा उनले विश्वलाई पोस्ट कोलोनियल फेमिनिजम् अर्थात उत्तर औपनिवेशिक नारीवादको नजरबाट हेर्नुपर्ने कुरा गरेकी छिन्। र, विश्व्यापी मूलधारको नारीवाद अर्थात पाश्चात्य नारीवादसँग उनले कयौं प्रश्न उठाएकी छिन्।

    महिलाहरू आफ्नो लैङ्गिक पहिचानको आधारमा मात्र एक ‘होमोजिनियस’ अर्थात् सजातीय समुदाय हुन सक्दैनन्। व्यक्तिगत र सामाजिक मापनमा महिलाको अस्तित्वका साथै उनका अरु थुप्रै पहिचान जोडिएका हुन्छन। लर्ड लेख्छिन्, ‘गरीब, काला जाति, तेस्रो विश्वका महिलाहरू, लेस्बियनलगायत आफ्नो छुट्टै पहिचान भएका महिलाहरूका बारेमा ध्यान नदिइएको तथा उनीहरूका कुरा नसुनिएको नारीवाद एक किसिमको प्राज्ञिक अभिमान मात्रै हो।’

    उनका अनुसार जुन देशमा नश्लभेद, लिङ्गभेद, होमोफोबिया (समलैंगिकताप्रति घृणा) आदि हावी छ भने त्यहाँका सबै महिलाको अनुभव समान हुन सक्दैन। यसकारण यदि नश्लभेदी पितृसत्ताको चश्माबाट मात्रै त्यस पितृसत्ताको परिणामहरूलाई हेरियो भने नारीवादमा परिवर्तनको दायरा धेरै छोटो हुन्छ। त्यस्तो नारीवाद नारीवाद नै होइन।

    अन्ड्रे लर्ड अगाडि लेख्छिन् कि जो महिला समाजको स्वीकृत महिलाहरूको परिभाषाबाट बाहिर छिन्, उनको लागि जीवित रहनु कुनै प्राज्ञिक सीप होइन। लर्डका अनुसार महिलाहरूका बीच उनको अन्य जरुरी सामाजिक पहिचानका आधारमा भएका भिन्नतालाई स्वीकार गर्नुपर्ने हुन्छ। र, यसलाई नारीवादी विमर्शमा ठाउँ दिनुपर्ने हुन्छ।

    उनी मूलधारको नारीवादमा अश्वेत नारीवादलाई नजरअन्दाज गरिनु र श्वेत नारीवादीहरूद्धारा यसलाई नै ‘मुक्तिदाता’ को रुपमा देखाउने कामको आलोचना गर्छिन्। उनी ‘विश्वव्यापी सिस्टरहुड’को कल्पनातर्फ झुकाव राख्दिनन्। किनभने उनका अनुसार यसले एक किसिमले महिलाहरूको अन्य पहिचानमाथि पर्दा लगाउने काम गर्छ। “सिस्टरहुड इज ग्लोबल,” यो नारा नारीवादको दोस्रो लहरबाट आएको थियो, तर यो आन्दोलन आफ्नो नाराजस्तो विश्वव्यापी र समावेशी थिएन।

    के हो उत्तर औपनिवेशिक नारीवाद?

    उत्तर औपनिवेशिक नारीवादलाई बुझ्नका लागि यसको मूल भावनालाई बुझ्नुपर्ने हुन्छ। यो नारीवाद सन् १९८० को आसपासमा पश्चिमी संस्कृति र पुरानो औपनिवेशिक महिलाका अनुभवहरूमा आधारित नारिवादको आलोचना हुने क्रममा आएको हो।

    मूलधारका नारीवादले पश्चिमी संस्कृति बाहिरका महिलाहरूको ठीक ढंगले चित्रण र विश्लेषण गर्न नसकेको उत्तरऔपनिवेशिक नारीवादको मान्यता छ। महिलाको वर्ग, नश्ल र यौनिकतालाई उनको पहिचानमा सामेल नगरिएको अवस्थामा नै महिलाहरूको एक सार्वभौमिक समूह मान्ने कुरा सही नभएको तर्क उत्तर औपनिवेशिक नारीवादको छ।

