प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको घोषणा गरेर आफ्नो अनैतिकताको पराकाष्ठा प्रदर्शन गरे । उनीसँग नैतिकता हुँदो हो त शायद यो हदसम्म गिर्ने थिएनन्। प्रधानमन्त्रीसँग संसद विघटनको विशेषाधिकार हुन्छ भन्ने कुरा कुतर्क हो। आम नागरिकले हेर्दा पनि छर्लङ्ग देखिने कुरा हो, कहीँ कतैबाट प्रधानमन्त्रीको कदम सही छैन। प्रधानमन्त्री ओलीले गरेको काम सही हो भन्दै कुतर्क गर्नेहरू पनि छन्। उनी साह्रै मिठो बोल्ने राष्ट्रवादी व्यक्ति हो भन्ने मान्छेहरू पनि छन्। तर ओली त्यस्ता आत्मकेन्द्रित व्यक्ति हुन् जो आफ्नो लाभका लागि जे पनि गर्न सक्छन्।
उनका लागि राष्ट्रवाद जप्ने मन्त्रमात्र हो। उनी कहीँकतैबाट पनि राष्ट्रवादी देखिँदैनन्। ओलीको यो एकलौटी कदम कतैबाट सही देखिदैन । ओलीमा आत्ममुग्धताको भावना बढी छ। ‘म नै सबैको केन्द्र हुँ’ भन्ने मनोविज्ञानबाट उनी परिचालित छन्।
त्यसैले ओलीले जेजे बोलिरहेका छन, आफ्नै लाभका लागि बोलिरहेका छन् । उनी जेजे गर्छन्, आफैंलाई केन्द्रमा राखेर गर्छन् भन्ने देखिन्छ । उनका लागि राष्ट्रवाद जप्ने मन्त्रमात्र हो । उनी कहीँकतैबाट पनि राष्ट्रवादी देखिँदैनन्। ओलीको यो एकलौटी कदम कतैबाट सही देखिदैन । ओलीमा आत्ममुग्धताको भावना बढी छ। ‘म नै सबैको केन्द्र हुँ’ भन्ने मनोविज्ञानबाट उनी परिचालित छन् । कसैलाई नटेर्ने र नसुन्ने स्वभाव छन् उनमा। म साहित्यमा ओलीजस्ता पात्रहरू सिर्जना त गर्न सक्दिँन तर नाटकमा अभिनय गराउन मिल्ने व्यक्तित्वचाहिँ छ उनको। प्रधानमन्त्री ओलीजस्ता पात्र इतिहासमा पनि टन्नै भेटिन्छन् ।
प्रधानमन्त्री ओलीलाई म ‘खप्र ओली’ भन्छु। उहाँको शक्तिचाहिँ बाहिरबाट आएको हो । यो भित्री शक्ति होइन । बाहिरी शक्ति धेरै घातक र खतरनाक हुन्छ।
शक्ति दुई किसिमका हुन्छन्, भित्री र बाहिरी । राजनीतिकर्मीलाई बाहिरबाट शक्ति प्राप्त हुन्छ, जुन एकदमै घातक हुन्छ । मानौँ, तपाई कुनै स्रष्टा वा सर्जक हुनुहुन्छ भने तपाईँका लागि साहित्य–रचना नै तपाईंको शक्ति हो। एउटा कविलाई कविताले शक्तिशाली बनाउछ। त्यो रचनात्मक उर्जा हो। रचनात्मक उर्जाले कुनै साहित्यकार, लेखक, चित्रकार र दार्शनिकहरूलाई शक्तिशाली बनाउँछ। राजनीतिकर्मीहरू प्रायः अनुत्पादक र असिर्जनशील हुन्छन्। रचनात्मक उर्जाबाट जसरी शक्ति प्राप्त हुन्छ, त्यसको प्रतिबिम्व रचनामा हुन्छ । प्रधानमन्त्री ओलीलाई म ‘खप्र ओली’ भन्छु। उहाँको शक्तिचाहिँ बाहिरबाट आएको हो । यो भित्री शक्ति होइन । बाहिरी शक्ति धेरै घातक र खतरनाक हुन्छ।
