Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९ का बिरामी भेन्टिलेटरमा पुग्नै नदिन यसरी उपचार गरौं

डा. सन्तकुमार दास डा. सन्तकुमार दास
भदौ २५, २०७७
- history
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना संक्रमणको अझै कुनै निश्चित उपचार पद्धति विकास भइसकेको छैन। तर केही पद्धति परीक्षण क्रममा छन।

    यो भाइरस फैलिएको ९ महिना भइसकेकाले यसविरुद्ध केही उपचार पद्धति अगाडि बढिरहेका छन्। तर तीमध्ये अहिलेसम्म कुनै पद्धति अन्तिम उपचारका रूपमा सफल साबित हुन सकेका छैनन्।

    कोरोनाका बिरामीलाई क्लिनिकल हिसाबले हामी ३ समूहमा बाड्छौं १) माइल्ड केस (सामान्य लक्षण भएका), २) मोडुरेट (मध्यम लक्षण भएका) र ३) सिभियर(गम्भीर अवस्थाका)।

    सामान्य लक्षण भएका बिरामीको उपचार
    नाक र मुखबाट भाइरस शरीरमा पसेपछि उसले गुणात्मक रूपमा आफ्नो उत्पादन बढाउन थाल्छ र हजारौं भाइरस बन्न थाल्छन्। त्यसले नाक चिलाउने, घाँटी दुख्ने, जीउ दुख्ने, सुक्खा खोकी लाग्ने र सामान्य ज्वरो पनि आइरहने हुन्छ।

    माइल्ड केस पत्ता लागिसकेपछि होम आइसोलेसन वा अन्य आइसोलेसनमा बस्नु नै यसको पहिलो उत्तम उपचार हो।

    यसरी आइसोलेसनमा बस्दा उपचारका लागि प्रयोग हुने भनेको साधारण सिटामोल हो। तात्तातो खानेकुरा खाने, समयमा खाना खाने, शरीरमा पानीको मात्रा पर्याप्त पुर्याउने, आराम राम्रोसँगै गर्ने र व्यायाम गर्दा माइल्ड केस भएका ८० प्रतिशत बिरामीलाई अस्पताल लैजानै पर्दैन।

    तर लगातार सय डिग्रीभन्दा माथि ज्वरो आयो, श्वास फेर्न गाह्रो भयो, लगातार डायरिया भयो वा होस कम हुन थाल्यो भने शरीरमा अक्सिजनको मात्रा कम भयो कि भन्ने देखाउँछ। यस्तोमा चिकित्सकको सल्लाह लिएर अस्पतालमा भर्ना हुनुपर्ने हुन्छ।

    मोडरेट केसको उपचार
    जब भाइरस फोक्सोतिर जान थाल्छन् तब सुरुमा त फोक्सोमा भएको भाइरससँग लड्ने रक्षापंक्तिले बचाउ गर्न थाल्छ। त्यसले भाइरसलाई फैलिन दिँदैन। तर भाइरसको लोड धेरै छ र हाम्रो रक्षापंक्तिले काम गरेन भने भाइरस फोक्सोको श्वास कोशिकामा छिर्न थाल्छ। त्यहाँ छिरेपछि ‘इन्फ्लामेसन’ सुरु गर्छ।

    यसभन्दा अघि संक्रमण मात्रै भएको हुन्छ भने यहाँ आएपछि कोभिड–१९ नयाँ चरणमा प्रवेश गर्छ।

    यहाँ शरीरका अन्य एन्टिबडी बन्छ। एन्टिबडी र भाइरसबीच संघर्ष हुँदा धेरै ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने हुन्छ। अक्सिजन नपुगेजस्तो महसुस हुन्छ। यसबेला ‘इन्फलामेसन’ले गर्दा फोक्सोको श्वास कोशिकामा पानी भरिन थाल्छ। मृत कोष त्यहाँ भरिन थाल्छन्। जसले गर्दा फोक्सोले अक्सिजन लिन पाउँदैन।

    यो मोडरेट अवस्था हो। यो अवस्थामा अस्पताल आवश्यक पर्ने हो।

    यस्तो बेला मुख्य उपचार भनेको अक्सिजन थेरापी हो। कोरोनाका १५ प्रतिशत बिरामी मोडरेट अवस्थामा पुग्छन्। तीमध्ये १० प्रतिशतलाई अक्सिजन थेरापीले ठीक पार्न सकिन्छ। मोडरेटमध्ये ५ प्रतिशतलाई मात्रै भेन्टिलेटर, आईसीयूको आवश्यकता पर्ने गर्छ।

