कसरी जन्मियो जात ? के हो जात ?

विश्व मानव समुदायले एक्काईशौँ शताब्दी र नयाँ शहस्राब्दीमा प्रवेश गरी सकेको छ र यतिखेर बीसौँ शताब्दीले भोगेका अन्याय, अत्याचार, शोषण, जातीय संहार, युद्ध र दुईवटा महायुद्ध अनि जातिभेद, रङ्गभेद, वर्णभेद जस्ता सामाजिक विभिषिका एक्काइशौँ शताब्दीले भोग्न नपरोस् भनेर विश्व मानव समुदाय एकातिर लागेको छ भने अर्कोतिर नयाँ रुपमा शोषण, उत्पीडन, युद्ध तथा जातिभेद, रङ्गभेद र वर्णभेद कायमै छ। अझ भारत नेपाल लगायतका भारतीय उपमहाद्वीपका कतिपय देशहरुमा हिन्दुधर्मको मेरुदण्डको रुपमा रहेको वर्ण व्यवस्थाको जाँतोमा आज पनि लाखौं करोडौं मावन पिसिई रहेका छन्। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको आधा शताब्दी र सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने महासन्धी (JCERD) जारी भएको तीस वर्ष वितिसक्दा पनि यस उपमहाद्वीपका दलितहरुले मानवीय समानता पाएका छैनन्। आजसम्म पनि अछूत र पद–दलित नै रहेका छन्।

एक्काईशौँ शताब्दीमा पनि यस उपमहाद्वीका आधुनिक समाज, शहर र मान्छेहरुमा जातीय छुवाछूत प्रथाले डेरा जमाएकै छ। आफूलाई सभ्य, शिक्षित, आधुनिक, मानवतावादी, प्रजातन्त्रवादी, समाजवादी र प्रगतिशील भन्ने व्यक्तिहरुले लेख र भाषणमा जातीय छुवाछूत प्रथाको विरोध गरे पनि व्यवहारमा लागू गर्न सकेका छैनन्। नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ स्वनामधन्य मानव अधिकारवादी, प्रजातान्त्रिक समाजवादी, उदारवादी, बहुदलीय जनवादी तथा प्रगतिशील धुरन्धर कम्युनिष्टहरु छन्। धेरै डाक्टर, प्रोफेसर, वकील, पत्रकार, समाजशास्त्री तथा सामाजिक सेवकहरुले आफूलाई आधुनिक मानव ठान्छन्, तर जातीय छुवाछूत प्रथाको संघार नाघ्ने हिम्मत कसैको छैन।

अर्कोतिर दलित जातिहरु हिनताबोध पाल्छन्, आन्तरिक छुवाछूत गर्छन्, आफैमा झगडा गर्छन्, टुट्छन्–फुट्छन्, एकले अर्कालाई गाली गर्छन्, सराप्छन्, आफू मात्रै राम्रो भन्छन् र दलितको नाउमा व्यक्तिगत स्वार्थको लागि भिक्षाटन गर्दै हिंड्छन्।

यहाँको कानूनले जातीय भेदभावलाई अपराध घोषित गरेको छ, तर त्यो कानून लागू गर्ने स्थानमा विरामान प्रहरी, प्रशासक र न्यायकर्ताहरु आफैले जातीय छुवाछूत गर्छन्। अर्कोतिर दलित जातिहरु हिनताबोध पाल्छन्, आन्तरिक छुवाछूत गर्छन्, आफैमा झगडा गर्छन्, टुट्छन्–फुट्छन्, एकले अर्कालाई गाली गर्छन्, सराप्छन्, आफू मात्रै राम्रो भन्छन् र दलितको नाउमा व्यक्तिगत स्वार्थको लागि भिक्षाटन गर्दै हिंड्छन्। जसले गर्दा जतिसुकै ठूला राजनीतिक परिवर्तन भए पनि, जतिसुकै मोटा कानूनका ठेलीहरु छापिए पनि र जतिसुकै प्रजातन्त्रवादी तथा प्रगतिशील पार्टीले सरकार बनाए पनि जातीय छुवाछूत प्रथाको एउटा ‘रौं’ पनि झरेको पाइन्न।

यिनै कारणहरुले गर्दा नेपाली अशिक्षित र निमुखा दलित वर्गमा हिन्दू धर्म र पण्डाहरुले भने जस्तै जातीय छुवाछूत प्रथा साँच्चै ईश्वरको रचना र शास्वत प्रथा हो कि भन्ने भ्रम व्याप्त रहेको छ। यस पुस्तकमा जातीय छुवाछूत प्रथाको उत्पत्ति, विकास, विस्तार, नेपालमा त्यसको प्रवेश र विकास तथा जातीय छुवाछूत प्रथा विरोधी आन्दोलनको विकासक्रम, त्यसको सैद्धान्तिक पक्ष र वर्तमान नेपाली दलित आन्दोलनको मूल प्रवृत्तिको व्यापक आलोचनात्मक विश्लेषण गर्नुका साथै आन्दोलनको सफलताको लागि आवश्यक सुझावहरु समेत दिने जमर्को गरिएको छ।

परिभाषा
जाति (Race)
शारीरिक बनावट, आकार–प्रकार, गुण, स्वभाव र रङ्गका आधारमा छुट्टयाइएको मानव जातिको विभिन्न समूहलाई जाति (Race) भनिन्छ। दुई भिन्न–भिन्न जातिका मानिसहरुको शारीरिक बनावट, छालाको रङ्ग, आकार–प्रकार, गुण– स्वभाव आदिमा पनि भिन्नता पाइन्छः– जस्तै–हब्सी र गोरा। भी.डी. जोतोभले विश्वस मानव समूदायलाई मूलतः तीन ठूला जाति (Race) हरुमा बाँडेका छन्। ती हुन्ः– युरोपियड– सेतो वर्ण, मङ्गोलोइड– पहेलो वर्ण र निग्रोइड–कालो वर्ण।

यसरी उनले रङ्गको आधारमा जाति विभाजन गरेका छन्। यी ठूला जाति अन्तर्गत विभिन्न साना उपजाति (Sub–Races) पनि छन् तथा ठूला जातिहरु र साना जातिहरुको समिश्रणबाट माध्यम जातिहरु उत्पत्ति भएको पाइन्छ र अहिले संसारमा करीब तीस मानव जातिहरु पाइन्छन् भन्ने जोतोभको भनाइ छ भने बल्म्न व्याकले मानवलाई ५ जातिमा विभाजन गरेका छन्। तिनीहरुमा ककेशियन (European), मंगोलिन, इथियोपियन, अमेरिकन र मलायन छन्। त्यस्तै हक्सलेले पाँच जातिहरु, डकवर्थले सात मुख्य जातिहरु तथा डेनिकरले सत्र समूह र त्यसमा उनन्तीस जातिहरु वर्गीकरण गरेका छन्।

