Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के पूर्व सोभियत राज्य रूस र बेलारूसको एकिकरणको ढोका खुलेको हो?

ल्युवा लुल्को ल्युवा लुल्को
भदौ ३१, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    करिब गुमनाम बनिसकेको रूस र बेलारूसको संघ अन्ततः पुनजागृत भएको छ। तर यहाँ केही प्रश्नहरू उत्पन्न भएका छन्। के यससँग अरु उज्वल सम्भावनाहरू पनि छन्? के यी देशबीचको पुनर्मिलन पूर्व सोभियत राज्यबीच टुटेको सम्बन्धलाई पुनस्थापित गर्नका लागि सुरुवाती चरण हुनसक्छ? के यी देशले अमेरिकन गायिका चेरले भनेजस्तो ‘समयलाई पछाडि फर्काउन’ सक्छन्?

    के हुन्छ राजनीतिक एकिकरण?
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोबीच सेप्टेम्बर ९ मा भएको भेटवार्ता उपलब्धिमूलक बन्यो। वार्तापछिको प्रेस सम्मेलनमा पुटिनले बताए अनुसार दुई देशको एकिकृत आर्थिक नीतिलाई संयोजन गर्नका लागि वार्ता भएको थियो। रुस र बेलारुसबीच राजनीतिक एकिकरणलाई भने थाँती राखिएको छ। बेलारुससँग ‘केही प्रश्नहरू’ रहेकाले तत्काललाई राजनीतिक एकिकरण भने नगरिएको बताइन्छ।

    बेलारुसका राष्ट्रपति लुकासेन्को साधारण तरिकाले पनि दुई देशबीच एकात्मक राज्य भन्दा बढी शक्तिशाली र नजिकको सम्बन्ध बनाउन सक्ने बताउँछन्। दुई देशका राष्ट्रपतिले उनीहरू युरोपियन युनियनका आफ्ना छिमेकीहरूको गल्ति दोहोर्‍याउन नचाहेको कुरालाई जोड दिए। त्यसकारण उनीहरूले आफ्नो संगठनमा पूरै होसियारीपूर्वक काम गर्दै आएका छन्। पूर्व सोभियतका अन्य राज्यहरूलाई पनि एकिकरणको बाटोमा हिँड्नका लागि प्रेरित गर्न रुस र बेलारुसको यो संघ एउटा उदाहरण बन्न सक्छ।

    एकिकृत आर्थिक नीति
    “हामी एक सामान्य तथा व्यापक आर्थिक नीति सञ्चालन गर्नका लागि सहमत भयौं। त्यसैगरी दुई देशबीच मौद्रिक नीति सामञ्जस्यता, भुक्तानी प्रणाली एकिकरण, सूचना सुरक्षाको निश्चितताका साथै सीमा शुल्क र कर क्षेत्रको सहकार्यलाई गहिरो बनाउने विषयमा पनि सहमति भएको छ। यस्तै सामग्रीहरूको सीमा शुल्क मूल्यमा पारदर्शिता र सामग्रीहरूको लागतको पारदर्शी संरचना निर्धारण गर्ने पनि सहमति भएको छ” पुटिनले भनेका छन्।

    पुटिनका अनुसार एकिकृत प्रविधि बनाएर सामानको लागत निर्धारण गरिनेछन्। जबकि सबै अप्रत्यक्ष करहरू (जस्तै भ्याट, उत्पादन शुल्क, लाइसेन्स आदि) को सामञ्जस्यता गरिने छ। साथै यस प्रक्रियालाई निरिक्षण गर्न त्यहाँ एउटा विशेष प्राधिकरणको स्थापना गरिने छ। पुटिनले अर्थव्यवस्था पारदर्शी बनेपछि एकिकृत औद्योगिक नीतिको प्रक्रियालाई अगाडि बढाउन र राज्यको खरिद तथा मागको प्रणालीलाई एकिकृत गर्न सम्भव हुने बताए।

