Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

कुमार नगरकोटी कुमार नगरकोटी
माघ ५, २०७७
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको घोषणा गरेर आफ्नो अनैतिकताको पराकाष्ठा प्रदर्शन गरे । उनीसँग नैतिकता हुँदो हो त शायद यो हदसम्म गिर्ने थिएनन्। प्रधानमन्त्रीसँग संसद विघटनको विशेषाधिकार हुन्छ भन्ने कुरा कुतर्क हो। आम नागरिकले हेर्दा पनि छर्लङ्ग देखिने कुरा हो, कहीँ कतैबाट प्रधानमन्त्रीको कदम सही छैन। प्रधानमन्त्री ओलीले गरेको काम सही हो भन्दै कुतर्क गर्नेहरू पनि छन्। उनी साह्रै मिठो बोल्ने राष्ट्रवादी व्यक्ति हो भन्ने मान्छेहरू पनि छन्। तर ओली त्यस्ता आत्मकेन्द्रित व्यक्ति हुन् जो आफ्नो लाभका लागि जे पनि गर्न सक्छन्।

    उनका लागि राष्ट्रवाद जप्ने मन्त्रमात्र हो। उनी कहीँकतैबाट पनि राष्ट्रवादी देखिँदैनन्। ओलीको यो एकलौटी कदम कतैबाट सही देखिदैन । ओलीमा आत्ममुग्धताको भावना बढी छ। ‘म नै सबैको केन्द्र हुँ’ भन्ने मनोविज्ञानबाट उनी परिचालित छन्।

    त्यसैले ओलीले जेजे बोलिरहेका छन, आफ्नै लाभका लागि बोलिरहेका छन् । उनी जेजे गर्छन्, आफैंलाई केन्द्रमा राखेर गर्छन् भन्ने देखिन्छ । उनका लागि राष्ट्रवाद जप्ने मन्त्रमात्र हो । उनी कहीँकतैबाट पनि राष्ट्रवादी देखिँदैनन्। ओलीको यो एकलौटी कदम कतैबाट सही देखिदैन । ओलीमा आत्ममुग्धताको भावना बढी छ। ‘म नै सबैको केन्द्र हुँ’ भन्ने मनोविज्ञानबाट उनी परिचालित छन् । कसैलाई नटेर्ने र नसुन्ने स्वभाव छन् उनमा। म साहित्यमा ओलीजस्ता पात्रहरू सिर्जना त गर्न सक्दिँन तर नाटकमा अभिनय गराउन मिल्ने व्यक्तित्वचाहिँ छ उनको। प्रधानमन्त्री ओलीजस्ता पात्र इतिहासमा पनि टन्नै भेटिन्छन् ।

    प्रधानमन्त्री ओलीलाई म ‘खप्र ओली’ भन्छु। उहाँको शक्तिचाहिँ बाहिरबाट आएको हो । यो भित्री शक्ति होइन । बाहिरी शक्ति धेरै घातक र खतरनाक हुन्छ।

    शक्ति दुई किसिमका हुन्छन्, भित्री र बाहिरी । राजनीतिकर्मीलाई बाहिरबाट शक्ति प्राप्त हुन्छ, जुन एकदमै घातक हुन्छ । मानौँ, तपाई कुनै स्रष्टा वा सर्जक हुनुहुन्छ भने तपाईँका लागि साहित्य–रचना नै तपाईंको शक्ति हो। एउटा कविलाई कविताले शक्तिशाली बनाउछ। त्यो रचनात्मक उर्जा हो। रचनात्मक उर्जाले कुनै साहित्यकार, लेखक, चित्रकार र दार्शनिकहरूलाई शक्तिशाली बनाउँछ। राजनीतिकर्मीहरू प्रायः अनुत्पादक र असिर्जनशील हुन्छन्। रचनात्मक उर्जाबाट जसरी शक्ति प्राप्त हुन्छ, त्यसको प्रतिबिम्व रचनामा हुन्छ । प्रधानमन्त्री ओलीलाई म ‘खप्र ओली’ भन्छु। उहाँको शक्तिचाहिँ बाहिरबाट आएको हो । यो भित्री शक्ति होइन । बाहिरी शक्ति धेरै घातक र खतरनाक हुन्छ।