यसरि जाति विभाजनमा विद्वानहरुमा मत भिन्नता रहे पनि भारत प्रवेश गरी हिन्दूधर्म र वर्ण व्यवस्थाको जन्म दिने जाति को थिए? भन्ने बारेमा कुनै मत भिन्नता पाइन्न। भारत प्रवेश गर्ने आर्यहरु इण्डो युरोपियन (ककेशियन) जातिकै एक शाखा थिए। यिनीहरुको आदि भूमि मध्य रसिया, कालो सागरको उत्तरी मैदान र मध्य तथा पश्चिम जर्मनी आदि क्षेत्रहरु थिए भन्ने कुरामा विद्वानहरुको एकै मत छ।

यसरी हेर्दा जाति भनेको प्राकृतिक रुपमै छुट्टिएको मानिसहरुको समूह हो। किनभने प्रत्येक एउटा जाति अर्को जातीय समुदाय भन्दा शारीरिक बनावट, आकार–प्रकार, रुप–रङ्ग आदिमा फरक हुन्छ।

यसरी हेर्दा जाति (Race) भनेको प्राकृतिक रुपमै छुट्टिएको मानिसहरुको समूह हो। किनभने प्रत्येक एउटा जाति अर्को जातीय समुदाय भन्दा शारीरिक बनावट, आकार–प्रकार, रुप–रङ्ग आदिमा फरक हुन्छ। यसर्थ आर्य जाति (Race) हो तर ब्राहमण, क्षेत्रीय, वैश्य र शूद्र अलग जातिहरु होइनन्, बरु एउटै आर्य जाति (Race) का विभिन्न वर्गहरु मात्र हुन्।

स्वत्व (पदार्थ) को उत्पत्ति र विनाश हुने गुणसँग मिल्ने तथा सबै लिङ्गमा नबाँडिने र जसको अर्थ धेरै लाग्छ, त्यसलाई जाति भनिन्छ। यो जातिको बृहत्तर परिभाषा हो। जातिको यो परिभाषा अनुसार त मनुष्य मात्र एक जाति हो। यसै प्रकार घोडा मात्र एक जाति हो। घोडा जातिमा जसरी अरबी, बैलर, काबुली, भूटिया, गधा आदि प्राकृतिक ठाउँ अनुसार फरक पाइन्छन्। तर जसले ब्राम्हाणदि चार वर्णलाई गाई, घोडा, गधा आदि सरह प्राकृतिक रुपमा भेद मान्छन्।

तिनीहरु या त स्वयं भ्रमग्रस्त छन् या बुझेर पनि बुझ पचाएका छन्। किनकी गाई, घोडा, गधा आदिमा परस्पर यौन सम्बन्ध भएमा सन्तान उत्पन्न हुँदैन, तर ब्राम्हण र शूद्र बीच यौन सम्बन्ध भएमा सन्तान उत्पन्न हुन्छ भन्ने शास्त्रीको विचार छ। सांख्यकारिकामा भनिएको छ – ब्रम्हा, प्रजापत्य, ऐन्द्र, पैत्र, गान्धर्भ, याक्ष, राक्षस, पैशाच यी आठ प्रकारका देवयानी हुन्। मनुष्य योनी एकै प्रकारको छ । ब्राम्हाणादि चार वर्णमा कुनै प्रकारको विभेद (छुट्टयाउने आधार) नभएकोले मनुष्य जातिको स्थान अनुसार भेद मानिदैन।

स्थानानुसार मनुष्य मात्र एउटा जाति छुट्टयाउने हो भने पनि आर्य एउटा जाति हो तर ब्राम्हाणादि चार वर्णहरु अलग–अलग जातिहरु होइनन् भन्ने प्रष्ट हुन्छ।

गौतम न्यायसूत्रमा भनिएको छ जसको एउटै किसिमको प्रजनन क्रिया हुन्छ त्यही जाति हो। अतः मनुष्यमा गाई, घोडा आदि जस्तै कुनै जातिभेद छैन। उपरोक्त परिभाषाहरुलाई हेर्दा मनुष्य मात्र एउटा जाति हो भन्ने बृहत् सोंच पाइन्छ। यदि स्थानानुसार मनुष्य मात्र एउटा जाति (Race) छुट्टयाउने हो भने पनि आर्य एउटा जाति हो तर ब्राम्हाणादि चार वर्णहरु अलग–अलग जातिहरु होइनन् भन्ने प्रष्ट हुन्छ।

जात (Caste)
जात शब्द अंग्रेजी भाषको Caste को नेपाली रुपान्तरण हो। यो पुर्चुगाली भाषाको Casta बाटा आएको हो, जसको अर्थ जन्म अथवा भेद हो। जात भनेको समाजको त्यो वर्ग हो, जसको अधिकार र कर्तव्यहरु वंशाणुगत हुन्छन्। कोलीको अनुसार “जब एउटा वर्ग पूर्णरुपमा वंशाणुक्रममा आधारित हुन जान्छ भने त्यसलाई जात भन्न सकिन्छ। (When a class some what stricly herditary we may call it a caste)” मजुमदारको विचारमा “एउटा सन्निकट वर्ग नै जात हो। (Caste is a closed class.)”

मजुमदारको विचारमा “एउटा सन्निकट वर्ग नै जात हो।

उपरोक्त परिभाषा अनुसार मानव जीवनका सम्पूर्ण क्रियाकलापहरु कर्तव्य र अधिकारहरु, भाग्य र भाविष्यहरु, पेशा र वंशको आधारमा निश्चित हुने ढंगको विभाजन नै जात हो। हिन्दू वर्णव्यवस्थाले विभाजना गरेका ब्राम्हण, क्षेत्रीय, वैश्य र शूद्रको अधिकार, कर्तव्य, पेशा आदि सम्पूर्ण क्रियाकलाप पेशा या वंश (Work and Discent) को आधारमा निर्धारित हुने हुनाले यिनीहरु अलग–अलग जात (Race) हुन्।

यसरी जाति (Race) र जात (Caste) मा फरक पाइन्छ। जाति प्राकृतिक रुपमै विभाजित हुन्छ भने जात केही धूर्त मानिसहरुले आफ्नो स्वार्थको निम्ति कृत्रिम रुपमा विभाजन गरेको वर्ग हो। जाति जैविक रुपले सही छ भने जात जैविक– प्राकृतिक धूर्ततापूर्ण छ। यो जात विभाजनमा शोषक वर्गको वर्ग स्वार्थको हात छ।

जातिप्रथा (Caste System)
नेपाली वृहत शब्दकोषमा भनिएको छ “जातिप्रथा भनेको जातीयताको आधारमा गरिने भेदभाव र भिन्न–भिन्न जातिहरुमा एक जातिले अर्को जातिलाई हेच्याउने प्रवृत्ति हो।” बरालको विचारमा “जातिप्रथा भनेको प्रजातीय अथवा जन्मगत भेदको आधारमा बनेको एउटा व्यवस्था हो।” दुबोइसको भनाइमा “आफ्नो सत्ता चीरस्थायी राख्नको लागि ब्राम्हणहरुले ब्राम्हणहरुकै लागि रचेको एउटा चतुर राजनीतिक योजना मात्र हो – जातिप्रथा।” घुरेको विचारमा “जातिप्रथा इण्डोआर्यन संस्कृतिका ब्राम्हमणहरुको सन्ता हो, जो गंगा– जमुनाको मैदानमा जन्मी–हुर्किएर देशका कुना–कुनामा विस्तारित भयो।”

