Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

को थिए ‘जनै चुँडाल्ने आन्दोलन’का अगुवा जयप्रकाश नारायण?

जनैलाई जातीय विभेदको प्रतिक मानेका उनले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए।

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ ६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अंग्रेजविरुद्धको आन्दोलन र भारत स्वतन्त्रतापछि व्यवस्था परिवर्तनका लागि अनेकौँ भारतीय संघर्षहरूमा अबिराम लड्ने योद्धाको नाम हो जयप्रकाश नारायण। उनी स्वयंले समाजमा भएका विभेदहरूको अन्त्यका लागि पनि अनेकौँ आन्दोलन चलाएका थिए। त्यसमध्येको एउटा प्रमुख आन्दोलनको नाम थियो हो ‘जनै तोड आन्दोलन।’

    जनैलाई जातीय विभेदको प्रतिक मानेका उनले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए।

    बिहारको सिताब दियारामा जन्मेका उनले चम्बरका चार सय डाँकुहरूको आत्मसमर्पण, बिहारमा अराजक सत्ता व्यवस्था, कुशिक्षा, अपराध र अराजकताविरुद्ध ऐतिहासिक छात्र आन्दोलन, ‘व्यवस्था परिवर्तनका लागि सम्पूर्ण क्रान्ति’को आह्वानदेखि लिएर केन्द्रमा इन्दिरा गान्धीको तत्कालिन सरकारलाई सत्ताबाट हटाएर लोकतन्त्रको बहालीलगायतका अनेकौँ एजेण्डा र अभियानमा जयप्रकाश नारायणले सत्याग्रही भूमिका निर्वाह गरेका थिए। स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने क्रममा नारायण झारखण्डस्थित हजारीबागको १७ फिट अग्लो जेलको पर्खाल नाघेर भागेका थिए।

    सम्पूर्ण क्रान्ति आन्दोलन

    डिसेम्बर १९७३ मा जेपीले ‘युथ फर डेमोक्रोसी’ नामक संगठन बनाए र देशभरका युवाहरूलाई लोकतन्त्रको रक्षा गर्नका लागि अगाडि आउन आह्वान गरे। गुजरातका विद्यार्थीले सन् १९७४ मा चिमनभाई पटेलको भ्रष्ट सरकारका विरुद्ध आन्दोलन गरिरहेका बेला जेपी त्यहाँ गएर नवनिर्माण आन्दोलको समर्थन गरे। उनले मार्च १९७४ मा पटनामा छात्रा आन्दोलनको सुरुवात गरे। शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलन गर्ने शर्तमा जेपीले बिहारमा आन्दोलनको नेतृत्व स्वीकार गरेका थिए। यही बिहार आन्दोलन पछि ‘सम्पूर्ण क्रान्ति’ आन्दोलनमा बदलिएको थियो।

    बिहारमा सुरु भएको विद्यार्थी आन्दोलन नागरिकमा भएको असन्तोष र आक्रोशको परिणति थियो। उतिखेर शैक्षिक स्तरमा गिरावट, महंगी, शासकीय अराजकता र राजनीतिमा बढ्दो अपराधीकरणजस्ता समस्याका कारण आम नागरिक निराश र आक्रोशित थिए। यस्तो स्थितिमा विद्यार्थी तथा युवा आन्दोलन एक स्वभाविक घटना थियो। पटनामा १८ मार्च १९७४ मा सुरु भएको आन्दोलनको प्रभाव पूरै देशभर पर्न गयो। बिहार आन्दोलनको नायक बनेका सर्वोदयी नेता जयप्रकाश नारायणलाई नागरिकको समस्यालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी बन्नेमा कुने अपेक्षा थिएन।

    इन्दिरा गान्धीसँगको टकराव

    आन्दोलनमा सहभागी विपक्षीहरूले तत्कालिन् प्रधामन्त्री इन्दिरा गान्धीको राजीनामा मागे। जेपीले विपक्षीको यस मागको समर्थन गरे। देशमा सरकारविरोधी माहौल बन्यो र इन्धिरा गान्धीलाई सत्तामा रहन मुश्किल बन्दै गयो। चंद्रशेखर, मोहन धारिया, हेमवती नन्दन बहुगुणा, जगजीवन राम, रामधन र रामकृष्ण हेगडेजस्ता नेताहरूले कांग्रेससँग अलग भएर जेपीको समर्थनमा आएपछि इन्दिरा गान्धी नराम्रोसँग आक्रोशित भइन्।

