Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

वेद, पुराण, मुन्धुम र कुरानजस्ता दर्शनमा संशोधन गर्ने छुट छैन। ‘मैले संस्कृत जानेको छु, वेदमा दुई लाइन हालिहालुँ न त’ भनेर पाइँदैन। मुन्धुममा पनि हाल्न पाइँदैन। कुरान र बाइबलमा पनि पाइँदैन,। तर, माक्र्सवादले जहिले पनि संशोधनको माग गरिरहेको छ। तर नेपालमा माक्र्सवाद संशोधन हुन सकेको छैन। यहाँ ‘संशोधनवाद’ शब्द गाली गर्नका लागि प्रयोग गरिन्छ।

राम कार्की 'पार्थ' राम कार्की 'पार्थ'
साउन २३, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले नयाँ शब्द र नयाँ अर्थ दिन्छ भने प्रतिक्रान्तिले पनि कुनैकुनै शब्दका अर्थ फेरिदिन्छ होला। त्यसैले अबका दिनमा ‘वामपन्थी’ शब्दले के अर्थ दिन्छ भनेर भन्न सकिँदैन। भविष्यका पिँढीले ‘वामपन्थी’ भनेर केलाई बुझ्लान्? कसैलाई ‘ढोंगी’ भन्नुपर्यो भने वामपन्थी भन्ने हो कि ! अथवा अरु केही!

    यसर्थ, हामी अब वामपन्थी शब्दको अर्थ नफेरियोस् भन्नेमा गम्भीर हुनुपर्छ। खासगरी हाम्रा वरिष्ठ नेताहरूले लेखेका वा तिनले अनुवाद गरेका साहित्य पढेर हामीले आफूलाई ‘कम्युनिष्ट’ भन्यौँ। हाम्रो ज्ञान परम्पराको कुरा गर्ने हो भने हामी ज्ञान–परम्परामा गरीब छौँ। हामी सधैँ पुर्खा र इतिहासको कुरालाई गर्वका साथ असाध्यै बढाइचढाईसहित प्रस्तुत गर्ने गछौँ। हामी तिनले गरेका गल्तिहरूलाई कहीँपनि देखाउँदैनौँ। मानौँ, आफ्ना बुवाले जुवा खेलेर घरपरिवार वर्वादै पारेका थिए भने पनि हामी गर्व गर्दै भन्छौँ, ‘मेरा बा त ठूलो जुवा खेलाडी हुनुहन्थ्यो।’

    संस्कृति

    नेपाली समामजमा बुद्धलाई भन्दा बलबद्र र भिमसेन थापालाई महत्व दिइयो। संस्कृतिको कुरा गर्नुपर्दा, पूँजीवादले राज्यसत्ता कब्जा गर्नुभन्दा पहिला नै पश्चिमी युरोपमा पूँजीवादी संस्कृति फैलिसकेको थियो। यो पूँजीवादका लागि फाइदाको कुरा थियो। त्यो संस्कृतिले राज्य खोज्दैथियो अर्थात् त्यो इसेन्स (सार) ले अब फर्म (रुप) खोज्दैथियो। कम्युनिष्टसँग भने त्यस्तो सारले रुप खोज्ने अवस्था छैन।

    सन् १९१७ मा रुसी क्रान्तिपछि बाग्दानोभ नामका एकजना कल्चरल थ्योरिस्ट तथा फिजिसियनले लेनिनलाई चुनौती दिँदै भने, ‘१९१७ को यो कुनै क्रान्ति नै होइन।’ बाग्दानोभ लेनिनसँग धेरै कुरामा असहमति राख्थे। उनको यो चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा तत्कालिन् रुसी कम्युनिष्ट पार्टी, बोल्सेभिकका नेताहरूबीच एउटा सल्लाह भयो। त्यसका लागि बोल्सेभिकहरूले ट्रट्स्कीलाई अगाडि सारे। त्यसपछि ट्रट्स्कीले संस्कृति सम्बन्धि एउटा आर्टिकल लेखेका छन्। त्यसमा उनले ‘जुन राज्य व्यवस्था लागू भएकै छैन, जुन अर्थ व्यवस्था लागु भएकै छैन, त्यसको संस्कृति कहाँबाट आउँछ?’ भन्ने कुरा उठाएका छन्।

