Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आगो सल्काउने कल्पनाको ‘चुल्ठो’

प्रकाश अजात प्रकाश अजात
फाल्गुन १८, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पहिले पहिले हाम्रो गाउँघरमा आगो बाल्नका लागि गाउँघरमा बाबियो या रानी बाबियोको जोहो गरिन्थ्यो। अन्य उपयोगमा कम आउने मसिनो बाबियोलाई चाहिँ हाम्रो पहाड (नुवाकोट)तिर रानी बाबियो भन्छन् । अक्सर ‘चुल्ठो’ नाम सुन्दा म मेरी आमाले कपाल बाटेको सम्झन्छु या बाबियो सम्झन्छु। ‘चुल्ठो’ शब्दले आमाको कोरीबाटी सम्झाउने कारण पनि छ । रामायण कथाकी अपहेलित पात्र सिताका बारेमा कहिलेकाहीँ बाले भन्ने गर्नुहुन्थ्यो, ‘रामको अपमान सहेर यस धर्तीमा सितालाई बाँच्न मन लागेन रे।

    अनि उनले पृथ्वीलाई भनिन् रे, फाट् पृथ्वी।’ त्यसो भनेपछि पृथ्वीमा धाँजा पर्यो रे। अनि धाँजाको मार्ग हुँदै पृथ्वीभित्र पसिन् रे सिता। अहिले पनि पृथ्वीकै गर्भमा छिन् अरे सिता । अनि पृथ्वीमा उम्रेका बाबियोचाहिँ सिताको कपाल रे। बाल्यककालमा पहाड र बारीमा म बाबियो देख्दा ‘अहो ! धर्तीभित्र सिता कसरी बसेकी होलिन्?’ भन्ठान्थें । यसरी म बाबियो देख्दा सिताको चुल्ठोको याद गर्छु । बेला पब्लिकेसन्सद्वारा प्रकाशित ‘चुल्ठो’ कविता संग्रह हातमा पर्दा पनि मेरा मनमा तिनै दुखिया मिथ पात्र सिता आइन्।

    ‘चुल्ठो’ शीर्षकको कविताले आफैंमा आधुनिक सिताको कथा बोकेको छ। रितिरिवाजका नाममा शोषण गरिएकी, दासी बनाइएकी र बोक्सी बनाइएकी महिलाबारेको कविता हो मूल कविता ‘चुल्ठो ।’ र, कवि चिलवाल महिलाको यो आदिम चुल्ठोबाट मुक्ति चाहन्छिन् । ५५ कविता संग्रह गरिएको यस संग्रहका प्रायः सबै कविताले मथिंगल रन्काउँछन्, समाजले हुर्काएका विभेद, शोषण र अत्याचारको सातो खान्छन् ।

    कविता संग्रहको ‘गुलाफको टाटु र पन्युको डाम’ले कुनै शहरीया मोडलले छातीनिर बनाएको ट्याटु तथा धामीले बोक्सीको आरोपमा महिलालाई डामेका दागबीच जर्वजस्त तुलना गरिएको छ । कविताको निचोड छ : आजका दिनमा एउटा स्त्री बजारका नाममा र अर्की स्त्री परम्पराका नाममा यसरी प्रताडित हुन्छे।

    समाजमा विद्रोही, गरिब र निम्छरा महिलालाई कसरी बोक्सी बनाइन्छ भन्ने कहालिलाग्दो निचोड ‘बोक्सी जुलुस’मा छ । संग्रहभित्र चियाबारीमा श्रमीकको पसीना र चियाका ग्रेडको तुलना छ। उपभोक्तावादले मान्छेलाई गरेको शोषण, सामान्यझैं लाग्ने विषयहरूमै महिलाहरूमाथि पुरुषले गर्ने शोषण, तथाकथित धर्मका पुस्तकमा गरिएका पाप र धर्मका परिभाषा र त्यसको विवेचना, महिलालाई अपवित्र ठान्ने र अपमानबाट छुट्कारा पाउनका लागि गरिएका तिज र स्वास्थानी व्रत र शनिका पुजाजस्ता अन्धविश्वासविरुद्ध पनि कवि चिलुवाल निर्धक्क प्रहार गर्छिन् । कविता पढ्दा लाग्छ–हाम्रो समाजमा पनि यति उन्नत चेतका कविहरू रहेछन् । ‘दन्तेकथाका पुस्तकमा आधारित शोषणका केन्द्रहरू’ चहार्ने आम महिला युवतीहरूका बीच यस्ता प्रखर भौतिकवादी विचार बोक्ने कविहरू पनि रहेछन्जस्तो लाग्छ ।

