Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सका दुई महत्वपूर्ण सिद्धान्तहरू–फ्रेडरिक एंगेल्स

विगतको सम्पूर्ण इतिहास वर्गीय द्वन्द्व र वर्गसंघर्षको बीचमा रहेको छ। शासक र शासित, शोषक र शोषित वर्गहरू समान रूपमा अस्तित्वमा छन् र बहुसंख्यक मानव जातिले आफ्ना लागि संघर्ष गरिरहेका छन्। र, थोरै मान्छेहरूले आनन्दभोग गरिरहेका छन्। यस्तो किन हुन्छ? किन धेरै परिश्रम गर्नेहरूका भागमा कम सुख छ?

नेपाल रिडर्स नेपाल रिडर्स
असार २९, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विज्ञानको इतिहासमा मार्क्सले महत्वपूर्ण कुराहरू पत्ता लगाए, आफ्नो नाम अमर बनाए, ती महत्त्वपूर्ण कुराहरूमध्ये हामी यहाँ दुईवटा कुराबारे चर्चा गरौं :

    पहिलो, विश्व इतिहासको सम्पूर्ण अवधारणा नै त्यो क्रान्ति हो, जुन मार्क्सले पूरा गरे। सबै प्रकारका ऐतिहासिक परिवर्तनहरूको मूल कारण मानवजातिको परिवर्तनशील विचारहरूमा फेला पर्छ भन्ने धारणामा इतिहासको पुरानो दृष्टिकोण आधारित थियो। सबै प्रकारका ऐतिहासिक परिवर्तनहरूमध्ये राजनीतिक परिवर्तन सबैभन्दा महत्वपूर्ण हुन्छ र इतिहासमा त्यसको सर्वत्र प्रभुत्व हुन्छ।

    तर मानिसका दिमागमा यी विचारहरू कहाँबाट आउँछन? र, राजनीतिक परिवर्तनका चालक शक्तिहरू के –के हुन् भन्ने लगायतका अहम् प्रश्नहरू मानिसहरूले सोधेनन्। फ्रेन्च र केही अँग्रेजी इतिहासकारहरूको नयाँ शाखामा मात्र यो विश्वास दृढताका साथ प्रवेश भएको थियो कि, ‘कम्तिमा मध्य युगदेखि नै सामाजिक र राजनैतिक प्रभुत्वको लागि युरोपको इतिहासमा सामन्ती कुलीन वर्गसँग पुँजीवादी वर्गको सङ्घर्ष नै त्यसको प्रेरक शक्ति थियो।’

    मार्क्सले प्रमाणित गरे कि अहिलेसम्मको सबै इतिहास वर्गसंघर्षको इतिहास हो। अहिलेसम्म भएका सबै विविध र जटिल राजनीतिक सङ्घर्षहरूका जडमा सामाजिक वर्गहरूको राजनीतिक र सामाजिक शासन चलेको हो। र, पुराना वर्गहरूले आफ्नो प्रभुत्व बनाइराख्ने र नयाँ उदीयमान वर्गहरूले आफ्नो प्रभुत्व कब्जा गर्ने समस्या कायमै छ। तर यी वर्गहरूको जन्म र निरन्तरताका कारणहरू के हुन्? तिनको कारण शुद्ध भौतिक अथवा गोचर परिस्थिति हो। त्यस अन्तर्गत समाजले कुनै पनि युगमा आफ्नो निर्वाहका साधनहरूको उत्पादन र विनिमय गर्दछ। मध्ययुगको सामन्ती शासनको आधार साना किसान समुदायहरूको स्वावलम्बी अर्थतन्त्र थियो। आफूलाई आवश्यक पर्ने सबै चीजहरू उनीहरू आफैँ उत्पादन गर्थे। त्यहाँ प्रायः विनिमयको पूर्ण अभाव थियो। सशस्त्रधारी सामन्ती शासकहरूले उनीहरूलाई जातीय वा कम्तीमा राजनीतिक एकता दिँदै बाह्य आक्रमणहरूबाट जोगाउँथे। शहरहरूको उदयसँगै विभिन्न हस्तकला र आपसी व्यापारको विकास भयो। र, त्यो सुरुमा आन्तरिक क्षेत्रमा सीमित थियो र पछि अन्तर्राष्ट्रिय रूपमा विकास भयो। योसँगै सहरमा पूँजीपति वर्गको विकास भयो र मध्यमवर्गमा नै सामन्ती शासकहरूसँग लड्दै सामन्ती व्यवस्थाभित्र विशेषाधिकार प्राप्त वर्गको रूपमा पूँजीपतिले आफ्नो स्थान बनायो।

