Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

रचना खड्का रचना खड्का
मंसिर ३०, २०७७
- यो हप्ता, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तत्कालिन समयमा दुई ठूला दल नेकपा एमाले र एमाओवादीबीच जुन एकता भयो, त्यो एकता प्रक्रिया आफैंमा पारदर्शी थिएन। दुई अध्यक्षले कुनै पनि कमिटीगत छलफल नगरीकन स्वविवेकमा एकताको निर्णय गर्नुभयो। एकता आफैंमा राम्रो कुरा थियो, त्यसकारण विरोध गर्न हुदैनथ्यो। विगतमा एकअर्कासँग अत्यन्त धेरै असहमती रहेका नेताहरूले उति महत्वपुर्ण एकता सम्पन्न गर्नु आफैंमा अर्थपूर्ण थियो। सोही कारण, पार्टी एकता र त्यसले उठाएका विषयवस्तुहरूलाई हामीले साथ दिनुपर्छ भन्दै कार्यकर्ता पंक्तिले सघायो। निर्वाचनको मुखमा कार्यगत एकता भएको थियो, त्यसमा एक पक्षका कार्यकर्ताले आफ्ना दावीलाई त्याग गर्दै  कार्यगत एकताको प्रक्रियालाई चुपचाप सघाए।

    फल खाने, एकीकरण बिगार्ने

    चुनावी एकता हुँदै एकता प्रक्रिया सम्पन्न भइसकेपछि, दुई अध्यक्षहरुबीच शक्तिलाई निश्चित अवधीका लागि भागबण्डाको करारनामा भएको रहेछ।  त्यसमा एक पक्षले तुरुन्तै फल प्राप्त गर्‍यो, तर जसले फल खायो, फल खाने व्यक्तिहरू नै एकताप्रति जिम्मेवार भएनन्। त्यही गैरजिम्मेवारीका कारण अहिले पार्टीमा समस्या आएको हो। यत्रो शक्तिसाली वाम सरकार बनेपछि सामान्य कार्यकर्ता र जनताले जे प्राप्त गर्नुपर्थ्यो, त्यो डेलिभरी पार्टी र सरकारले पटक्कै गरेको छैन। एकीकरणले सरकार बनायो। प्रधानमन्त्री, राष्ट्रपति र अनेक बनायो। यो एकताले विभिन्न मान्छेहरूले लाभका पद पाए। तर आज जसले एकताका कारणले नै सबैभन्दा बढी लाभ पाए, तिनै मान्छेहरू एकताप्रति जिम्मेवार बनेनन्। समस्या त्यहीँबाट निम्तेको हो।

    भिडियो –

    तत्कालिन एमाओवादी शसस्त्र संघर्षबाट आएको थियो, तत्कालिन नेकपा एमाले शान्तिपूर्ण संघर्षको बाटो अँगाल्दै थियो। यसरी दुई फरक धारमा हिँडेका पार्टीहरू एक ठाउँमा आइपुगेर सामन्तवादी राजतन्त्रलाई समाप्त गरियो। हिजो दुबै पार्टीका नेतृत्वबीच नेकपाले अँगालिरहेको जबज र माओवादीले अँगालेको २१ शताव्दीको जनवादको सार बोक्नेगरी तत्कालका लागि सँगै जाने र यदि वैचारिक विषयमा समस्या भए पछि राष्ट्रिय महाधिवेशनबाट हल गर्ने कुरो भएको हो।
    यो कुरालाई नेकपाका आम कार्यकर्ताले स्विकारेका छन्। तर त्यस कुरालाई नेतृत्वले भने बोक्न सकेन। तर, यतिखेर नेकपाभित्रको समस्या वैचारिकजस्तो देखिँदैन। यतिखेर हामीमा व्यवहार, कार्यशैली र आचरणमा समस्या छ। यी सम्पुर्ण विषयलाई वैचारिक लेपन दिइनु उचित छैन। के नेकपाभित्रको समस्या जनताको बहुदलीय जनवाद र एक्काइशौं शताव्दीको जनवादलाई कसरी बुझ्ने भन्नेबारेको समस्या हो र आजको समस्या ?