उपरोक्त परिभाषहरुमा जातिप्रथा (Caste System) भनेर हिन्दू वर्णव्यवस्थाले लादेको जातीय छुवाछूतको परिभाषा गर्न खोजिएको छ। जस अनुसार जातिप्रथा भनेको हिन्दू ब्राम्हणहरुको वर्गीय स्वार्थलाई स्थाई रुपमा दिन रचिएको राजनैतिक खेल हो भन्ने स्पष्ट हुन्छ। पाणिकरको विचारमा “जातिप्रथा एक सामाजिक साम्राज्यवाद हो, जो आचारणबाट हुर्किन्छ र जसलाई धार्मिक संरक्षण प्राप्त छ।” उनको विचारमा जातिप्रथा सर्वोच्च धार्मिक सत्ताको संरक्षणमा जन्मी हुर्किएर सम्पूर्ण समाजलाई नै निल्ने सामाजिक साम्राज्यवाद हो।

डा. अम्बेडकरको विचारमा “बहुसंख्यक जन–समुदायमाथि राजनैतिक एंव प्रशासनिक वर्चश्व कायम राख्ने सीमित मान्छेहरुको हातको तरवार हो, जाति व्यवस्था।”

डा. नरेन्द्र सिंहको विचारमा “कुलिन वर्गको लागि विशेषाधिकार निम्न वर्गको लागि प्रतिबन्ध नै वर्णव्यवस्था (Caste System) को शाश्वत सिद्धान्त हो। डा. अम्बेडकरको विचारमा “बहुसंख्यक जन–समुदायमाथि राजनैतिक एंव प्रशासनिक वर्चश्व कायम राख्ने सीमित मान्छेहरुको हातको तरवार हो, जाति व्यवस्था।” यी परिभाषाबाट जातिप्रथाको उत्पत्ति नितान्तै राजनैतिक सोंचको उपज लाग्छन्। वास्तवमा शासकवर्ग (ब्राम्हण – क्षेत्री) ले आफ्नो विशेषाधिकार र वर्चश्व कायम राख्न नै जातिप्रथाको व्यवस्था गरेको स्पष्ट हुन्छ। रजनीकान्त शास्त्रीले जाति व्यवस्थालाई ढोंग मात्र हो भनेका छन्। वास्तवमा जाति व्यवस्था राजनीतिक र धार्मिक सत्ता टिकाउनको लागि शासक वर्गद्धारा रचिएको फुटाऊ र शासन गर भन्ने गायत्री मन्त्रको व्यवहारिक प्रयोग हो।

ब्राम्हमणवाद (Brahmhanism)
वर्णाश्रम व्यवस्था र ब्राम्हणवाद एक अर्काका पूरक हुन्। अझ जाति उत्पत्तिको राजनीतिक सिद्धान्त अनुसार त ब्राम्हणवाद नै जाति उत्पत्तिको कारण भएको पाइन्छ। त्यसैले दलित आन्दोलनको सन्दर्भमा ब्राम्हणवादको परिभाषा गर्नु जरुरी हुन जान्छ। भाषाशास्त्री गोपालप्रसाद अधिकारीका अनुसार वेदले सबै भन्दा पहिले धर्म, जातिगत मानव–मानव बिच पर्खाल खडा गर्ने काम गरेको हो। उहाँको विचारमा जातीय संकीर्णता, जातीय विभाजन र मानव – मानवबीच पर्खाल खडा गर्ने चिन्तन नै ब्राम्हणवाद हो।

डा. अम्बेडकरको विचारमा ब्राम्हणवाद भनेको एक समुदायको रुपमा ब्राम्हणहरुको शक्ति, प्रतिष्ठा र हितसँग मात्र होइन स्वतन्त्रता, समानता र भातृत्वलाई नकार्ने प्रवृत्ति हो। यसर्थ यो सबै वर्गमा विद्यमान छ। केवल ब्राम्हणहरुमा मात्र सीमित छैन, भलै उनीहरु यसको आविष्कारक तथा अगुवा थिए। ब्राम्हणवादको प्रभाव खालि आपसी भोज भतेर तथा सजातीय बिहेवारी जस्ता सामाजिक अधिकारमा मात्र सीमित रहेन। यसले मान्छेहरुलाई आर्थिक सुविधाहरु सहित नागरिक हकबाट समेत बञ्चित गर्‍यो।

ब्राम्हणवाद भनेको “मै खाऊँ – मै लाऊँ” भन्ने एउटा प्रवृत्ति हो, आज यो ब्राम्हण वर्गमा मात्र सीमित नरहेर सम्पूर्ण जातिमा पाइन्छ।

उहाँको विचारमा ब्राम्हणवाद भनेको “मै खाऊँ – मै लाऊँ” भन्ने एउटा प्रवृत्ति हो, आज यो ब्राम्हण वर्गमा मात्र सीमित नरहेर सम्पूर्ण जातिमा पाइन्छ। भारतीय अर्का विद्वान रामप्रियाशरण सिंह “रत्नेश” का अनुसार ब्राम्हणवाद त्यो वर्गको निर्देशनलाई भनिन्छ जुन निर्देशन ब्राम्हण वर्गद्वारा रचित दर्शन अनुसार रुपरेखा बदलिदै आएको छ। यस परिभाषाबाट ब्राम्हणवादमा ब्रम्हण जातिको “सर्वोच्चता” समाजमा कायम राखी रहने “निर्देशन” ब्राह्मणद्वारा युग – अनुकूल अवसर हेरी भाले छोपारोले रङ्ग बदले झैं बदलिने गर्छ भन्ने बुझिन्छ।

अर्का भारतीय विद्वानका अनुसार “ब्राम्हणवाद सामन्तवादको सांस्कृतिक रुप भन्दा अरु केही होइन, ब्राम्हणवाद भनेको रामराज्यको रुपमा एक सामन्दवादी कल्पनामा अल्झाएर मानवीय प्रगति र विकासका सम्पूर्ण बाटाहरु बन्द गरिदिने षडयन्त्रकारी नारा हो।” यो परिभाषा अनुसार ब्राम्हणवाद भनेको सामन्दवादी संस्कृतिको “मपाइँत्वादी” संस्कार हो। पदमलाल विश्वकर्मको विचारमा “ब्राम्हणवाद भन्दा कुनै जाति संस्कृति नै ब्राम्हणवाद हो। जसको कारणले जातीय भेदभाव र छुवाछूत प्रथा हुर्किएको हो। यो प्रथा मान्ने जो कोही जाति, जनजाति र स्वयं उत्पीडित जाति पनि ब्राम्हणवादी हुन्।”