    नेपालमा जे जति पुस्तक र ज्ञानका स्रोतहरू पश्चिम तथा अन्यबाट अनुवाद भएर भित्रिए, तिनमा विजेताहरूको कुरा मात्रै बढी आएका छन्। जस्तैः लेनिनको आयो, स्टालिनको आयो, तर लेनिन र स्टालिनसँग लड्नेहरूका कुरा भने यहाँ आएनन्। अरु धेरै व्यक्तिले विभिन्न क्षेत्रमा काम गरिरहेका थिए। कसैले मनोविज्ञान, कसैले कृषि, कसैले धर्म र कसैले साहित्यका क्षेत्रमा काम गरेका थिए। तर, ती कुराहरू भने हामीकहाँ आएनन्। संसारमा धेरै माक्र्सवादीहरू छन्, जसले आफ्नो सिंगो जीवन मनोविज्ञानका क्षेत्रमा समर्पित गरे। आर्टिस्ट फ्रिडा काह्लोलाई पढ्ने कति माक्र्सवादीहरू होलान् नेपालमा? एरिक फ्रोमका किताब पढेका कति माक्र्सवादीहरू छन् हामीसँग?

    एकातिर ज्ञानका सन्दर्भमा हाम्रो गरिबी थियो। इतिहासमा गौरववादी हुने परम्परा पनि छ। अर्कोतिर, माक्र्सवादी जगतमा जे जति विचारहरू थिए, ती सबै हामीकहाँ नआइपुग्नुका कारण पनि हामी कमजोर भएका छौँ। हामीले माक्र्सवादमा जति कुरा पाइन्थ्यो, त्यसलाई हाम्रो व्यवहारमा माक्र्सवादी ढंगबाट गर्यौँ। जे पाइँदैन थियो, त्यसलाई यहीँ चलेको चलनबाट टुंगो लगायौँ।

    जस्तोः हाम्रोमा त ब्राम्हण धर्म चलिरहेको थियो। त्यस्तो अवस्थामा मान्छेको मृत्युपछिको क्रियाकर्म र विवाहका बारेमा त माक्र्सले केही भनेका थिएनन्, त्यसलाई यही चलिरहेको ब्राह्मण धर्मबाटै टुंग्यायौँ। र, त्यसो हुँदा हाम्रो नैतिकताको विषय केबल जनेन्द्रीयमा सिमित या केन्द्रित भयो। जति पनि नैतिकताका कारवाहीहरू कम्युनिष्ट पार्टीमा भए, ती सबै महिला र पुरुषका शारिरीक सम्बन्धमा मात्रै केन्द्रित थिए।

    राज्यको परिभाषा

    अब राज्यलाई अलिकति नयाँ परिभाषाको जरुरी छ। अब लेनिनले राज्यका बारेमा दिएको परिभाषाले मात्रै पुग्दैन। राज्यको दुई वटा पक्षहरू हुन्छन् भनेर ग्राम्सीले चर्चा गरेका छन्। तर दुःखको कुरा, माक्र्सवादी आन्दोलनमा ग्राम्सीलाई भित्र्याउन पनि हिच्किचाहट देखिन्छ।

    र, माक्र्सवाद आफैँमा अपूर्ण चीज हो। र, यो अहिले पनि अपूर्ण छ। अहिले मार्क्सका नोटहरू भेटिँदैछ। अर्को पचास वर्ष मार्क्स बाँचेर लेखिरहेको भए पनि, त्यो नोटको सदुपयोग नहुने रहेछ। त्यति धेरै नोट बनाएका रहेछन् मार्क्सले। त्यसो हुँदा माक्र्सवाद इन्कम्लिपट चीज हो। अरु दर्शनभन्दा यो फरक र युवाहरूलाई यसले आकर्षित गर्नुको कारण यसमा थप्ने वा संशोधन गर्ने छुट छ। अरु दर्शनमा संशोधन गर्न पाइँदैन।

