नेपाल कम्युनिष्ट पार्टी महत्वपूर्ण र गम्भीर मोडमा उभिएको छ । पार्टी एकता सम्पन्न नभइकन पार्टी विग्रह हुने हो कि भन्ने चिन्ता देशभरका कार्यकर्ता र जनतामा छ । राष्ट्रिय र अन्र्तर्राष्ट्रिय जगतमा चासो र चिन्ता प्रकट भएको छ । सरकार बनेको साढे ३ वर्ष पुग्नै लाग्यो । सरकारको तर्फबाट जनतालाई डेलिभरी दिने विषय र निर्वाचनका बेलामा पार्टीले घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिवद्धताहरू पूरा गर्नुभन्दा पनि सरकार र सरकारमा रहेका मान्छेहरू, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी अध्यक्षले पार्टीभित्रका सहयात्री, साथी र कमरेडहरूलाई जुन खालको विश्वासमा लिनुपर्ने हो, त्यसो गर्नुभएको छैन । पार्टी एकताका कामहरू सम्पन्न नगरिकन सत्ताको मात्र खेलमा लाग्नु आजको सबैभन्दा ठूलो समस्या हो ।
जतिखेर देश कोरोना महामाहारीको प्रारम्भिक त्रासमा थियो । त्यही त्रास र लकडाउनका बीच प्रधानमन्त्रीले पार्टीसँग छलफल नगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । त्यसपछाडि अर्को पार्टीका सांसदलाई हाम्रो पार्टीमा प्रवेश गराउने भन्दै हाम्रा साथीहरू लिन गएको तथ्य बाहिर निस्कियो । एकतातिर दल दर्ताको अध्यादेश ल्याउने, अर्कोतर्फ रातारात सांसदहरूलाई पार्टीमा प्रवेश गराउनेजस्ता लाजमर्दा कृत्य भयो । मन्त्रीको टेप प्रकरण, महत्वपूर्ण नेताको जग्गा विवाद, ओम्नी समुहसँगको सम्बन्ध र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा आए । यी सबै विषयप्रति पार्टीको धारणा के हो ? पार्टी स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीले यसबारे के बोल्छ ? हामी सबै मुद्धाहरूलाई एक ठाउँमा राखिदिने अनि एक्लै सुईँसुईँ हिँड्ने ?
जतिखेर देश कोरोना महामाहारीको प्रारम्भिक त्रासमा थियो । त्यही त्रास र लकडाउनका बीच प्रधानमन्त्रीले पार्टीसँग छलफल नगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । त्यसपछाडि अर्को पार्टीका सांसदलाई हाम्रो पार्टीमा प्रवेश गराउने भन्दै हाम्रा साथीहरू लिन गएको तथ्य बाहिर निस्कियो । एकतातिर दल दर्ताको अध्यादेश ल्याउने, अर्कोतर्फ रातारात सांसदहरूलाई पार्टीमा प्रवेश गराउनेजस्ता लाजमर्दा कृत्य भयो । मन्त्रीको टेप प्रकरण, महत्वपूर्ण नेताको जग्गा विवाद, ओम्नी समुहसँगको सम्बन्ध र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा आए । यी सबै विषयप्रति पार्टीको धारणा के हो ? पार्टी स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीले यसबारे के बोल्छ ? हामी सबै मुद्धाहरूलाई एक ठाउँमा राखिदिने अनि एक्लै सुईँसुईँ हिँड्ने ?
यसर्थ, नेतृत्वले पार्टी र सरकारका जीवनमा उठेका प्रश्नहरूको उत्तर दिनु जरुरी छ । जबसम्म हामी तिनको उत्तर दिँदैनौ, समाधान खोज्नेतर्फ लाग्दैनौं । त्यसले आम जनमानसमा भ्रम सिर्जना गर्छ । आफ्नै पार्टीका सहकर्मी कमरेडहरूसँग छलफल, बैठक र संवाद नगर्ने कुराले समस्या निम्त्याएको छ । पार्टीभित्रका अनेक मनोविज्ञानलाई सम्बोधन गर्दै पार्टी र सरकार चलाउनुपर्ने कुरामा जब समिक्षा गर्ने ठाउँमा हामी पुग्यौं, त्यसको छिनोफानो गरौं भनेर प्रश्न उठे । त्यसबारे हामी चुप बस्यौं । चुनावमा गरेका प्रतिवद्धताअनुरुप काम भयो कि भएन भनेर समिक्षा गरौं, पुर्नविचार गरौं भनेर पार्टीभित्र प्रश्न उठे । कार्यशैलीहरूका बारेमा प्रश्न उठे । हाम्रा व्यवहारका बारेमा प्रश्न उठे । हामीले गरेका कामका परिणामबारेमा प्रश्न उठे । पार्टी ठूलो कि सरकार ठूलो भन्ने प्रश्न उठे । आम जनता र कार्यकर्तामा निरासा छायो । के नेकपा यही निरासा संचार गर्नका लागि गठन भएको थियो? सुसासन स्थापना नगर्न, भ्रष्टाचार र दुराचार गर्नको प्रश्रयका लागि नेकपाको गठन भएको थियो ?