मेरा लेखहरूमा कहिलेकाहिँ राजनीतिक व्यंग्यहरू पनि आउँछन्। मैले शीरदेखि पैतालासम्म कालो वस्त्र लगाउनुले पनि म सधैं प्रतिपक्षमा छु भन्ने देखिन्छ। र, म प्रतिगमनको विरुद्धमा छु । प्रतिगमनविरुद्धको आन्दोलनमा मेरो ऐक्यबद्धता छ । सचेत वर्ग यो आन्दोलनमा आउनुपर्छ भन्ठान्छु म । हाम्रो देश राजनीतिबाट भन्दा राजनीतिक पार्टीबाट पीडित छ। नेपाल राजनीतिक रुपमा खण्डित मुलुक हो । यहाँ दलगत राजनीति बढी छ । समाज यति खण्डित छ कि कुनै एउटा पार्टीले नागरिकका लाग जायज मुद्धा आवाज उठाइरहेको छ भने त्यहाँ अर्को पार्टीको मान्छे जाँदैन। यो सर्वथा गलत हो। राजनीतिक मतमतान्तर नबुझ्दा एउटै परिवारका सदस्यसमेत खण्डित भएका छन् । त्यसो हुँदैमा राजनीति नै गलत हो भनेर बुझछन् युवापुस्ता । यो गलत छ ।
राजनीतिले गर्दा ‘म कहाँबाट कसरी पीडित भएको छु’ भन्ने कुरा बुझ्ने बेला आएको छ । यस बारेमा हरेक नागरिकले सोच्नुपर्ने हुन्छ। खप्र ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध सडकमा आउन युवा पिढीलाई म आह्वान गर्दछु । राजनीति बुझेर मात्रै हुँदैन। कहीँ कतै गलत भइरहेको छ भने त्यसविरुद्ध हरेक नागरिक सडकमा जान तयार हुनुपर्छ।
राजनीति धेरै महत्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। राजनीति सबै नीतिहरूको राजा वा सम्राट हो। अहिलेको पुस्ताले त राजनीति बुझ्नु झनै जरुरी छ । राजनीतिमा के भइरहेको छ भन्ने कुरा जान्नु आवश्यक छ। किनकि राजनीतिले हाम्रा सबै गतिविधिलाई असर गरिरहेको हुन्छ । त्यसैले अब युवाहरू उठ्न जरुरी छ ।अत्यन्तै खराब अवस्थाको पनि सामना गर्नका लागि हामी तयार रहनुपर्छ । राजनीतिले गर्दा ‘म कहाँबाट कसरी पीडित भएको छु’ भन्ने कुरा बुझ्ने बेला आएको छ । यस बारेमा हरेक नागरिकले सोच्नुपर्ने हुन्छ ।
खप्र ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध सडकमा आउन युवा पिढीलाई म आह्वान गर्दछु । राजनीति बुझेर मात्रै हुँदैन । कहीँ कतै गलत भइरहेको छ भने त्यसविरुद्ध हरेक नागरिक सडकमा जान तयार हुनुपर्छ। आत्मसम्मान, मानव अधिकारदेखि लिएर व्यक्तिगत अधिकारका लागि पनि हामी सडकमा जान हरदम तयार हुनुपर्छ।
यदि कसैले तपाईमाथि प्रतिवन्ध लगाउँछ वा तपाईंमाथि हुकुम चलाउँछ भने त्यहाँ तपाईँले आवाज उठाउनुपर्छ। राजनीति मेरो क्षेत्र होइन भनेर तपाईं घरमा बस्ने हो भने खराब राजनीतिको शिकार हुनुहुनेछ तपाईं। यसर्थ, गलत कदमको विरुद्धमा अब हामी सडकमा आउनुपर्छ।
भिडियो –
(नेपाल रिडर्सका लागि प्रकाश अजातले नगरकोटीसँग गरेको कुराकानीमा आधारित ।)