Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रवासी नेपाली श्रमिकको अवस्था र राज्यलाई सुझाव

समर्पण भट्टराई समर्पण भट्टराई
फाल्गुन ५, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व आधुनिकताको चरम उत्कर्षमा पुग्दै गर्दा नेपाल भने भाडाका मजदुर उत्पादन गर्ने देशको रूपमा विश्व श्रमबजारमा चिनिएको छ । यो नेपाली र सिंगो नेपालकै लागि विडम्बनापूर्ण अवस्था हो । यस्तो अवस्थाको सिर्जना हुनुमा सत्ता स्वार्थमा केन्द्रित राजनीति पनि हो ।

    नेपाली राजनीतिक इतिहासमा श्रमजीवीका नाममा ठूला संघर्ष र युद्ध नभएका होइनन् । ती संघर्षमा आम श्रमजीवीहरूले साथ, सहयोग र समर्थन पनि गरे । तर निहित सत्ता स्वार्थमा गरिएका ती आन्दोलन र संघर्ष सम्बन्धित पक्षले सत्ताको स्वाद पाएपछि सबै कुरा बिर्सिए र श्रमिक उनीहरूको सत्ता स्वार्थको भ¥याङ मात्रै बन्न पुगे । श्रमजीवीको दैनिक जीवनमा कुनै परिवर्तन आएन । बरु दिनानुदिन बढ्दो महंङ्गी र भ्रष्टाचारका कारण नागरिकहरूको दैनिक जीवन झनै कठिन हुनपुग्यो ।

    देशमा कलकारखाना तथा उद्योगहरू नहुँदा दैनिक रूपमा बेरोजगारी समस्या बढ्दै गएको छ । अर्कोतर्फ राजनीतिक दलका नेता देश र नागरिकको अवस्थाबारे गम्भीर हुनुको सट्टा दैनिक सत्ता स्वार्थको लडाइँमा केन्द्रित छन् । फलस्वरुप परिवार पाल्न र एक छाक खानकै निम्ति युवा खाडी लगायत विदेशमा श्रम बेच्न जानुपर्ने अवस्था सिर्जना भएको छ । तर विडम्बना, नेपालमा हुँदा देखेको सपनाजस्तो सरल र सहज छैन खांडी मुलुकमा ।

    श्रमिकका पसिनामा सरकारको रजाईँ

    विदेशमा कार्यरत नेपाली श्रमिकको दैनिक जीवन साँच्चिकै दयनीय छ । दैनिक रूपमा आएका श्रमिकका समस्या, गुनासो र पीडा सुन्ने सरकार उल्टै रेमिट्यान्स गन्नमै मस्त छ । अपर्याप्त जनशक्ति र स्रोत साधन भएका कुटनीतिक नियोगहरूले पनि यी सारा समस्याहरू सुन्न र समाधान गर्न चाहेर पनि सम्भावना न्यून छ ।

    राज्यले रोजगारका लागि विदेशिएकाहरू नागरिक नै गन्दैन । त्रिभुवन अन्र्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली आकाश छोडेपछि हामी दोस्रो दर्जाको नागरिकको रूपमा गनिन्छौँ । नेपालीहरूको अभिभावक भन्दै खोलिएका हजारौं संघ संगठनहरू पनि नभएका होइनन् । यद्यपि ती सबै आफ्ना आफ्नै स्वार्थ तथा ‘जिन्दावाद र मुर्दावाद’ का नारामा बाँडिएका छन् । उनिहरूलाई सदस्यता बाँडेबापतको शुल्क भए हुन्छ । नेपाली श्रमिकको अवस्था कस्तो छ भन्ने बारेमा उनीहरूले पनि खासै चासो र चिन्ता गरेको पाईंदैन । यस्तो अवस्थामा आम श्रमिकहरूको प्रतिनिधि बनेर कसले श्रमिकका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने त आम श्रमिकको समस्याको विषय हो ।

