Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

संसद पुर्नस्थापनाबारे फैसला आउँदै गर्दा किन आत्तिए ओली ?

by सहयोगीबाट
February 21, 2021
- यो हप्ता
संसद पुर्नस्थापनाबारे फैसला आउँदै गर्दा किन आत्तिए ओली ?
Share on FacebookShare on TwitterEmail

पुस ५ मा प्रतिनिधिसभा विघटनको घोषणा गरेर पुरानै मितिमा भएको निर्णय बमोजिम भन्दै शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरले संवैधानिक निकायहरुमा आफू निकटका मान्छे नियुक्त गरेका ओली आजका दिनसम्म आइपुग्दा निकै गलेको देखिएका छन् ।

उनले शनिबार आफू निकटको सभालाई विराटनगरमा गरेको संवोधनले उनीभित्रको त्रासलाई प्रतिबिम्बित गरेको छ । विराटनगरमा उनले घुमाउरो पारामा अदालतलाई धम्की दिएका छन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’ उनी यतिमा मात्रै रोकिएनन् । कुनै जालझेल र षड्यन्त्र गरेर यदि संसद पुनस्र्थापना भयो भने आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

संसद विघटन यता सबैतिर सेटिङ मिलिसकेकाले बैशाखमै चुनाव हुने दाबी गर्दै आएका ओली एकाएक ‘यदि भएन भने’को अवस्थामा पुग्नुले उनीभित्रको मनोवैज्ञानिक शिथिलतालाई उजागर गरेको छ । यसले उनको कमजोर मानसिकतालाई छर्लङ्गै पारिदिएको छ । एकातिर उनी पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएको आरोप लगाउँछन् भने अर्को तिर आफ्नो सरकारले देशलाई नयाँ युगमा लान सफल भएको दाबी पनि गर्छन् । यस्तो दोहोरो चरित्रले उनको तर्कशक्ति कमजोर भएको प्रष्टै देखिइरहेको थियो ।

यस्तो बेला उनी शनिबार विराटनगरमा आफैले मिलाएको ‘सेटिङ’प्रति शंका गरिरहेका थिए । केही दिन अगाडि उनले निर्वाचन आयोगले आफूले सोँचेअनुरुप काम नगरेको भन्दै गुनासो पनि गरेका थिए । उनले केही दिन अगाडि विभाजित नेकपाको दुवै पक्षमा नलाग्ने भन्दै एकता अभियान घोषणा गरेका वामदेव गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए । यसैक्रममा शुक्रबार माधव नेपालले बाहिर जतिसुकै आलोचना र गाली गरेपनि ओलीले प्रचण्ड र आफूसँग भित्र मीठा कुरा गरेर सहकार्यका लागि मान्छे पठाइरहेका बताएका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रीएका आफ्नै सहकर्मीहरुलाई हदैसम्मको तुच्छ गाली र निकृष्ट शैलीमा लल्कारदै,े पुस ५ को कदमको विरोधमा सडकमा निस्किएका नागरिकलाई पानीका फोहरा हान्दै आफ्नो शक्ति प्रदर्शन गर्दै आएका ओली किन एक्कासी डराएका होलान् त रु उनी यसरी अत्तालिनुका पछाडि निश्चयनै केही कारणहरु छन् ।

संसद विघटनको पक्षबाट बहस गर्ने वकिलहरुले तर्कसंगत बहस गर्न नसक्नु, पार्टी विभाजनपश्चात पूर्व माओवादीबाट आफूनिकट नेकपामा आएको कित्ताको असन्तुष्टी, निर्वाचन आयोगमा देखिएको कानूनी जटिलता एवं नेकपाको सरकार रहेको ६ मध्य ४ प्रदेशमा आफूनिकटको नेकपा सरकार अल्पमतमा पर्नु लगाएतका विषयहरुले उनी निकै डराएका हुन् ।

सनकको भरमा प्रतिनिधिसभा विघटन गरेका ओलीले विघटनपश्चातको परिस्थितीलाई जसरी ह्यान्डल गर्छु भन्ने सोँचेका थिए आजका दिनसम्म आइपुग्दा उनको आत्तिएको मानसिकताले परिस्थिती उनले सोँचेबमोजिम नभएको प्रष्ट देखिएको छ ।-सुनौलो नेपाल

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.