    के नेकपाभित्रको समस्या जनताको बहुदलीय जनवाद र एक्काइशौं शताव्दीको जनवादलाई कसरी बुझ्ने भन्नेबारेको समस्या हो र आजको समस्या ?

    मै राज्य हूँ

    कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरूसहितको समूहले पार्टीले निर्वाचनमा गरेका वाचाहरू पूरा गर्न नसकेको हो। एकताका सन्दर्भमा कार्यकर्ताहरूका बीचमा भएका बाचाहरू पूरा नभएका हुन्। एकता प्रक्रियालाई पूर्णता दिन नसकिएको हो। पार्टी पूरै थिल्थिलो भयो, पार्टी उठ्न सकेन। न पार्टीको काम भयो, न जनतालाई चित्त बुझ्नेगरी काम भयो। यसका लागि पार्टी र सरकारको नेतृत्व गर्ने केपी शर्मा ओली जिम्मेवार हुनुपर्छ भनेर एउटा पंक्तिले भनिरहेको थियो। त्यसकै प्रतिउत्तरस्वरूप केपी शर्मा ओलीले भन्नुभयो, ‘यो कृत्रिम हो, यो सिर्जित हो।’ उहाँको यो भनाइमा नै समस्या छ, किनकि हालको समस्याको रचनाकार नै उहाँ हो।

    ‘मैले जे चाह्यो, त्यहीँमात्र हुन्छ, मैले भनेको मात्र हुन्छ। मै पार्टी हुँ, मै सरकार हुँ। मै राज्य हुँ। मै सबै कुरो हुँ’ भन्ने दम्भ नै पार्टीको सबैभन्दा ठूलो समस्या हो।

    एउटा बैठक राख्नसमेत पसिना काढेर मेहनत गर्नुपर्ने परिस्थितिमा हामी पुगेका छौं भने अहिले पार्टीको स्थिति कस्तो छ होला? पार्टी र सरकारलाई संचालन गर्ने सम्बन्धमा आजको समस्या ‘मैले जे चाह्यो, त्यहीँमात्र हुन्छ, मैले भनेको मात्र हुन्छ। मै पार्टी हुँ, मै सरकार हुँ। मै राज्य हुँ। मै सबै कुरो हुँ’ भन्ने दम्भ नै पार्टीको सबैभन्दा ठूलो समस्या हो। सचिवालयको बैठक राख्ने सन्दर्भमा जब पाँच जना नेताहरूले प्रम र अध्यक्ष केपी शर्मा ओलीकहाँ एउटा चिठी बोकेर जानुभयो, ‘बैठक राखिदिनुपर्‍यो , सचिवालयको बैठक बसौं’ भनेर। त्यसको प्रतिउत्तरमा ओलीले भन्नुभयो, ‘तपाईंहरूको निवेदनमा म तोक लगाइदिन्छु।’ जब यो कुरा सार्वजनिक भयो, यसले के पुष्टि गर्‍यो भने आजको पार्टीको सबैभन्दा ठूलो समस्या नै दम्भ, अहंकार, घमण्ड हो। यस्तै अहंकारहरुले नै  सरकार र पार्टीका आन्तरिक गतिविधिहरु संचालन भइरहेका छन्। त्यसैले पार्टी अध्यक्ष र प्रभानमन्त्रिका अहंकारको समन र उपचार नगरिकन हामीले पार्टीलाई सही दिशामा डोहोर्‍याउन सकिदैंन। यसैगरी व्यक्तिको अहंकारयुक्त र पार्टीको मनाशाय प्रतिकुल सरकारका निर्णय र क्रियाकलापहरुलाई पार्टीले अपनत्व लिदैन।