    तर १५औँ शताब्दीको मध्यदेखि युरोप बाहिरको संसारमा यो पूँजीपति वर्गले आफ्नो व्यापारका लागि धेरै फराकिलो क्षेत्र फेला पारेको थियो। यसले उनीहरूको उद्योगलाई नयाँ गति दिन मद्दत गर्‍यो। प्रमुख शाखाहरूमा हस्तकलाद्वारा उत्पादन प्रतिस्थापन गरी अब कारखानाको स्तरमा स्थापित भयो। त्यसपछि यो ठाउँ ठूला उद्योगद्वारा प्रतिस्थापित गरिए। जुन पछिल्लो शताब्दीको आविष्कार, त्यसमा पनि विशेष गरी वाष्प इन्जिनद्वारा सम्भव भएको थियो। ठूला उद्योगको व्यापारले यस्तो प्रभाव पारेको थियो कि पिछडिएका देशहरूमा मान्छे र हातले गर्ने कतिपय काम ठप्प भए। र, विकसित देशहरूमा सञ्चारका आधुनिक नयाँ साधनहरू–वाफबाट चल्ने पानीजहाज, रेल तथा बिजुलीका तारहरूको उत्पादन भयो। यसरी पूँजीपति वर्गले सामाजिक सम्पत्ति र सामाजिक शक्ति दुवैलाई आफ्नो हातमा बढी केन्द्रित गर्न थाल्यो। यद्यपि लामो समयसम्म सामन्ती शासकहरूको हातमा रहेको राजनीतिक सत्ता र उनीहरूद्वारा समर्थित राजतन्त्रबाट भने पूँजीपति वर्ग बञ्चित थियो। तर विकासको एक यस्तो चरण आयो–गौरबशाली फ्रान्सेली क्रान्तिपछि पूँजीपति वर्गले राजनीतिक शक्ति पनि कब्जा गर्यो। र, त्यसपछि तिनीहरू सर्वहारा र साना किसानहरूमाथि शासक गर्ने वर्गका रूपमा रहे।

    समाजको विशेष आर्थिक अवस्थाको यथोचित ज्ञान भएपछि मात्रै ऐतिहासिक घटनाहरूलाई राम्ररी व्याख्या गर्न सकिन्छ। यद्यपि सोे ज्ञान हाम्रा व्यावसायिक इतिहासकारहरूसँग एकदमै कम छ। त्यसैगरी, प्रत्येक ऐतिहासिक युगका अवधारणा र विचारलाई त्यस युगको आर्थिक जीवन अवस्था र सामाजिक तथा राजनीतिक सम्बन्धका (यी सम्बन्धहरू पनि आर्थिक अवस्थाले नै निर्धारण हुन्छन्) आधारमा सजिलै व्याख्या गर्न सकिन्छ। यसरी, इतिहासले पहिलो पटक आफ्नो वास्तविक आधार भेट्टायो।

    यो आधार अति स्पष्ट सत्य हो, जसलाई पहिले पहिले पटक्कै ध्यान दिइएको थिइएन। सबैले जानेकै कुरा हो कि मानवलाई सबैभन्दा पहिले गाँस, बाँस र कपास चाहिन्छ। त्यसो हुँदा उनीहरूले पहिले त काम गर्नै पर्छ। त्यसपछि मात्र उनीहरू प्रभुत्वका लागि एकअर्कासँग लड्न सक्छन् र त्यसपछि मात्रै राजनीति, धर्म र दर्शन आदिका लागि आफ्नो समय छुट्याउन सक्छन्। अन्ततः यो सच्चाइको पुष्टि भयो। यसले ऐतिहासिक अधिकार प्राप्त गर्‍यो।

    इतिहासको यो नयाँ धारणा समाजवादी दृष्टिकोणको लागि सबैभन्दा महत्त्वपूर्ण थियो। यसले देखाउँछ कि विगतको सम्पूर्ण इतिहास वर्गीय द्वन्द्व र वर्गसंघर्षको बीचमा रहेको छ। शासक र शासित, शोसक र शोसित वर्गहरू समान रूपमा अस्तित्वमा छन् र बहुसंख्यक मानव जातिले आफ्ना लागि संघर्ष गरिरहेका छन्। र, थोरै मान्छेहरूले आनन्दभोग गरिरहेका छन्। यस्तो किन हुन्छ? किन धेरै परिश्रम गर्नेहरूका भागमा कम आनन्द छ?