    मौद्रिक नीति र व्यापार
    एकिकृत राज्यमा अहिलेसम्म एउटै मुद्राको भने व्यवस्था नगरिएको प्रष्ट भएको छ। दुई मध्ये कुन देश एकल उत्सर्जन केन्द्र (single emission center) सञ्चालन गर्न गइरहेको छ भन्ने प्रश्न खडा भएको छ। पुटिनले भने, “वित्तीय क्षेत्रमा रुसको केन्द्रीय बैंक र बेलारुसको राष्ट्रिय बैंकले मौद्रिक नीतिलाई सामञ्जस्य गर्नुपर्छ, साथै भुक्तानी प्रणाली र सूचना सुरक्षाको एकिकरण गर्नुपर्छ।”

    लामो छलफलको परिणाम स्वरुप पुटिन र लुकासेन्कोले प्राकृतिक ग्याँस सप्लाईको विषयका लागि दुवै तर्फ स्वीकार हुने दृष्टिकोणको विकास गर्ने व्यवस्था गरे। बेलारुसका लागि रुसी प्राकृतिक ग्यासको मूल्य सन् २०२२ सम्म नबढाइने भएको छ। पुटिनले भनेअनुसार प्राकृतिक ग्यासको मूल्य प्रति एक हजार क्युविक मिटरको १२८.५ डलर (जसमा रुसी मुद्रास्फिति र डलर सट्टा मूल्यको भिन्नतालाई समावेश गरिएको छैन) कायम छ।

    दुई देशले सन् २०२३ डिसेम्बर १ देखि संयुक्त राज्यभित्र एकिकृत ग्यास बजार स्थापना गर्ने प्रतिवेदनमा हस्ताक्षर गर्नेछन्। साथै, तेल तथा पेट्रोलियम पदार्थको बजारलाई एकिकरण गर्ने सम्झौतालाई पनि समावेश गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी विद्युतको संयुक्त बजारमा पनि सम्झौता पनि हुने अपेक्षा छ।

    यी सम्झौताहरू लुकासेन्कोले चाहेअनुरुप छन्, त्यसैले उनका लागि यो महत्वपूर्ण छ। तर रुसी पक्षले भने यी सम्झौतालाई राजनीतिक एकिकरणमा समावेश गर्ने गर्थ्यो। बेलारुससँगको राजनीतिकरणलाई भने पुटिनले थाँती राखेका छन्। रुसी संघमा राजनीतिक प्रक्रियालाई राष्ट्रपतीय निर्वाचनको समयमा सुरु गर्ने गरिन्छ। रुस र बेलारुसले संयुक्त संसद स्थापना गर्ने कुरालाई भने नकारिएको छैन। लुकासेन्कोले चाहेमा यो निश्चित छ।

    रुसी राष्ट्रपति पुटिनले अन्य युरोपियन देशहरूको तुलनामा बेलारुसको अनुकूलतामा जोड दिएका छन्। जस्तै युरोपमा विनिमय ग्यासको मूल्य प्रतिहजार क्युविक मिटरको ६५० डलर तोकिएको थियो। वास्तवमा पुटिनले बेलारुसको अर्थव्यवस्थामा सरकारी सहायताको खाँचो औँल्याए।

    यी सबै सम्झौतापछि पुटिनले बेलारुसका लागि सन् २०२५ सम्म ६३०–६४० मिलियन डलरको ऋण रकमको घोषणा गरे। यो रकम मिन्स्कलाई आवश्यक परेभन्दा कम हो। तर लुकासेन्कोले यस विषयमा बढी ध्यान नदिएको स्पष्ट देखिन्छ। वास्तवमा यो विवेक जो कोहीसँग हुनुपर्छ। लुकासेन्कोले पुटिनलाई भने, “हामीलाई नयाँ ऋणको आवश्यकता छैन।” राजनीतिक एकिकरणका विषयमा भने पुटिनले लुकासेन्कोको निर्णयलाई प्राथमिकता दिएका छन्। तर भविष्य भने पुटिनको पक्षमा छ।

