Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

नेपाल रिडर्स नेपाल रिडर्स
माघ ६, २०७७
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामी संविधानको रक्षाका लागि सडकमा छौँ । सामान्य भाषामा भन्नुपर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कहाँबाट चिथोरौँ, कहाँबाट निचोरौँ जस्तो गरीरहनुभएको छ । त्यसकारण आज हामी यहाँ आइपुगेका हौं । जसरी ओलीले जनताको मत पाएको संसद अचानक विघटन गर्नुभएको छ, संविधानको कुनै धारामा उल्लेख नभएको काम गर्दै फेरि जनतामाझ नै जान्छु भन्नुभएको छ, त्यो धोकापूर्ण छ । लोकतन्त्रमा जनतामाझ जान पाइन्छ । तर त्यसको निश्चित समयावधि हुन्छ । अनि त्यो विषय संविधानमा उल्लेख पनि हुन्छ।

    जहिले चुनावमार्फत जनतामा जान्छु भनेर जनतालाई बेवकुफ बनाइँदैछ। किनकि जनताकै करबाटै चुनाव गर्ने हो । चुनाव गर्नका लागि आकाशबाट पैसा झर्दैन । केपीजीको खल्तीबाट झर्दैन। सामान्यभन्दा सामान्य व्यापारी र उपभोक्ताबाट उठेको कर हो त्यो पैसा। र, जुन अवस्थामा उहाँले संसद विघटन गर्नुभयो, जुन तर्क दिनुभयो, त्यो हास्यास्पद छ। आफूले काम गर्न पाइन भन्नुभयो, ती गर्न नपाएका काम केके थिए? हामी पनि जान्न पाउँ न त । हामीले त काम गर्न नपाएको बारे जानेकै थिएनौँ ।

    के हो यो ताजा र बासी भनेको?

    पार्टीभित्रको किचलोलाई लिएर जनतालाई मुर्गा बनाउने काम राम्रो भएन । यसले लाखौँ, करोडौँ मान्छेको भविष्य डामाडोल ग-यो । यसले युवाहरुलाई फेरि पनि देश होइन, विदेश रोज्ने बाटोतिर लम्कायो । यो सरासर गलत छ र त्यस हर्कतविरुद्ध यहाँ आएका हौँ । अहिले ताजा जनादेशको गफ ठोकिँदैछ । के हो यो ताजा र बासी भनेको? ताजा र बासी निर्धारण गर्ने जनताले हो किनकि जनताले नै प्रतिनिधिहरु छानेरै पठाएका हुन् । बहुदल आएको छ, लोकतान्त्रिक व्यवस्थामा पुनः चुनावमा जाँदा त मान्छेहरु उठ्नुप-यो। धेरै नयाँ मान्छेहरू पनि आएका छैनन् यो छोटो अवधिमा । हाम्रोजस्तो देशमा चुनाव पाँच वर्षको अवधिमा मात्रै हुनुपर्छ भन्ने हामीलाई लाग्छ ।

    ७० वर्षको अवधिमा प्राप्त उपलब्धिहरुलाई केपी ओली जीले ५/६ वर्षमै नकार्न सक्नुहुन्न । केपी ओली त एकजना मात्र हुनुहुन्छ । सत्तरी वर्षमा दुःख, संघर्ष र बलिदानले कैयौँका परिवार उजाड भएका छन् । लामो संघर्षबाट स्थापित हो यो व्यवस्था । यो व्यवस्थामा यो भएन, त्यो भएन भन्दा पनि कसरी समस्याको निरुपण गर्ने भन्नेतर्फ जानुपर्छ । ओली जतिजति अघि लम्किरहेका छन्, त्यसरी नै उनका साथीहरू भने तर्किरहेका छन् । ओलीले यति सामान्य कुरो पनि बुझ्न सकिरहेका छैनन्। सम्पूर्ण साथीहरूले छोड्दै गएपछि पूर्णतः एक्लो भएपछि उहाँमा चेत आउला शायद।