    किनभने मानवजातिको विकासका अघिल्ला सबै चरणहरूमा उत्पादनको विकास यति न्यून भएको थियो कि ऐतिहासिक विकास यही अन्तरविरोधी रूपमा मात्र हुन सक्थ्यो। ऐतिहासिक प्रगतिलाई लगभग एक विशेषाधिकार प्राप्त अल्पसंख्यक समुदाय (धनी तथा शोषक वर्ग) को सम्पूर्ण क्रियाकलापकै बिषय बनाइयो। बहुसंख्यकका भागमा जीवन निर्वाहका थोरै साधन तर विशेषाधिकार प्राप्त समुदायका लागि भने अत्यन्तै धेरै साधनहरू उपलब्ध गराइयो। तर इतिहासको अनुसन्धानले हामीलाई पुरानो वर्गीय शासनको स्वभाविक र तर्कसंगत व्याख्या दिन्छ (अन्यथा हामीले मानव प्रकृतिको दुष्टताद्वारा मात्र त्यसको व्याख्या गर्न सक्छौँ) साथै हामीलाई यो महसुस गराउँछ कि वर्तमान युगमा उत्पादक शक्तिहरूको तीव्र विकासका कारण मानवजातिलाई शाषक र शाषित, शोषक र शोषितहरूमा विभाजित गर्ने अन्तिम बहाना पनि कमसेकम अति विकसित देशहरूमा मेटिएको छ। अर्थात् ठूला पूँजीपति शाषकहरूले आफ्नो ऐतिहासिक भूमिका समाप्त गरिसकेका छन्।

    र, आज विश्वभरको व्यापारिक सङ्कट र विशेष गरी सबै देशहरूको पछिल्लो भयानक आर्थिक मन्दीका घट्नाले यो प्रमाणित भइसकेको छ कि यिनीहरू समाजको नेतृत्व गर्न सक्षम छैनन्। उल्टै, यिनीहरू उत्पादनको विकासमै बाधक बनेका छन्। र, आज ऐतिहासिक नेतृत्व सर्वहारा वर्गको हातमा गएको छ। समाजमा आफ्नो समग्र स्थितिका कारणले पूर्ण वर्गीय शासन, पूर्ण दासत्व र पूर्ण शोषणको अन्त्य गरेर मात्र आफूलाई मुक्त गर्न सक्ने वर्गको हातमा नेतृत्व पुगेको छ।

    र, आज सामाजिक उत्पादक शक्तिहरू यति विकसित भइसकेका छन् कि तिनीहरू पूँजीपति वर्गको नियन्त्रणभन्दा बाहिर छन्। एकताबद्ध सर्वहारा वर्गले आफ्नो हातमा सामाजिक उत्पादक शक्ति लिनुपर्ने अवस्था आएको छ। त्यसो हुँदा समाजका प्रत्येक सदस्य सामाजिक सम्पत्तिको उत्पादनमा मात्रै होइन, वितरण र व्यवस्थापनमा पनि सहभागी हुन पाउनेछन्। र, त्यो चरण जसले सम्पूर्ण उत्पादनको योजनाबद्ध सञ्चालनद्वारा सामाजिक उत्पादक शक्तिहरू र तिनीहरूको उपजलाई यस हदसम्म बढाउनेछन् कि प्रत्येक व्यक्तिको सबै उचित आवश्यकताहरूको पूर्ति सुनिश्चित हुनेछ।

    मार्क्सले पत्ता लगाएको दोस्रो महत्त्वपूर्ण कुरा पुँजी र श्रमबीचको सम्बन्धको निश्चित व्याख्या हो। अर्को शब्दमा भन्नुपर्दा उनले वर्तमान समाजमा र विद्यमान पुँजीवादी उत्पादन प्रणालीमा पूँजीपतिले श्रमिकलाई कसरी शोषण गर्छ भन्ने कुरा हो। यो सवाल राजनीतिक अर्थशास्त्रले श्रम नै सबै सम्पत्ति र सबै मूल्यको आधारभूत स्रोत हो भनी प्रस्ताव गरेको थियो, तबदेखि हामीले यो तथ्यलाई कसरी मिलाउने भनेर उठेको छ। ज्यालादारी मजदुरले आफ्नो श्रमबाट प्राप्त हुने मूल्यको सम्पूर्ण अंश पाउँदैन, तर त्यसको केही अंश पूँजीपतिलाई दिनुपर्छ।

    पूँजीवादी र समाजवादी दुवै खाले अर्थशास्त्रीहरूले यस प्रश्नको तार्किक र वैज्ञानिक उत्तर दिन खोजे तर उनीहरू असफल भए। अन्त्यमा मार्क्सले नै सही जवाफ दिए। त्यसको जवाफ यस प्रकार छ: वर्तमान पूँजीवादी उत्पादन प्रणालीमा  दुई वर्ग छन्– एकातिर पूँजीपति वर्ग छ, जसको हातमा उत्पादन र निर्वाहका साधनहरू छन् भने अर्कोतर्फ सर्वहारा वर्ग छन्। उनीहरूसँग कुनै साधन छैन तर एउटै वस्तु छ। र, त्यो हो आफ्नो श्रम–शक्ति। त्यसैले जीविकोपार्जनका साधनहरू प्राप्त गर्न यो वर्ग श्रम–शक्ति बेच्न बाध्य छ। तर कुनै वस्तुको मूल्य त्यस वस्तुको उत्पादन र त्यसको पुनरुत्पादनमा लागेको सामाजिक श्रमको मात्राबाट निर्धारण गरिन्छ। यसरी एक औसत मानिसको श्रम–शक्तिको मूल्य एक दिन, एक महिना वा एक वर्षको लागि सो श्रम–शक्तिलाई दिन, एक महिना वा एक वर्षको लागि टिकाउन आवश्यक निर्वाहका साधनहरूमा संलग्न श्रमको मात्राले पनि निर्धारण गरिन्छ/हुन्छ।