    को भएन इमान्दार ?
    अर्को कुरा, यदि प्रचण्ड र केपी शर्मा ओलीबीच गोप्यरूपमा प्रधानमन्त्री पदको लेनदेनबारे सहमति नै भएको हो भने पनि त्यस विषयलाई बैठकमा ल्याएर कन्भिन्स गर्दा भयो। दुई अध्यक्षका बीचमा हिजो के–के समझदारी भए, ती समझदारीका बारेमा पछि औपचारिक बैठकहरूमा छलफल पनि भएका थिए। योभन्दा अघिल्लो वर्षको मंसिर ४ गतेको बैठकले प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष हुने, केपी शर्मा ओलीले ५ वर्ष सरकार चलाउने सहमति पनि गर्नुभयो। कार्यकर्ताको प्रश्न छ, एकअर्कासँग गरिएका सहमति र पार्टी कमिटीसँग गरिएका यस्ता सहमतिहरू कसले कार्यान्वयन गरेन? ती सहमतीमा को इमान्दार भएन? त्यो प्रष्ट नै भइसकेको छ।

    अझ कुनै कुरामा अस्पष्टता रहेको भए सहमतिको पक्षमा को उभिएन भन्नेबारे बैठकमै छलफल गरे पनि हुन्थ्यो। बैठकै राख्ने विषयमा के अप्ठ्यारो पर्‍यो? बैठकमा आउन किन अप्ठ्यारो मान्नुपर्‍यो ? त्यसैले यो विषय र अन्य विषयलाई पार्टीको पद्धतिभित्र ल्याएर छलफल गर्नुपर्छ।

    दुईटा अध्यक्षको निर्णय नै पार्टीको निर्णय हो भनेजसरी हिजो पार्टीको विधि, पद्धति, कमिटीगत प्रणाली, सामुहिक नेतृत्व र सामुहिक छलफललाई निस्तेज गरेर केबल दुईजनाको नेतृत्वलाई जोड दिइयो, त्यहीँबाट पार्टी कमजोर भयो। पार्टीले आफूसँग भएको राजनीतिक प्रतिवेदन र आफूसँग भएको विधानका आधारमा पार्टी संचालित हुनुपर्छ। विभिन्न ठाउँमा भएका सहमतिहरूलाई सिरानी हालेर पार्टी चलाउन खोज्दा दुबै अध्यक्ष एकअर्कासँग सन्तुष्ट हुन सक्नुभएन। दुबै अध्यक्षको एक अर्कासँग गुनासो रह्यो। हेर्दाहेर्दै त उहाँहरुबीच सामान्य संचारका लागि समेत चिठीपत्र आदानप्रदान गर्नुपर्ने स्थिति आइपुग्यो।

    अब कमिटी, सामुहिकता र छलफलमा पार्टीलाई फर्काउनुपर्छ। कमिटीगत निर्णयमा फर्काउनुपर्छ। अहिले एकिकृत हुँदै गर्दा हामीले ख्याल गर्नुपर्छ, हाम्रो संगठनको एउटा धार मसिनो गरी संगठन निर्माणको बेसबाट आयो। अर्को धार आँधीबेहरीजस्तो आन्दोलन सिर्जना गरेर आयो। यदि हामीले दुबै संगठनलाई एकतावद्ध बनाएर लैजाने हो भने त व्यक्तिगत निर्णय बाट हुन्न। त्यसले त आन्दोलन सिद्धिन्छ।

    प्रधानमन्त्रीका सचिवालयबाट भइरहेका कतिपय हर्कत हाँस्यास्पद छन्। कम्तीमा प्रधानमन्त्रीको सचिवालयमा हुने र प्रधानमन्त्रीका वरीपरी हुनेबाट जेजस्ता टिप्पणी आउँछ, त्यसले पनि पार्टीमा समस्या पारेका छन्। हर्कत गर्नेहरूलाई लाग्दो हो, ‘मैले प्रधानमन्त्रीको पक्षमा जनमता सिर्जना गरेको छु, एकदमै मजाले सत्ताका आलोचकहरूलाई दनक दिइरहेको छु।’ तर उहाँहरूको हर्कतका कारण प्रधानमन्त्री दिनानुदिन समस्यामा पर्नुभएको छ।