    व्यवहार तानाशाहीतर्फकै

    उहाँले चालेका कदमहरूको मुल्यांकन गर्दा उहाँ तानाशाही बन्नेतर्फ गएको हो कि जस्तो लाग्छ। प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, शक्तिको दुरुपयोग गरेर मिडियाको वेबसाइटमा गएर सामग्री हटाइदिने जस्ता कदमलाई हामी अहिले सामान्य ठानिरहेका छौं तर राजनीतिशास्त्रको विश्लेषणमा हेर्दा यो व्यवहार तानाशाहीतर्फकै हो । ओलीमा एक्लैले कडाई गरेर राम्रो व्यवस्था ल्याउन सक्छु भन्ने उहाँको जुन व्यवहार र सोच छ, त्यसले पनि उनी तानाशाहीतर्फ लम्केको आभास हुन्छ ।
    तर यस व्यवस्थाका आफ्नै नियम र प्रणाली छन् । व्यवस्थामा व्यक्ति विशेष हुँदैन । व्यवस्थामा व्यवस्था नै विशेष हो । केपी ओलीजी जसरी एक्लै बढिरहनुभएको छ, जसरी अनिश्चिततामा देशलाई धकेल्नुभयो, त्यसविरुद्ध सम्पूर्ण जनता उर्लिनुपर्छ । अहिले नै हेरौं न, आकासिँदो छ मूल्य। एक लिटर तेलमा ४०/५० रुपैयाँ बढेको छ । कुन सामानको भाउ केका लागि बढ्यो भनेर कसैलाई थाहा छैन।

    जनताहरु मारमा छन्। विदेशिएकाहरू कोभिडका कारण रोजगारी गुमेर घर फर्किएका छन् । उनीहरूले बाँच्नका लागि के गर्ने ? कसरी खाने ? त्योबारे सोच्नुपथ्र्यो नि ! कोभिडविरुद्धको खोप कहिले आउँछ हाम्रा लागि? काठमाडौँलाई हामी संघीय राजधानी भन्छौँ, के परिवर्तन भएको छ यहाँ ? ओली मलाई काम गर्न दिएनन् भनेर बतासे आरोप लगाउनुहुन्छ, तर के काम गर्न नदिएको भन्नुहुन्न । हामीलाई त्यसबारे बताउनुप-यो, देखाउनुप¥यो । भ्युटावर मात्रै बनाएर हुँदैन । रानीपाखेरी आफैँले बनाएँ भनेर उहाँले तामासा गर्नुभयो । नत्र भने यति समय लाग्थ्यो त एउटा पोखरी बनाउन? रानीपोखरी बन्नै ५ वर्ष लाग्यो । रानीपोखरी त एक वर्षमै बन्ने योजना थियो ।

    गुनासोमात्रै गर्ने हो भने खराब शासकको खटनमा बस्नुपर्छ

    संसार कहाँबाट कहाँ पुग्दैछ। एलन मस्कले स्पेससिप भन्दै अन्तरीक्ष पर्यटनको सुरुवात गदैछन्। हामी पनि आन्तरिक पर्यटन बढाउनतिर लागौँ । हामीले कसरी हुन्छ, देशलाई घुम्न लायक बनाउनुपर्छ । यहीँ रोजगारी सिर्जना गर्न सक्छौँ । तर यसरी राजनीतिक कु गर्दै हिँड्न दिँदा हाम्रो लय भंग हुन्छ । मार्गमा अवरोध सिर्जना हुन्छ। अब हामी छुट दिँदैनौँ ।
    तर अहिले पनि कतिपय युवाहरूले यो राजनीतिको जटिलता र असर बुझ्न चाहेका छैनन् । कम्प्लेनमात्रै गर्ने तर राजनीतिमा सहभागी नहुँदा आफूभन्दा निकृष्टको नेतृत्व स्वीकार गर्नुपर्छ । कम्प्लेन नगरी आफूले नै केही गर्न खोज्यो भने यो अवस्था र व्यवस्था फेरिन्छ। तर गुनासोमात्रै गर्ने हो भने उसले स्वीकार गर्नुपर्छ कि उ जीवनभर खराब शासकको खटनमा बस्नुपर्छ । त्यसैले म सम्पूर्ण युवाहरुलाई भन्छु, ‘आउनुहोस्, नेतृत्व गरौं। लडौं।’