    पहिलो र दोस्रो नारीवादी लहरले नश्ल र वर्गको आधारमा महिलाहरूको पहिचानलाई महत्व दिएन र श्वेत तथा पश्चिमी महिलाका समस्याहरूको मात्र सम्बोधन ग¥यो। यसकारण नारीवादीको तेस्रो लहरमा उत्तर औपनिवेशिक नारीवाद अगाडि आयो। यो नारीवाद अश्वेत नारीवादको धेरै नजिक छ।

    चन्द्रा तालपडे मोहन्तीले उत्तर औपनिवेशिक नारीवादी सिद्धान्तको प्रतिपादन गर्नमा मुख्य भूमिका निभएकी थिइन्। उनले आफ्नो लेख ‘अन्डर वेस्टर्न आइज’ मा जिकिर गरेकी छिन् कि पश्चिमी नारीवादले तेस्रो विश्वका महिलाहरूलाई पुरुष नियन्त्रणको शिकार र परम्पराद्वारा शोषित बताउँदै गर्दा त्यसको इतिहास र पश्चिमसँगको सांस्कृतिक भिन्नताहरूको जानकारी दिएको छैन।

    लैङ्गिकतासँगै जातीय पहिचान

    मोहन्तीका अनुसार यी महिलाहरूको आफ्नो कहानी र आफू जिउनुको अनुभव आफ्नै आवाजमा नारीवादी विमर्शभित्र ल्याउनुपर्छ। मोहन्ती ती नारीवादीहरूमध्ये हुन्, जो ‘डबल कोलोनाइजेसन’ शब्दलाई मान्छन्, अर्थात् महिलाहरूको शोषण पितृसत्ता र औपनिवेशिक दुबै शक्तिद्धारा गरिन्छ।

    यदि हामी भारतसहित दक्षिण एशियाको सन्दर्भमा कुरा गर्छौ भने लैङ्गिक पहिचान र जातीय पहिचानलाई एकैसाथ हेर्न जरुरी हुन्छ। जुन विषय लामो समयसम्म मूलधारको नारीवादभन्दा टाढै रह्यो। उत्तर औपनिवेशिक नारीवादको मूल भावनाअनुसार महिलाहरू पितृसत्ताबाट कुन तरिकाले प्रभावित हुन्छन् र त्यसबाट निस्किने बाटो उनीहरू कसरी बनाइरहेका हुन्छन् भन्ने कुराले नै महिलाहरूको अन्य सामाजिक पहिचान निर्धारण गर्छ।

    उदाहरणका लागिः एक ग्रामीण दलित महिला त्यस्तो सामाजिक धरातलमा उभिएकी हुन्छिन्, जहाँ उनको शारीरिक शोषणका साथै श्रम, यौन र मानसिक शोषण समेत गरिन्छ। त्यहीँ एक तथाकथित उच्च जातकी महिलाले दलित महिलाको तुलनामा स्वतः बढी सम्मान पाउँछिन्। किनकि उनीसँग एउटा ‘ठूलो जात’को नाम जोडिएको हुन्छ र जातीय आधारमा हुने शोषणामा ती महिला पनि शोषकको भूमिकामा हुन सक्छिन्।

    यसकारण दलित महिलाहरूको हितको कुरा गर्दै जाँदा नारीवादी चश्माबाट यी सबै पत्रलाई देख्न जरुरी हुन्छ। यदि दक्षिण एशियामा नारीवादी विमर्श केवल उच्च जातका महिलाको अनुभवनमाथि आधारित हुन्छ भने त्यो विमर्शलाई हरेक महिलाको मुखपत्रका रूपमा लिन सकिँदैन।