भिडियो:
कहिले हामी कोरोना बिरामीको उपचार सरकारले गर्छ भन्छौं । तर, लगत्तै सरकारले उपचार गर्न सक्दैन भन्छौं । किन हामीले सुरुदेखि अन्त्यसम्म एकैखालको धारणा राख्न सकेनौं ? किन हाम्रो सरकारले बारम्बार बोली फेरिरह्यो ? भ्रम र निरासा देखिएपछि त्यसको गम्भीर समिक्षा गर्नुपथ्र्यो । तर प्रश्न उठाउनेहरूलाई एकथरीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई असयोग गरेको र पार्टी फुटाउन लागेको भन्ने कहावत निर्माण गरे । गोयबल्स शैलीमा प्रचार गर्न खोजियो । यस्ता काम अब बन्द गरिनुपर्छ । पार्टीका कारण हुन गएका सबै कमजोरीहरूबारे खुला समिक्षा गरिनुपर्छ । बाँकी रहेको २ वर्षमा नेकपाले देश निर्माण धेरै गर्न सक्छ । यो मुलुकमा अरु पार्टीले गर्न सक्दैन, कम्युनिष्ट पार्टीले नै गर्न सक्छ । कम्युनिष्ट पार्टीसँगै त्यो तागत, योग्यता र क्षमता छ । पार्टीलाई मजबुत बनाउँ र यसका कमजोरीहरूलाई सच्याउँ भन्दा पार्टी फुटाउन आँट्यो भनेर प्रचार गर्नुले हामी सही बाटोमा जान सक्दैनौं ।
अहिले हेग र जेल लैलान्छु भन्दै उछितो काढ्न खोज्ने नेतृत्वको शैली गलत भयो । हिजो पार्टी एककिरण गर्दा त्यसबारे थाहा थिएन र ? अहिले आएर यस्ता विषयवस्तु राख्नु गलत हो । एक वा अर्को नेतालाई यसरी उछितो काढ्ने, कमजोर बनाउने र खुइल्याउने कुराले कम्युनिष्ट पार्टी बलियो बन्दैन । हामीले तीन वर्षमा गरेका कमीकमजोरीहरूलाई सच्याएर अघि बढेमात्रै कम्युनिष्ट पार्टी बलियो बन्छ । र, अब २ वर्षका बजेटहरू राम्रो बनाएर जनता सामु जाने हो भने फेरि पनि नेकपा पुरानै लयमा फर्कन सक्छ । विभाजनकारी मानसिकताले पार्टी पुरानै ठाउँमा उभिन सक्दैन ।
तीन वर्ष हामीले सरकार चल्यायौं । पार्टी एकताको पनि करिब दुई वर्ष पूरा भइसकेको छ । स्थिर सरकार दिने बाचाकै कारण जनताले नेकपालाई रुचाएका थिए । गएको स्थायी कमिटीको बैठकमा छ जना पार्टीका कमरेडहरूले आफ्नो कार्यदल बनाउनुभयो । तर कार्यदलले बनाएका निस्कर्ष लागू गर्ने सवालमा फेरि पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ब्याक हुने तर दोसचाहिँ अरुलाई दिने ? हामी निर्णय गर्छौं तर निर्णय कार्यान्वयन गर्दैैैनौं । आफूलाई अनुकुल भयो, निर्णय मान्ने ! प्रतिकुल भए त्यस निर्णयलाई नमान्ने, जुन खालको संस्कार र संस्कृति हामी बनाउन खोजिरहेका छौं । त्यसले हामीलाई समाप्त हुने दिशामा लैजान्छ ।
अहिले हेग र जेल लैलान्छु भन्दै उछितो काढ्न खोज्ने नेतृत्वको शैली गलत भयो । हिजो पार्टी एककिरण गर्दा त्यसबारे थाहा थिएन र ? अहिले आएर यस्ता विषयवस्तु राख्नु गलत हो । एक वा अर्को नेतालाई यसरी उछितो काढ्ने, कमजोर बनाउने र खुइल्याउने कुराले कम्युनिष्ट पार्टी बलियो बन्दैन । हामीले तीन वर्षमा गरेका कमीकमजोरीहरूलाई सच्याएर अघि बढेमात्रै कम्युनिष्ट पार्टी बलियो बन्छ । र, अब २ वर्षका बजेटहरू राम्रो बनाएर जनता सामु जाने हो भने फेरि पनि नेकपा पुरानै लयमा फर्कन सक्छ । विभाजनकारी मानसिकताले पार्टी पुरानै ठाउँमा उभिन सक्दैन ।