    प्रधानमन्त्रीको सचिवालयप्रति सन्देश

    प्रधानमन्त्रीका सचिवालयबाट भइरहेका कतिपय हर्कत हाँस्यास्पद छन्। कम्तीमा प्रधानमन्त्रीको सचिवालयमा हुने र प्रधानमन्त्रीका वरीपरी हुनेबाट जेजस्ता टिप्पणी आउँछ, त्यसले पनि पार्टीमा समस्या पारेका छन्। हर्कत गर्नेहरूलाई लाग्दो हो, ‘मैले प्रधानमन्त्रीको पक्षमा जनमता सिर्जना गरेको छु, एकदमै मजाले सत्ताका आलोचकहरूलाई दनक दिइरहेको छु।’ तर उहाँहरूको हर्कतका कारण प्रधानमन्त्री दिनानुदिन समस्यामा पर्नुभएको छ। यो कुरा उहाँहरूले अनुभुत गर्नुपर्छ। यस्ता कृत्यले प्रधानमन्त्रीको हाइट बढाएको छैन।

    यसरी गलत बोल्ने र लेख्नेहरूलाई उहाँहरूको व्यक्तिगत स्वभाव, इतिहास र योगदानका आधारमा हामी मूल्यांकन गरौंला। उहाँहरूलाई मूल्यांकन गर्ने सही दिन आउलान्। तर उहाँहरूको गतिविधिका कारण प्रधानमन्त्री कति अप्ठ्यारोमा पर्नुभएको होला भन्नेबारे त्यो पंक्तिले किन नसोचेको? प्रधानमन्त्री स्वयंले किन सोच्नुभएन? सबैभन्दा ठूलो प्रश्न त यही हो। उहाँका अघिपछि जो–जो चलिरहेका छन्, उहाँले जो–जोलाई चलाइरहनु भएको छ। ती मान्छेहरूलाई हेरेर आज कसलाई पार्टीमा लाग्न मन लाग्ला? कसले उर्जा प्राप्त गर्ला ? त्यसैले प्रम र प्रम वरिपरिकाले गम्भीर भएर सोच्नुपर्छ। उहाँहरू प्रधानमन्त्रीलाई सफल बनाउनेमा हुनुहुन्छ कि दिनानुदिन आलोकप्रिय बनाउनेमा हुनुुहुन्छ।

    उहाँका अघिपछि जो–जो चलिरहेका छन्, उहाँले जो–जोलाई चलाइरहनु भएको छ। ती मान्छेहरूलाई हेरेर आज कसलाई पार्टीमा लाग्न मन लाग्ला। कसले उर्जा प्राप्त गर्ला ? त्यसैले प्रम र प्रम वरिपरिकाले गम्भीर भएर सोच्नुपर्छ।

    र, गुटगत गतिविधीका विषयमा भदौ २६ को स्थायी समितिको बैठकले कैयौं विषयहरूलाई थाती राखेर पनि अब पार्टीलाई महाधिवेशनसम्म लैजाने भनेर एउटा गोरेटो निर्माण गर्‍यो। कार्यदलको प्रतिवेदनमा सहमत हुँदै टुंग्याइएको महत्वपूर्ण बैठक थियो त्यो। २६ गतेको स्थायी समितिले अब पार्टीलाई पूर्णत : संस्थागत हिसाबले संचालन गर्ने, सरकारलाई पार्टीले गाइड गर्ने र मदन भण्डारी फाउण्डेसनका गतिविधिीहरू बन्द गर्ने भनेर निर्देशन गरेको थियो। त्यो निर्देशनको उल्लंघन कसले सुरू गर्‍यो ? आज जिल्लाजिल्ला, वडावडा र टोलटोलमा मदन भण्डारी फाउण्डेसन बनेका छन्। तर सहमती भएका विषयहरू त कुनै पनि कार्यान्वयन भएनन्। उल्टै, कार्यान्वयन भत्काउनेतर्फ लाग्यो एउटा पक्ष।

