Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड युगमा मार्क्सलाई पढ्दै : के संसार झनै शोषणकारी होला ?

डी राजा डी राजा
जेष्ठ ४, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसार अहिले कोरोना महामारीमा छ । विज्ञान र मानवीय ज्ञान र सहयोगका कारण भाइरसको महामारीबाट अन्त्यमा विस्तारै माथि उठ्ने नै छौँ। त्यसपछि यही महामारीका बारेमा धेरै सिद्धान्त तथा दर्शनहरू देखा पर्नेछन्। सरकार र जनताका अघि धेरै व्याख्याहरू प्रस्तुत गरिनेछन्। तर यहाँ एउटा प्रश्न खडा भएको छ, के कोभिड १९ पछि पनि यो विश्व जस्ताको जस्तै रहनेछ ? या, परिवर्तन हुनेछ? के पूँजीवादी व्यवस्था झनै अमानवीय र शोषणकारी हुनेछ?

    थोमस एल फ्रिडम्यानले लेखेका छन् “कोभिड १९ एउटा कालो हात्ती हो। प्रकृतिविरुद्ध बढ्दो विनाशकारी युद्धको तर्कसंगत परिणाम हो यो।” यो उदयीमान अवस्था सार्वजनिक बहसको विषय हुनसक्छ, जहाँ कार्ल मार्क्स तथा मार्क्सवाद केन्द्रविन्दुमा रहनेछन् ।

    मानिस र प्रकृति

    “धेरै दार्शनिकहरूले संसारका बारेमा धेरै तरिकाले व्याख्या गरेका छन्, तर परिवर्तन गर्ने कुरा मुख्य हो,” मार्क्सले फायरबाखबारे आफूले गरेको शोधपत्रमा लेखेका छन्। यो, मार्क्स र उनका साथी फ्रेडरिक एंगेल्सको दार्शनिक खोजको प्रमुख आधार थियो। यी दुई पुरुषहरूले मानव अस्तित्व, मानिस तथा प्रकृतिको सम्बन्ध र मानव जाति तथा अर्थव्यवस्थाको उत्पादन र पुनरुत्पादन हुने तरिकाहरूका बारेमा विश्लेषण गरे।

    “श्रम नै सम्पत्तिको स्रोत र मानव अस्तित्वका लागि प्रमुख आधारभूत सर्त हो” भन्ने कुरालाई जोड दिँदै गर्दा मार्क्स र एंगेल्स्ले प्रकृतिको द्वन्द्ववादलाई पनि विश्लेषण गरेका छन्। कसरी मानिस, जमीन, पानी र हावाबीचको सद्भावले परिवर्तन गर्छ भन्ने कुरा उनीहरूले औँल्याएका थिए। मार्क्सले व्याख्या गरेका छन्, “श्रम पहिलो स्थानमा एक प्रक्रिया हो, जहाँ मानिस र प्रकृति दुबैले संयुक्त रूपमा भाग लिन्छन्।” मार्क्स अगाडि भन्छन् कि श्रम प्रक्रिया अरु केही होइन, यो एक उत्पादन प्रक्रिया हो।

    श्रम कसरी सम्पत्तिको स्रोत हो र कसरी श्रमशक्तिले अतिरिक्त मूल्यको उत्पादन गरिरहन्छ भन्ने कुरा उनले देखाएका थिए। त्यसैमा उनले व्याख्या गरे कि कसरी पूँजीवादको नियन्त्रणमा अतिरिक्त मूल्यलाई पूँजीवादीहरूले उपयोग गर्छन्, जो उत्पादनका साधनहरूको स्वयं नै मालिक छन्। उनले यो पनि भनेका छन् कि कसरी अतिरिक्त मूल्यको उपयोगिताले एउटा ध्रुवमा सम्पत्तिको संचय हुन्छ र अर्कोतर्फ काम गर्नेहरू चाहिँ दरिद्र हुन्छन्। काम गर्ने मानिसहरूको दयनीय काम तथा आवासको स्थितिमा सोे असमानता झल्किन्छ।

    गरीबका बस्तीबाट महामारी

    समाजको आवासीय प्रश्न, विशेषगरी पूँजीपतिले आवासको प्रश्नलाई कसरी लिन्छन् भनेर विश्लेषण गर्दैगर्दा एंगेल्स् बताउँछन् “मजदुरहरूको भिड भइरहने झुपडपट्टी र सुकुम्वासीका वस्तीहरू सबै महामारीका प्रजनन् स्थलहरू हुन्, जसले बारम्बार शहरलाई दुःख दिइरहन्छन्। हैजा, टाइफस, टाइफाइड, ज्वरो, विफर र अन्य भयानक रोगहरूले हावामा तिनका किटाणु मिसाइदिन्छन् र गरीबका ससना कोठाभित्र रहेका पानीलाई विषाक्त बनाइदिन्छन्।” यसबाट पनि स्पष्ट हुन्छ कि किन गरीब तथा आप्रवासी कामदारहरू अकल्पनीय अप्ठ्याराहरू र कोभिड १९ महामारीबाट पीडित बनिरहेका छन्।

