Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बच्चा पाएपछि महिलामा हुने डिप्रेसन : महामारीमा झनै ख्याल गरौँ

nepal_readers nepal_readers
बैशाख २०, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो समाजमा कुनैपनि महिलाका लागि ‘आमा’ बन्नु ठूलो सफलताका रूपमा लिइन्छ। विवाहपछि बच्चा जन्माउनै पर्ने दबाबको सामना आम छोरी र बुहारीहरूले गर्ने गरेका छन्। तर के बच्चालाई जन्म दिनु नै कुनै पनि महिलाको प्रसन्नताको कारण हो भन्ने तर्क व्यवहारिक छ? कुनै चलचित्रमा देखाइएका दृश्यमा जस्तै अथवा कुनै साहित्यमा लेखिए जस्तै आमा बन्नु नै महिलाको सबैभन्दा ठूलो खुशी हो? आमा भइसकेपछि महिलाले सारा दुःख भुल्छिन् नै भन्ने छ त?

    बच्चालाई जन्म दिनु वा आमा बन्नु महिलाका लागि खुशी, चिन्ता, डर र उत्तेजना, यी सबै कुराको संयोजना हो। शारीरिक परिवर्तन र सामाजिक कारणले गर्दा बच्चालाई जन्म दिएपछि महिलामा उदासिनता बढ्ने गर्छ।

    स्वभाविक रूपमा आमा बनेपछि उनले एक नवजात शिशुको धेरै होसियारपूर्वक हेरचाह गर्नुपर्ने हुन्छ। सँगै, हाम्रो समाजमा बच्चाको पालनपोषणका लागि धेरै सामाजिक मापदण्डहरू निश्चित गरिएका छन्, जसका कारण धेरै महिलाहरू त्यस्तो दबाबमा हुने गर्छन्। कतिपय परिवार वा समाजमा बच्चाको हेरचाहका लागि समेत महिलाले परिवारको साथ पाएका हुँदैनन्, त्यसले गर्दा महिलाहरू थप शारीरिक तथा मानसिक दबाबमा पर्छन्।

    शारीरिक परिवर्तन तथा विभिन्न सामाजिक मान्यताका कारण सुत्केरी महिलाहरूमा मानसिक समस्या हुने गरेको छ, जसलाई हाम्रो समाजमा नजरअन्दाज गरिँदै आएको छ भने सरोकारवालाहरूबीच पनि यो विषयमा धेरै नै कम बहस हुने गरेको छ।

    के हो प्रसवोत्तर डिप्रेसन?

    प्रसवपछि आमाले बच्चाको हेरविचार मात्रै होइन, आफ्नो शारीरिक तथा हर्मोनल परिवर्तनको पनि सामना गर्नुपर्ने हुन्छ। यसका साथै विभिन्न सामाजिक समस्या झेल्नुपर्ने हुन्छ। सोही कारणले गर्दा महिलाहरूमा उदासिनताको समस्या हुने गर्छ। उदासिनता बढेर त्यसले डिप्रेसनको समेत रूप लिन गरेको छ। बच्चाको जन्मपछि आमालाई हुने डिपे्रसनलाई प्रवसोत्तर डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) भनिन्छ।

    समान्यतया प्रसवपछि महिलाहरूलाई बच्चाको हेरविचार कसरी गर्ने तथा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्नेजस्ता चिन्ताले सताउने गर्छ। सुरुमा देखिने यस्तो समस्यालाई ‘पोस्टपार्टम ब्लुज्’ अर्थात ‘बेबी ब्लुज्’ भन्ने गरिन्छ। यो समस्या केही दिनसम्म रहन सक्छ। चिकित्सकहरूका अनुसार यो समस्या करिब ७५ प्रतिशत आमाहरूमा हुने गर्छ।

    तर पोस्टपार्टम ब्लुज् जब पोस्टपार्टम डिप्रेसन वा प्रसवोत्तर डिप्रेसनमा परिणत हुन्छ, तब चिकित्सकीय उपचार भएन भने यो खतरनाक बन्न जान्छ। गर्भावस्थाका दौरान एस्ट्रोजन, प्रोजेस्ट्रोन, टेस्टेस्टेरोन जस्ता हर्मेनहरू बन्ने गर्छ। प्रसवपछि महिलाहरूमा हर्मोनमा परिवर्तन आउन थाल्छ। यसको अलवा महिलामा आउने शारीरिक परिवर्तनले पनि मानसिक समस्या पैदा गर्छ। विभिन्न तथ्यांक अनुसार ७ जना महिलामा १ जनामा पोस्टपार्टम डिप्रेसन तथा एङ्जाइटीको समस्या हुने गर्छ।