अर्को कुरा, आजको दुनियाँमा तर्साएर कोही तर्सनेवाला छैन। पार्टी स्थायी कमिटी र सचिवालयले कुनै पनि नेताका नाममा रहेका फाउन्डेसनमार्फत कार्यक्रम नगर्ने भनेर निर्णय गरेको भोलिपल्ट देशभर भेला गर्ने काम भयो । यो ठीक कार्यशैली हो ? वैचारिक र सैद्धान्तिक हिसाबबाट यो कदम ठीक छ ? छलफल र बहस गरेजस्तो पनि गर्ने तर गुटका गतिविधि पनि चलाइरहने ।
विभाजनको कुरा पनि त्यति सजिलो देखिँदैन । गणितकै हिसाबले पनि पार्टी फुट्दैन । कानुनी हिसाबले पार्टी फुटाउने अवस्था पनि छैन । देशभर अव्यक्त रूपमै भएपनि ठूलो जनमत पार्टी विभाजनको विपक्षमा छ । ५४ साल या अन्य समयमा पार्टी विभाजन भएजस्तो बेला छैन यो । त्यसमाथि, कतिपय राम्रा काम पनि भएका छन् । कतिपय राम्रा प्रयत्न पनि भइरहेका छन् ।
सरकारको राम्रो पर्फमेन्स भएन भन्ने जुन सवाल छ, त्यसकै लागि पार्टी एकढिक्का भएर जानु परेको हो । हाम्रा कामको समीक्षा गर्नुपरेको हो । कमीकमजोरी कहाँ भयो हाम्रो भनेर पहिचान गर्नुपरेको हो । हामीमा रोग छ तर कमीकमजोरीबारे सुन्नै नचाहने, समीक्षा गर्नै नचाहने, मैले जे गरें त्यही ठीक र मैले जे गरें त्यही कानून भन्ने शैलीबाट चल्यौं भने यत्रो खालको पार्टी चल्छ ? या सरकार नै चल्छ ?
भिडियो:
अर्को कुरा, आजको दुनियाँमा तर्साएर कोही तर्सनेवाला छैन। पार्टी स्थायी कमिटी र सचिवालयले कुनै पनि नेताका नाममा रहेका फाउन्डेसनमार्फत कार्यक्रम नगर्ने भनेर निर्णय गरेको भोलिपल्ट देशभर भेला गर्ने काम भयो । यो ठीक कार्यशैली हो ? वैचारिक र सैद्धान्तिक हिसाबबाट यो कदम ठीक छ ? छलफल र बहस गरेजस्तो पनि गर्ने तर गुटका गतिविधि पनि चलाइरहने । यो लाजमर्दो भयो । यो तरिकाले हामी अघि बढ्यौं भने आन्दोलन र सरकार बलियो हुन्छ ? अनि सरकारले गरेका राम्रा कामका बारेमा अर्काले प्रचार गरिदिन्छ ? पार्टीभित्रका तमामा नेता–कार्यकर्ताको मनोविज्ञान र समस्यालाई सम्बोधन नगरिकन, हामीभभित्र भएका समस्याहरूलाई सम्बोधन नगरिकन, सरकारले गरेको राम्रो कामको प्रचार अरुले गरिदिँदैन ।
अनि के एउटा फाउण्डेसनले देशभर गरेको भेलाले आउने दिनका निर्वाचनहरू र आगामी दिनका जनताका मुद्धाहरू सम्बोधन गर्न सक्छ ? त्यसो हो भने किन पार्टी एकता गरेको ? फाउण्डेसन नै छँदैछ थ्यो नि ! त्यही फाउण्डेसन नै चलाएको भए भइहाल्थ्यो नि ? किन हामीले पूर्व माओवादीसँग एकता गरेर नेकपा बनाएको ? किन सबै मनोविज्ञान र प्रवृत्तिहरूलाई एक ठाउँमा राखेर हामी मुलुकको परिवर्तनका लागि जुट्छौं भनेको ?
