Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाब्लो नेरुदा : क्रान्तिकारी कवि कि बलात्कारी?

nepal_readers nepal_readers
बैशाख ३, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दुई वर्षअघि दक्षिण अमेरिकी देश चिलिको सरकारले सोही देशमा जन्मेका विश्वचर्चित कवि पाब्लो नेरुदाका नाममा त्यहाँको व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलको पुनः नामाकरण गर्ने भनेपछि त्यहाँ विवाद चर्किएको थियो। त्यहाँका अधिकारवादीहरूले त्यसमा विरोध जनाएपछि नेरुदाका नाममा विमानस्थलको नाम राख्ने लक्ष्य पूरा हुन सकेन। समाजमा ठूला प्रभाव, नाम र छाप छोडेका तर महिला हिंसामा संलग्न भएका या जोडिएका कतिपय चर्चित व्यक्तिहरूका बारेमा निरन्तर प्रश्न उठेको सन्दर्भमा नेरुदाका विषयमा गार्डियन अनलाइनले २ वर्ष अघि छापेको समाचारको अनुवाद यहाँ प्रस्तुत छ :

    पाब्लो नेरुदा नोबल पुरस्कार प्राप्त गरेका कवि हुन्। उनका कवितामा सर्वसाधारण ल्याटिन अमेरिकनहरूका जीवन र संघर्षका कथाहरू हुनेगर्छन्। नेरुदाको जीवनलाई तानाशाहीविरुद्धको प्रतिरोधको प्रतिकका रूपमा पनि बुझ्ने गरिन्छ।

    तर तिनै कविको सम्मानमा चिलीको सबैभन्दा व्यस्त एयरपोर्टको पुनः नामाकरण गर्ने विषयमा त्यहाँका मानवअधिकारवादीहरूले आपत्ति जनाएका छन्। उनीहरूको तर्क छ कि आफ्नो आत्मकथामा एउटी महिलालाई बलात्कार गरेको स्विकार गर्ने नेरुदा यस्तो सम्मानका लागि योग्य छैनन् ।

    चिलीको तल्लो सदनको सांस्कृतिक समितीले त्यहाँको स्यान्टियागो विमानस्थलको नाम बदल्न प्रस्थाव गरेको हो। नेरुदा आफ्नो महाकाव्य ‘कान्टो जनरल’का लागि प्रसिद्ध छन् । कान्टो जनलरललाई ‘जनरल सङ’का नामबाट समेत चिनिन्छ। यस महाकाव्यले स्पेनिस भाषा बोलिने दक्षिण अमेरिकी भूभागको इतिहास केलाउने प्रयास गरेको छ।

    नेरुदाका नाममा एयरपोर्टको नाम राख्नुपर्छ भन्ने प्रस्तावको पक्षमा भोट गर्ने डेपुटी, क्यारोलाइना मार्जनले रिपोर्टरहरूसँग भनिन्, ‘चिलि निवासीहरूलाई गौरवान्वित पार्ने कविको नाम त्यति महत्वपूर्ण विषय हो कि यो देश छिर्नेवित्तिकै विदेशीहरूले पहिलो पटक त्यो देख्न पाउन्।’

    तर नेरुदाका बारेमा जोसुकै स्वभिमानी चिलियनले गर्ने गरेको गर्वमा अचेल भने चुक दलेजस्तो भएको छ। चिलीका विद्यार्थीहरू संलग्न भएर देशभर चलाएका महिलावादी प्रदर्शनहरूले नेरुदाका बारेमा पुनःमुल्यांकन गर्न थालेपछि यस्तो अवस्था सिर्जना भएको हो।

    नारीवादी प्रदर्शनहरू ‘एबोर्सन’ गर्न पाउने अधिकारसम्बन्धी अभियानहरूबाट सुरु भएको थियो। ल्याटिन अमेरिकाको स्त्रीहत्याविरोधी अभियान ‘निउनामेनोस’ र विश्वव्यापी महिला शशक्तिकरणको आन्दोलन, ‘ह्यासट्याटमिटु’ आन्दोलनहरूले चिलिमा भएका महिला आन्दोलनमा झनै घिउ थपेको थियो।

    ‘एयरपोर्टको पुनः नामाकरण किन गर्न पर्यो भन्ने विषयमा खासै कुनै कारण देखिँदैन। र, यो काम त्यतिखेर गरिदँैछ जतिखेर महिलाहरू आफूलाई यौन शोषण गर्ने व्यक्तिहरूबारे सर्वत्र प्रश्न उठाउँदैछन्,’ विद्यार्थी तथा अभियन्ता करेन भर्गारा सान्चेजले बताइन्। भर्गारा ३ वर्ष अघि भएको देशव्यापी युनिभर्सिटी आन्दोलनमा पनि सहभागी थिइन्।