    बेबी काबले र उर्मिला पवार भारतको मूलधारको नारीवादलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्छन्। यो दृष्टिकोण दलित महिलाहरूमाथि उनको समुदायभित्र र बाहिर दुवै तरिकाबाट हुने पितृसत्तात्मक शोषणलाई खारेज गर्नमा केन्द्रित छ। शर्मिला भन्छिन् कि दलित महिलाहरूको आत्मकथा कयौँ मानेमा बाँकी आत्मकथाहरूबाट धेरै फरक छ। बेबी काबले र उर्मिला पवारको किताबहरूमा यस्तो आत्मकथा छ।

    आम्बेडकरवादी आन्दोलनहरूमा उत्तर औपनिवेशिक नारीवादको त्यो हिस्सा देख्न सकिन्छ, जुन महिलाहरूबीच बाँडिएको विशेषाधिकार र संघर्षहरूलाई स्वीकार गर्छ। उर्मिला पवारले मिनाक्षी मूनसँगै मिलेर दलित महिलाहरूको संघर्षहरूको दस्तावेजीकरण गरेकी छिन्, जसमा नारीवादी नजरबाट दलित इतिहास देख्न सकिन्छ।

    उत्तर औपनिवेशिक नारीवाद र तेस्रो विश्वका देशहरूमा रहेका अलग–अलग सामाजिक पहिचानका महिलाहरूलाई लिएर सजग हुन जरुरी छ। यसकारण वर्ग, नश्ल र यौनिकताका आधारमा कुरा गर्दैगर्दा दक्षिण एशियाको सन्दर्भमा जातिले अहज भूमिका निभाउँछ।

    समाजिक ढाँचालाई रेखांकित गर्न जरुरी

    शर्मिला रेगे लेख्छिन्– ‘‘डा. भीमराव आम्बेडकरको विश्लेषणबाट हामी पाउँछौँ कि भारतमा विवाह परम्पराले महिलाहरूको यौनिकतालाई नियन्त्रण गर्छ।” जातीय आधारमा श्रमको बाँडफाड, श्रमको यौनिक बाँडफाँड र यौन श्रमको बाँडफाँड हुन्छ।
    उमा चक्रवर्तीद्धारा लेखिएको ‘कन्सेप्सुयलाइजिङ ब्रम्हानिकल प्याट्रियार्की’ मा उल्लेख गरिएको छ कि हिन्दू समाजमा महिलाहरूको यौनिकतामा अंकुश लगाउनुको पछाडि ‘जातिगत पवित्रता’ नै कारण हो। यद्यपि यो स्पष्ट देखिन्छ कि दलित महिलाहरू, तथाकथित सानो जातिकै भएका कारण उनको स्पर्श मात्रले पनि ‘पवित्रता’ नष्ट हुन्छ।

    सन् २०११ मा भएको भवरीदेवी नामक युवतीको बलत्कार मामलामा राजस्थानको अदालतले आफ्नो फैसलामा भनेको थियो– “ठूलो जातको पुरुषले सानो जातको महिलालाई यसकारण बलत्कार गर्दैनन् कि यसबाट उसको पवित्रता भंग हुन्छ।” अदालतको यो फैसला हाम्रो समाजको त्यो ऐना हो, जसले महिलाहरूको शोषण लैंङ्गिक तथा जातिगत ढाँचाको आधारमा गर्छ।

    पश्चिमी नारीवादीको अनुभवलाई नारीवादी सिद्धान्तको आधारमा बनाएर महिला आन्दोलनको नेतृत्व गर्ने कामलाई उत्तरऔपनिवेशिक नारीवादले आलोचना गर्छ। यसै पनि दक्षिण एशियामा यी विषयमाथि छलफल गर्दै यहाँको समाजिक ढाँचालाई रेखांकित गर्न जरुरी हुन्छ, तबमात्र महिलाहरूलाई एक सजातीय समुदायको रूपमा हेर्ने अथवा सोलोडोलो रूपमा सबै महिलालाई एउटै कोणबाट हेर्ने दृष्टिकोणबाट बचाउन सकिन्छ।

    फेमिनिजम् इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ऐश्वर्य राज

      ऐश्वर्य राज

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.