    पोस्टपार्टम डिस्अर्डरका तीन श्रेणी हुन्छन् : पोस्टपार्टम ब्लुज, पोस्टपार्टम डिप्रेसन र पोस्टपार्टम साइकोसिस। पोस्टपार्टम ब्लुजलाई सामान्य मानिन्छ। यो ठिक हुनलाई करिब १ हप्ता लाग्न सक्छ। तर यदि यो बढ्यो र पोस्टपार्टम डिप्रेसनको रुप लियो भने चिकित्सकको परामर्श अनुसार उपचार गर्नुपर्ने हुन्छ। प्रसवोत्तर डिप्रेसन र बच्चाको खराब विकासबीचमा सम्बन्ध पाइएको छ। महिलामा यो डिप्रेसन गर्भावस्थाकै दौरान शुरु हुनसक्छ या प्रसवको पहिलो महिनाबाट पनि हुन सक्छ।

    तेस्रो चरण अर्थात पोस्टपार्टम साइकोसिस सबैभन्दा कठिन र खतरनाक अवस्था हो। यो चरणको सामना गर्ने महिलाहरू विश्वमा ०.८९ देखि २.६ प्रति १००० छन्।

    प्रसवोत्तर डिप्रेसनका कारणहरूः

    • प्रसवपछि एस्ट्रोजन, प्रोजेस्ट्रोन, टेस्टेस्टेरोन जस्ता हार्मेनहरूमा परिवर्तन आउँछ, जसका कारण त्यसको असर व्यवहारमा पर्न जान्छ।
    • यसका साथै सामाजिक कारण पनि हुन सक्छ। जस्तैः छोराको चाहना भएको तर छोरी भएको अवस्थामा पनि सामाजिक दबाब पर्न जान्छ, फलस्वरुपः महिलाहरू डिप्रेसनको शिकार बन्नुपर्ने हुन्छ।
    • महिलाहरूमा घरको जिम्मेवारी पनि बढी हुनु र शारीरिक रुपले कमजोर बन्नु।
    • कतिपय महिलामा आफ्नो शिक्षा तथा करियरलाई लिएर चिन्ता बढ्नु।
    • आफ्नो शरीरमा आएको परिवर्तन जस्तैः तौल बढ्नु, अनुहारमा चायाँपोतो आउनुजस्ता कारणले पनि प्रसवोत्तर डिप्रेसन हुने गर्छ।

    लक्षणहरू

    पोस्टपार्टम डिप्रेसनका लक्षण हरेक महिलामा अलग–अलग तरिकाले देखिने गर्छ। कोही महिला डिप्रेसनका दौरान हिंस्रक हुने गर्छन। बढी रिसाउने, चिढचिढाहट हुने, कुनैपनि सामान तोड्ने वा फ्याँक्ने र चिच्याउने लक्षणहरू देखिन्छन्। यस्तो व्यवहारबाट कतिपय महिलाले आफ्नो बच्चालाई समेत नोक्सानी पु¥याउन सक्छन्।

    दोस्रो प्रकारका महिला शान्त र उदास हुने, खाना खान मन नगर्ने, एक्लै बसेर रुनेजस्ता लक्षण देखाउने गर्छन्। यस्तो अवस्थामा उनीहरू आफँैलाई नोक्सान पु¥याउने गरेको पनि पाइएको छ।

    उपचार

    सुरुवाती अवस्थाको लक्षण देखिँदैछ भने यसका लागि औषधि सेवन गर्नुपर्ने जरुरत हुँदैन। तर बिमारी बढ्दै गयो भने मनोचिकित्सकलाई देखाउनुपर्ने हुन्छ। चिकित्सकहरूका अनुसार प्रसवपछि महिलालाई परिवारको सहयोग एकदमै जरुरत पर्छ। महिलाहरू शारीरिक तथा मानसिक परिवर्तबाट गुज्रीरहेको हुँदा त्यस्तो अवस्थामा उनलाई ‘असल आमा’ बन्ने दबाब दिनु हुँदैन, बरु बच्चाको हेरचाहमा प्रशस्त सहयोग गर्नुपर्छ। यस्तो अवस्थामा महिलालाई भावनात्मक सहयोगको पनि खाँचो हुन्छ।
    आवश्यक पर्दा ‘मेडिकेसन थेरापी’ दिनुपर्ने हुन्छ र औषधीका साथै परामर्शको पनि उत्तिकै जरुरत पर्छ।

    महामारीमा प्रसवोत्तर डिप्रेसन

    कोभिड १९ को महामारीको दौरान महिलाहरूमा प्रसवोत्तर डिप्रसन बढ्ने खतरा हुन्छ। कोरोनाका कारण नकारात्मक माहोल, नजिकका मानिसहरूसँगको दुरी, बढ्दै गरेको घरेलु तथा व्यवसायिक काम, पर्याप्त निन्द्राको कमी, कोभिडका कारण चिकित्सा सुविधाको कमी, जागिर गुमाउने डर आदि कारणले महामारीमा महिलाहरूमा प्रसवोत्तर डिप्रेसन बढ्ने खतरा हुन्छ।