    पछिल्लो दुई दशकमा भएका विकासले पूँजीपतिहरूलाई मजदुर वर्गमाथि शोषण कायम राख्नका लागि सम्झौता गर्न र योजना बनाउने विषयमा सोच्न दबाब दिएका छन्। कोभिड १९ अगाडि विश्व पूँजीवादी अर्थतन्त्रले सन् २००८ मा संकटको सामना गरेको थियो, जब अमेरिकी अर्थव्यवस्था सबप्राइम ऋण संकटको सामना गरिरहेको थियो। र, पछिल्लो महामारीले विश्वको अर्थव्यवस्थालाई ‘भेन्टिलेटर’मा पुर्‍याइदिएको छ।

    पूँजीवादी सरकारको दाउ

    धेरैले अहिले सोच्ने गर्छन् कि अहिलेको महामारीले सबै देश, सबै समुदाय र सबै वर्गलाई एकै प्रकारले प्रभाव पारेको छ। त्यसकारण मान्छेहरूलाई लाग्न सक्छ, पहिले यसलाई नियन्त्रण गर्न आफ्नो सरकारलाई दिनुपर्छ त्यसपछि हामी आफ्नो समस्या र चिन्ताका लागि लडौँला। तर यो कुरा सही होइन। किनभने पूँजीवादीहरू धेरै चलाख छन्। महामारीसँग लड्ने नाममा अहिले नै पूँजीवादी सरकारहरू धेरै कुरा आफ्नो नियन्त्रणमा राखिरहेका छन्।

    भारतमा भारतीय जनता पार्टी(बिजेपी)–राष्ट्रिय स्वयम्सेवक संघ(आरएसएस) संयुक्त रूपमा देशलाई लोकतान्त्रिक फासीवादी राज्यतर्फ धकेल्दैछन्। यस पूँजीवादी तथा फासीवादी राजनीतिक व्यवस्था, जसले लाखौं आम जनताको अधिकारलाई इन्कार गरेर, उनीहरूको जीवनलाई नै जोखिममा पारेको छ, यसका विरुद्ध मजदुरहरूको आक्रोशलाई एकिकृत गर्न र दिशा दिनका लागि वामपन्थी तथा धर्मनिरपेक्ष लोकतान्त्रिक शक्तिहरू आफ्नो प्रयासलाई तीव्र बनाइरहका छन्।

    सरकारका यस्ता झुट र असफलताको भण्डाफोर गरिनुपर्छ। अर्कोतर्फ पूँजीवादले मानिसहरूलाई आपसमा भिडाउनका लागि धर्मलाई हतियारका रूपमा प्रयोग गर्ने गर्छन्। तर लाखौँ मानिसहरूले साम्प्रदायिक फासीवादी शासकहरूको यो जटिल योजनालाई बुझ्ने पनि छन् र त्यस्ताहरूबाट समाजलाई विभाजित हुन दिने छैनन्।

    जब मार्क्सले भारतीय सामाजिक संरचनालाई हेरेका थिए, उनले त्यस समाजमा जातको स्थान के हो भनेर राम्रोसँगै बुझेका थिए। चीनमा ताइपिङ विद्रोह, भारतमा सिपाही विद्रोह (भारतको स्वतन्त्रताको पहिलो युद्ध) र अमेरिकामा कालाहरूको प्रतिरोधपछि उनका लेखहरूका कारण उनले भारतमा लोकतान्त्रिक आन्दोलनको तत्काल आवश्यकताका बारेमा कुरा गरेका थिए।

    भविष्य वर्ग संघर्षको साक्षी हुनेछ

    मार्क्सको शब्दावली ‘लोकतान्त्रिक क्रान्ति’ले जातीय उन्मुलनको सम्भावनालाई बोकेको छ। एउटा नयाँ दुनियाका लागि दार्शनिक खोजमा मार्क्सवाद एउटा क्रान्तिकारी सिद्धान्त र विज्ञानका रूपमा पेश भएको थियो। लेनिनका अनुसार मार्क्सवादका तीनवटा अभिन्न अंगहरू पहिलो– द्धन्द्धात्मक भौतिकवादको दर्शन(ऐतिहासिक भौतिकवाद), दोस्रो– अतिरिक्त मूल्यको सिद्धान्त र तेस्रो–इतिहासको प्रेरक शक्तिका रुपमा वर्गीय संघर्ष हुन्।

    हाम्रो भविष्य राजनीतिक सत्ताका लागि तीव्र वर्ग संघर्षको साक्षी हुनेछ। त्यसैले भविष्यमा एउटा यस्तो सामाजिक व्यवस्था हुनेछ जहाँ राज्यले आफ्ना सबै नागरिकहरूलाई आवास, स्वास्थ्य, शिक्षा र बाँच्नका लागि सबै आवश्यकताहरूको सुनिश्चतता गर्ने छ र सबै नागरिकको समानता, न्याय र स्वाभिमानको रक्षा हुनेछ।

    गत मे ५ मा मार्क्सको कार्ल मार्क्सको जन्मजयन्ती थियो। हामीले पनि मार्क्सलाई सम्मान व्यक्त गर्दै, मजदुरहरूलाई पूँजीवादी समाजलाई उखेलेर फ्याक्न र उत्पीडन तथा शोषणको जंजीरबाट मुक्त हुनका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन दिऔँ।

    (नेपाल रिडर्सका लागि इन्डियन एक्सप्रेसबाट मेनुका बस्नेतको अनुवाद।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डी राजा

      डी राजा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.