Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘फाउण्डेसन’ले नै चल्ने भए किन नेकपा बनाएको ?

लक्ष्मण लम्साल लक्ष्मण लम्साल
मंसिर १३, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिष्ट पार्टी महत्वपूर्ण र गम्भीर मोडमा उभिएको छ । पार्टी एकता सम्पन्न नभइकन पार्टी विग्रह हुने हो कि भन्ने चिन्ता देशभरका कार्यकर्ता र जनतामा छ । राष्ट्रिय र अन्र्तर्राष्ट्रिय जगतमा चासो र चिन्ता प्रकट भएको छ । सरकार बनेको साढे ३ वर्ष पुग्नै लाग्यो । सरकारको तर्फबाट जनतालाई डेलिभरी दिने विषय र निर्वाचनका बेलामा पार्टीले घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिवद्धताहरू पूरा गर्नुभन्दा पनि सरकार र सरकारमा रहेका मान्छेहरू, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी अध्यक्षले पार्टीभित्रका सहयात्री, साथी र कमरेडहरूलाई जुन खालको विश्वासमा लिनुपर्ने हो, त्यसो गर्नुभएको छैन । पार्टी एकताका कामहरू सम्पन्न नगरिकन सत्ताको मात्र खेलमा लाग्नु आजको सबैभन्दा ठूलो समस्या हो ।

    जतिखेर देश कोरोना महामाहारीको प्रारम्भिक त्रासमा थियो । त्यही त्रास र लकडाउनका बीच प्रधानमन्त्रीले पार्टीसँग छलफल नगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । त्यसपछाडि अर्को पार्टीका सांसदलाई हाम्रो पार्टीमा प्रवेश गराउने भन्दै हाम्रा साथीहरू लिन गएको तथ्य बाहिर निस्कियो । एकतातिर दल दर्ताको अध्यादेश ल्याउने, अर्कोतर्फ रातारात सांसदहरूलाई पार्टीमा प्रवेश गराउनेजस्ता लाजमर्दा कृत्य भयो । मन्त्रीको टेप प्रकरण, महत्वपूर्ण नेताको जग्गा विवाद, ओम्नी समुहसँगको सम्बन्ध र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा आए । यी सबै विषयप्रति पार्टीको धारणा के हो ? पार्टी स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीले यसबारे के बोल्छ ? हामी सबै मुद्धाहरूलाई एक ठाउँमा राखिदिने अनि एक्लै सुईँसुईँ हिँड्ने ?

    जतिखेर देश कोरोना महामाहारीको प्रारम्भिक त्रासमा थियो । त्यही त्रास र लकडाउनका बीच प्रधानमन्त्रीले पार्टीसँग छलफल नगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । त्यसपछाडि अर्को पार्टीका सांसदलाई हाम्रो पार्टीमा प्रवेश गराउने भन्दै हाम्रा साथीहरू लिन गएको तथ्य बाहिर निस्कियो । एकतातिर दल दर्ताको अध्यादेश ल्याउने, अर्कोतर्फ रातारात सांसदहरूलाई पार्टीमा प्रवेश गराउनेजस्ता लाजमर्दा कृत्य भयो । मन्त्रीको टेप प्रकरण, महत्वपूर्ण नेताको जग्गा विवाद, ओम्नी समुहसँगको सम्बन्ध र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा आए । यी सबै विषयप्रति पार्टीको धारणा के हो ? पार्टी स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीले यसबारे के बोल्छ ? हामी सबै मुद्धाहरूलाई एक ठाउँमा राखिदिने अनि एक्लै सुईँसुईँ हिँड्ने ?

    यसर्थ, नेतृत्वले पार्टी र सरकारका जीवनमा उठेका प्रश्नहरूको उत्तर दिनु जरुरी छ । जबसम्म हामी तिनको उत्तर दिँदैनौ, समाधान खोज्नेतर्फ लाग्दैनौं । त्यसले आम जनमानसमा भ्रम सिर्जना गर्छ । आफ्नै पार्टीका सहकर्मी कमरेडहरूसँग छलफल, बैठक र संवाद नगर्ने कुराले समस्या निम्त्याएको छ । पार्टीभित्रका अनेक मनोविज्ञानलाई सम्बोधन गर्दै पार्टी र सरकार चलाउनुपर्ने कुरामा जब समिक्षा गर्ने ठाउँमा हामी पुग्यौं, त्यसको छिनोफानो गरौं भनेर प्रश्न उठे । त्यसबारे हामी चुप बस्यौं । चुनावमा गरेका प्रतिवद्धताअनुरुप काम भयो कि भएन भनेर समिक्षा गरौं, पुर्नविचार गरौं भनेर पार्टीभित्र प्रश्न उठे । कार्यशैलीहरूका बारेमा प्रश्न उठे । हाम्रा व्यवहारका बारेमा प्रश्न उठे । हामीले गरेका कामका परिणामबारेमा प्रश्न उठे । पार्टी ठूलो कि सरकार ठूलो भन्ने प्रश्न उठे । आम जनता र कार्यकर्तामा निरासा छायो । के नेकपा यही निरासा संचार गर्नका लागि गठन भएको थियो? सुसासन स्थापना नगर्न, भ्रष्टाचार र दुराचार गर्नको प्रश्रयका लागि नेकपाको गठन भएको थियो ?