    मानौं एक दिनको निर्वाहका साधनहरू उत्पादन गर्न कामदारलाई ६ घण्टाको श्रम चाहिन्छ, वा त्यसमा लगाइएको श्रम ६ घण्टाको श्रमको परिमाण बराबर हुन्छ भने श्रमशक्तिको एक दिनको मूल्य यस्तो रकममा व्यक्त हुन्छ जसमा ६ घण्टाको श्रम लागेको हुन्छ ।

    अब यो पनि मान्नुहोस् कि कामदारलाई काममा लगाउने पूँजीपतिले उसलाई बदलामा यो रकम दिन्छ र त्यसैले उसलाई उसको श्रम–शक्तिको पूरा मूल्य दिन्छ। अब कामदारले पूँजीपतिको लागि दिनको छ घण्टा काम गरेमा उसले पूँजीपतिको पूरा खर्च तिर्छ– ६ घण्टाको श्रमको मूल्य बराबर छ घण्टा श्रम दिन्छ। तर यस्तो अवस्थामा पूँजीपतिका लागि त केही पनि रहँदैन, त्यसैले उसले यसलाई पूर्णतया फरक तरिकाले डिल गर्छ ।

    पूँजीपति भन्छ, ‘मैले यो मजदुरको श्रमशक्ति ६ घण्टाको लागि होइन, दिनभरको लागि किनेको छु।’ त्यसैले उसले मजदुरबाट ८, १०, १२, १४ वा त्योभन्दा बढी घन्टाको कठिन श्रम गराउँछ। यस्तो श्रम जसको भुक्तानी दिइँदैन तर उत्पादन गरिन्छ। र, त्यो सिधै पूँजीपतिको खल्तीमा जान्छ। यसरी पूँजीपतिद्वारा रोजगारीमा लगाइएका श्रमिकले आफूले पाएको श्रमशक्तिको मूल्य मात्र पुनः उत्पादन गर्दैनन्, थप मूल्य पनि उत्पादन गर्छ, जुन पहिले पूँजीपतिले कब्जा गर्छ र पछि निश्चित आर्थिक कानुनअनुसार सम्पूर्ण पूँजीपतिमा बाँडिन्छ।

    यो अतिरिक्त मूल्य त्यो आधारभूत कोष हो, जसबाट भाडा, नाफा र पूँजी सञ्चित हुन्छ। छोटकरीमा भन्दा त्यो सबै सम्पत्ति जसको गैर–श्रमिक वर्गले उपभोग गर्ने वा जम्मा गर्ने गर्दछ। यसबाट आजका पूँजीपतिहरूले सम्पत्ति जम्मा गर्नु भनेको श्रमिकको अतिरिक्त श्रमको मूल्य कब्जा गर्नु हो भनेर प्रमाणित हुन्छ, जसरी दास–मालिक वा भूदासको शोषण गर्ने सामन्तहरूले सम्पत्ति जम्मा गर्ने गर्दछन्। शोषणका यी सबै रूपहरूमा अतिरिक्त श्रमको मूल्य कब्जाको तरिका र ढंगमा मात्रै फरक छ।

    यसबाट यो तथ्य प्रमाणित हुन्छ कि वर्तमान पूँजीवादी समाज आफ्ना पूर्ववर्ती समाजहरूझैँ र कुनै पनि हिसाबले उनीहरूभन्दा कम वा फरक छैनन्। यसको अर्थ अल्पसंख्यकले बहुशंख्यकमाथि शोषण गर्ने अर्को विशाल संस्था हो पूँजीवादी समाज।

    (एंगेल्स कार्ल मार्क्सका साथी थिए। उनले कार्ल मार्क्ससँग मिलेर मार्क्सवाद र कम्युनिस्ट घोषणापत्रको आधारभूत अवधारणाको विकास गरेका थिए। हामीले यो लेख  www.marxists.org बाट लिएका छौं, जुन एंगेल्सले १८७७ मा कार्ल मार्क्सको जन्मदिनमा लेखे र अर्को वर्ष १८७८ मा प्रकाशित भयो। नेपाल रिडर्सका लागि महेश पाण्डेयको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.