    जस्तैः वेद, पुराण, मुन्धुम र कुरानजस्ता दर्शनमा संशोधन गर्ने छुट छैन। ‘मैले संस्कृत जानेको छु, वेदमा दुई लाइन हालिहालुँ न त’ भनेर पाइँदैन। मुन्धुममा पनि हाल्न पाइँदैन। कुरान र बाइबलमा पनि पाइँदैन,। तर, माक्र्सवादले जहिले पनि संशोधनको माग गरिरहेको छ। तर नेपालमा माक्र्सवाद संशोधन हुन सकेको छैन। यहाँ ‘संशोधनवाद’ शब्द गाली गर्नका लागि प्रयोग गरिन्छ। माक्र्सवादको ठूलो संशोधन लेनिनले गरेको हुनाले संसारमा उनको छुट्टै नाम छ। माक्र्सवाद पढेकै आधारमा भन्ने हो भने काउत्स्की, ट्रट्स्की र रोजा लक्जेम्बर्गहरू आउटस्ट्यान्डिङ ब्रेनहरू हुन्। लेनिनले संशोधनको आँट गरे। त्यसैले रोजाले लेनिनलाई भनेकि छिन्, ‘यो तिम्रो हो कि मार्क्सको हो? यो माक्र्सवाद हो कि लेनिनवाद हो?’

    आजको जो राज्य छ, त्यो राज्यलाई अघि आर्थिक पाटोमा घनश्याम भूसालले व्याख्या गर्ने कोसिस गर्नुभयो, त्यसबारे म अलि कम बुझ्छु। मचाहिँ राजनीतिक कोणबाट के भन्छु भने माक्र्सवादमा कम लेखिएको विषय भने राजनीतिक विषय हो। जबकि माक्र्सवादलाई मान्नेहरूले जहिले पनि अर्थतन्त्रलाई निर्णायक मान्ने भन्छन्। तर अर्थतन्त्रको आधारलाई परिवर्तन गर्नका लागि त राजनीतिक क्रान्ति पो गर्नुपर्छ। हतियारको काट्ने या मूल भाग भनेको राजनीति नै हो। त्यसैले हामीले अहिलेको अवस्थामा स्टेटको बारेमा ग्राम्सीलगायत धेरै मार्क्सवादी स्कलरहरूलाई उपयोग गर्दै मार्क्सवादको नयाँ परिभाषा खोज्नुपर्छ।

    संसद र अवसरवाद

    मार्क्सवादको ठूलो कुरा के हो भने अन्ततः व्यक्तिलाई बलियो बनाउने हो। तर अहिले समुदायमा भएका सबै कुराहरू आजका दिनमा राजनीतिक पार्टीहरूले खोसिदिएको अवस्था छ। समुदायको स्कुल, कुलो, नहर र वन आदि पार्टीहरूका कब्जामा छन्। एउटा किसानलाई हलो चाहियो भने उसले पार्टीका नेताहरूलाई भन्नुपर्छ। किनभने वन त पार्टीको कब्जामा छ। त्यसका लागि त्यो किसानलाई पनि पार्टीकरण गरिन्छ। यसरी समुदायलाई शक्तिहिन बनाइएको छ।

    अब म अलिकति आइडोलजिकल÷पोलटिकल कुरा गर्छु। वर्ग र चेतनाको कुरा पनि गर्छु म। वर्ग र चेतनाका बारेमा लेनिन र रोजाको बहस भइरहन्थ्यो। लेनिन भन्छन्, ‘क्लास अर्थात् मजदुर वर्गलाई समाजवादी चेतना दिइएन भने उ दैनिक संघर्षमा नै सिमित हुन्छ।’ उता, रोजा भन्छिन्, ‘तपाईँले मजदुर वर्गमाथि जुन चेतनाको डोज मजदुर वर्गमाथि चढाउन खोज्नुहुन्छ, कतै त्यो डोज नै धेरै भएर उसले आफ्नो लड्ने अर्गानिक क्षमता नै त गुमाउँदैन?’