ब्राम्हणवाद भनेको ब्राम्हणहरुलाई मनुष्यकै “उच्चजातिको” मान्यता प्रदान गरी दलित वर्गलाई जन्मानुजन्म दास बनाउने हिन्दू सामन्ती संस्कृतिको उपज, जातीय अहंकारवादी सबैलाई ब्राम्हणवादी भन्न सकिन्छ र यसमा दलित भित्रैका कतिपय व्यक्ति र समुदायहरु पनि पर्न सक्छन्।

दुर्गाहाङ याखाराईका अनुसार, “ब्राम्हणवाद भनेको हिन्दू धार्मिक सत्ताको सहमा मनुष्य मध्ये “ब्राम्हण” चाहिं जन्मजात सर्वोत्कृष्ट जाति हो भन्ने मिथ्याभिमानले शारीरिक परिश्रम नगरी घरमा शूद्रलाई पशुभन्दा तल्लो “अछूत” दर्जामा कजाएर बाहिर संसारलाई चाहीं “बसुधैव कुटुम्बकम्” भन्ने उपदेश पाखण्डी प्रवृत्ति हो।” उपरोक्त परिभाषाहरुको आधारमा भन्नुपर्दा ब्राम्हणवाद भनेको ब्राम्हणहरुलाई मनुष्यकै “उच्चजातिको” मान्यता प्रदान गरी दलित वर्गलाई जन्मानुजन्म दास बनाउने हिन्दू सामन्ती संस्कृतिको उपज, जातीय अहंकारवादी सबैलाई ब्राम्हणवादी भन्न सकिन्छ र यसमा दलित भित्रैका कतिपय व्यक्ति र समुदायहरु पनि पर्न सक्छन्।

दलित जाति (Dalit Community)
दलित शब्दको व्युत्पत्ति संस्कृत धातु “दल” बाट भएको हो। जसको अर्थ फुटाउनु, टुक्रा– टुक्रा पार्नु र कुल्चनु हुन्छ र दलित शब्द उन्नाईसौँ शताब्दीको सुधारवादी आन्दोलनको उपज हो। “दलित” शब्दको शाब्दिक अर्थ फुटाइएको, दलिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको, माडिएको, पिसिएको, पददलित, दमनद्वारा शान्त पारिएको आदि हुन् र दलित जाति (वर्ग या समुदाय) भन्नाले उपर्युक्त थिचिएका–पिसिएका सम्पूर्ण जातीय समुदायलाई बुझाए पनि वर्तमान समयमा अछूत जातीय समुदायलाई मात्रै बुझाउन यस शब्दको प्रयोग गर्ने गरिएको छ।

“दलित” शब्दको शाब्दिक अर्थ फुटाइएको, दलिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको, माडिएको, पिसिएको, पददलित, दमनद्वारा शान्त पारिएको आदि हुन् र दलित जाति (वर्ग या समुदाय) भन्नाले उपर्युक्त थिचिएका–पिसिएका सम्पूर्ण जातीय समुदायलाई बुझाए पनि वर्तमान समयमा अछूत जातीय समुदायलाई मात्रै बुझाउन यस शब्दको प्रयोग गर्ने गरिएको छ।

जस अनुसार दलित समुदाय भन्नाले समाजमा हक, इज्जत, प्रतिष्ठा समान रुपले पाउन नसकेको जाति हरिजन, अछूत जातिहरुलाई जनाउँछ। नेपालको सन्दभमा धर्म, राज्यसत्ता र कानूनको आधारमा सयौं वर्षदेखि सामाजिक रुपमा “अछूत” पारिएका तथा राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक क्षेत्रका समान अवसरबाट बञ्चित गराइएका, सांस्कृतिक क्षेत्रमा पिछडिएका, सामाजिक कुरीति र अन्धविश्वासले ग्रस्त र वर्तमानमा पनि प्रजातन्त्रको फल चाख्न नपाएका, हिन्दू वर्णाश्रम व्यवस्था अनुरुप विभिन्न उप–जातिमा विभक्त, शोषित–उत्पीडित, सिल्पी, कालाकार र श्रमिक वर्ग नै दलित जाति वा वर्ग हो।

जात उत्पत्तिको कारण र सिद्धान्त
अगाडि विश्वका प्रमुख मानव जाति (Race) र तिनका उपजाति (Sub – Race) तथा अन्य हाँगाहरुको संक्षिप्त रुपमा उल्लेख गरी सकिएको छ। भारतीय आर्य जाति प्रमुख मानव जाति इण्डो –युरोपियनको एक हाँगा थिए भन्ने कुराको पनि उल्लेख भइसकेको छ। त्यही समूह पछि भारतमा आएर आफूलाई ‘हिन्दू’ भनाउन थालेपछि चार वर्ण लगायतका विभिन्न जात–उपजातमा विभाजन भएको पाइन्छ।

यसरी पहिलेको एउटै जाति कसरी चारवर्ण र सयौं जातहरुमा विभाजन भयो भन्ने कुराको सैद्धान्तिक आधार खोज्नु आवश्यक छ। भारतीय समाज जसरी विभिन्न जात–उपजातको टुक्रामा विभक्त भयोः यसको सैद्धान्तिक तथा समाजशास्त्रीय आधारहरुको खोजी विभिन्न समाजशास्त्री, दार्शनिक तथा राजनीतिज्ञहरुले गरेका छन्। भारतीय समाजमा जन्मेको अनौठो किसिमको जातीय छुवाछूत प्रथा, जसलाई रजनीकान्त शास्त्रीले “विश्वको आठौं आश्चर्य” भनेका छन्। जातको उत्पत्तिका कारण र सिद्धान्तको बारेमा यहाँ संक्षिप्त रुपमा चर्चा गरिने छ।

१.परम्परागत सिद्धान्त (Traditional Theory)
जात उत्पत्ति सम्बन्धी यो सिद्धान्त हिन्दूधर्मशास्त्र ऋग्वेदको पुरुषसूक्तमा आधारित छ। जस अनुसार “विश्वरुप विराटपुरुषको मुख ब्राम्हण, हात क्षेत्रीय, जाँघ वैश्य र खुट्टा शुद्र थिए” भनी कालान्तरमा जात उत्पत्तिको आधार प्रस्तुत गरिएको छ। त्यस्तै भावहरु अथर्ववेद (१९।६।६) र यजुर्वेद (३१।१०–११) मा उल्ल्ेख गरिएको पाइन्छ। पछि मनु लगायतका हिन्दू विधान निर्माताहरुले त्यसैलाई आधारमा मानी जात उत्पत्तिको व्याख्या गरेका छन्।

२.राजनीतिक सिद्धान्त (Political Theory)
यस सिद्धान्त अनुसार राजनीतिक स्वार्थलाई नै जाति विभाजनको प्रमुख कारण मानिन्छ। डुबोइस (Dubois) यस सिद्धान्तका प्रवर्तक मानिन्छन्। उनको विचारमा “केही चतुर राजनीतिज्ञहरुले पुरुषसूक्तको आधारमा जाति व्यवस्थाको सिर्जना गरे।” डा. अम्बेडकरको विचारमा “बहुसंख्यक जन समुदायमाथि राजनीतिक एंव प्रशासनिक वर्चश्व कायम राख्ने केही सीमित मान्छेहरु (Politician) को हातको तरबार हो – जाति व्यवस्था।” डा. नरेन्द्र सिंहको विचारमा “कुलिनवर्गको लागि विशेषाधिकार र निम्न वर्गको लागि प्रतिबन्धको लागि जाति व्यवस्थाको उत्पत्ति भएको हो।”