    मेरा लेखहरूमा कहिलेकाहिँ राजनीतिक व्यंग्यहरू पनि आउँछन्। मैले शीरदेखि पैतालासम्म कालो वस्त्र लगाउनुले पनि म सधैं प्रतिपक्षमा छु भन्ने देखिन्छ। र, म प्रतिगमनको विरुद्धमा छु । प्रतिगमनविरुद्धको आन्दोलनमा मेरो ऐक्यबद्धता छ । सचेत वर्ग यो आन्दोलनमा आउनुपर्छ भन्ठान्छु म । हाम्रो देश राजनीतिबाट भन्दा राजनीतिक पार्टीबाट पीडित छ। नेपाल राजनीतिक रुपमा खण्डित मुलुक हो । यहाँ दलगत राजनीति बढी छ । समाज यति खण्डित छ कि कुनै एउटा पार्टीले नागरिकका लाग जायज मुद्धा आवाज उठाइरहेको छ भने त्यहाँ अर्को पार्टीको मान्छे जाँदैन। यो सर्वथा गलत हो। राजनीतिक मतमतान्तर नबुझ्दा एउटै परिवारका सदस्यसमेत खण्डित भएका छन् । त्यसो हुँदैमा राजनीति नै गलत हो भनेर बुझछन् युवापुस्ता । यो गलत छ ।

    राजनीतिले गर्दा ‘म कहाँबाट कसरी पीडित भएको छु’ भन्ने कुरा बुझ्ने बेला आएको छ । यस बारेमा हरेक नागरिकले सोच्नुपर्ने हुन्छ। खप्र ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध सडकमा आउन युवा पिढीलाई म आह्वान गर्दछु । राजनीति बुझेर मात्रै हुँदैन। कहीँ कतै गलत भइरहेको छ भने त्यसविरुद्ध हरेक नागरिक सडकमा जान तयार हुनुपर्छ।

    राजनीति धेरै महत्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। राजनीति सबै नीतिहरूको राजा वा सम्राट हो। अहिलेको पुस्ताले त राजनीति बुझ्नु झनै जरुरी छ । राजनीतिमा के भइरहेको छ भन्ने कुरा जान्नु आवश्यक छ। किनकि राजनीतिले हाम्रा सबै गतिविधिलाई असर गरिरहेको हुन्छ । त्यसैले अब युवाहरू उठ्न जरुरी छ ।अत्यन्तै खराब अवस्थाको पनि सामना गर्नका लागि हामी तयार रहनुपर्छ । राजनीतिले गर्दा ‘म कहाँबाट कसरी पीडित भएको छु’ भन्ने कुरा बुझ्ने बेला आएको छ । यस बारेमा हरेक नागरिकले सोच्नुपर्ने हुन्छ ।

    खप्र ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध सडकमा आउन युवा पिढीलाई म आह्वान गर्दछु । राजनीति बुझेर मात्रै हुँदैन । कहीँ कतै गलत भइरहेको छ भने त्यसविरुद्ध हरेक नागरिक सडकमा जान तयार हुनुपर्छ। आत्मसम्मान, मानव अधिकारदेखि लिएर व्यक्तिगत अधिकारका लागि पनि हामी सडकमा जान हरदम तयार हुनुपर्छ।

    यदि कसैले तपाईमाथि प्रतिवन्ध लगाउँछ वा तपाईंमाथि हुकुम चलाउँछ भने त्यहाँ तपाईँले आवाज उठाउनुपर्छ। राजनीति मेरो क्षेत्र होइन भनेर तपाईं घरमा बस्ने हो भने खराब राजनीतिको शिकार हुनुहुनेछ तपाईं। यसर्थ, गलत कदमको विरुद्धमा अब हामी सडकमा आउनुपर्छ।

    भिडियो –

    (नेपाल रिडर्सका लागि प्रकाश अजातले नगरकोटीसँग गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कुमार नगरकोटी

      कुमार नगरकोटी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.