Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दलहरु कमाउने ध्याउन्‍नमा छन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ९, २०७६
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो काँग्रेसप्रति कहिल्यै कुनै आग्रह रहेन। तथापी यो सुधारिनु पर्छ र करीव एक तीहाई नेपालीले विश्वास गरेको पार्टीले आफ्नो जिम्मेवारी  लिनै पर्छ।

    विष्णु बहादुर मानन्धर।आँगन भयो परदेश। शरीरका हाडहरु मक्किसके। अनाहक हात खुट्टा गल्छ। दाँत  खिइसक्यो। दाँतमा जे खाए पनि अड्कन्छ। रहे भएका दाँत जम्मै झिकेर नयाँ भर्ने सोचमा छु। नझिके दु:ख दिन्छ। कान सुन्दिनँ। उमेर अनुसारको अवस्था छ। तथापि नजिकबाटै मुलुकको राजनीति हेर्दैछु र परख गर्दैछु।

    राजनीतिक प्रणाली परिवर्तन भयो।  परिवर्तन पनि दुई प्रकारका हुन्छन्। एक प्राकृतिक अर्थात् स्वाभाविक परिवर्तन। यो कसैले गरे पनि नगरे पनि भइरहन्छ। त्यो मानेमा नेपाल अछुतो रहन सक्दैन। अर्को मानवजातिको प्रयासले ल्याउने परिवर्तन। नेपालमा यो पनि भयो। तर कता कता प्रयासद्वारा ल्याइएको परिवर्तन नेपालका लागि उपलव्धीमूलक हुने गरी ह्याण्डल (परिचालन)  गर्न नसकिएको हो कि ? जति हुनसक्थ्यो त्यो पनि भएन।

    प्रचण्ड र ओलीले नेतृत्व गरेको नेकपा संघहरूको महासंघ भएजस्तै गुटहरूको महागुट हो।

    म पत्रपत्रिकामा पढ्छु अचम्ममा पर्छु। २००७ सालदेखिका विभिन्न क्रान्तिको सोच अनुसार राजनीतिक विकृतिको अन्त्य अझै भएन। झन विकृति देख्छु। सामाजिक प्रयासले हुने काम पनि सोचे जस्तो भएनन्। म सम्झन्छु २०१५ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीबाट एकजना पनि महिला उम्मेद्वार थिएनन्। एकजना द्वारिकादेवी ठकुरानी कांग्रेसको तर्फबाट थिइन्। कम्युनिष्ट आन्दोलन पुरुषको हैकमबाट मुक्त हुनै पाएन। अहिले पनि आश्चर्य लाग्छ। महिलाहरुलाई वैधानिक या कानुनी हैसियत दिए पनि सामाजिक ढंगले वा भनौं समावेशी ढंगले अगाडि बढाउन अझै खोजिएको छैन।

    अहिले वर्ग र समूहका आन्दोलन नै हुँदैनन्। भएका एकाध आन्दाेलन नेतृत्वदायीको स्वार्थ पूरा गर्नासाथ रोकिन्छन्। हाम्रो बेलामा जनताको मुद्दामा आन्दोलन हुन्थ्यो। समाज र राजनीति सँगसँगै हिडाउने काम हुन्थ्यो । बजारको प्रभाव कम थियो बिचारको प्रभाव ज्यादा थियो।

    नेपालमा वैकल्पिक शक्ति तयार भइरहेकै छैन। अहिले केहीले आफूलाई आफैँ वैकल्पिक शक्ति मान्छन् उनीहरूबाट केही हुँदैन। नक्कल गरेर सक्कली हुँइदैन।

    तपाईहरुको पिंढीले सोध्छ – तपाईंहरूले गरेको आन्दोलनले अहिले के भयो? के गर्‍यो? हो आन्दोलनले सामाजिक, आर्थिक रुपान्तरण गर्नु पर्ने हो। यो गरेरै हुने कुरा हो। आफैँ हुने होइन। केही भएन।  तर केही न केही त भएका छन्। ती आन्दोलनहरु अपेक्षित परिणाममात्र ल्याउन नसकेका हुन्। यसका लागि कम्युनिष्ट पार्टी र कांग्रेसको जिम्मेवारी थियो, तर तिनीहरुले काँध थाप्न सकेनन्।