    मोडरेट चरणमा हामीले समयमै के अवस्था पर्ने हो? भनेर चिन्न सकेनौं भने रोग जटिल अवस्थामा प्रवेश गर्छ। त्यतिबेला केही गर्न सक्ने अवस्था हुन्न। त्यसैले माइल्ड र जटिलबीचको अवस्थालाई हामीले समयमा चिन्न जरुरी हुन्छ र मुख्य ‘हिट’ गर्ने ठाउँ यही हो।

    थप अवस्था जटिल बन्न नदिन यस चरणमा उपचार गर्ने दुई/तीन पद्धति छन्।

    ‘इन्फलामेसन’ रोक्न यसबेला डेक्सामेथासोन, हाइड्रोकोर्टिसन औषधि प्रयोग गर्ने गरिएको छ। यो कोरोनाका लागि भनेर छुट्टै बनाइएको औषधि होइन तर यसले धेरै हदसम्म काम गरेको पाइएको छ। यो दिन थालेपछि धेरैजसो ‘इन्फलामेसन’ रोकिन्छ र फैलान पाउन्न।

    अर्को भनेको एन्टिभाइरल उपचार हो। एन्टिभाइरलमा अहिले हामीसँग उपलब्ध औषधि भनेको रेमडेसिभिर हो। रेमडेसिभिरले भाइरसको आरएनए दोब्बर हुनबाट रोक्छ। त्यस्तो गर्दा भाइरसको लोड कम हुन्छ। यो पाएको ११ दिनमा बिरामी निको भएको अध्ययनले देखाएको छ। तर कुन बेला दिने त्यो समयले महत्वपूर्ण भूमिका खेल्छ।

    यही चरणमा गर्ने अर्को उपचार पद्धति प्लाज्मा थेरापी हो। यो भनेको प्यासिभ एम्युनिटी दिने हो। निको भइसकेको व्यक्तिको रगतबाट प्लाज्मा निकाली संक्रमितलाई दिइन्छ। त्यसो गर्दा उसमा भाइरसविरुद्ध लड्ने एन्टिबडी बन्छ। त्रिवि शिक्षण अस्पतालमा हालसम्म प्लाज्मा थेरापी गरेका पाँचै बिरामी निको भएर घर गइसकेका छन्।

    जटिल केसको उपचार
    आईसीयूमा बिरामी गइसकेपछि सबैभन्दा प्रभावकारी देखिएको थेरापी बिरामीलाई घोप्टो पारेर सुताउने (प्रोन भेन्टिलेसन) हो। यो पद्धतिबाट अहिलेसम्म हामीले ३५ बिरामीको सफल उपचार गरिएका छौं। यसले गर्दा फोक्सोमा रगत र अक्सिजनको म्याच राम्रो हुन्छ। हामी कोभिडका कोही बिरामी घरमै हुँदा पनि घोप्टो परेर सुत्न सुझाव दिन्छौं। हामीले आईसीयूमा भएका बिरामीलाई २४ घण्टामा १३ देखि १४ घण्टा घोप्टो पारेर राख्छौं।

    यस चरणको अर्को पद्धति भनेको ‘हाई फ्लो अक्सिजन नेजल कन्नुला’ बाट अक्सिजन दिनु हो। सामान्य अक्सिजनमा हामीले एक मिनेटमा १४ देखि १५ लिटरसम्म बिरामीलाई दिन पाउँछौं तर हाई फ्लो नेजल कन्नुलाबाट एक मिनेटमा ५० देखि ६० लिटरसम्म दिन पाउँछौं।

    यसले ५० प्रतिशत बिरामीलाई भेन्टिलेटरमा जानबाट जोगाउँछ। हामी सबैलाई थाहा छ- भेन्टिलेटरमा गएका बिरामीलाई बचाउन गाह्रो पर्छ। यो प्रविधि काठमाडौंमा चार-पाँचवटा अस्पतालमा मात्रै छ। त्रिवि शिक्षण अस्पतालमा पनि यसका दुईवटा मात्रै मेसिन छन्। यो मेसिनको व्यवस्था सकभर सबै अस्पतालले गरे राम्रो। अहिले याे धेरै उपयोगी देखिएको छ। बजारमा पनि यो मेसिन ४ देखि ५ लाख रुपैयाँसम्ममा उपलब्ध हुन्छ।