    यी घटनाबाट असुरक्षित महशुस गरिरहेकी इन्दिरा गान्धीले देशमा रातारात संकटकाल घोषणा गरिन्। देशभर सेन्सरसिप लागु गरिन् र जेपीसहित सैयौँ नेताहरूलाई पक्राउ गरेर जेल चलान गरिदिइन्। त्यतिखेर सञ्चारमाध्यमको मुख बन्द गरिदिएको थियो र प्रहरीलाई स्वतन्त्र छोडिएको थियो। संकटकालको विरोध नहोस् भनेर लाखौं कार्यकर्तालाई जेलमा थुनिएको थियो।

    त्यसको १९ महिनापछि जनवरी १९७७ मा इन्दिरा गान्धीले आम चुनावको घोषणा गरिन्। त्यतिखेर जेपीको मृगौलामा समस्या देखिएको थियो। तर डायलसिसकै क्रममा हुँदाकै अवस्थामा समेत बावजुद उनले चुनावको चुनौती स्वीकार गरे। यस चुनावमा उत्तर भारतदेखि कांग्रेस पत्तासाफ भयो। इन्दिरा र सञ्जय गान्धीले चुनाव हारे। जेपीको नैतिक शक्ति र स्वतन्त्रता संग्राममा उनले गरेको योगदानले नै इन्दिरा र उनको राज्य शक्तिलाई पराजित गर्ने ऐतिहासिक अवसर जुटेको थियो।

    जनै तोड आन्दोलन

    १० हजार मानिसहरूले आफ्नो जनै चुँडाल्दै जातीय प्रथालाई नमान्ने संकल्प गरेको त्यसबेलाको अजिबको माहोलको वर्णन गर्दै सिताब दियारा निवासी अजब नारायण सिंह भन्छन्, ‘त्यस समयको माहोल नै अर्कै थियो। गाउँ जवारका मानिसहरूका मनमा देशभक्ति र क्रान्तिको भावना भरिएको थियो। सिताब दियाराको चैन छपरामा विशाल सभा भएको थियो। सिताब दियारामा छात्र संघर्ष समितिको गठन भएको थियो धेरै मानिस हिँडेरै जेपीको आन्दोलनमा भाग लिनका लागि पटना गएका थिए।’

    नजिकैको स्टेसन बकुल्हाका संरचनाहरू उखेल्ने काम पनि जेपीको गाउँका मानिसहरूले गरेका थिए। यस घटनाको साक्षीमध्ये एक चन्द्रशेखर सिंह पनि हुन्। उनी भन्छन्, ‘त्यस समय जातीय भेदभावको अन्त्य गर्नका लागि व्यापक संघर्ष भएको थियो। सबै मानिस आएका थिए। एउटा लहर चलेको थियो।’ अझै पनि ‘ठूलो जात’ र ‘सानो जात’को आधारमा दक्षिण एसियामा कहालिलाग्दो विभेद रहेको अवस्थामा जयप्रकाश नारायणको जनै चुँड्ने आन्दोलनको ठूलो अर्थ छ।

    सत्ता परिवर्तनपछिको निरासा

    देशमा जनतन्त्रपछि फस्टाएको तानाशाहीको विरोधमा ७५ वर्षीय यी वृद्धा उभिएका थिए। सन् १९७७ मा सत्ता परिवर्तन भएपछि उनकै मर्जीको सरकार बन्यो। जेपीले आफ्ना अनुयायीले सम्पूर्ण क्रान्तिको सपनाको साकार गरुन् भन्ने चाहेका थिए। तर नयाँ शासकहरूले उनको जीवनमा पनि त्यही खेल सुरु गरिदिए। त्यसबेलासम्म त जेपी केही गर्ने स्थितिमा पनि थिएनन्। उनी पूरै निराश भइसकेका थिए। उनी ८ अक्टोबर १९७९ मा बिदा भए।

    एजेन्सीको सहयोगमा मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.