Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अन्धाधुन्ध निजीकरण पछाडीको सत्य के हो?

अन्धाधुन्ध निजीकरणले हाम्रो देशका लागि केही कर बढी उठ्ला तर त्यसो हुँदा आफ्नै घरमा कम कमाइका मजदुरहरू थपिने खतरा छ। यस्ता बेरोजगार तथा मजदुरहरूसँग जागिर त होला तर जीवनस्तर राम्रो बनाउनका लागि आवश्यक आर्थिक सुरक्षा हुनेछैन।

सहयोगीबाट सहयोगीबाट
कार्तिक ८, २०७८
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    धेरैभन्दा धेरै आम्दानी गर्नका लागि भन्दै भारत सरकार अहिले निजीकरणतर्फ गइरहेको छ। त्यसका पछाडि सरकारका २ तर्क छन् – पहिलो, अधिकांश कर्मचारी आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्दैनन् र विभिन्न किसिमका भ्रष्टाचारमा लिप्त हुन्छन्। यसकारण सरकारलाई लागिरहेको छ कि निजीकरणले यो भ्रष्टाचारको अन्त्य गर्नेछ र यिनै उद्यमीसँग सरकारले करका रूपमा बढी आम्दानी गर्नेछ। यति मात्रै नभइ निजीकरण भएपछि कर्मचारीहरू पनि आजभन्दा बढी सीपमुलक हुनेछन्।

    दोस्रो, सरकारले यी उपक्रममा लागेका मानव संसाधनको जिम्मेदारीमा अत्याधिक खर्च गर्नु पर्छ जसको कारण वञ्चित समाजका लागि बनाइने कोषहरूको पैसा कटौती गर्नुपर्छ। जसका कारण त्यस्ता योजनाहरू बन्नुपूर्व नै तुहिन्छन्। जसका कारण विकासको गति कमजोर भइरहेको छ। र, स्वतन्त्रता प्राप्तिको यति धेरै बितिसक्दा पनि देशको अधिकांश समाज अविकसित नै छ। सरकारको हिसाबले निजीकरणले यी सबै समस्याहरुको चुट्कीमै समाधान गर्नेछ र पुरै देश दुईचार वर्षमै सिंगापुर बन्नेछ।

    एकछिनका लागि मानौँ कि कतिपय कर्मचारीहरू इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्दैनन् । फेरि पनि यो सत्य हो कि कुनै प्रणालीको असफलताको कारण तल्लो तहका कर्मचारी होइनन्, माथिल्लो तहका नै हुन्। जब कुनै विभागको प्रमुख बेइमान हुन्छ भने बेइमानी तल्लो तहसम्म सजिलै पुग्छ। प्रष्ट रूपमा भन्दा जिल्ला अधिकारी इमान्दार र सशक्त भए टाढाको कुनै गाउँमा खटिएको चपरासीले भ्रष्टाचार गर्न सक्दैन। यदि प्राध्यापक इमान्दार छ भने सबै शिक्षक आफैं सही किसिमले काम गर्न थाल्छन्। यदि प्रमुख प्रहरी अफिसर इमान्दार छ भने सबै पुलिसवालाले इमान्दारीसँग काम गर्छन्। उनीहरुलाई आफ्नो जागिरको डरले इमान्दार बन्न प्रेरित गर्छ।

    अर्को सत्य कुरा हो कि बढी कमाउनकै लागि भन्दै सरकारका मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूले ९० प्रतिशत उच्चतहका ‘आफ्ना–आफ्ना’ कर्मचारीको सरुवा कमाइ हुने विभाग/स्थानमा गर्दै आएका छन्। र, आज त्यही असफलताको दोस साना तहका कर्मचारीको टाउको लाद्न खोजिँदैछ, यसो भनेर कि पछिल्ला दिनमा यिनका अनेकौँ माग, हड्ताल र बेइमानीले देश विकास हुन दिइरहेको छैन।
    स्कुल होस् वा अस्पताल वा विद्युत विभाग, यदि हामीले अस्पतालको उदाहरण हेर्‍यौं भने सरकारी अस्पतालमा काम गर्ने डाक्टर, नर्स या प्राविधिक होस् वा सफाई कर्मचारी, ती सबैका लागि एक न्यूनतम पारिश्रमिकको व्यवस्था हुन्छ। जसका आधारमा उनीहरूलाई तलब मिल्छ, चाहे त्यो कर्मचारी देशको जुनसुकै कुनामा होस्। एकरुपताका लागि, महंगाइका अनुसार तथा कर्मचारीको परिवार ध्यानमा राखेर यो न्यूनतम पारिश्रमिकको व्यवस्था गरिन्छ। तर हामीले एकै शहरका नजिकका दुई निजी अस्पतालमा हेर्यौँ भने पनि कर्मचारीको कुनै न्यूनतम पारिश्रमिकको सुविधा भएको पाइँदैन। शोषणको यो हद छ।