    अहिलेको विवाद नेरुदाको आत्मकथामा उल्लेखित एक प्रसंगका कारण चर्केको हो। आफ्नो आत्मकथामा नेरुदाले श्रीलंकमा कुटनीतिक निकायमा १९२९ मा काम गर्दाताक आफ्नी एक हाउसमेड (चर्पी सफा गर्न आउने महिला) लाई बलात्कार गरेको विषय उल्लेख गरेका छन्। ‘ती महिलाले जब मेरो यौन प्रस्तावलाई वास्ता गरिनन्,’ नेरुदा लेख्छन्, ‘मैले महिलाको हातमा च्याप्प समाते र आफ्नो कोठामा लिएर गएँ।’

    ‘हाम्रो संसर्ग एउटा मुर्ती र मान्छेबीचको जस्तै भयो। त्यस प्रक्रियामा उनले आफ्ना आँखा पुरै खुलै राखिन् तर कुनै प्रतिक्रिया जनाइनन्,’ आफ्नो आत्मकथामामा उनले लेखेका छन्, ‘उनले यसरी मलाई घृणा गर्नु स्वभाविक थियो।’
    ‘नेरुदाको आत्मकथा ४० वर्षअघि छापिएको भएपनि नेरुदाले गरेको बलात्कारबारे पछिल्ला वर्षहरूमा चर्चा र बहस हुन थालेका छन्,’ भार्गेराले भनिन्, ‘हामी अचेल नेरुदालाई अझै प्रष्टसँग बुझ्दैछौँ। किनभने भर्खरै मात्र त हामीले बलत्कार संस्कृतिविरुद्ध प्रश्न गर्न थालेका छौँ।’

    लेखक तथा महिला अधिकारकर्मी इसाबेलले तर्क गरिन् कि नेरुदाका साहित्यको मूल्य अझै पनि छ। ‘तर अन्य चिलीयन नयाँ पुस्ताका नारीवादीहरूजस्तै मलाई पनि नेरुदाको जीवन र व्यक्तित्वका कतिपय विषयदेखि घृणा जागेको छ,’ उनले गार्डियनसँग भनिन्, ‘तर उनको लेखनलाई हामी वेवास्ता गर्न सक्दैनौँ।’

    ‘थोरै मात्रै मान्छे, खासगरी शक्तिशाली र प्रभावशाली पुरुषहरूले अर्को पक्षसँग सराहनीय ढंगबाट व्यवहार गर्छन्। र, दुर्भाग्यवश नेरुदा पनि अपूर्ण व्यक्तित्व थिए। जसरी हामीहरू पनि कुनै न कुनै रूपमा त्यस्तै छौँ। त्यसो हुँदाहुँदै पनि उनको क्यान्टो जनरल महाकाव्य सर्वोत्कृष्ट कृति नै हो,’ उनले भनिन्।

    गार्डियनले यस बारेमा कुरा गर्न खोज्दा चिलीस्थित पाब्लो नेरुदा फाउण्डेसनले कुनै प्रतिक्रिया दिएन।

    नेरुदा अत्यन्त प्रतिभाशाली लेखक थिए। सँगै उनी राजनीतिक अभियन्ता पनि थिए, जसले स्पेनको गृहयुद्धताक हजारौँ रिपब्लिकन शरणार्थीहरूलाई स्पेन भाग्नमा सहयोग गरे। उनी साल्भाडोर आलेन्डेको वामपन्थी सरकार हुँदा फ्रान्सका राजदूत समेत भएका थिए। अगस्टो पिनोसेले चिलीमा कु गरेको कैयौँ दिनपछि नेरुदा रहस्यमय तरिकाले मारिएका थिए।

    विसौँ शताव्दीका महान लेखकमा गनिने उपन्यासकार गाब्रियल गार्सिया मार्खेजले ‘विसौँ शताव्दीका महान कवि’ भनेर नेरुदालाई सम्मान गर्ने गर्थे। तर नेरुदाबारे चलेका पछिल्ला बहसहरूले नेरुदाको साहित्यिक योग्यतामाथि समेत प्रश्न उठाएका छन्।
    चिलीको प्रतिष्ठित ‘नेसनल बुक काउन्सिल सम्मान’ प्राप्त गरेका प्याट्रिसिया अल्भाराडो बारिया तर्क गर्छन् कि नेरुदा कविताका लागि भन्दा पनि खासमा उनको राजनीतिक तथा व्यापारिक मुल्यका लागि सम्मानित छन्।’

    ‘नेरुदा कमर्सियल ब्रान्डका रूपमा खुम्च्याइएका छन्। उनलाई अहिले पनि राजनीतिक पूँजीका रूपमा प्रयोग गरिन्छ। उनले भन्दा बढी जोखिम लिएका लेखकहरूले नेहरुको साहित्यिक कृतिहरूलाई अहिले प्रतिस्थापन गरिसकेका छन्,’ बारियाले बताए।
    ‘नेरुदालाई आदर्शीकरण गर्न छाड्ने र उनी उत्पिडक थिए भन्नेबारे कुरा गर्ने समय हो यो ।’ भर्गारा सान्चेजले भनिन्, ‘उनी चर्चित साहित्यकार थिए भन्दैमा बलात्कारी हुनबाट मुक्त हुन्छन् र ?’

    (अनुवादः प्रकाश अजात)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.