    भिडियो:

    कहिले हामी कोरोना बिरामीको उपचार सरकारले गर्छ भन्छौं । तर, लगत्तै सरकारले उपचार गर्न सक्दैन भन्छौं । किन हामीले सुरुदेखि अन्त्यसम्म एकैखालको धारणा राख्न सकेनौं ? किन हाम्रो सरकारले बारम्बार बोली फेरिरह्यो ? भ्रम र निरासा देखिएपछि त्यसको गम्भीर समिक्षा गर्नुपथ्र्यो । तर प्रश्न उठाउनेहरूलाई एकथरीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई असयोग गरेको र पार्टी फुटाउन लागेको भन्ने कहावत निर्माण गरे । गोयबल्स शैलीमा प्रचार गर्न खोजियो । यस्ता काम अब बन्द गरिनुपर्छ । पार्टीका कारण हुन गएका सबै कमजोरीहरूबारे खुला समिक्षा गरिनुपर्छ । बाँकी रहेको २ वर्षमा नेकपाले देश निर्माण धेरै गर्न सक्छ । यो मुलुकमा अरु पार्टीले गर्न सक्दैन, कम्युनिष्ट पार्टीले नै गर्न सक्छ । कम्युनिष्ट पार्टीसँगै त्यो तागत, योग्यता र क्षमता छ । पार्टीलाई मजबुत बनाउँ र यसका कमजोरीहरूलाई सच्याउँ भन्दा पार्टी फुटाउन आँट्यो भनेर प्रचार गर्नुले हामी सही बाटोमा जान सक्दैनौं ।

    अहिले हेग र जेल लैलान्छु भन्दै उछितो काढ्न खोज्ने नेतृत्वको शैली गलत भयो । हिजो पार्टी एककिरण गर्दा त्यसबारे थाहा थिएन र ? अहिले आएर यस्ता विषयवस्तु राख्नु गलत हो । एक वा अर्को नेतालाई यसरी उछितो काढ्ने, कमजोर बनाउने र खुइल्याउने कुराले कम्युनिष्ट पार्टी बलियो बन्दैन । हामीले तीन वर्षमा गरेका कमीकमजोरीहरूलाई सच्याएर अघि बढेमात्रै कम्युनिष्ट पार्टी बलियो बन्छ । र, अब २ वर्षका बजेटहरू राम्रो बनाएर जनता सामु जाने हो भने फेरि पनि नेकपा पुरानै लयमा फर्कन सक्छ । विभाजनकारी मानसिकताले पार्टी पुरानै ठाउँमा उभिन सक्दैन ।

    तीन वर्ष हामीले सरकार चल्यायौं । पार्टी एकताको पनि करिब दुई वर्ष पूरा भइसकेको छ । स्थिर सरकार दिने बाचाकै कारण जनताले नेकपालाई रुचाएका थिए । गएको स्थायी कमिटीको बैठकमा छ जना पार्टीका कमरेडहरूले आफ्नो कार्यदल बनाउनुभयो । तर कार्यदलले बनाएका निस्कर्ष लागू गर्ने सवालमा फेरि पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ब्याक हुने तर दोसचाहिँ अरुलाई दिने ? हामी निर्णय गर्छौं तर निर्णय कार्यान्वयन गर्दैैैनौं । आफूलाई अनुकुल भयो, निर्णय मान्ने ! प्रतिकुल भए त्यस निर्णयलाई नमान्ने, जुन खालको संस्कार र संस्कृति हामी बनाउन खोजिरहेका छौं । त्यसले हामीलाई समाप्त हुने दिशामा लैजान्छ ।