    प्रवासी श्रमिकको अवस्था सुधार्नका लागि सुझाव

    यतिबेला कोभिड १९ को कारण सारा विश्व नै अस्तव्यस्त छ । बेलायत, मलेसिया लगायतका देशले कोभिड १९ लाई नियन्त्रण गर्न भन्दै देशमा संकटकाल समेत घोषण गरेको अवस्थामा अदक्ष नेपाली कामदारको अवस्था कति चिन्ताजनक र चुनौतीपूर्ण होला हामी सजिलै अनुमान लगाउन सक्छौँ । यस्तो अवस्थामा विभिन्न एजेन्सी र दलालहरूबाट नै हजारौं नेपाली ठगिने र लुटिने प्रक्रिया सामान्यजस्तो बन्दै आएको छ ।

    समर्णण भट्टराई

    नेपाल सरकारले कोभिडको कारण स्वदेशदेखि विदेशमा अलपत्र परेका कामदारलाई निःशुक्ल औषधि उपचार तथा उचित राहत प्याकेज ल्याउनु आवश्यक छ । त्यस्तै, सरकारले नेपाली श्रमिकको २४ घण्टे जीवन बिमा अनिवार्य गर्न र कामदार पठाएर अलपत्र पार्ने म्यानपावर र कामदार लगेर अलपत्र पार्ने कम्पनीलाई कामदारको उजुरी आउने बित्तिकै रेड जोनमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउनु उपयुक्त हुन्छ ।

    यस्तै, खाडी मुलुकमा सरकारको तर्फबाट कुनै पनि श्रमिक आवासगृह नभएको हँुदा समस्या लिएर दूतावास पुगेका श्रमिकहरू अलपत्र पर्ने गरेकाले सरकारको तर्फबाट तत्काल आवासगृह व्यवस्था गर्नुपर्छ । प्रवासी नेपाली श्रमिकले समेत मतदान गर्न पाउने गरी नागरिकको अधिकारलाई ग्यारेन्टी गर्न अनलाईन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाउनु उचित हुन्छ । त्यस्तै प्रवासमा अनेक कारणबाट मृत्यु भएका श्रमिकको परिवारलाई अनिवार्य शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनु उचित हुन्छ ।

    नेपाली श्रमिक कार्यरत कम्पनीमा सरकारको प्रतिनिधिबाट अनुगमन गरिनुपर्छ । श्रमिकलाई उचित न्याय दिन र श्रम शोषण हुनबाट जोगाउन श्रम अदालतको स्थापना गरिनुपर्छ । खाडी मुलुकमा रहेका दूतावासमा कम्तीमा दुई वटा हटलाइन नम्बरको व्यवस्था र दूतावासमा श्रमिकको संख्या हेरी सोही अनुसार आवश्यक जनशक्ति थप गर्नुपर्ने हुन्छ । यस्तै वैदेशिक रोजगारमा जाँदा अधिकांश श्रमिकहरू ठगीमा पर्ने भएकाले वैदेशिक रोजगारीका सम्मूर्ण प्रक्रिया अनलाइनमार्फत गरिनु आवश्यक छ ।

    नेपाली प्रवासी श्रमिकले झेल्नुपरेका समस्या र राज्यले ध्यान दिनुपर्ने यी विषय आम नेपाली श्रमिकका साझा सरोकारका विषय हुन् । यसर्थ आम मिडिया जगत र श्रमिकको पक्षमा आवाज उठाउँदै आएका संघ संगठनहरूले समेत यी र यस्ता विषयलाई प्राथमिकतामा राखी राज्यलाई निरन्तर दवाब सिर्जना गर्न सकेको खण्डमा नेपाली श्रमिकहरूको जीवनमा केही फेरबदल र सहजता अवश्य आउने छ । र, यसको निम्ति आम नेपाली श्रमिकहरू समेत एक ढिक्का भएर आफ्नो पीडाका आवाजलाई बुलन्द गर्नु अहिले हाम्रो मुख्य आवश्यकता, कार्यभार र कर्तव्य हुन आउँछ ।

    (लेखक भट्टराई नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव हुन्।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      समर्पण भट्टराई

      समर्पण भट्टराई

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.