उपरोक्त विचारहरुलाई केलाउँदा राजनीतिक स्वार्थको कारणबाट नै जातीय व्यवस्थाको उत्पत्ति भएको देखिन्छ। राजनीतिक स्वार्थको लागि जातीय व्यवस्थाको उत्पत्ति हुने सिद्धान्तलाई वर्तमानमा “ब्राम्हणवाद” भनेर पनि बुझ्ने गरिन्छ।

३.धार्मिक सिद्धान्त (Religious Theory)
यो सिद्धान्तले जाति व्यवस्थाको उत्पत्तिको प्रमुख कारणमा धार्मिक संस्कारलाई मान्दछ। K.M. Hocart यस सिद्धान्तका पक्षपाती हुन्। उनका अनुसार “धार्मिक संस्कार मान्छे जन्मनु भन्दा पहिल्यै शुरु हुन्छ र उसका मृत्युपर्वपछि मात्र समाप्त हुन्छ र धार्मिक संस्कारले पुराना महत्वपूर्ण संस्कारलाई नक्कल गर्दै पछिसम्म राख्दछ।” धार्मिक दृष्टिले हेर्दा ज्ञानवान तथा धार्मिक व्यक्तिहरु आफूलाई उच्च ठान्दछन् भने अधार्मिक तथा अज्ञानीहरु तल्लो ठानिन बाध्य बनाइन्छन्।

यो असमान सम्बन्धलाई सामाजिक विधिवेत्ताहरुले स्वभाविक बनाउन अनेक नियम र व्यवसहारहरु बनाई दिन्छन्। यस सिद्धान्त अनुसार हिन्दू ब्राम्हणहरुले वेद अध्ययन, पूजापाठ, धर्मकर्म जस्ता धार्मिक र ज्ञानमूलक कार्य गरेकाले उच्चजात र वेद तथा धार्मिक ग्रस्थको अध्ययन नगर्ने तथा पूजापाठ नगर्ने शूद्रहरु तल्लो भएको मान्न सकिन्छ। तर शूद्रहरुलाई ब्राम्हण तथा ब्राम्हण धर्मले वेद अध्ययन तथा पूजापाठ गर्न प्रतिबन्ध लगाएकोले शूद्रहरुले नपढेर वा धर्मकर्म नगरेर तल्लो जात भएको मान्न सकिन्न। त्यसैले धार्मिक सिद्धान्त जाति उत्पत्तिको प्रमुख आधार बन्न सक्दैन।

आर्यहरु गोरा, अग्ला र सुन्दर थिए भने भारतीय आदिवासी (द्रविडहरु) काला, पुड्का, नेप्टा तथा असुन्दर थिए, त्यसैले उनीहरु अनार्यलाई राक्षस तथा हीनजाति सम्झन्थे। त्यसैले त्यस्ता हीन जातिको रगत आफूमा मिश्रण नहोस् भनी आप्रवासी आर्यले विजित भारतीय आदिवासीलाई चौैथो (सबभन्दा तल्लो) वर्णमा राखे र यसरी जातीयताको उत्पत्ति भयो भन्ने धेरै विद्वानहरुको मत छ।

४. भौगोलिक सिद्धान्त (Geographical Theory)
यस सिद्धान्त अनुसार एउटा निश्चित भौगोलिक क्षेत्रमा बसेको मानव समुदायले अन्यत्रबाट आएका मानव समुदायको रगत आफूमा नमिसियोस् भनेर रक्त शुद्धताको लागि अर्को समूहसँग हेलमेल नगर्ने तथा उक्त समूहलाई आफ्नो समूह भन्दा तल्लो श्रेणीमा वा अलग्गै राख्ने प्रवृत्तिले नयाँ जातको उत्पत्ति हुन्छ भन्दछ। Gilbert को विचारमा “स्थानयि बासीले आप्रबासीलाई रक्त मिश्रणबाट जोगाउन जाति व्यवस्थाको विकास गरेका हुन्।” आर्यहरु गोरा, अग्ला र सुन्दर थिए भने भारतीय आदिवासी (द्रविडहरु) काला, पुड्का, नेप्टा तथा असुन्दर थिए, त्यसैले उनीहरु अनार्यलाई राक्षस तथा हीनजाति सम्झन्थे। त्यसैले त्यस्ता हीन जातिको रगत आफूमा मिश्रण नहोस् भनी आप्रवासी आर्यले विजित भारतीय आदिवासीलाई चौैथो (सबभन्दा तल्लो) वर्णमा राखे र यसरी जातीयताको उत्पत्ति भयो भन्ने धेरै विद्वानहरुको मत छ।

तर भारतीय ज्योतिषिचार्य रजनीकान्त शास्त्रीले जाति उत्पत्तिको यस सिद्धान्तको खण्डन गरेका छन्। उनको विचारमा वस्तुतः वर्ण व्यवस्थाको स्थापना वंशको शुद्धताको रक्षार्थ भएको होइन, यसको स्थापना त आर्य–अनार्यको रक्त र संस्कृतिको परस्पर मिश्रण भएको धेरै समयपछि भएको हो। त्यसैले वर्णभेदलाई वंशको भेद भन्नु आफैंलाई धोका दिनु हो। भारतमा आर्यहरुको आगमनकाल र वर्ण विभाजनकालबिचको लामो अन्तराललाई हेर्दा शास्त्रीजीको तर्क सही छ। किनभने पुरुषसूक्तकालमा आइपुग्दासम्म आर्य–अनार्यबीच रगत छ्यास्मिस् भएको प्रशस्त ऐतिहासिक तथ्यहरु फेला परेका छन्।

५. सांस्कृतिक एकीकरणको सिद्धान्त (Theory of Cultural Integration)
यो सिद्धान्तले दुई भिन्न–भिन्न जातिहरुबीच विवाह भएर जन्मेको सन्तानलाई अर्को नयाँ जातमा राखियो र त्यस्तै अनुलोम (Hypergamous) र प्रतिलोम (Hypogamous) विवाहबाट जन्मने सन्तानलाई पनि नयाँ जातिको स्थानमा राखियो र नयाँ जातको जन्म भयो भन्दछ। मनुस्मृतिका अनुसार ब्राम्हण, क्षेत्रीय र वैश्यले हीन जातकी स्त्रीसँग विवाह गरेमा त्यस स्त्रीबाट जन्मेको सन्तान शूद्र हुन्छ। करनको उत्पत्ति वैश्य र शूद्रबाटः कामीको उत्पत्ति शूद्र र वैश्यबाटः कुमाल तथा जुलाह–ब्राम्हण र क्षेत्रीबाटः चाण्डाल – शूद्र तथा वैश्यबाटः आंमरा र तेली – गोपा र वैश्यबाटः धोवी –गोपा र शूद्रबाट, सार्की– क्षा र वैश्यबाटः मल्ल– धोवी र शूद्र बाटः आदि जातिहरुको उत्पत्ति देखाइएको छ।

