Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमाले विभाजन, एकिकरण र भाँचिएको मन : साहना प्रधान

सहयोगीबाट सहयोगीबाट
चैत्र १८, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    छैठौँ महाधिवेशनमा भएका सबै कुरालाई देख्दा कम्युनिष्ट पार्टीभित्र एकअर्काप्रति गरिनुपर्ने व्यवहारमा ह्रास भएको महसुस भयो । त्यसबेला मलाई साह्रै नरमाइलो लाग्यो। महाधिवेशनको हलमा फरक मतलाई बोल्नै नदिने, बोल्न उठ्यो भने हुटिङ्ग गर्ने खालका कामहरू पनि भए। संस्थापन पक्षले एकदम नियन्त्रित रुपले महाधिवेशनलाई सम्पन्न गर्ने काम गर्‍यो। छैठौँ महाधिवेशन प्रहरी निगरानी वा प्रहरी नियन्त्रणमा भएको हो कि भन्ने महसुस पनि भयो। हामीभित्रको आत्मीयतामा ह्रास भएको पाएँ।

    साच्चै भन्ने हो भने छैठौँ महाधिवेशनमा महाकालीको सवाल सैद्धान्तिक र नीतिगत मुद्दा थियो। पार्टी वारम्बार लड्दै आएको राष्ट्रियताको सवाल थियो–त्यो। तर त्यो नसोचिकन फरक मतलाई पार्टीको हित नचाहने व्यक्तिगत स्वार्थ चाहनेका रुपमा हेरियो। छैठौँ महाधिवेशनको अन्तिम दिनको अझै पनि याद आउँछ। जब हामीलाई समावेश गरेर नजाने संस्थापन पक्षको स्पष्ट विचार आइसकेपछि हामी हलबाट बाहिर आयौँ। हामी कतिले भोट पनि हालेनौँ।

    हामी महाकाली सन्धि बेठिक हो भन्नेहरू सकेसम्म पार्टीभित्र कसरी अटाउने भन्ने सवाललाई लिएर बैठकहरू बस्यौँ। काठमाडौँ आइसकेपछि पनि धेरै प्रयत्नहरू भए। विभाजन हुनुहुँदैन, विभाजन भयो भने शक्ति बाँडिन्छ भन्ने स्पष्ट सोंचमा हामी थियौँ।

    फरक मत राख्दा अध्यक्ष नबनाउने खेल
    यस प्रकार छैठौँ महाधिवेशनको चर्चा गरिरहँदा मलाई पाचौँ महाधिवेशनको पनि एउटा प्रसङ्ग याद आउँछ। ४०४८ सालको निर्वाचनमा नेकपा एमालेले मुख्य प्रतिपक्षी पार्टीको हैसियत कायम गरेपछि राष्ट्रिय अन्तराष्ट्रिय जगतमा पार्टीको प्रतिष्ठा उच्च स्थानमा पुगेको थियो। यस्तै बेला २०४९ साल माघमा पार्टीको पाँचौँ महाधिवेशन आयोजना गरियो। यो महाधिवेशनमा नयाँ जनवाद र बहुदलीय जनवादका साथै अन्य धेरै विचारका दस्तावजेहरूमाथि छलफल चलेको थियो।

    कम्युनिष्ट पार्टीको परम्पराको हिसावले कार्यकर्ताहरूका बीचमा विचार पक्षधरताका आधारमा छलफल र भेलाहरू आयोजना गर्ने नयाँ प्रयोग पनि गरिएको थियो। जनतामा पार्टीप्रति ठूलो विश्वास थियो र यस्तो पार्टीको महाधिवेशन आयोजना हुँदा हजारौँ जनसमुदाय उपस्थित हुनु स्वभाविक थियो। दशरथ रङ्गशालामा उद्घाटन शत्र आयोजित थियो। विभिन्न देशबाट अतिथिहरू पनि आएका थिए।

    महाधिवशेनको अध्यक्ष मण्डलमा मलाई पनि राखिएको थियो। महाधिवेशनमा क. मनमोहन अधिकारीले बोल्दा बहुदलीय जनवादलाई प्रष्ट समर्थन नगर्नु भएको हो कि भन्ने परेको थियो। त्यसबेला हलमा केही होहल्ला पनि भएको थियो। तर अन्ततः बहुदलीय जनवाद पारित गरियो।

    यसपछि नेतृत्व छान्ने प्रक्रियाको थालनी भयो। एउटा नामावली पनि वितरण भएको थियो। तर नेतृत्व छनौटको काम भने घण्टौँसम्म अवरुद्ध भयो। म अध्यक्ष मण्डलको अध्यक्ष थिएँ। यसैबेला क. मदनले बोलाउन पठाउनुभयो। हलको बाहिर एउटा पाल टाँगेर बस्ने ठाउँ बनाइएको थियो। म त्यहीँ गए। त्यहाँ मदन, माधव र जीवराज बस्नुभएको थियो। अलि पर भरतमोहन पनि हुनुहन्थ्यो।