    ‘शिरफूल’ले महिला स्वभिमानको कुरा गर्छ भने ‘भान्छाघर’ले भान्छाघरहरूमा पुरुषहरू पनि छिरुन् भन्ने माग गर्छ । ‘उपभोगको आनन्दभन्दा माथि अर्को छैन’ केही भन्ने पूँजिवादी उपभोक्तावादी रटानलाई पनि चिलुवाल त्यत्तिकै छाड्दिनन् र लेख्छिन्, ‘बजारले मूलग्रन्थ र सन्दर्भग्रन्थ बेच्दैन, केबल गेसपेपर बेच्छ।’ प्रत्येक कवितामा समताको माग राख्ने कवि चिलुवाल न्यायालयमा बेचिने न्याय, विदेशबाट पसिना चुहाएर फर्केका लाहुरे र ‘आफैंलाई देउथा नमान्ने मुर्ति’का कुरा छन् । देउताको मुर्ती कवितामा यसो भन्छ :

    सुन मलाई पुज्ने भक्तहरू हो, म देउता मान्दिनँ 
    मलाई जसले बनायो,
    त्यस सर्जकको प्रशंसामा
    म लामो भाषण दिन चाहन्छु 

    ‘त्यतिबेला’ शीर्षकको कवितामा माओवादी युद्धले मान्छेलाई तथाकथित इश्वर छाडेर मान्छेलाई विश्वास गर्न थालेको चर्चा छ। राष्ट्रवादको नारा लगाएर शासकले शक्ति आर्जन गरेको यो समयमा कवि चिलुवालको कविता ‘ढाकाटोपी’ले राष्ट्रवादमाथि व्यंग्य गर्छ :

    भरियाले लगाएको खुब सुहाउँछ
    पसिना पुछ्न पनि काम आउँछ
    शासकले लगायो भने
    राष्टवादको अहंकार
    भयंकर गर्जन गर्छ

    आजको पर्यावरणको सबैभन्दा ठूलो सत्रु उपभोक्तावाद हो । र, यस संग्रहमा वातावरणीय न्यायको माग पनि गरिएको छ। फोहोरको नयाँ प्रजातिमा पृथ्वीलाई वर्वाद पारिएकोमा चिलुवालको चिन्ता छ। मायाप्रेमका सनातनी कविता अनि कहिलेकाहिँ युद्ध र क्रान्तिका कविता लेखिने गरेकोमा पर्यावरणप्रति पनि कविको चासो स्तुत्य छ ।

    संग्रहमा युद्धपछि नेताहरूले दिएका धोका, समाजले महिला र युवतीलाई गर्ने छेडखानी र यौनहिंसालाई अति सामान्य मान्ने गरेको कुरा तर बलात्कारीविरुद्ध न्याय माग्दा लाठीचार्ज गरिएका विषय, महिलाहरूले एक तिहाई मात्र अधिकार पाएको सन्दर्भ, युगौंदेखि ८० प्रतिसत भन्दा बढी जनता २० प्रतिसतको शोषणको चंगुलमा परेको कुरा छ ।

