Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कपुर, ल्वाङ्ग र ज्वानोले अक्सिजन बढाउँदैन, उल्टो हानि गर्छ

उनी भन्छिन् –‘यदि तपाईँ एउटा बन्द कोठामा हुनुहुन्छ र त्यहाँ हावा पास हुने कुनै ठाउँ छैन भने त्यसको असर झनै बढी हुन्छ र यसबाट हानी हुनसक्छ।’ उनका अनुसार यसप्रकारको धुँवासँग लामो समयसम्म सम्पर्कमा रहँदा बच्चाहरूमा ज्वलन हुने र मस्तिष्कमा समेत असर पर्नसक्छ। साथै क्यान्सर तथा फोक्सोको समस्या समेत देखिने उनी बताउँछिन्। यदि गर्भवती महिला यसप्रकारको कपुरको अत्यधिक सम्पर्कमा आउँदा बच्चामा आनुवंशिक असर पर्नक्ने डा. रश्ना दास बताउँछिन्।

nepal_readers nepal_readers
जेष्ठ २०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘कपुर, ल्वाङ, ज्वानो र निलगिरीको तेल मिलाएर एउटा मलमलको कपडामा पोको पारेर सुँघ्नुहोस्, यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ।’– सामाजिक सञ्जालमा तपाईंले यो सन्देश देख्नु/पढ्नु भएको होला। केही हप्ता पहिले भारत र नेपालमा वायुप्रदुषणको तह बढ्दा र बाक्लो तुवाँलो लाग्दा र कोरोनाको दोस्रो लहरको प्रभावका कारण धेरै मान्छेहरू गम्भीर बिरामी भएर अस्पतालहरूमा अक्सिजनको माग बढ्दा यस्ता कपोल्कल्पित सन्देशहरू सामाजिक संजालमा धेरै स्यर भए।

    कतिपय प्रतिष्ठित व्यक्ति र सेलिब्रिटीहरूले पनि यसको वास्तविक तथ्य नबुझी, परम्परागत औषधी परम्पराप्रतिको अतिसय श्रद्धाका कारण यस्ता कुराहरूलाई सेयर गरेका थिए र गरेका छन्। यस्तै खालका सन्देशसहितका भारतीय भिडियोहरू सामाजिक संजालमा भाइरल भएका छन्। गत तिहारमा भारतमा भएका आतसवाजीहरूका कारण त्यहाँको वातावरण प्रदुसित हुँदा पनि त्यहाँ यस्तै खालका सन्देशहरू स्यर भएका थिए। तर कपुर, ल्वाङ्ग, ज्वानो र निलगिरीको तेलबाट शरीरमा अक्सिजन बढाउने कुरा वैज्ञानिक रूपमा अहिलेसम्म प्रमाणित भएको छैन।

    औषधीहरूमा समेत थोरै कपुर

    उल्टै, यस्तो मिश्रणले शरीरमा अक्सिजनको मात्रा बढाउने नभएर उल्टै हानी गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। कपुर, ल्वाङ्ग र ज्वानोको प्रयोग केही परम्परागत र चिकित्सकीय उपचारका लागि प्रयोग हुने गरेको भएपनि यसको निश्चित मात्रा प्रयोग गर्न निर्देश गरिएको हुन्छ। जस्तैः औषधिहरूमा यसको कपुरको मात्रा केबल ५ प्रतिशत मात्र हुन्छ। उदाहरणका लागि भिक्स भेपोरबको आधिकारिक वेबसाइटले यसमा ४.८ प्रतिशतमात्र सिन्थेटिक कपुरको प्रयोग गरिएको उल्लेख गरेको छ।

    अमेरिकाको औषधी नियामक कम्पनीले कुनै पनि उत्पादनमा कपुरको मात्रा ११ प्रतिशत भन्दा बढी प्रयोग नगर्न चेतवानी नै दिएको छ। सन् २००९ मा प्रकाशित भएको एउटा अध्ययनले कपुर, निलगिरी या मेन्थलले बन्द नाकलाई खुलाउन सहयोग नगर्ने बताएको छ। तर यसले नाकमा चिसो महसुस हुने भएका कारण कतिपय मान्छेहरूले नाक खुलेको महसुस गर्ने गर्छन्।

    ‘कपुर’ नामक रुखको बोक्रा र काठबाट बन्दछ कपुर बन्छ। यो रुख खासगरी जापान, भियतनाम र इन्डोनेसिया लगायतका देशमा पाइन्छ। नेपाल र भारतमा पनि पाइन्छ। कपुरको रासायनिक सुत्र C10H160 हो, जुन ज्वलनशील हुन्छ। खासगरी अचेल यस्ता रसायनीक कपुरको प्रयोग भारत र नेपालमा पूजाका लागि समेत प्रयोग गरिन्छ। सिन्थेटिक कपुरचाहिँ पाइन र तार्पिनको चोपबाट बनाइएको हुन्छ। सिन्थेटिक कपुर प्राकृतिक कपुरभन्दा तीन गुणा सस्तो हुन्छ।

