Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेवारहरु जनजाति हुन् या होइनन्?-प्रा. माणिकलाल श्रेष्ठ

nepal_readers nepal_readers
चैत्र ५, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    प्राध्यापक माणिकलाल श्रेष्ठ

    काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ताखाले अनुसन्धानहरु अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

    सरसरर्ती हेर्दा अरू जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो – तामाङ्ग, गुरूङ, मगर, लिम्बूहरू सबै नश्लमा आधारित जाति हुन् । तामाङ्गहरू सबैको एउटै रगत छ, राईहरू सबैको र त्यस्तै अरूअरू पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरू पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरू सबै हुन् आर्य रगतका हुन् । तर नेवारहरूमा त्यस्तो छैन । कोही नेवारहरू आर्यन्, कोही नेवारहरू मङ्गोल र कोही अष्टोद्रविड नश्लका छन् । संसारका तीनैवटा नश्लहरू नेवारहरूमा छन् । हुन त ९० प्रतिशतभन्दा बढी नेवारहरू तिब्बेतो वर्मन अथवा मंगोल छन् ।

    नेवारका पनि ९० प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती-बर्मी समूहका) हुन्, तर यहाँ अरु आगन्तुकहरु पनि नेवार बनेका छन् । नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन् । धर्मका हिसाबले पनि अहिले नेवारहरू शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिले शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई ‘देश छाडेर जानू, नजानहरूलाई मार्नू’ भन्ने आदेश दिए ।

    त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे । नजानेहरू सबैलाई फाँसी दिइयो र मारियो । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् । नेवार मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरूसँग मिसिन गए ।

    नेवारहरूको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार । यसरी नेवारहरूको रगत, धर्म अलगअलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै जाति छैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार दैखिन्छ भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक Ethnic समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय हो (ethnic नभई linguistic community) ।

    जो नेपाल भाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपाल भाषा के हो भन्ने बारेमा मूल्याङ्कनमा विस्तृत रूपमा आइसकेको छ । त्यहाँ मैले के भनेको थिएँ भने नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरूले बोल्ने संस्कृत मूलको भाषा (त्यतिबेला मैले किरात भाषामा मैथिली भाषा मिलेर नेपाल भाषा बनेको थियो भनेको थिएँ । तर मैथिलीभन्दा अलि गल्ती होलाजस्तो लाग्यो, किनभने अहिलेको मैथिली भाषाभन्दा लिच्छवीहरूले त्यतिबेला बोल्ने भाषा फरक थियो) मिसिएर बनेको नयाँ भाषा हो । नेपाल भाषा बन्नुभन्दा पहिले त नेवारहरूको र तामाङ्गहरूको एउटै भाषा थियो । तामाङ्गहरूले पुराने भाषा बोलिरहे । नेवारहरू भने नयाँ भाषा बोल्न थाले ।

    नेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरू, ज्यापूहरू सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन् । नेवारहरुमा यिनीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि : नेवारहरूमा श्रेष्ठहरू छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । ७ सय वर्षसम्म मल्लहरूको राज्य चल्दा उनीहरूले सरकारको ठूलाठूला पदहरू अथवा भारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे ।

    उनीहरू जुनजुन पदहरूमा नियुक्त भए, त्यही पदअनुसार उनीहरूको थर निर्धारण भयो । जस्तो : मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको दुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो । उनीहरूका सन्तानहरूलाई अहिले पनि अमात्य, प्रधान , राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारादार समूहको सामूहिक नामलाई श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान् कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।

    एउटा उदाहरण लिऔँ । नेपालको इतिहासमा हरिसिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौन गढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ । त्यस आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए । तर तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरवारमा शरण लिए । उनीहरूको थर राजपूत थियो । नेवारीमा ‘रा’लाई ला भनिन्छ । त्यसैले उनीहरूको थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरू श्रेष्ठमा मिल्न गए । मल्ल राजा भूपतीन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरू आएका थिए । उनीहरू दरवारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो ।

    तिनीहरूसँगै आएका वैद्यहरू तर दरवार नपुगेकाहरू श्रेष्ठ नभई अरू जातमा विलिन भए । बाहुनहरूमा पनि बाहिरबाट देवकोटा, रिमाल, आचार्य, सुवेदी यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरू ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरूले नेवारी बोले, उनीहरूलाई राजउपाध्याय भनिन्छ वा नेवारबाहुन पनि भनिन्छ । त्यस्तै, तराईबाट पनि तिरहुते (झा, ओझा, मिश्र थरका) बाहुनहरू पनि यहाँ आएर नेवार भाषा बोलेर नेवार बाहुन बने । यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौँ उपत्यकामा बसेर नेवार भाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो । यसरी नेवारहरूको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।

    यो पनि पढ्नुहोस् – नेवार को हुन्?

    शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।
    संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरूको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ । यहाँका कला र कलाकारका बारेमा रूसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन् – ” विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएका थियो, नेपालमा एघारौँ शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरू बनाइसकिएका थिए ।” त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो । यो कुरा कोरियामा पनि उल्लिखित छ । ती पुस्तकहरूमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधिको बारेमा चर्चा गरिएको छ । यसरी एकपटक मल्लकालमा नेवारहरू निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।

    अब नेवारहरू आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौँ । मेरो विचारमा नेवारहरू आदिवासी नै हुन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरू आदिवासी नै हुन् । अरू बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ । आदिवासी भन्नेबितिकै नेवारहरू शुरूदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला । मानव जातिको उत्पत्ति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ । उनीहरू नै संसारभरि फैलिएका हुन् । त्यसैले आदिवासी भनेर तिनीहरूलाई भनिन्छ, जुन जातिहरू शासक जातिभन्दा पहिला आएर बसेका हुन् । अहिले नेपालका शासक जाति नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी हुन् । उनीहरू ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरू त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरूलाई आदिवासी भन्नुपर्छ ।

    अर्का, नेवारहरू जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषा अन्तर्गत नेवारहरू पर्दैनन् । यो परिभाषाअनुसार नेवारहरूलाई जनजाति भनियो भने नवारहरूको बेइज्जत हुन्छ भन्न थालियो । अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ ।

    किनभने शासक जातिकोभन्दा अलग्गै भाषा, धर्म र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरूको भाषा कति उत्पीडित छ भन्ने कुरा त मूल्याङ्कनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरू जनजाति नै हुन् भन्ने मलाई लाग्छ । यदि नेवारहरू जनजाति हुन् भने मैथिलहरू किन जनजाति होइनन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ । मैथिलहरूको भाषा अलग्गै भएता पनि उनीहरू हिन्दू धर्म र आर्य संस्कृतिका हुन् । उनीहरूको धर्म र संस्कृति शासकहरूको धर्म र संस्कृतिसँग मिल्छ । त्यसैले उनीहरू जनजाति भएनन् । शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।

    एकपटक शासक भइसकेका नेवारहरू कसरी जनजाति हुनसक्छन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ । तर नेवारहरू कहिले पनि शासक जाति भएका छैनन् । मल्ल राजाहरूलाई नेवार राजा भनिए तापनि उनीहरू नेवारहरू नै होइनन् ठकुरीहरू हुन् । नेपाल भाषा बोलेर शासकहरू नेवार भएका थिए । उनीहरू शासक छँदा नेवारहरू अलग्गै थिए । पृथ्वीनारायण शाहले मल्लहरूको राज्य खोसेपछि मात्र मल्लहरू नेवारसँग मिल्न गएका थिए ।

    (अघिल्लो हप्ता बित्नुभएका प्राध्यापक श्रेष्ठको यो लेख इमुल्यांकनबाट लिईएको हो ।) 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.