    हामी त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम भर्न जाँदा प्रशासनको दुव्र्यवहारले बौलाउँछौँ। परीक्षा दिन जाँदा परीक्षा सुपरीवेक्षकले कसकोे अनुहार राम्रो छ र कसको अनुहार नराम्रो छ भन्ने आधारमा चिट चोर्न दिने/नदिने निर्धारण गरिरहेको हुन्छ । यहाँ स्कुल/क्याम्पसदेखि लिएर अस्पतालमा पनि जसको ठूलो नेतासँग सम्पर्क हुन्छ, उसैले अवसर पाउँछ । पढ्न पाउँछ, बेड पाउँछ । यस्तो शासनव्यवस्था हामीलाई चाहिएको होइन । त्यसैले युवा साथीहरु हाम्रै लागि हो, अरुको लागि होइन । आफूले राम्ररी बस्न पाउँ, सास फेर्न राम्रो उपचार पाउँ, राम्ररी पढ्न पाउँ भन्नका लागि तपाईहरू आन्दोलनमा आउन जरुरी छ । तपाईँहरू आउनैपर्छ, तपार्इँको अन्य विकल्प छैन ।

    लोकतन्त्रको विकल्प लोकतन्त्र

    प्रचण्ड, माधव, झलनाथ खनाल र केपीका लागि लड्ने कुरा होइन । व्यवस्थाका लागि लड्ने कुरा हो । संविधान जोगाउन लड्ने कुरा हो । अर्बौं खर्च गरेर संविधान बनाइएको छ । पैसाको मात्रै खर्च होइन, मान्छेको विश्वासको खर्चको पनि कुरा हो । संसद बिघटनका कारण हाम्रो विश्वासमा घात भएको छ । पैसा खर्च भइसकेपछि फेरि कमाउन सकिएला । तर विश्वासघात भयो भने तपाईँ फेरि पूर्णरुपमा कसरी विश्वास आर्जन गर्न सक्नुहुन्छ ? यसर्थ, लोकतन्त्रमाथि घात गर्न हामी दिने छैनौँ । किनकि यो निकै नै संघर्षपछि आएको व्यवस्था हो । यो व्यवस्थाले सम्पूर्ण जनतालाई समान रूपमा व्यवहार गर्छ ।

    लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । त्योभन्दा बाहेक अरु केही हुँदैन । लोकतन्त्र र संविधानको रक्षाकै लागि पनि अब युवाहरु चूप लागेर बस्नुहुँदैन । चूप बस्नु भनेको निरंकुस कदमको समर्थन नै गर्नुजस्तो हुन्छ । युवा साथीहरू, तपाईंहरू यो यो गलत कदमको समर्थन नगरीदिनुस् । जसरी हुन्छ, जहाँबाट हुन्छ, बोलीदिनुस्। सडकमा उत्रिनसक्नुहुन्छ भने उत्रिदिनुस्, सक्नुहुन्न भने लेखिदिनुस् । जनतामाथि भएको घात हो यो । यसर्थ, जे भएपनि गर्नुस् । चूप बसेर समर्थन नगरीदिनुस् ।

    भिडियो-

    (प्रतिगमनविरुद्ध संयुक्त महिला आन्दोलनका लागि काठमाडौंको रत्नपार्कमा मंगलबार आयोजित कार्यक्रममा उपस्थित विवेकशील साझाकी नेता दर्शनासँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित। भिडियोः महेश पाण्डेय)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.