Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संविधानको धारा ७६ (५) मा ह्विप नलाग्ने बारे सर्वोच्च अदालतको व्याख्या

उक्त निर्णयमा संविधानको व्याख्या तथा कानुनको प्रयोगमा त्रुटी रहेको र राष्ट्रपतीय अधिकारक्षेत्रको सीमारेखा नाघेको देखिएको छ। यस अर्थमा हेर्दा विवादित विघटनसम्बन्धी निर्णय बदरभागी तथा प्रारम्भदेखि नै अमान्य र प्रभावशून्य प्रकृतिको देखिन आयो।

नेपाल रिडर्स नेपाल रिडर्स
साउन २, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (ह्विप कस्तो अवस्थामा प्रयोग गर्ने भन्नेबारेमा  लोकतान्त्रिक मुलुकहरुमा  विवाद  छ । लामो समयदेखि संसदीय अभ्यास गरेका मुलुकहरुले  अन्तिम विकल्पका रुपमा यसलाई राखेका छन् तर हतपत्ति प्रयोग गर्दैनन्। तर  हाम्रो छिमेकी मुलुकमा  भइरहेको संसदीय अभ्यास उदाहरणीय हुन सकेन । दलहरु ओहरदोहर गर्ने प्रचलनमा  भारतमा ‘आया  राम गया राम ” को कहावत नै बन्यो। यस कारण  दल  बदल्ने कृत्यलाई रोक्न ह्वीपलाई कडाइ गर्न कानून नै व्यवस्था गरियो । यसैको सिको गरेर दलत्यागबारे नेपालमा त संविधानमा नै राखियो। 

    तर केही समयअघिको  अमेरिकाको सिनेटमा ह्वीप नलाग्ने अभ्यास  भएको देखियो। गत जुलाईमा अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पकै कारण अमेरिकामा हिंसा भड्किएपछि उनलाई विपक्षी दल डेमोक्रयाटिक पार्टीले  महाअभियोग औपचारिक रूपमै लगाउन चाह्यो । यसमा  ट्रम्पकै पार्टी रिपव्लिकनका १० जना सिनेटरहरू ; लिज चेनी, जोन काट्को, आदम किन्जिन्जर, फ्रेड अप्टन, जैम हेरेरा बिट्लर, दान न्युहाउस, एन्थोनी गोन्जालेज, पिटर माइजर, टम राइस, डेभड भालादाओले डोनल्डले ट्रम्पका विरुद्ध को महाभियोग  प्रस्तावमा  हस्ताक्षर गरेका थिए।

    जबकि अघिल्लो पटक २०१९ मा डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव हुँदा कुनै पनि सिनेटरहरूले ट्रम्पविरुद्ध हस्ताक्षर गरेका थिएनन्। पछिल्लो पटक ट्रम्पको कारण कानुनी व्यवस्था नै खल्बलिएको हुँदा, घटनाको गम्भिरता बुझेर नै ट्रम्पविरुद्ध नै उनकै पार्टीका सिनेटरहरू लागेका थिए। उनीहरूमध्ये कतिपयले ‘मन थामेरै भए पनि संविधान र कानुनीको रक्षाका निम्ति ट्रम्पलाई महाभियोग प्रस्तावको पक्षमा लागेको’ बताएका थिए। त्यसो हुँदा पनि दस सिनेटरहरूमाथि ह्विप लगाइएन र  उनीहरुलाई कुनै कारवाही भएन। 

    ह्वीप हाम्रा जस्ता मुलुकका निरंकुश नेतृत्व र तिनीहरुबाट टिपिएका सांसदका लागि आवश्यक ठानिन सक्छ । अर्को पार्टीमा  कम्मर मर्काउदै गरेका र  राजनीतिमा सिन्का नभाचीकन मोलाहिजामा आएकाको उछलकुद देख्दा ह्वीप लगाउनु पर्छ भन्ने तर्क गर्न सकिएला । तर  सक्षम र योग्य संसदका लागि ह्वीप अनावश्यक हो । नेतृत्व निरंकु‌श हुँदा ह्वीपको दुरुपयोग भएका अनेकन प्रमाण छन्। 

    नेपालमा  अघि र हालका संघीय र प्रदेशमा गरिएका ह्वीप उल्लङ्घनले यस्तै उदाहरणहरु दिएका छन्। महाकाली सन्धीमा  लगाइएको पार्टी- ह्वीप गलत थियो भन्ने पुष्टि भइसक्यो।  यसको उदाहरण महाकाली सन्धीमा  ह्वीप  नलागेका एमालेका चिह्नधारी  स्व ‍. पद्म रत्न तुलाधरको  अडानले स्पष्ट गरेको छ । हालैपनि दुईदुई पटक गैरसंवैधानिक  ढंगले सदनको कोपाजन गर्न  एमालेका अध्यक्षले दुस्प्रयास गरे- यस्तो अवस्थामा ह्वीप लाग्ने हुनुहुँदैनथ्यो ।  त्यसमाथि नेपालको संविधान २०७२ को धारा ७६ (५) को अभ्यासमा  त ह्वीप नलाग्ने स्पष्टतः थियो तर हाल नेपालमा उधुम मचाइरहेको ओलीटिक्सले सन्देह उठाइ दियो।  जसको गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाले स्पष्ट व्याख्या गरिदिएको  छ ।  पढ्नु होस् – सर्वोच्च अदालतको सो अंश र  धारा ७६ (५) को व्याख्या । –सम्पादकीय टिप्पणी)

    दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन भन्ने प्रश्नसमेत प्रत्यार्थीहरूका तर्फबाट उठाइएको देखिन्छ। सम्माननीय राष्ट्रपतिबाट भएको निर्णयमा समेत दलीय अनुशासनको सन्दर्भहरू उल्लेख गरिएको पाइयो। निसन्देहः सबैले अनुशासनको पालना गर्नुपर्छ। दल त्यागको कुरा कतिपय सन्दर्भमा जनताको अभिमतको अपमान, गैरलोकतान्त्रिक, भ्रष्ट र राजनैतिक नैतिकताका दृष्टिले अनुचित किसिमको कार्य मानिन्छ। ‘आयाराम, गयाराम’ भन्ने प्रवृत्तिले राजनीति दुषित र अस्थिर नै बन्दछ। यस हदसम्म असहमत हुनुपर्ने कारण देखिँदैन।

    त्यसैले नवोदित लोकतान्त्रिक मुलुकहरूमा दल त्यागसम्बन्धी विषयलाई निरुत्साहित गर्ने कानूनी संरचनाहरु निर्माण गर्ने अभ्यास रहेको पाइन्छ। दलीय अनुशासन पालन भए–नभएको कुराको मुल्यांकन र निरुपण गर्ने निश्चित विधि र पद्धति निर्धारित छन्। यसरी निर्धारित विधि र पद्धति प्रतिकूल अनुशासन पालना गरे या नगरेको कुराको निरुपण हुन सक्दैन। कुनै सांसदले अनुशासनको पालना गरेको छ वा छैन र नगरेको अवस्थामा निज उपर के कस्तो कारबाही गर्ने हो भन्ने कुरा राजनीतिक दलसम्बन्धी कानूनद्वारा निर्धारित भएका विषय हुन्।

    तर रिट निवेदनमा अहिले सुनुवाई हुँदाको अवस्थासम्म पनि रिट निवेदकहरूमध्येका कुनै व्यक्ति उपर दलीय अनुशासन उल्लंघन गरेको भनी कानुनी प्रक्रिया पूरा गरी सांसद पदबाट हटाइएको देखिँदैन। यसका अतिरिक्त कुनै सांसदले अनुशासनको दायरा नाघेको छ भने पनि त्यस कुराको जवाफदेहिता निजै व्यक्तिले बेहोर्नुपर्ने हुन्छ। कुनै सांसदबाट यदि कुनै अनुशासनहीन कार्य वा व्यवहार भएको छ भने पनि त्यस कुराको दुष्परिणाम वा सजायस्वरुप स्वयंम प्रतिनिधिसभालाई नै विघटन गर्नु शोभनीय र विवेकपूर्ण कार्य हुँदैन। यसप्रकारको विषयमा सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्री कसैले पनि आफ्नो स्वविवेक वा तजबिज प्रयोग गरी कुनै कानुनी परीणाममा पुगेको निष्कर्ष निकाल्न मिल्ने देखिँदैन।

    माथिका बिभिन्न प्रकरणहरुमा विवेचित आधार र कारणहरुबाट संविधानको धारा ७६ (५) को अवस्थामा दलीय ह्वीप लाग्न सक्ने देखिँदैन। सम्बन्धित राजनीतिक दलको तर्फबाट कानुनबमोजिम प्रक्रिया पूरा गरी कुनै प्रतिनिधिसभाको सदस्यलाई पदबाट हटाउने कार्य भएको पनि पाइएन। ह्वीप जारी भएपछि गरिएको मतदानमा सो ह्वीपको उल्लंघन गरेको अवस्थामा पनि दिएको मत बदर हुने वा अमान्य घोषित हुने व्यवस्था रहेको देखिँदैन।

    त्यसका अतिरिक्त कुनै ह्वीप नै जारी नगरिएको अवस्थामा संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको विषयमा कुनै सदस्यप्रति समर्थन वा विश्वास जाहेर गरेको कुरालाई लिएर अनुमानित रूपमा दल त्याग गरेको भनी अर्थ लगाउनु र निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुने देखिन्छ। यस अवस्थामा रिट निवेदकमध्येका श्री शेरबहादुर देउवा प्रतीको समर्थन जनाई हस्ताक्षर गर्ने मध्येका नेकपा एमालेका २६ जना र जनता समाजवादी पार्टीका १२ जना गरी कुल ३८ जना प्रतिनिधि सभाका सदस्यहरूले दल त्याग गरेको भन्ने परिणाम आउने व्यहोरा खुलाई सम्माननीय राष्ट्रपतिबाट संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने भने मिति २०७८–२–७ मा भएको निर्णयलाई संविधान र कानुन अनुकूल मान्न मिल्ने देखिँदैन।

    उक्त निर्णयमा संविधानको व्याख्या तथा कानुनको प्रयोगमा त्रुटी रहेको र राष्ट्रपतीय अधिकारक्षेत्रको सीमारेखा नाघेको देखिएको छ। यस अर्थमा हेर्दा विवादित विघटनसम्बन्धी निर्णय बदरभागी तथा प्रारम्भदेखि नै अमान्य र प्रभावशून्य प्रकृतिको देखिन आयो।

    नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि विश्वास जनाएको वा समर्थन गरेको कारणबाट राजनीतिक दल सम्बन्धी ‌ऐन, २०७३ बमोजिम दल त्याग सम्बन्धी कारवाही गर्न नमिल्ने भएकाले उक्त प्रावधान बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिका सन्दर्भमा प्रतिनिधि सभाका कुनै सदस्यप्रति विश्वास जनाएको, समर्थन गरेको, आफ्नो अभिमत वा धारणा व्यक्त गरेको, वा मतदान गरेको कुरालाई लिएर प्रतिनिधि सभाका कुनै पनि सदस्य उपर दल त्याग सम्बन्धी कारबाही नगर्नु, नगराउनु भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेधको आदेश जारी हुने ठहर्छ ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.