त्यसैगरी चर्मकारको उत्पत्ति शूद्र र ब्राम्हण तथा क्षेत्रीय कन्याबाट भएको मानिन्छ। त्यस्तै वशिष्ठको भनाइ अनुसार शूद्र जातको पुरुष र ब्राम्हण जातकी स्त्रीबाट पैदा भएको पुत्र चाण्डाल हुन्छः त्यस्तै क्षेत्रीय पुरुष र वैश्य स्त्रीबाट पौलकस जात, ब्राम्हण पुरुष र शूद्र स्त्रीबाट पार्शव आदि जातको उत्पत्ति भएको मानिन्छ। यसरी अन्तर्जातीय विवाह (Intercaste Marriage) बाट नयाँ जातको उत्पत्ति हुने सिद्धान्त अनुरुप वर्तमान नेपालमा पनि नयाँ जात उत्पत्ति भएको पाइन्छ।

अन्तर्जातीय विवाहबाट नयाँ जातको उत्पत्ति हुने कुरााई सिद्धान्ततः स्वीकारीए पनि हिन्दू चारवर्णको विभाजनमा यो सिद्धान्त लागू हुँदैन किनभने चारवर्ण (जात) को विभाजनपछि तिनीहरुको विवाहबाट नयाँ जाति उत्पन्न हुने कुरामा मात्र यो सिद्धान्त लागू हुन्छ।

उदाहरणको रुपमा ब्राम्हण पुरुष र ठकुरी स्त्रीबाट जन्मेको सन्तान ‘हमाल’ तथा कामी र सार्कीका स्त्री–पुरुषबीच विवाह भई जन्मेका सन्तान ‘कडारा’ भएको पाइन्छ। यसरी अन्तर्जातीय विवाहबाट नयाँ जातको उत्पत्ति हुने कुरााई सिद्धान्ततः स्वीकारीए पनि हिन्दू चारवर्णको विभाजनमा यो सिद्धान्त लागू हुँदैन किनभने चारवर्ण (जात) को विभाजनपछि तिनीहरुको विवाहबाट नयाँ जाति उत्पन्न हुने कुरामा मात्र यो सिद्धान्त लागू हुन्छ।

६. आर्थिक सिद्धान्त (Economic Theory)
जाति उत्पत्तिको आर्थिक सिद्धान्त मार्क्सवादी सिद्धान्त हो। यो सिद्धान्त अनुसार आर्थिक सम्पन्नता र विपन्नताले जातको उत्पत्ति हुन्छ। कार्ल मार्क्स (Karl Marx) को मान्यता अनुरुप अर्थतन्त्र हडप्ने केही धनी हुन्छन् र अरु सर्वहारा बन्दछन्। धनीहरु माथिल्लो जात बन्छ र गरीब तल्लो जात बन्छ। म्याक्स बेंवरको दृष्टिकोणमा धन, शक्ति र सामाजिक प्रतिष्ठा हुने व्यक्तिको माथिल्लो जात हुन्छ, नहुने क्रमशः तल्लो जात बन्दै जान्छ।

 कार्ल मार्क्सको मान्यता अनुरुप अर्थतन्त्र हडप्ने केही धनी हुन्छन् र अरु सर्वहारा बन्दछन्। धनीहरु माथिल्लो जात बन्छ र गरीब तल्लो जात बन्छ।

नेस्फिल्ड (Nesfield) को विचारमा विशेष आर्थिक कार्य नै जात उत्पत्तिको एकमात्र कारण हो। -Funtion and funtion only is responsible for the origin of caste system) र दुई भिन्न आर्थिक समूहबीचको आर्थिक सम्बन्धले जाति व्यवस्थाको उत्पत्तिको सन्दर्भमा उपयुक्त मान्न सकिदैन। किनभने हिन्दू वर्ण व्यवस्थाको इतिहासलाई हेर्दा वर्ण विभाजन भइसकेपछि मात्र ब्रम्हण – क्षेत्रीय वर्ग (शासकवर्ग) ले अर्थतन्त्रमा कब्जा जमाएको पाइन्छ। फेरि वर्तमान समयमा पनि सम्पन्नशाली दलितहरु उपल्लो जातमा फेरिएको पाइन्न।

७.प्रजातीय सिद्धान्त (Racial Theory)
यसलाई नश्लवादी सिद्धान्त भनिन्छ। यस सिद्धान्त अनुसार प्रजातीय या नश्लको शुद्धता वा विशिष्टता प्रदर्शन गर्नलाई जातीय व्यवस्थाको उत्पत्ति हुने गर्छ। हर्वट रिज्ले (Herbert Risley) को विचारमा आर्यहरु जब भारत आए तिनीहरुले शुरुमा अनार्य युवतीसँग विवाह गरे तर पछि अफ्नै जातीय समूहमा नारीहरु प्रशस्त भएपछि त्यसको आवश्यकता रहेन र पछि उनीहरुले आफूलाई श्रेष्ठ जाति देखाउन जातीय व्यवस्थाको विकास गरे र त्यस्तो विवाहबाट उत्पन्न सन्तानलाई दासवर्गमा राखिदिए।

अर्का विद्वानका अनुसार आफ्नो जातीय पवित्रतालाई संरक्षित राख्न हिन्दूहरुले वर्ण व्यवस्थाको शुरुवात गरे। घुरेको विचारमा भारतीय आर्यहरुले अफ्नो पुरानो मान्यता (अनार्य युवतीसँग विवाह गर्ने) लाई अस्वीकार गर्दै व्यवहार तथा विश्वासको भिन्नतामा जातीय व्यवस्था (Caste System) लाई सामाजिक संगठनको रुपमा दिए। यिनीहरु सामाजिक शैक्षिक आदि स्थितिमा आफू भन्दा तल्ला समूहसँग मिसिन (रक्तमिश्रण) चाहेनन्। यस्तो जातीय व्यवस्था वंशाणुगत रुपमा रहन्छ। जस्तो कामीको छोरा कामी नै हुन्छ भने क्षेत्रीको छोरा क्षेत्री नै हुन्छ। आर्यहरुको यही नश्लवादी जाति उत्पत्तिको सिद्धान्तलाई डा. अम्वेडकरले “आदिम नश्लवादी दर्शन” र “विश्वका सबै नश्लवादको मुहान” भनेका छन्।

भारतीय आर्यहरुले अफ्नो पुरानो मान्यता (अनार्य युवतीसँग विवाह गर्ने) लाई अस्वीकार गर्दै व्यवहार तथा विश्वासको भिन्नतामा जातीय व्यवस्थालाई सामाजिक संगठनको रुपमा दिए।यिनीहरु सामाजिक शैक्षिक आदि स्थितिमा आफू भन्दा तल्ला समूहसँग मिसिन (रक्तमिश्रण) चाहेनन्।