    एक निजी अस्पतालमा नर्सलाई ८ हजार भारतीय रूपैयाँ मासिक पारिश्रमिकमा राखिन्छ भने अर्कोमा १२ हजारमा राखिन्छ। कुनै निजी अस्पतालमा सफाइ कर्मचारीले केबल ५ हजार पाउँछन् भने कतिमा ४ हजार मात्रै। भन्नुको अर्थ यो हो कि निजी संस्थान कहिल्यै कुनै कमर्चारीलाई एक समान तलब सुविधा दिँदैनन् र त्यहाँ कामको घण्टा पनि असामान्य रहनेगर्छ। सरकारी जागिरमा लाखौँ मानिसहरू संलग्न छन्। आउने समयमा उनीहरूको संख्या निजीमा रुपान्तरण हुनेछ। त्यसो हुँदा निजी कम्पनीहरूले उनीहरूको तलबमान अझै कम बनाउने खतरा हुन्छ।

    त्यस्तो अवस्थामा, जीवन जीउन उपयुक्त तलब नमिलेपछि पक्कै पनि भ्रष्टाचार र शोषण पनि बढ्नेछ। त्यसले लाखौं परिवारमा विभिन्न किसिमका समस्याहरु उत्पन्न गर्नेछ। भारतको एचडीआई इंडेक्स अर्थात् मानव विकास सुचांकको श्रेणीको अवस्था त्यसै पनि राम्रो छैन। निजीकरणले भारतको मानव विकास सुचांकको यो श्रेणीलाई अभैm तल धकेल्नेछ। तब आजभन्दा बढी मानिसहरू त्यो रेखाको तल देखिनेछन्। जागिर गर्दागर्दा पनि जागिरको आम्दानीले जागरिवालको घरमा फेरी पनि आर्थिक अँध्यारो नै रहनेछ।

    भारतमा आजका दिनमा १ सय ३५ करोड जनसंख्यालाई रोजगारीको आवश्यकता छ। निजीकरणका कारण मानव श्रमको संख्यामा पनि कटौती हुनेछ किनकि निजीकरण भएपछि त मान्छेलाई काममा जोताइनेछ। थोरै श्रमिकले मात्रै काम चलाइनेछ। यसले रोजगार बढाउने भन्दा पनि जनशंख्याको एक ठूलो हिस्सा बेरोजगार हुनजान्छ। सरकारी संस्थानमा जुन ‘आरक्षण व्यवस्था’ अन्तर्गत सामाजिक र आर्थिक रुपमा वञ्चित वर्गका लागि रोजगारको व्यवस्था गरिएको छ, निजीकरणले यो व्यवस्थालाई पनि सिध्याउने छ। निजीकरण भएपछि त केबल ठाडो उत्पादकत्व र ठाडो नाफा खोजिनेछ, त्यसो भएपछि वञ्चित वर्गले पाउने अवसरहरू पनि खोसिने नै भए। यसले वञ्चित समाजको विकास पनि रोकिनेछ। र, मजदुर वर्गको संख्यामा भयंकर बृद्वि हुन्छ।

    अन्धाधुन्ध निजीकरणले हाम्रो देशका लागि केही कर बढी उठ्ला तर त्यसो हुँदा आफ्नै घरमा कम कमाइका मजदुरहरू थपिने खतरा छ। यस्ता बेरोजगार तथा मजदुरहरूसँग जागिर त होला तर जीवनस्तर राम्रो बनाउनका लागि आवश्यक आर्थिक सुरक्षा हुनेछैन। र, त्यसो भएपछि भारतमा गरीबीको एक नयाँ रेखा तयार हुनेछ, जसको तल ७० प्रतिशत भारतीय रहनेछन्। तब, के हामी वास्तवमा यस्तै विकसित राष्ट्रको सपना देखिरहेका छौँ, जो बाहिरबाट समृद्व र भित्रबाट खोक्रो हुनेछ?

    अक्टोवर ११, २०२१ मा सवलोगडटइनमा प्रकाशित मंजीत सिंह पटेलको लेखको नेपाली रुपान्तरण। अनुवाद: महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.