त्यो वातावरण सरकार र पार्टीको नेतृत्वमा बस्ने कमरेडहरूले नै गर्न जरुरी छ । यदि त्यसो गरेनौं र गुटगत मानसिकताबाटै चल्न थाल्यौं भने एउटा नेताले मदन भण्डारी फाउन्डेसनका नाममा देशभर भेला गरिरहने र अरु चुप लागेर बस्ने अवस्था सिर्जना हुन्छ । अनि के एउटा फाउण्डेसनले देशभर गरेको भेलाले आउने दिनका निर्वाचनहरू र आगामी दिनका जनताका मुद्धाहरू सम्बोधन गर्न सक्छ ? त्यसो हो भने किन पार्टी एकता गरेको ? फाउण्डेसन नै छँदैछ थ्यो नि ! त्यही फाउण्डेसन नै चलाएको भए भइहाल्थ्यो नि ? किन हामीले पूर्व माओवादीसँग एकता गरेर नेकपा बनाएको ? किन सबै मनोविज्ञान र प्रवृत्तिहरूलाई एक ठाउँमा राखेर हामी मुलुकको परिवर्तनका लागि जुट्छौं भनेको ? विश्वासको साथ एकता गरेको हो भने त अहिले हामीले गरेका यस्ता कृत्य त गलत भए नि ।
शनिवार पार्टीको सचिवालयको बैठक बस्ने कुरा छ । पाँच जना नेता कमरेडहरूले एउटा प्रतिवेदन ल्याउनु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पनि अर्को प्रतिवेदन ल्याउनुहोला । दुवै पक्षको प्रतिवेदन आउँछ । आओस् र छलफल होस् । छलफललले आन्तरिक जनवादलाई बलियो बनाउँछ । त्यसपछि एउटा साझा निस्कर्ष निकालेर स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पार्टीको एउटै प्रतिवेदन र एउटै निर्णय लिएर आम जनताको बीचमा जानुपर्छ ।
कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने, कमजोर पार्ने, आन्दोलनलाई आफ्ना लागि प्रयोग गर्ने तथा आन्दोलन, पार्टी, नेता, कार्यकर्ता केही पनि होइनन्, म नै सबै कुरा हुँ भन्ने मनोविज्ञान र प्रवृत्तिलाई त्याग्न सकिएन भने आन्दोलन धरापमा पर्छ । हाम्रा उपलब्धि सखाप हुन्छन् ।
आजको राष्ट्रिय परिस्थिति, जनताको म्यान्डेट र आज हामीले जेजे गरिरहेका छौं, ती सबैलाई एक ठाउँमा राखेर साझा दस्तावेजका रूपमा एउटा प्रतिवेदन बनाएर देशभरका पार्टी पंक्तिलाई परिचालन गर्नुपर्छ । नेताहरूको हठ र शक्ति संघर्षका लागि अब संघर्ष गर्ने कुरा हुँदैन । जनता र कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्छ । अझै दुई वर्ष सरकार चलाउने वैधानिक दायित्व नेकपामा बाँकी छ । अबको एक वर्षभित्र देशभरका नेता कार्यकर्तालाई हाम्रो पार्टी र सरकार ठीक गर्दैछ भनेर लिएर जान सक्छौं । त्यसो गर्ने–नगर्ने हाम्रै हातमा छ । कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने, कमजोर पार्ने, आन्दोलनलाई आफ्ना लागि प्रयोग गर्ने तथा आन्दोलन, पार्टी, नेता, कार्यकर्ता केही पनि होइनन्, म नै सबै कुरा हुँ भन्ने मनोविज्ञान र प्रवृत्तिलाई त्याग्न सकिएन भने आन्दोलन धरापमा पर्छ । हाम्रा उपलब्धि सखाप हुन्छन् ।
(लम्साल नेकपा नेता तथा प्रदेश ३ का प्रदेश सांसद हुन् ।)