    प्रोन भेन्टिलेसन र हाई फ्लो अक्सिजनले भेन्टिलेटरमा जान धेरै बिरामीलाई रोकेको छ।

    त्यसपछि आईसीयूमा भएका बिरामीलाई ‘नेगेटिभ फ्लुड ब्यालेन्स’ गर्नुपर्छ। सामान्यतया हामी आईसीयूमा भएपछि ‘ड्रिप’, सलाइन झुण्ड्याइदिन्छौं। यो सलाइनचाहिँ कोभिडको केसमा धेरै खतरनाक हुन्छ। त्यही भएर फ्लुड (तरल) एकदमै कम राख्ने, शरिरमा फ्लुडको ब्यालेन्स नेगेटिभ राख्ने गर्नुपर्छ। जति इनपुट छ ठ्याक्कै त्यति नै आउटपुट हुनुपर्‍याे, त्यो भन्दा बढी आउटपुट हुनुपर्‍याे।

    भेन्टिलेटरमा उपचार
    हाम्रो अनुभवमा भेन्टिलेटरमा गएका बिरामीमध्ये ६० प्रतिशतको मृत्यु भएको छ। शिक्षण अस्पतालमा शुक्रबारसम्म हामीले २०० जना बिरामीको उपचार गरौं। त्यसमध्ये ७० जना बिरामी आइसियूमा गएका छन। तीमध्ये पनि ११ जनालाई मात्रै भेन्टिलेटरमा राख्नुपर्यो। भेन्टिलेटरमा गएका ११ जनामध्ये ६ जनाको मृत्यु भएको हो।

    ७० जना आईसीयूमा पुगे पनि ११ जनामात्रै किन भेन्टिलेटरमा सीमित रहे भन्दा हाइ फ्लो अक्सिजन, प्रोन भ्यान्टिलेसन, समयमा डेक्सामेथासोन तथा प्लाज्मा थेरापी गरेर नै हो।

    भेन्टिलेटरमा गएपछि पनि १७–१८ घण्टा उल्टो पारेर राख्नुपर्छ। नेगेटिभ फ्लुड ब्यालेन्स मेन्टन गर्नुपर्छ र अरु सबै भेन्टिलेटर केयरहरु आवश्यक नै पर्छ।

    अन्तिममा भेन्टिलेटरबाट पनि सुधार हुने अवस्था देखिएन र फोक्सोमा धेरै क्षति पुगेको अवस्था छ भने एक्स्ट्राकोर्पोरियल मेमब्रेन अक्सिजेनेसन(एक्स्माओ) विधि हो।

    मनमोहन कार्डियोथोरासिस, गंगालाल र मेडिसिटी अस्पतालमा यो बिधि उपलब्ध छ। अरुमा छैन। यो अन्तिम प्रविधि हो। एक्स्माओबाहेकका प्रविधिबाट अहिलेसम्म नेपालमा हामी कोभिडका बिरामीको उपाचार गरिरहेका छौं।

    (त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले शनिबार नेपमेड्सले आयोजना गरेको भर्चुअल सेमिनारमा राखेको मन्तव्यको सम्पादित अंश । भदौ २०, २०७७ नेपाल खबरबाट)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. सन्तकुमार दास

      डा. सन्तकुमार दास

      Related Posts

      अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

      शिवप्रसाद तिवारी
      पुस २६, २०७७

      जस्तोसुकै प्रजातन्त्रको हिमायती हुँ भन्ने देशहरूमा पनि चुनावका माध्यमबाट केही व्यक्तिवादी, अलोकतान्त्रिक प्रवृत्तिका मान्छेहरू चुनिने सम्भावना हुँदोरहेछ। डोनाल्ड ट्रम्प पनि...

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      टंक कार्की
      पुस २४, २०७७

      महान फ्रेन्च क्रान्तिको ११/२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्तिमाथि बुट बजार्दै आफूलाई सम्राट घोषणा गरेका थिए।...

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      शत्रुधन् महतो
      पुस १४, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको कदम चल्नुभयो । असंवैधानिक कदम चाल्नुभयोे । संविधानत : बहुमत हुँदाहुँदै संसद विघटन गर्न...

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      दिलु पन्त
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पूर्ण रूपमा असंवैधानिक छ । उनले जुन कदम चाले, त्यसले मुलुकलाई अधोगतितर्फ लैजान्छ । त्यो...

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      पत्रपत्रिकाबाट
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले विना जानकारी र सोधनी बालुवाटार समूहको केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाले उक्त पद अस्वीकार...

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      बलावती शर्मा
      पुस ८, २०७७

      म कानुनको विद्यार्थी पनि हुँ । संसद विघटनका लागि संविधानका जुन–जुन धारा तोकिएका छन्, त्यसमा बहुमतको सरकारलाई संसद विघटनको अधिकार...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.