Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

कोरोनाभाइरसबाट पीडितलाई बोस्निया­-हर्जेगोविनाका पूर्व प्रधानमन्त्रीको पत्र

by नेपाल रिडर्स
February 11, 2020
- यो हप्ता, स्वास्थ्य /शिक्षा
कोरोनाभाइरसबाट पीडितलाई बोस्निया­-हर्जेगोविनाका पूर्व प्रधानमन्त्रीको पत्र
Share on FacebookShare on TwitterEmail

कोरोनाभाइरसबाट पीडित तथा त्यसका विरुद्ध संघर्षरत मेरा प्यारा मित्रहरु, सहकर्मीहरु र चीनिया जनताहरु !

सर्वप्रथम, चीन र चिनियाँ जनताको मित्रको हैसियतले म यस महामारीले जीवन गुमाउनु भएका व्यक्तिहरुप्रति गहिरो संवेदना व्यक्त गर्दछु। म तपाईंहरु सबैमा यस्तो डरलाग्दो र अति नै असम्भव परिस्थितिमा काम गरिरहनु भएकोमा नम्रताका साथ सम्मान टक्राउँदछु।

तपाईंहरुको साहस र धैर्यता, कडा परिश्रम तथा अनुभूति, ज्ञान तथा विवेक तपाईंहरुको महान राष्ट्रलाई मात्र होइन पुरै विश्वको आशा जगाउने दियो हो। आज तपाईंहरु नोभल महामारीको आततायी छायामुनि विश्वभरका मानवलाई रक्षा गर्न अग्रपङ्क्तिमा हुनुहुन्छ। यो लडाइँ तपाईंहरुले आफ्ना हितका लागि मात्र लड्नु भएको छैन। यसमा हामी पनि हाम्रो व्यक्तिगत वा देशको भविष्यका निम्तिमात्र युद्धरत छैनौं। कोरोनाभाइरसले आज हामी सबैलाई निम्ता दिदैंछ। के हामी साझा भविष्यका निम्ति जागरुक र सक्षम छौं? कि हाम्रो भविष्य नै छैन?

‘बल्ड्याङ्ग खाएर नै सिकिन्छ’

कोरोनाभाइरसले हाम्रा सिमाना, हाम्रा मापदण्ड र नियमहरू,  हाम्रा आर्थिक वा राजनीतिक विवादहरूलाई वास्ता राख्दैन। हामी सबै घातक खतराको सामना गरिरहेका छौं। यो पहिलो होइन तर अब हामीले सहकार्य नगरेमा यो नै हामीलाई धम्की दिने अन्तिम भाइरस हुनेछ। यस्तै भाइरसहरु बिरूद्धको लडाइँ हाम्रो साझा खतरा हो साथै यो सामूहिक रूपमा एकसाथ कार्य गर्ने एक अवसर पनि हो।

जब सारा दुनिया व्यापक जागृत र सचेत छ, तब म यो गम्भीर अवस्थामा पनि आशाको दियो बलेको देख्छु। चीनको एकता र यस भयानक भाइरसविरुद्ध भिड्ने जागरुकता, बचावटका लागि समाधान खोज्ने वा निको पार्ने अन्तरआकङ्छाले, मेरो हृदयमा आशा र चीनिया जनताप्रति ठूलो सम्मान जागेको छ।

तपाईंहरु केवल एक घातक अज्ञात भाइरस विरूद्ध मात्र होइन, अज्ञानी, स्वार्थ, पूर्वाग्रह र नक्कली तथा आतङ्क मच्चाउने समाचार विरूद्ध लड्दै हुनुहुन्छ। जुन कहिलेकाँही विश्वव्यापी महामारी भन्दा तीब्र गतिमा फैलिन्छ।

हुन त यस्तो स्थितिमा सबै आशा समाप्त भएको जस्तो देखिन्छ तर यस युद्धमा तपाईले फेरि एकपटक आफ्नो उत्कृष्ट संगठनात्मक र आपतकालिन अनुक्रियाको क्षमतालाई दुनियाका सामू उदाहरण देखाइदिनु भएको छ।

‘ठिङ्ग उभिन डराउनुहोस्, तर बिस्तारै बढ्न नडराउनुहोस्‘

चीनले फेरि अर्को उदाहरण देखाइरहेको छ यो विकासको बारेमा होइन, सुदिनमा होस् या कुदिनमा यो कहिल्यै स्थिर छैन।

 तपाईंहरुको ५००० वर्षको संचित संस्कृति, निस्वार्थ समर्पण र संचित ज्ञानको आधारमा एकता, र विश्वव्यापी गत चार दशकको ऐतिहासिकरूपमा उत्कृष्टताको ज्ञान केन्द्रहरू निर्माण गर्दै कल्पनै गर्न नसकिने विशाल बृद्धिले निर्देशित गरीबी उन्मूलन गर्ने क्रमले नै,  यस लडाइँमा विजयी हुने तपाईहरुको क्षमताप्रति म पूर्ण विश्वस्त छु।

मलाई विश्वास छ कि एक दिन, चाँडै नै, महामारीसँग तपाईंहरुको संघर्ष मानवजातिको साझा भविष्यका लागि एक नयाँ ज्ञान भण्डार हुनेछ। यो चिनियाँको हजारौं वर्षको संस्कृतिको संचय र विश्वव्यापी गरीबी उन्मूलन, आर्थिक र प्राविधिक उचाइमा हालसालका उपलब्धिहरूको तार्किक परिणाम हुनेछ।

म ढुक्क छु – राष्ट्रपति सी जिन जिनपिंगको नेतृत्वमा यो महामारीमाथि विजय हासिल गर्न र हामी सबै सामू आइलागेका चुनौतिहरुलाई सामना गर्न चीनसँग सामर्थ्य छ। आत्मसम्मान र समृद्धिसहितको साझा भविष्यको बलद्वारा प्रेरित दृढतले गर्दा आगामी दिनहरु उज्ज्वल हुनेछन् भन्नेमा म विश्वस्त छु।

म विश्वास गर्दछु कि तपाईंहरु र हामी स्वार्थी र अल्पकालिक अन्धकारबाट निस्केर उज्ज्वल तथा साझा भविष्यको लागि सही विकल्प रोज्न सक्नेछौं।

‘बादल फाटेपछि घाम लाग्छ’

कलम बन्द गर्नु अघि, म तपाईंलाई एक महान कवि शेक्सपियरको अमरवाणीले पुन: सलाम गर्दछु।
“मानिसहरुका जीवनमा उतारचडाव आउँछन्
बाढी उठेका समयमा त्यसले सम्पत्तितर्फ डोर्‍याउँछ
अनि मानिसको जीवनयात्रा सतहमा र विपदमा बिलाउँछ
यस्तै भवसागरमा हामी तैरिरहेकाछौं
र, हामी अवसर आउँदा प्रवाहमा हेलिनु पर्छ,
अन्यथा हाम्रो यात्राको अन्त्य हुनेछ।

तपाईहरुको ज्लात्को लागुमडिजाजा, बोस्निया­-हर्जेगोविना ।

९ फेब्रुअरी २०२०, सीजिटिएनबाट साभार । 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.