    नदीबाट बालुवा निकालेर अकुत सम्पत्ति कमाउने तर बालुवाखानी र वरपरका उजाड वस्तीमा दैनिक मजदुरी र मेहेनत गर्दागर्दै पनि उदास जिन्दगी बनाउनेहरूको कविता हो ‘नदीमा डकैती।’ संसदीय निर्वाचनमा हुने भोटको किनबेच र फेरि पनि त्यही चुनावको सनातनी प्रतिक्षामाथि व्यंग्य गरिएको छ ‘साबिकबमोजिम’मा । कर्पोरेटले लुटेका आदिवासी जीवन र संस्कृतिको कुरा छ ‘वियोगान्त कथामा।’ ‘प्रतिकार’मा साम्राज्यवादले रचना गरेका दुःख र शोषणविरुद्ध विद्रोहका कथा छ।

    ‘पूर्वछापामारको बेचैनी पत्र’मा क्रान्ति भुलेर सत्ताको जुठोमा डुबेका पूर्वक्रान्तिकारीहरूप्रति प्रहार छ। ‘मालिक र नोकरको समृद्धि’मा अचेल खड्ग ओलीले भाषण गर्ने गरेजस्तै आकाशे –समृद्धिलाई व्यंग्य गरिएको छ । ‘यो समयको जादुगर’मा पनि यस्तै उडन्ते–समृद्धी र सपनाका कुरा गर्ने अवतारी नेताहरूको प्रतिविम्ब देख्न सकिन्छ ।

    तथाकथित भाग्य र तक्दिरलाई दोस दिने दुखियाहरूलाई पनि कवि चिलवालले सम्झाएकी छन् । भन्छिन : यो दुर्दशाको कारण शासक हो, भाग्य र तक्दिर होइन। ‘बेइमानीको एकमुष्ट अनुहार’मा कर तिरेर पनि भुईँमान्छेहरूले राज्यको सेवा नपाएको तर सम्भ्रान्तहरूले पैसा तिरेर आफ्नो अनुकुलमा जायज नाजायज सबै सेवा र सुखभोग लुटेको कुरा उल्लेख छ । ‘भीड जो भुक्छ’ कविता पढ्दा आधुनिक साइबर स्यालहरूको ख्याल आउँछ । कवितामा छ :

    यस्तै भुकाईपश्चात्
    भीड आफूलाई सत्ता नै ठान्छ
    र आफ्ना आलोचकमाथि खनिन्छ
    भीड जो भुक्छ
    भीड जो भुकिरहन्छ

    आमाको गर्भभन्दा जीवनमा अन्त कहीँ सहज ओत नपाएका मान्छेका कविता छन् चुल्ठोमा। लकडाउनमा दुध पिउन नपाउने नानी, पेट र मनसमेत रित्ता भएका श्रमीक र आफ्नै देशभित्रको राजधानीबाट कोरोनाका नाममा खेदिएका निमुखा र भोका मान्छेका कविता यस संग्रहमा छन्। कविताको उत्कृष्ट कविता हो ‘अछुत पृथ्वी’ :

    दलितले कुल्चेको धर्ती र
    दलितका लाशहरू बगेका अपवित्र नदीहरू बहने
    यो बिटुलो पृथ्वीमा
    किन आश्रय लिइरहेको छ
    शुद्धीकरणको छोइछिटो गरिरहनुपर्ने
    उच्च जातिको मान्छे
    सजिलोका लागि त खोज्नू बरु
    दलित बस्ती नभएको
    कुनै पवित्र ग्रह
    फेर्नू कुनै अछुतले नछोएको
    शुद्ध हावामा शास

    धेरै लेखिएर थोरै पढिने विधा हो कविता । तर अतिसयोक्तिपूर्ण कुरा गरेको होइन, हामीले आजको समाज पढ्न, रुढी र शोषणग्रस्त समाजविरुद्ध भिड्न÷बुझ्न यो कविता संग्रह आवश्यक छ । नीजि कुरा गर्ने हो भने म यो कविता संग्रह मेरा सन्तानका लागि जोगाएर राख्नेछु। साथीहरूकै सिफारिसमा मैले ‘चुल्ठो’ केलाएको हुँ, अरुलाई पनि चुल्ठो पर्गेल्न सिफारिस गर्छु। चिलुवालका ५५ कवितामा सबै नै विशेष छन् । यति उज्याला कविता लेख्ने कविलाई लालसलाम ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.