    नेपालको कम्युनिष्ट आन्दोलन रोगले ग्रसित छ। मलाई त आश्चर्य नै लाग्छ। अहिलेको नेपाल कम्युनिष्ट पार्टीलाई दुई अध्यक्षहरुले लेनदेनका आधारमा चलाइरहेका छन्। सामूहिकता भन्‍ने कुरा कम्युनिष्ट पार्टीको मूल मर्म हो। संसारमा मैले कहीँ यस्तो देखेको छैन। वर्षदिन बित्दासमेत केन्द्रीय कमिटीको बैठक हुँदैन, उनीहरूसँग कोही बोल्न सक्दैनन्।

    मलाई सबैभन्दा आश्चर्य के लाग्यो भने घनश्याम भुसालमाथि ठूलो आशा थियो। उनले भन्थे पार्टी नसप्रिएसम्म न पार्टी राम्रोसँग चल्न सक्छ, न सरकार। यस्तो भन्‍ने मान्छे पार्टी सुधार्न छाडेर आफैँ मन्त्री हुन दौडिएर गए। अमिक शेरचन त्यस्तै भए। उपप्रधानमन्त्री भइसकेको मान्छे गण्डकी प्रदेशको प्रमुख हुन गए। मैले चिनेका र मानेका अमिक शेरचन धेरै परिवर्तन भइसकेछन्। झण्डै करोड पर्ने गाडी चढेर हिन्छन्। मलाई पहिले मेरै घरमा आएर भनेका थिए हाम्रो पार्टी मा‌‌‌‍‌‌‌‌‌‍‍ओवादीमा मिलेको मन परेको छैन। उनी पनि नुन चिनी जस्तै घुलनशील रहेछन्।

    हामीले आन्दोलन सुरु गर्दा हजारको कुरा ठूला हुन्थे। अहिले अरब, खरबको बाहेक कुरा हुनै छोडे। सत्ता र शक्तिबाहेकअरू कुरा हुनै छोडे कति शक्तिशाली भएको छु भन्‍ने कुरा पैसामा दाँजिन थालियो।

    नेपालमा वैकल्पिक शक्ति तयार भइरहेकै छैन। अहिले केहीले आफूलाई आफैँ वैकल्पिक शक्ति मान्छन् उनीहरूबाट केही हुँदैन। नक्कल गरेर सक्कली हुँइदैन। संसारभरका कुरा गर्दा दिल्लीमा केजरीवाल एकजनाले सबैकुरा उल्टाएर शक्ति निर्माण गर्‍यो। जनताको मन जित्यो। मानिसले गर्न सक्ने विकासका काम गर्‍यो। इटलीमा पनि त्यस्तै भयो। नेपालमा अहिले भएकै राजनीतिक पार्टीबाट वैकल्पिक शक्ति निर्माण हुनुपर्ने हो। तर कांग्रेस र कम्युनिष्ट बाहेकका पार्टीबाट अहिले नै वैकल्पिक शक्ति हुने छाँटकाँट म देख्दिनँ।

    जबसम्म नयाँ पुस्ताले केही गरौं भन्‍ने आँट गर्दैन तब नहुने देखिन्छ। यो पुरानै पुस्ताले केही गर्न सक्दैन। हेर्नुस् त आचारस‌ंहिता पास गरेकाे हप्ता दिनभित्रै ओलीले आफ्नै जन्मदिनको तडकभडक देखाए।  यो नेपालको कम्युनिष्टको लागि त लाजमर्दो होनि। ओलीले यसबारे अलिकति पनि पश्चात्ताप गरेनन्। गोकुल बाँस्कोटाको प्रतिरक्षामा अझ पनि अडियोको विषयमा प्रधानमन्त्रीको हैसियतमा के बोलेको त्यस्तो? त्यसरी बोलेपछि छानविन कसरी हुन्छ? छानविन गर्नेले के हिम्मतले गर्छ? नेतृत्वमा बस्‍नेले शब्दमा ख्याल राख्नुपर्छ। रिसराग र प्रेम पनि ठाउँमा मिलाएर व्यक्त गर्नुपर्छ। हालको नेतृत्वबाट नयाँ पुस्ताले सिक्नुपर्ने कुराहरू हराउँदै गइसके।