    अहिले हेग र जेल लैलान्छु भन्दै उछितो काढ्न खोज्ने नेतृत्वको शैली गलत भयो । हिजो पार्टी एककिरण गर्दा त्यसबारे थाहा थिएन र ? अहिले आएर यस्ता विषयवस्तु राख्नु गलत हो । एक वा अर्को नेतालाई यसरी उछितो काढ्ने, कमजोर बनाउने र खुइल्याउने कुराले कम्युनिष्ट पार्टी बलियो बन्दैन । हामीले तीन वर्षमा गरेका कमीकमजोरीहरूलाई सच्याएर अघि बढेमात्रै कम्युनिष्ट पार्टी बलियो बन्छ । र, अब २ वर्षका बजेटहरू राम्रो बनाएर जनता सामु जाने हो भने फेरि पनि नेकपा पुरानै लयमा फर्कन सक्छ । विभाजनकारी मानसिकताले पार्टी पुरानै ठाउँमा उभिन सक्दैन ।

    अर्को कुरा, आजको दुनियाँमा तर्साएर कोही तर्सनेवाला छैन। पार्टी स्थायी कमिटी र सचिवालयले कुनै पनि नेताका नाममा रहेका फाउन्डेसनमार्फत कार्यक्रम नगर्ने भनेर निर्णय गरेको भोलिपल्ट देशभर भेला गर्ने काम भयो । यो ठीक कार्यशैली हो ? वैचारिक र सैद्धान्तिक हिसाबबाट यो कदम ठीक छ ? छलफल र बहस गरेजस्तो पनि गर्ने तर गुटका गतिविधि पनि चलाइरहने ।

    विभाजनको कुरा पनि त्यति सजिलो देखिँदैन । गणितकै हिसाबले पनि पार्टी फुट्दैन । कानुनी हिसाबले पार्टी फुटाउने अवस्था पनि छैन । देशभर अव्यक्त रूपमै भएपनि ठूलो जनमत पार्टी विभाजनको विपक्षमा छ । ५४ साल या अन्य समयमा पार्टी विभाजन भएजस्तो बेला छैन यो । त्यसमाथि, कतिपय राम्रा काम पनि भएका छन् । कतिपय राम्रा प्रयत्न पनि भइरहेका छन् ।

    सरकारको राम्रो पर्फमेन्स भएन भन्ने जुन सवाल छ, त्यसकै लागि पार्टी एकढिक्का भएर जानु परेको हो । हाम्रा कामको समीक्षा गर्नुपरेको हो । कमीकमजोरी कहाँ भयो हाम्रो भनेर पहिचान गर्नुपरेको हो । हामीमा रोग छ तर कमीकमजोरीबारे सुन्नै नचाहने, समीक्षा गर्नै नचाहने, मैले जे गरें त्यही ठीक र मैले जे गरें त्यही कानून भन्ने शैलीबाट चल्यौं भने यत्रो खालको पार्टी चल्छ ? या सरकार नै चल्छ ?

    भिडियो:

    अर्को कुरा, आजको दुनियाँमा तर्साएर कोही तर्सनेवाला छैन। पार्टी स्थायी कमिटी र सचिवालयले कुनै पनि नेताका नाममा रहेका फाउन्डेसनमार्फत कार्यक्रम नगर्ने भनेर निर्णय गरेको भोलिपल्ट देशभर भेला गर्ने काम भयो । यो ठीक कार्यशैली हो ? वैचारिक र सैद्धान्तिक हिसाबबाट यो कदम ठीक छ ? छलफल र बहस गरेजस्तो पनि गर्ने तर गुटका गतिविधि पनि चलाइरहने । यो लाजमर्दो भयो । यो तरिकाले हामी अघि बढ्यौं भने आन्दोलन र सरकार बलियो हुन्छ ? अनि सरकारले गरेका राम्रा कामका बारेमा अर्काले प्रचार गरिदिन्छ ? पार्टीभित्रका तमामा नेता–कार्यकर्ताको मनोविज्ञान र समस्यालाई सम्बोधन नगरिकन, हामीभभित्र भएका समस्याहरूलाई सम्बोधन नगरिकन, सरकारले गरेको राम्रो कामको प्रचार अरुले गरिदिँदैन ।

    अनि के एउटा फाउण्डेसनले देशभर गरेको भेलाले आउने दिनका निर्वाचनहरू र आगामी दिनका जनताका मुद्धाहरू सम्बोधन गर्न सक्छ ? त्यसो हो भने किन पार्टी एकता गरेको ? फाउण्डेसन नै छँदैछ थ्यो नि ! त्यही फाउण्डेसन नै चलाएको भए भइहाल्थ्यो नि ? किन हामीले पूर्व माओवादीसँग एकता गरेर नेकपा बनाएको ? किन सबै मनोविज्ञान र प्रवृत्तिहरूलाई एक ठाउँमा राखेर हामी मुलुकको परिवर्तनका लागि जुट्छौं भनेको ?