यसरी पहिला आफूहरुले केटी नपाउने अवस्थामा अनार्य युवतीसँग बिहे गरी रक्तमिश्रण भइसकेपछि र आफ्नो समुदायमा नारी वर्गको प्रशस्तता भएपछि पुनः सजातीय विहेवारीको चलन चलाई रक्त शुद्धता र जातीय श्रेष्ठताको खोजी गर्नु रजनीकान्त शास्त्रीले भने जस्तै असम्भव थियो र त्यहाँ कुनै वर्णको पनि गर्व योग्य रक्त शुद्धता बाँकी रहेको थिएन। तर पनि पछिल्ला कालमा जातीय श्रेष्ठताको लागि रक्तशुद्धतालाई ध्यान दिइएको पाइन्छ।

८.विकासवादी सिद्धान्त (Evolutinary Theory)
यो सिद्धान्त अनुसार समाजको विकास र समयको परिवर्तनको क्रममा जातीय व्यवस्थाको विकास भएको मानिन्छ। डेन्जिल इवट्शन (Denzil Ibbetson) को विचारमा मानवहरु जब जंगली फिरन्ते जीव पारगरी कृषक जीवनमा प्रवेश गरे त्यसैबेला जातीय संस्कारको विकास गरे र पछि आर्थिक स्थिति र वैवाहिक सम्बन्धले त्यसलाई सहयोग गर्‍यो। भी.डी. जोतोभका अनुसार, मावन समुदाय पशुपालन गर्ने युगमा आइ पुगेपछि जनसंख्इामा पनि वृद्धि हुँदै गएको कारणले तत्कालिन मानव समुदायमा वंश अनुसारको समुदायको नयाँ रुप आयो।

यो वंश अनुसारको समुदायमा पनि वृद्धि हुँदै जाँदा धेरै वंशहरु हुन गए र त्यसले जातीय समुदायको रुप लियो। यो जातीय समुदाय र समूह धेरै वंशहरुको गठन हो। मोर्टनक्लासका अनुसार, जातीय व्यवस्थाको उत्पत्ति र समाजिक वर्गीकरणमा भूमि (Land) को महत्वपूर्ण भूमिका रहेको पाइन्छ। जहाँ हावापानी र उर्वराशक्ति राम्रो भएको भूमि छ, त्यहाँ बढीमात्रामा मानिसहरु जम्मा हुन थालेपछि त्यहाँको समाज भूमि हुने तथा नहुनेमा वर्गीकृत हुन गयो।

जातीय व्यवस्थाको उत्पत्ति र समाजिक वर्गीकरणमा भूमिको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। जहाँ हावापानी र उर्वराशक्ति राम्रो भएको भूमि छ, त्यहाँ बढीमात्रामा मानिसहरु जम्मा हुन थालेपछि त्यहाँको समाज भूमि हुने तथा नहुनेमा वर्गीकृत हुन गयो।

दक्षिण एसियामा जातीय व्यवस्थाको प्रादुर्भावको बारेमा हेर्दा दक्षिण एसियाका केही भाग बाहेक अधिकांश स्थानमा खेतीको विस्तार भएको र केही भू–भागमा शिकार खेल्ने, पशुपालन तथा स्थान परिवर्तन गर्दै खेती गर्ने जस्तो पेशाहरुमा मानिस लागेकोले वंगाल, मालावरतट तथा सिन्धुको मैदानमा मात्र नभई समस्त दक्षिण एसियाई उपमहाद्वीपमा नै विभिन्न पेशागत आधारमा रहेका मानिसहरु भएकाले जातीय व्यवस्थाको प्रादुर्भाव भएको थियो। यसरी समाज विकासको चरणमा जातीय व्यवस्थाको उत्पत्ति भएको मानिन्छ।

९.अपराधिक सिद्धान्त (Criminal  Theory)
यो सिद्धान्त अनुसार अपराध गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने र उसको अपराध कर्म अनुसार, पाप र दुस्कर्म नै अस्पृश्यताको उत्पत्तिको कारण हो। ब्राम्हणघाती, सुरापन गर्ने र गुरु पन्तीसँग अनैतिक सम्बन्ध राख्ने पातकीले छोएको नखाने र विवाह सम्बन्ध नजोर्ने मनुको आदेश छ। भारतमा आफ्ना अपराध कर्मले डोम, सान्सी, नट, हर्निस र मियानासहरु तल्लो जाति भएको पाइन्छ। यिनीहरु डाँकु समूहमा पर्छन्। यसरी प्रचलित सामाजिक नियम विपरीत अनैतिक अपराधिक क्रियाकलाप गर्नेहरुलाई नयाँ नाम दिइयो र त्यही नाम नै पछि जात–सूचक बन्यो।

१०.कार्यगत सिद्धान्त (Functional Theory)
यो सिद्धान्त अनुसार जातीय वर्गीकरण र उत्पत्तिको प्रमुख कारण सामाजिक कार्यभेद वा पेशाको वर्गीकरण हो। नेस्फिल्डको विचारमा समाजमा राम्रा र नराम्रा दुवै पेशाहरु थिए। अतः घृणित पेशामा लाग्ने जाति तल्लो जात कहलाइए। ती घृणित कार्य गर्ने सित छुवाछूतको भावना राखियो । किनभने सामाजिक दृष्टिले ती कार्यहरु अपवित्र मानन्थ्यिो। हट्टनको विचारमा आर्यहरुले पराजित जातिलाई तल्लो वर्गको मानेर घृणित कार्यमा लगाए। घुरेको अनुसार पवित्रताको विचार चाहे त्यो व्यवसाय वा संस्कार सम्बन्धी होस् जाति उत्पत्ति (Origin of Caste) को कारण मानिन्छ।

एन्थ्रोनीको विचारमा तीन प्रमुख कुराले सामाजिक असमानता ल्याउँछः पहिलो कार्य, दोस्रो अधिकार र तेस्रो संस्कार। पहिलोले गतिलो र अगतिलो काम छुट्याउँछ। अधिकारले गतिलो कार्य गर्नेलाई उच्च दर्जा र अगतिलो कार्य गर्नेलाई निचो बनाउँछ। अनि संस्कारले उच्च कार्य गर्नेलाई बढी मान गर्छ र निचो कार्य गर्नेलाई हेला गर्छ। अन्तमा प्रचलित नियम, कानून, शिक्षादिक्षा आदिले उँचो काम गर्नेलाई उच्चै दर्जा र निचो काम गर्नेलाई निचको दर्जा दिलाउने परिवेश बनाइदिन्छ। यसरी कामको आधारमा जातीय व्यवस्थाको उत्पत्ति भएको मानिन्छ।

पौराणिक कालमा पुरोहित वर्गको प्रभाव यस्तो तरीकाले बढ्यो कि जसले आफ्नो पेशा बाहेक अन्य व्यवसायीलाई निच सम्झन थाले जसले गर्दा जति घृणित पेशा हुन्थ्यो त्यो पेशा गर्ने मानिस पनि त्यत्ति नै घृणित हुन थाल्यो।