    यसरी मदन साझा रहिरहन सक्नु हुन्न

    नेपाली कम्युनिष्ट आन्दोलनलाई जडताबाट जुरूक्क उचाल्ने सन्दर्भमा मदनलाई सबैले सम्मान गर्छन्। मदन भण्डारी हामी सबैको मनमुटुमा बसेको नेता हो। मदन भण्डारीलाई कुनै एउटा गुट, समूह र निश्चित मान्छेहरूको पेवा बनाइरहेका छन्।  तर आदरणीय नेतालाई कसैको व्यक्तिगत पेवा बनाउने कुरा ठिक होइन। सो अब बन्द गरिनुपर्छ। मदन भण्डारीको परम अनुयायी र प्रसंसकजस्तो देखिने तर जबजको अन्तर्यलाई आफूलाई जस्तो मन लाग्यो, त्यस्तै बुझ्ने कुराले पनि पार्टी विवादलाई मलजल गरेको छ।

    मदन भण्डारीको परम अनुयायी र प्रसंसकजस्तो देखिने तर जबजको अन्तर्यलाई आफूलाई जस्तो मन लाग्यो, त्यस्तै बुझ्ने कुराले पनि पार्टी विवादलाई मलजल गरेको छ।

    केही समय अगाडि आफूलाई जबजको उच्चस्तरको अनुयायी ठान्ने एक जना नेताले भन्नुभयो, ‘नवौं महाधिवेशनमा माधवकुमार नेपालले केपी शर्मा ओलीसँग प्रतिस्पर्धा नगरेको भए पूर्व एमालेभित्र गुटबन्दी नै हुँदैनथ्यो।’ पार्टीभित्रको आन्तरिक जनवाद र प्रतिस्पर्धालाई त हामी यो हिसाबले बुझ्छौं भने हामीले मदनको जबजलाई कहाँ मान्यौ? कति बुझ्यौं? मदनलाई पेवा बनाएपछि त पार्टी विभाजन गरेपनि हुन्छ र मदन भण्डारीको नाम जपेपछि जेजे गरेपनि हुन्छ भन्ने कुरालाई अब हामीले परास्त गर्नुपर्छ।

    नेतृत्व हस्तान्तरण

    प्रधानमन्त्री ओलीले पुस्तान्तरणको गफ दिनुभयो। पुस्तान्तरणको विषयमा उहाँ संवेदनशील र सकारात्मक हुनुहुन्छ भने तत्कालिन नेकपाको नवौं महाधिवेशनको विधानमा हामीले ७० कटेपछि पार्टीको सक्रिय राजनीतिबाट विदा लिने भनेर उमेर हद राखेका थियौं। दुई पार्टीको एकिकरण हुँदै गर्दा यदि उहाँ पुस्तान्तरणप्रति यति धेरै सकारात्मक हुनुहुन्थ्यो भने हामीले राखेको त्यो व्यवस्था किन हटाइयो?

    एउटा पुस्तादेखि अर्को पुस्तासँग कति अन्तर हुन्छ ? ६५ या ६७ वर्षको मान्छे छाडेर ६० वर्षको मान्छे ल्याउने कुरा पुस्तान्तरण हो ? ६० वर्षको मान्छे छाडेर ५९ को मान्छे ल्याउने कुरा पुस्तान्तरण हो?