    ‘फ्रन्टियर्स इन ग्लोवल उमन्स् हेल्थ’मा प्रकाशित तथ्यांक अनुसार महामारीले क्यानाडाका महिलामा प्रसवोत्तर डिप्रेसनका साथै अन्य मातृत्वसम्बन्धी मानसिक समस्याहरू बढाएको छ। गत साल ५२० गर्भवती र ३८० सुत्केरी गरी ९०० महिलामा गरिएको एक अनुसन्धानमा १५ देखि ४१ प्रतिशत महिलामा विभिन्न चरणका डिप्रेसनको समस्या देखिएको थियो।

    गतसालको कोभिड महामारीको समयमा नेपालमा ५ देखि २२ प्रतिशत महिला पोस्टपार्टम डिप्रेसनको शिकार भएको एक तथ्यांकले देखाएको छ। त्यसैले बढ्दो महामारीका समयमा गर्भवती तथा सुत्केरी महिलाको शारीरिकका साथै मानसिक स्वास्थ्यको पनि बढि भन्दा बढि ख्याल गर्नुपर्ने र उनलाई सहयोग गर्नुपर्ने चिकित्सकहरू सुझाउँछन्।

    हाम्रो समाजमा प्रसवोत्तर डिप्रेसन

    हाम्रो समाजमा मानसिक स्वास्थ्यसँग अन्धविश्वास, अज्ञानता तथा संकोच जोडिएको छ। मातृत्वलाई गौरवको विषयका रूपमा परिभाषित गर्ने हाम्रो समाज बच्चाको जन्मपछि आमामा हुने डिप्रेसनजस्तो समस्यालाई स्विकार्न चाहँदैन। यहाँ मानसिक स्वास्थ्यलाई लिएर न जानकारी हुन्छ, न चिकित्सकलाई प्रशिक्षण दिइन्छ।

    सरकारले दिने गर्भावास्था र सुत्केरीसम्बन्धी सचेतनाका कार्यक्रममा बच्चाको जन्मको तयारी, सुरक्षित प्रसवको महत्व, स्तनपान, पुरक आहार, गर्भनिरोधक, प्रजनन तथा यौन संक्रमण र शिशुको हेरचाहसहित आमाको संक्रमणको रोकथामको बारेमा जानकारी दिइने गरिन्छ। तर यसमा आमाको मानसिक स्वास्थ्यको हेरचाहको कुरा गरिँदैन।

    पछिल्लो समयमा मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढ्दै गएको छ। तर पनि प्रसवोत्तर डिप्रेसनको समस्यालाई अहिलेसम्म गम्भीर समस्या मानिँदैन। सायद यिनै कारणहरूबाट यसलाई धेरै समय बेबी ब्लुजका रूपमा लिइन्छ र पछि आफैं ठिक हुँदै जान्छ भनेर बेवास्ता गर्ने गरिएको छ ।

    हाम्रो समाजमा महिलामाथि ‘असल आमा’ बन्नै पर्ने, छोरा नै जन्माउनुपर्ने, पहिलो बच्चापछि दोस्रो बच्चा पनि जन्माउनै पर्नेजस्ता सामाजिक दबाबका कारण पनि महिलामा मानसिक समस्या हुने हुँदा यस्ता दवाब गर्भवती तथा सुत्केरी महिलालाई दिइनु हुँदैन भन्ने चेतनाको आवश्यक छ।

    मातृत्वलाई लिएर महिलाहरू दुःखी या चिन्तित हुँदैमा उनलाई दोषी देखाउने वा सेमिङ गर्ने प्रवृत्तिको पनि अन्त्य हुनु जरुरी छ। मातृत्वले हरेक महिलाका लागि अलग–अलग अनुभव ल्याउँछ, यसैले सबै महिलालाई एकै रुढीवादी सामाजिक तराजुमा तौलिनु सही होइन। नयाँ आमाहरू आफ्नो भावनालाई नियन्त्रण गर्ने चक्करमा आफैं डिप्रेसनबाट ग्रसित हुने गर्छन्। अझै पनि समय छ कि हामी हाम्रो समाजलाई जागरुक तथा संवेदनशील बनाऔँ ताकि यस्तो डिप्रेसनबाट पीडित महिलाहरूलाई मद्धत र उपचार मिलोस्।

    –एजेन्सीहरूको सहयोगमा मेनुका बस्नेतको अनुवाद/नेपाल रिडर्स

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.