Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026
Monday, September 7, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संसद पुर्नस्थापनाबारे फैसला आउँदै गर्दा किन आत्तिए ओली ?

सहयोगीबाट सहयोगीबाट
फाल्गुन ९, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुस ५ मा प्रतिनिधिसभा विघटनको घोषणा गरेर पुरानै मितिमा भएको निर्णय बमोजिम भन्दै शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरले संवैधानिक निकायहरुमा आफू निकटका मान्छे नियुक्त गरेका ओली आजका दिनसम्म आइपुग्दा निकै गलेको देखिएका छन् ।

    उनले शनिबार आफू निकटको सभालाई विराटनगरमा गरेको संवोधनले उनीभित्रको त्रासलाई प्रतिबिम्बित गरेको छ । विराटनगरमा उनले घुमाउरो पारामा अदालतलाई धम्की दिएका छन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’ उनी यतिमा मात्रै रोकिएनन् । कुनै जालझेल र षड्यन्त्र गरेर यदि संसद पुनस्र्थापना भयो भने आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

    संसद विघटन यता सबैतिर सेटिङ मिलिसकेकाले बैशाखमै चुनाव हुने दाबी गर्दै आएका ओली एकाएक ‘यदि भएन भने’को अवस्थामा पुग्नुले उनीभित्रको मनोवैज्ञानिक शिथिलतालाई उजागर गरेको छ । यसले उनको कमजोर मानसिकतालाई छर्लङ्गै पारिदिएको छ । एकातिर उनी पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएको आरोप लगाउँछन् भने अर्को तिर आफ्नो सरकारले देशलाई नयाँ युगमा लान सफल भएको दाबी पनि गर्छन् । यस्तो दोहोरो चरित्रले उनको तर्कशक्ति कमजोर भएको प्रष्टै देखिइरहेको थियो ।

    यस्तो बेला उनी शनिबार विराटनगरमा आफैले मिलाएको ‘सेटिङ’प्रति शंका गरिरहेका थिए । केही दिन अगाडि उनले निर्वाचन आयोगले आफूले सोँचेअनुरुप काम नगरेको भन्दै गुनासो पनि गरेका थिए । उनले केही दिन अगाडि विभाजित नेकपाको दुवै पक्षमा नलाग्ने भन्दै एकता अभियान घोषणा गरेका वामदेव गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए । यसैक्रममा शुक्रबार माधव नेपालले बाहिर जतिसुकै आलोचना र गाली गरेपनि ओलीले प्रचण्ड र आफूसँग भित्र मीठा कुरा गरेर सहकार्यका लागि मान्छे पठाइरहेका बताएका थिए ।

    प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रीएका आफ्नै सहकर्मीहरुलाई हदैसम्मको तुच्छ गाली र निकृष्ट शैलीमा लल्कारदै,े पुस ५ को कदमको विरोधमा सडकमा निस्किएका नागरिकलाई पानीका फोहरा हान्दै आफ्नो शक्ति प्रदर्शन गर्दै आएका ओली किन एक्कासी डराएका होलान् त रु उनी यसरी अत्तालिनुका पछाडि निश्चयनै केही कारणहरु छन् ।

    संसद विघटनको पक्षबाट बहस गर्ने वकिलहरुले तर्कसंगत बहस गर्न नसक्नु, पार्टी विभाजनपश्चात पूर्व माओवादीबाट आफूनिकट नेकपामा आएको कित्ताको असन्तुष्टी, निर्वाचन आयोगमा देखिएको कानूनी जटिलता एवं नेकपाको सरकार रहेको ६ मध्य ४ प्रदेशमा आफूनिकटको नेकपा सरकार अल्पमतमा पर्नु लगाएतका विषयहरुले उनी निकै डराएका हुन् ।

    सनकको भरमा प्रतिनिधिसभा विघटन गरेका ओलीले विघटनपश्चातको परिस्थितीलाई जसरी ह्यान्डल गर्छु भन्ने सोँचेका थिए आजका दिनसम्म आइपुग्दा उनको आत्तिएको मानसिकताले परिस्थिती उनले सोँचेबमोजिम नभएको प्रष्ट देखिएको छ ।-सुनौलो नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.