भारतीय सन्दर्भमा हेर्दा पौराणिक कालमा पुरोहित वर्गको प्रभाव यस्तो तरीकाले बढ्यो कि जसले आफ्नो पेशा बाहेक अन्य व्यवसायीलाई निच सम्झन थाले जसले गर्दा जति घृणित पेशा हुन्थ्यो त्यो पेशा गर्ने मानिस पनि त्यत्ति नै घृणित हुन थाल्यो। यसरी पेशा र मानिसबीचको अन्तर्सम्बन्धले जातीय व्यवस्थाको उत्पत्ति भयो। किनभने साधारणतया प्रत्येक जाति र पेशाको बीचमा घनिष्ठ सम्बन्ध छ। प्राचीन हिन्दू समाजमा वर्णविभाजन पनि पेशाको आधारमा भएको र वर्तमानमा पनि हरेक जातिको जातीय पेशा भएकोले यो सिद्धान्त नै भारतीय सन्दर्भमा जाति उत्पत्तिको सर्वमान्य सिद्धान्त मान्न सकिन्छ।

११. संस्कृतिकरणको सिद्धान्त (Sanskritization Theory)
यो सिद्धान्त अनुसार स्वास्थ्य, सफा, शिक्षित र सुसंस्कृत व्यक्ति वा समूहले ती कुराको अभाव भएका असभ्य समूहलाई घृणाको दृष्टिले हेर्न थाले र आफूलाई उच्च ठानी तिनीहरुबाट अलग रहन थाले। यसरी जातीय व्यवस्था र नयाँ जातिको उत्पत्ति भयो। सभ्य र सुसंंस्कृत उच्च जातिको भयो भने असभ्य र गँवार निम्न जातिको भयो। भारतमा जातीय उत्थानको निम्ति सभ्य र सुसंस्कृत बन्न चलाइएको अभियानलाई लिन्चूले संस्कृतिकरणको संज्ञा दिएका छन्।

एम.एन. श्रिनिवासका अध्ययनमा सुसंस्कृत व्यक्ति वा समूहले आफूलाई नयाँ उच्च जातिको रुपमा ढालेर असंस्कृत व्यक्ति वा समूहलाई तल्लो दर्जाको रुपमा व्यवहार गर्न थाले र यसरी समाजमा नयाँ जातिको उत्पत्ति भयो। लोहियाले सुसंस्कृत बनेर समाज सुधार गर्ने नयाँ समूहलाई “गिरोह” को संज्ञा दिंदै त्यस्ता हरेक समाज सुधारक गिरोह स्वयं एक नयाँ जातमा फेरिने विचार व्यक्त गरेका छन्। यसरी संस्कृतिकरणको अभियानले पनि जातिप्रथा र नयाँ जातको उत्पत्ति हुने गरेको पाइन्छ।

१२. सामाजिक वर्गीकरणको सिद्धान्त (Theory of Social Division)
यो सिद्धान्त अनुसार समाज विकासको निश्चित चरणमा पुगेपछि मान्छेका धर्मकर्म, गुण, विशेषता, आर्थिक स्थिति, पेशा, आदिको आधारमा सामाजिक वर्गीकरण भयो र त्यही वर्गीकरण नै जाति व्यवस्थाको उत्पत्तिको कारण बन्यो। बि. भुसानका अनुसार जातीय व्यवस्था सामाजिक वर्गीकरणको रुप हो। जसमा जातहरु वंशानुगत रुपमा संगठित हुन्छन्। तर यिनीहरुमा एक अर्कामा धार्मिक तथा अन्य नियमहरु पनि फरक हुन्छन्। यसमा सबै भन्दा तल्लो जात अछूतको स्तरमा रहेको हुन्छ।

उनको विचारमा सामाजिक वर्गीकरणमा मानिसहरुलाई विभिन्न तहमा छुट्यान्छ र धार्मिक रीतिरिवाज पनि फरक बनाइन्छ। त्यही जात उत्पत्तिको कारण बन्छ। यस्तो पहिला सामानताको आधारमा रहेको समाज वर्गीकृत हुनुमा भूमिको महत्वपूर्ण भूमिका रहने विचार मोर्टनको छ। यसरी सामाजिक वर्गीकरण भएपछि समाजका विधि निर्माताहरुले विभिन्न नैतिक, सामाजिक, धार्मिक नियमहरु बनाउँछन्, जसले कालान्तरमा जाति व्यवस्थाको उत्पत्ति हुन्छ।

बि. भुसानका अनुसार जातीय व्यवस्था सामाजिक वर्गीकरणको रुप हो। जसमा जातहरु वंशानुगत रुपमा संगठित हुन्छन्। तर यिनीहरुमा एक अर्कामा धार्मिक तथा अन्य नियमहरु पनि फरक हुन्छन्। यसमा सबै भन्दा तल्लो जात अछूतको स्तरमा रहेको हुन्छ।

यी बाहेक अरु पनि सिद्धान्तहरु छन्। खासगरी वर्तमान समयमा दुई वा दुई भन्दा बढी सिद्धान्तहरुलाई संग्रह गरी नयाँ सिद्धान्त प्रतिपादन गर्ने विद्वानहरु प्रशस्त छन्। माथि उल्लेखित कुनै एउटा मात्र सिद्धान्त जाति उत्पत्तिको लागि पूर्ण नभएपनि हिन्दू वर्ण व्यवस्थाका उत्पत्तिको सन्दर्भमा भन्नुपर्दा “कार्यविभाजन सिद्धान्त” उपयुक्त दखिन्छ। हिन्दू जाति व्यवस्थाको इतिहास हेर्दा सर्वप्रथम पेशा विभाजन भएको पाइन्छ।

एकै परिवारको सदस्यहरु विभिन्न पेशा गर्ने र पेशा अनुसारको नामले पुकारिने जस्ता तथ्यहरु भेटिएका छन्। आर्य समाजमा सर्वप्रथम पेशा विभाजन परिवतन गर्न नपाइने नियम बनेपछि मात्र त्यसले वंशाणुगत रुप लियो र त्यही जातीय व्यवस्थाको उत्पत्तिको कारण बन्यो। यसरी पहिले नै विभाजन भएको पेशालाई स्थायित्व प्रदान गर्न ब्राम्हण र क्षेत्रीय वर्गले राजनीतिक चाल चले। त्यसपछि अर्थतन्त्र हडप्ने काम गरे। त्यपछि रक्तशुद्धताका कुरा आए। यसरी भारतीय समाजमा जातीय व्यवस्थाको उत्पत्ति र विकास भयो। जसले गर्दा वैदिक कालमा समानता, भातृत्व र एकताबद्ध आर्य समाज दर्जनौं टुक्रामा विभाजित भयो।

(यो लेख नेपालमा दलित जातीय मुक्ति आन्दोलन नामको पुस्तकबाट लिइएको लेख। किसान अनुसन्धानकर्मी हुन्।)

फेसबुकबाट तपाईको प्रतिक्रिया