    त्यो वातावरण सरकार र पार्टीको नेतृत्वमा बस्ने कमरेडहरूले नै गर्न जरुरी छ । यदि त्यसो गरेनौं र गुटगत मानसिकताबाटै चल्न थाल्यौं भने एउटा नेताले मदन भण्डारी फाउन्डेसनका नाममा देशभर भेला गरिरहने र अरु चुप लागेर बस्ने अवस्था सिर्जना हुन्छ । अनि के एउटा फाउण्डेसनले देशभर गरेको भेलाले आउने दिनका निर्वाचनहरू र आगामी दिनका जनताका मुद्धाहरू सम्बोधन गर्न सक्छ ? त्यसो हो भने किन पार्टी एकता गरेको ? फाउण्डेसन नै छँदैछ थ्यो नि ! त्यही फाउण्डेसन नै चलाएको भए भइहाल्थ्यो नि ? किन हामीले पूर्व माओवादीसँग एकता गरेर नेकपा बनाएको ? किन सबै मनोविज्ञान र प्रवृत्तिहरूलाई एक ठाउँमा राखेर हामी मुलुकको परिवर्तनका लागि जुट्छौं भनेको ? विश्वासको साथ एकता गरेको हो भने त अहिले हामीले गरेका यस्ता कृत्य त गलत भए नि ।

    शनिवार पार्टीको सचिवालयको बैठक बस्ने कुरा छ । पाँच जना नेता कमरेडहरूले एउटा प्रतिवेदन ल्याउनु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पनि अर्को प्रतिवेदन ल्याउनुहोला । दुवै पक्षको प्रतिवेदन आउँछ । आओस् र छलफल होस् । छलफललले आन्तरिक जनवादलाई बलियो बनाउँछ । त्यसपछि एउटा साझा निस्कर्ष निकालेर स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पार्टीको एउटै प्रतिवेदन र एउटै निर्णय लिएर आम जनताको बीचमा जानुपर्छ ।

    कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने, कमजोर पार्ने, आन्दोलनलाई आफ्ना लागि प्रयोग गर्ने तथा आन्दोलन, पार्टी, नेता, कार्यकर्ता केही पनि होइनन्, म नै सबै कुरा हुँ भन्ने मनोविज्ञान र प्रवृत्तिलाई त्याग्न सकिएन भने आन्दोलन धरापमा पर्छ । हाम्रा उपलब्धि सखाप हुन्छन् ।

    आजको राष्ट्रिय परिस्थिति, जनताको म्यान्डेट र आज हामीले जेजे गरिरहेका छौं, ती सबैलाई एक ठाउँमा राखेर साझा दस्तावेजका रूपमा एउटा प्रतिवेदन बनाएर देशभरका पार्टी पंक्तिलाई परिचालन गर्नुपर्छ । नेताहरूको हठ र शक्ति संघर्षका लागि अब संघर्ष गर्ने कुरा हुँदैन । जनता र कार्यकर्ताको भावनालाई सम्बोधन गर्नुपर्छ । अझै दुई वर्ष सरकार चलाउने वैधानिक दायित्व नेकपामा बाँकी छ । अबको एक वर्षभित्र देशभरका नेता कार्यकर्तालाई हाम्रो पार्टी र सरकार ठीक गर्दैछ भनेर लिएर जान सक्छौं । त्यसो गर्ने–नगर्ने हाम्रै हातमा छ । कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने, कमजोर पार्ने, आन्दोलनलाई आफ्ना लागि प्रयोग गर्ने तथा आन्दोलन, पार्टी, नेता, कार्यकर्ता केही पनि होइनन्, म नै सबै कुरा हुँ भन्ने मनोविज्ञान र प्रवृत्तिलाई त्याग्न सकिएन भने आन्दोलन धरापमा पर्छ । हाम्रा उपलब्धि सखाप हुन्छन् ।

    (लम्साल नेकपा नेता तथा प्रदेश ३ का प्रदेश सांसद हुन् ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      लक्ष्मण लम्साल

      लक्ष्मण लम्साल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.