    त्यसैले, मजदुरहरू आफ्नै आन्दोलनबाट अनफोल्ड हुँदै जान्छ भनिन्छ। आन्दोलनमा यसलाई स्वतस्फुर्ततावाद पनि भनिन्छ। तर यो स्वस्फुर्ततावाद भन्ने हुँदैन। यसका बारेमा ग्राम्सीले बडो प्रष्ट रूपमा भनेका छन्, ‘कुनै पनि आन्दोलन स्वतस्फूर्त हुँदैनन्। आन्दोलनका कुनै नेताहरू नचिनिएलान् या कतिपय नेता कम चर्चित होलान्। तर त्यहाँ कोही न कोही अगुवा वा नेतृत्व हुन्छ।’

    तर नेपालको अवस्था भने बिडम्वनापूर्ण छ। हाम्रोमा कम्युनिष्ट तथा माक्र्सवादीले ‘पहिले सत्ता वर्ग वा जनताको हातमा आउनपर्छ’ भन्ने परिकल्पना गरेका थिए, चेतनाको हातमा होइन। सोभियत संघमा सुरुमा नारा ‘सत्ता बोल्सेभिक पार्टीलाई दिउँ’ भन्ने नारा दिइएको थिएन। त्यहाँ ‘सत्ता सोभियतलाई दिउँ’ भनिएको थियो। तर त्यहाँ पछि सत्ताचाहिँ पार्टीले नै कब्जा गर्यो।

    अब हामी यसमा एकछिन गम्भीर भएर सोचौँ। रोजाले भन्ने गर्थिन्, ‘संसद अवसरवाद कोरल्ने थलो हो र संसदलाई अवसरवादबाट जोगाउने जिम्मेवारी पार्टीको हो।’ तर, यदि पार्टीका ठूल्ठूला नेता नै संसदमा अर्थात् अवसरवाद कोरल्ने ठाउँमा गएपछि अब तिनको अर्थात् पार्टी र जनताको रक्षा कसले गर्ने? यहाँ आज भएको त्यही हो।

    नेपालको कम्युनिष्ट आन्दोलनमा जहिले पनि प्रतिस्थापन गरेर नै नेतृत्व परिवर्तन गर्ने चलन छ। दक्षिण एसियामा छोराले बुवालाई काटेर राज्यसत्ता हत्याउने परम्परा नै छ। सामन्तवाद भएका ठाउँ सबैमा यस्तै चलन थियो। बुझेको कुरालाई जब लागू गर्ने गरिन्छ, त्यो नै सच्चा या इमान्दारपूर्ण कदम हो। मार्क्सले पनि यही कुरालाई ‘हेर्ने होइन, फेर्ने’ भनेका थिए।

    तसर्थ, अब यहाँ कसैले पनि ‘अब म सकिनँ नेतृत्व लिनुस्’ भनेर नेतृत्व या सत्ता हस्तान्तरण गर्नेछैन। यसलाई प्रतिस्थापन नै गर्ने हो। यस्तो गर्ने चुनौती आजको वामपन्थीहरूलाई छ। आज नयाँ विचारसहित आएका वामपन्थीले प्रतिक्रान्तितर्फ गएको नेतृत्वलाई प्रतिस्थापन गर्ने आँट गरे भने वामपन्थको सही अर्थ लाग्छ। तपार्इँहरूले सक्नुभएन वा यसैमा मिचिएर सामान्य टिप्पणी गर्दै मजा मात्र मान्नुभयो भने वामपन्थको अर्थ फेरिन सक्छ। भोलिका दिनमा वामपन्थको अर्थ ढोँगी या पाखण्डी पनि लाग्नसक्छ।

    भिडियो –

    (नेपाल अध्ययन केन्द्रले साउन १४ र १५ गते काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले गरेको सम्बोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।)

    यो पनि  –

    नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा 

    आजको वामपन्थ – घनश्याम भूसाल 

    पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी 

    वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राम कार्की 'पार्थ'

      राम कार्की 'पार्थ'

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.