    आफ्नो विषयमा प्रश्न उठ्यो र आफूले छोड्नुपर्ने अवस्था आएपछि इमोसनल्ली आफ्नो रक्षाकवचका रूपमा प्रयोग गर्ने विषय हो र पुस्तान्तरण? पुस्तान्तरण लहडको विषय हो र? ओलीले साँच्चै पुस्तान्तरण चाहनुभएको छ भने नीति र विधि बनाउन लाग्नुपर्छ। अर्को कुरा, पुस्ता भनेको के हो ? पुस्ताको परिभाषा के हो? एउटा पुस्तादेखि अर्को पुस्तासँग कति अन्तर हुन्छ ? ६५ या ६७ वर्षको मान्छे छाडेर ६० वर्षको मान्छे ल्याउने कुरा पुस्तान्तरण हो? ६० वर्षको मान्छे छाडेर ५९ को मान्छे ल्याउने कुरा पुस्तान्तरण हो? पुस्तान्तरणको मर्म हो यो? पुस्तान्तरणको विषयलाई आफ्नो रक्षाकवच बनाउने कुरा गलत हो। पुस्तान्तरण अहिले गर्ने कि महाधिवेशनबाट गर्ने? बहस गरौं। अहिले यसलाई केवल दाउपेचको कोणबाट प्रमले बाहिर ल्याउनुभएको हो।

    महाधिवेशन चैत्रमा सम्भव छ?

    एउटा बैठक राख्नका लागि ३ महिना अभ्यास गर्नुपरेको छ। यो तरिकाले चैत्रमा महाधिवेशन हुन्छ? महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्छु भन्ने तर महाधिवेशन हुनै नदिने दाउपेच भइरहेको जस्तो देखिन्छ। यो तरिकाले महाधिवेशन हुँदैन। दश दिनभित्र सम्पन्न गर्ने भनेको एकता प्रक्रिया आजसम्म सम्पन्न भएको छैन। दुई पार्टी एकीकरण भइसकेपछि पार्टीका सदस्य, संगठीत सदस्यहरू को हुन्, त्यो अहिलेसम्म टुंगो लगाइसकिएको छैन। जिल्ला, जनसंठन र विभागहरू गठन हुनै सकेका छैनन्। यो सुस्तताले तत्काल् महाधिवेशन सम्भव छैन। पार्टी कामको केन्द्रमा वैधानिक रूपमा हुनुपर्ने महासचिव, अध्यक्षहरू अहिले कहाँ हुनुहुन्छ? महाधिवेशनमा गएर समस्या समाधान गर्ने भन्ने कुरा गलत छ। त्यसले पार्टीलाई अझै धेरै पेन्डुलम बनाउँछ।

    हामी चाहन्छौं, पार्टी र सरकारभित्रका समस्याहरूलाई हल गर्ने काम अब स्थायी कमिटीले गरोस्। स्थायी कमिटीले पनि कहिँ छैन त समाधान गर्ने निकाय ?

    ओली र प्रचण्डले पार्टीका समस्या समाधान गर्नुहुन्छ भन्ने विधि अब फेल भयो। त्यसले समाधान दिएन। समाधान अब कमिटीले नै गर्ने हो। सचिवालय बसे, त्यसले सकेन। हामी चाहन्छौं, पार्टी र सरकारभित्रका समस्याहरूलाई हल गर्ने काम अब स्थायी कमिटीले गरोस्। स्थायी कमिटीले पनि कहिँ छैन त समाधान गर्ने निकाय? महाधिवेशन नहुँदासम्म केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हो। त्यसैले केन्द्रीय कमिटीमा गएर यो समस्याको समाधान गरौं। भोलि परिस्थितिले केन्द्रीय कमिटीले पनि हल नदिने परिस्थिति आयो भने महाधिवेशनमा जाऔंला। तर पार्टी समस्याको समाधान कमिटीभित्रै हुनुपर्छ।

    भिडियो –

    (नेकपा केन्द्रीय सदस्य तथा वागमतीका प्रदेश सांसद खड्कासँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रचना खड्का

      रचना खड्का

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.