    अखबारमा खबर पढ्छु। कांग्रेसको पनि हालत उस्तै छ। देशको विकास गर्ने विवाद भएको भए त हुन्थ्यो नि तर  पार्टीमा गुट बलियो बनाउने बाहेक कांग्रेसको खबर छैन। यो सँग मेरो कहिल्यै कुनै आग्रह रहेन। तथापी यो सुधारिनु पर्छ र करीव एक तीहाई नेपालीले विश्वास गर्ने पार्टीले आफ्नो जिम्मेवारी  लिनै पर्छ।

    तथापी यी दुवै पार्टीबाहेक अरुले केही गर्नसक्ने अवस्था छैन। जति कम्युनिष्ट, कांग्रेस बिग्रिए पनि उनीहरू ठूलै संस्था हुन्। उनीहरूको नेपालको राजनीतिमा इतिहास छ। निकै ठूलाठूला त्यागीहरू पनि जन्माएको पार्टी हो। त्यसैले प्रतिपक्षको रूपमा होस् या सत्तापक्षको रूपमा होस् विकल्प यही दुई पार्टीभित्रबाट निस्कनुपर्छ।

    अहिले कुनै आन्दोलन छैन छ त केवल स्वार्थपूर्ति गर्ने आन्दोलन छन् यो साँचो हो। अब नयाँ नेता आउन कठिन छ। जनताको घरमा पुग्‍ने नेता छैनन् वातावरण पनि छैन। जनताले पत्याउने काम गर्न सक्नुपर्छ। अहिले त्यो भएन।

    नेपाली कम्युनिष्टको आन्दोलन कसरी उठाउने, किसानको के समस्या के छ त्यो उठान गर्ने किसान आन्दोलनमा कसैको ध्यान गएको छैन। ध्यान छ त मेरो गुट कसरी बलियो बनाउने। प्रचण्ड र ओलीले नेतृत्व गरेको नेकपा, गुटहरूको महागुट हो। यो पार्टी बन्‍न सकेन। संघहरूको महासंघ भएजस्तै नेकपा पनि गुटहरूको महागुट हो। सत्ताको भोक जाग्‍ने जगाउने खालका भए नेता। हामीले आन्दोलन सुरु गर्दा हजारको कुरा ठूला हुन्थे। अहिले करोड,अरब, खरबको बाहेक कुरा हुनै छोडे। सत्ता र शक्तिबाहेकअरू कुरा हुनै छोडे कति शक्तिशाली भएको छु भन्‍ने कुरा पैसामा दाँजिन थालियो। पैसाले निर्धारण गरेको छ कम्युनिष्ट पार्टीमा।

    नेपालको कम्युनिष्ट आन्दोलनलाई सोभियत संघ विघटन हुनुले पनि असर गरेको छ। भ्रष्टाचारले सिध्यायो। अहिले आन्दोलनको नेतृत्व पछाडिबाट माफियाले गरिरहेको छ।  दोष कसलाई दिने? समाज, राजनीतिक दलका नेता, कर्मचारी कसलाई? कर्मचारी भनेका सरकारका हात खुट्टा हुन्। कर्मचारीतन्त्रले गर्दा धेरै काम अल्झिएका छन्। कर्मचारीले अप्ठ्यारो पारी दिन्छन्। यो ठूलो समस्या हो। राजनीतिक दललाई त कति भन्‍नू- यिनीहरू नै देश विकास गर्नभन्दा पनि कसरी कमाउने ध्याउन्‍नमा छन्। समाज कर्मचारी सबैलाई बाटो देखाउने नेतृत्व व्यापारी दलाल ठेकेदार र कर्मचारीले देखाएको बाटोमा हिँडेको देख्छु।

    स्रोतः  थाहाखबरका तीर्थ काेइराला र सन्ताेष अधिकारीले वर्तमान राजनीति, नेपालकाे कम्युनिष्ट पार्टी, कांग्रेसकाे राजनीति लगायतकाे बारेमा गरेकाे कुराकानीकाे स‌ंक्षिप्त कुराकानीका आधारमा तयार गरेको।

    तस्वीरः थाहा अनलाइन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.