    कपुरले श्वास फेर्ने गार्हो

    कपुरको अधिकतम प्रयोगले उल्टै सास लिन गार्हो हुन्छ र यो विषाक्तताको कारक पनि बन्ने अनुसन्धानले देखाएको छ। अमेरिकन एशोसिएशन अफ पोइजन कन्ट्रोल सेन्टरले सन् २०१९ मा सार्वजनिक गरेको क्लिनिकल टक्सिकोलोजीको वार्षिक रिपोर्टले कपुरलाई सुँघ्न वा खानका लागि (गैरचिकित्सीय मात्रा प्रयोग)मा चेतवानी दिएको थियो।

    कपुरको मात्रालाई विचार नगरी प्रयोग गर्दा यो केही मिनेटमै विषाक्त हुने बताइएको छ। यसको असर बालबालिकामा अझै गम्भीर हुनसक्छ। यसको प्रभाव धेरै तेज रूपमा हुन्छ र मुख्य प्रभाव स्नायु प्रणालीमा पर्छ।

    यसो हुँदाहुँदै पनि कपुरको आफ्नै चिकित्सकीय मूल्य छ। केही अनुसन्धानहरूले बताएका छन् कि कोभिड १९ को उपचारका लागि ल्वाङ्गको प्रयोगको सम्भावना छ। ल्वाङ्गको एन्टी भाइरल गुणको पछिल्लो उदाहरण दिँदै यसलाई प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। तर त्यस्तो अध्ययनले शरीरमा ल्वाङ्गले अक्सिजनको मात्रा बढाउने कुराको भने दाबी गर्दैन।

    ज्वानो र निलगिरी पनि परम्परागत र केही रसायनीक औषधिका लागि प्रयोग गरिएपनि यिनबाट अक्जिनको मात्रा बढ्ने भन्ने कुनै वैज्ञानिक प्रमाण छैन। यस भ्रामक प्रचारमा कसैले कपुर, ल्वाङ्ग, ज्वानो र निलगिरीको मिश्रणलाई सुँघ्नु भनेका छन् भने कसैले यसलाई जलाएर कोठामा राख्नसमेत सुझाएका छन्।

    क्यान्सर र आनुवंशिक असरसमेत

    तर जल्दै गरेको कपुर झनै खतरनाक रहेको वैज्ञानिकहरू बताउँछन्। भारत, चेन्नईका वातावरणीय स्वाथ्यका अनुसन्धानदाता बिस्बाजा सम्बद भन्छन्–‘वैज्ञानिकहरूले जल्दै गरेको कपरबाट कार्बनडाइअक्साइडको उत्पादन हुने बताएछन् छन्। कार्बडाइआक्साइड मानिसका साथै वातावरणका लागि पनि हानिकारक हुने कुरा हामी सबैलाई थाहा छ।’ भारतकै गुहाटीस्थित हेल्थ सिटी अस्पतालकी बालरोग निर्देशक डा. रश्ना दास हजारिका कपुरको धुँवाले बच्चालाई नकारात्मक असर पर्ने बताउँछिन्।

    उनी भन्छिन् –‘यदि तपाईँ एउटा बन्द कोठामा हुनुहुन्छ र त्यहाँ हावा पास हुने कुनै ठाउँ छैन भने त्यसको असर झनै बढी हुन्छ र यसबाट हानी हुनसक्छ।’ उनका अनुसार यसप्रकारको धुँवासँग लामो समयसम्म सम्पर्कमा रहँदा बच्चाहरूमा ज्वलन हुने र मस्तिष्कमा समेत असर पर्नसक्छ। साथै क्यान्सर तथा फोक्सोको समस्या समेत देखिने उनी बताउँछिन्। यदि गर्भवती महिला यसप्रकारको कपुरको अत्यधिक सम्पर्कमा आउँदा बच्चामा आनुवंशिक असर पर्नक्ने डा. रश्ना दास बताउँछिन्।

    मन्दिरमा पनि रोक

    कपुर जलाउँदा मानिसको स्वास्थ्यमा नकरात्मक असल पर्ने भएकाले भारतको तामिलनाडुका मन्दिरमा यसको प्रयोगमा रोक लगाइएको थियो। सन् २०१६ मा तामिलनाडुस्थित हिन्दू धर्म तथा बन्दोबस्दी विभागले मन्दिरहरूमा प्राकृतिक बाहेकको कपुर जलाउन निषेध गरेको थियो। यसबाट रसायन उत्पादन हुने र प्रदुषण बढ्ने कारण देखाउँदै खासगरी मन्दिरको मुख्य भागमा आरतीका लागि प्रयोग नगर्न भनिएको हो।

    एजेन्सीको सहयोगमा नेपाल रिडर्सको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.