    रक्षा प्रणाली र आप्रवासन
    पुटिन र लुकासेन्कोले संयुक्त राज्यको बाहिरी परिधिमा साझा रक्षा र सुरक्षाको बारेमा पनि छलफल गरेका थिए। यद्यपि रुसले बेलारुसमा हवाई अड्डा बनाउँछ वा मिन्स्कलाई एस – ५०० हवाई रक्षा प्रणालीको आपूर्ति गर्छ भन्ने विषयमा भने अझै प्रष्ट भइसकेको छैन। बाल्टिक राज्यहरू र पोल्यान्डसँगको बेलारुसी सीमामा रहेको आप्रवासन समस्याका बारेमा समेत छलफल भएको थियो। पुटिनका अनुसार त्यहाँ अहिले कुनै समस्या छैन। यद्यपि युरोपियन युनियन(ईयू)ले विश्वास गर्छ भने ईयूलाई बेलारुसी राष्ट्रपतिसँग वार्ता गर्न दिइन्छ। पश्चिमाहरू अरु सबैलाई समावेश गर्छन्, कि त तिनलाई निकाल्छन्। तर पश्चिमाले शरणार्थीलाई स्वीकार गर्दैनन्, चाहे उनीहरू जुनसुकै क्षेत्रका हुन्। शरणार्थीहरू आउन चाहन्छन् भने पनि उनीहरू स्वीकार गर्दैनन्। यसो गर्नुको तर्कका बारेमा भने पुटिनले बुझेका छैनन्।

    ‘हामीले शरणार्थीहरूलाई निम्तो दिएका थिएनौं, उनीहरू बेलारुस आउँदै आउदैनन्, उनीहरूलाई जसले निम्तो दिन्छन्, ती देशमा उनीहरू बेलारुस हुँदै जान्छन्, त्यसैले यो समस्या तिनै देशको हो,’ लुकासेन्कोले भने, ‘उनीहरूले ६ महिनाभित्र हामीमाथि धेरै प्रतिबन्धहरू लादेका छन्, के मलाई हाम्रो सीमानामा तिनका शरणार्थीको रक्षा गर्न आवश्यक छ? छैन।’

    रणनीतिक रुपमा पुटिनको जीत
    रुसी राष्ट्रपतिले पुटिनले संघ कार्यक्रम कार्यान्वयनको ढाँचाभित्र निम्निलिखित सम्बन्धमा संयुक्त दृष्टिकोण हुने उल्लेख गरेका छन्।

    १. श्रम सम्बन्ध
    २. श्रम सुरक्षा
    ३. जनसंख्याको रोजगारी
    ४. सामाजिक बीमा तथा पेन्सन लाभ
    ५. बालबालिकासहित परिवारका लागि सहयोग

    रुसी र बेलारुसीहरूको हितलाई सुधार गर्नु नै यी सबै उपायहरूको उद्देश्य हो। निश्कर्षमा, म भन्न चाहन्छु कि उनीहरूले अहिले नै ‘ब्यान्ड बाजा’ बजाउन आवश्यक छैन। रुस र बेलारुसको कर प्रणालीको समञ्जस्यतालाई नियन्त्रण गर्ने प्राधिकरण दुई देशको संयुक्त निकाय हुन्छ। जुन अहिलेसम्म स्थापना नगर्ने निर्णय भएको छ। संयुक्त ‘डिफेन्स स्पेस’ले पनि सुप्रानेसनल (संयुक्त संघ ) तहलाई नै संकेत गर्छ।

    रुस र बेलारुसको सम्मेलनले एकिकरणका लागि एउटा विशाल कदम चालेको छ। करिब एक वर्षअघि वा ६ महिनाअघि मात्रै बेलारुस रुसबाट तीव्र रुपमा टाढिएर पश्चिमातर्फ नजिकिदै थियो। यसका बावजुद् रुससँगको यो सहमतिलाई महत्वका साथ हेरिएको छ।

    गुमनामको अवस्थाबाट रुस र बेलारुसको संघ फेरि एकपटक जगमगाएको छ। र, यससँग एउटा उज्वल भविश्य छ। रुसका लागि यो एउटा उच्चस्तरको कदम हो। किनभने पूर्व सोभियत राष्ट्रलाई पुनः एकसाथ ल्याउनका लागि यो एउटा लामो यात्राको सुरुवात हुन सक्छ।

    प्राब्डा डट आरयूबाट मेनुका बस्नेत अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ल्युवा लुल्को

      ल्युवा लुल्को

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.