    के कुराका लागि बोलाउनुभएको हो भनेर मैले सोधेँ। एकछिन गम खाएर मदनजी बोल्नु भयो, “हैन हामीले नेतृत्वको बारेमा सोच्दा अध्यक्षको जिम्मेवारी तपाईंले लिनुपर्छ भन्ने ठहर गर्‍यौँ। त्यसैले कुरा गरौँ भनेर तपाईंलाई बोलाएको।” यो कुरा सुन्दा मलाई अनौठो लाग्यो। अचम्म लाग्यो। यो कुरा मैले सोंच्दै सोंचेकी थिइनँ। मैले भनें, ‘मनमोहनजी हुँदाहुँदै मेरो बारेमा सोंच्नु राम्रो हुँदैन। उहाँका अनेक कमिहरू होलान्, उहाँले केही बोल्नुभयो होला, फरक अडान होला तर उहाँलाई हटाएर म अध्यक्ष बन्नु राम्रो हुँदैन, ठीक हुँदैन भन्ने मलाई लाग्छ। यसरी नसोच्नुहोस्, अध्यक्ष उहाँ नै हुनुपर्छ।’ यति भनेर म हलमा पसेँ।

    लामो समयको अवरोधपछि केन्द्रीय कमिटीको नाम घोषणा गरियो र अध्यक्षमा मनमोहन अधिकारी नै रहनुभयो। आज पनि यो कुराको सम्झाना गर्दा मलाई गौरव लाग्छ। मैले त्यो बेला सही निर्णय नै लिएकी थिएँ भन्ने लागिरहन्छ।

    महाकाली सन्धिका कारण विभाजन
    महाकाली सन्धिको समर्थन गर्ने पक्ष र महाकाली सन्धिको विरोध गर्ने पक्ष यी दुईको बीचमा साह्रै नराम्ररी रेखांकन भयो। महाधिवेशनमा एक प्रकारको जात्रा भयो। एउटा कार्यक्रममा डा. राममान र म मनमोहनजीसँग कुराकानी गर्न गयौँ। तर मनमोहनजीले हामीसँग कुराकानी गर्न चाहनु भएन। उहाँ कोठाभित्र पस्नुभयो र निस्कनु भएन। त्यस्तो अवस्थामा मनमोहनजीले आफू पार्टीको अध्यक्ष भएको नाताले हलमा उठेर अलिक मतविरोधलाई साम्मे पार्ने काम गर्नुभएको भए शायद पार्टीमा विग्रह उत्पन्न हुँदैनथ्यो कि भनेर आज पनि मलाई असाध्यै खट्किन्छ। किनभने पाँचौं महािधवेशनमा भन्दा छैठौंमा उहाँको धेरै नै प्रभाव थियो।

    मनमोहनजीले महाकाली सन्धि पास गर्ने केन्द्रीय कमिटीको बैठकमा स्टे«चरमा बसेर भएपनि आउनुपथ्र्यो। त्यसलाई राष्ट्रिय महत्वका रुपमा लिनुपथ्र्यो भन्ने पनि लाग्छ। पार्टीको छैठौं महाधिवेशनको अहम् सवाल भनेकै महाकाली सन्धि बन्यो। महाकाली सन्धिलाई केन्द्रीय कमिटीले पास गरेपनि त्यसलाई आम कार्यकर्ताले अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने मुद्दाको रुपमा छैठौं महाधिवेशनमा मतदानमा लैजान आवश्यक ठानिएन।

    त्यसैगरी अमेरिकालाई साम्राज्यवादी भन्ने कि नभन्ने, भारतेली प्रभुत्वाद भन्ने कि नभन्ने भनेर मतदान गराउनु पनि बेठीक थियो। छैठौं महािधवेशनमा जाँदा यो पार्टी पक्ष, यो विपक्ष भन्ने विभाजनको रेखा देखियो। देशभरि संस्थापन पक्ष र विपक्ष, सत्ता पक्ष र विपक्षको रुपमा बेग्लाबेग्लै आमसभा र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भए। म पनि विभिन्न जिल्लाहरूमा गएँ। छैठौँ महाधिवेशनको पूर्वसन्ध्यामा हामी एउटै पार्टीका नेताहरू हौँ र त्यहीं पार्टीभित्र बसेर खुलस्त रुपमा छलफल गर्न सकिन्छ भन्ने सबै संकेतहरू समाप्त भएर दुई विरोधी पार्टीको रुपमा अराोप प्रत्यारोप गर्ने स्थिति थियो।

    छैठौं महाधिवेशनपछि हाम्रो मन टुक्रियो। भावना टुक्रियो। यस्तो स्थितिसम्म बन्यो, बोलाचाला नै बन्द भयो। छैठौं महाधिवेशन सकेर काठमाडौँ फर्कँदा मनमोहनजी र माधवजी सबै सँगै थियौँ। तर कसैले कसैलाई बोलाएनौँ। मलामीबाट फर्केझैं चुपचाप थियौँ। हामी त हरुवाहरू भै हाल्यौँ, काठमाडौँ एयरपोर्टमा सँगै ओर्लियौँ। मेरो गाडी थिएन। ट्याक्सीमा नै घर फर्कनु थियो। काठमाडौं एयरपोर्टमा ओर्लिएपछि माधवजीलाई लिन गाडी आएको थियो। उहाँले “गाडीमा जाऔँ” भन्नुभयो। तर मेरो मन मानेन र मैले “मेरो गाडी आउँछ” भनेँ। उहाँहरू गइसकेपछि अमिलो मन बनाउँदै ट्याक्सी चढेर घर गएँ।

    बालुवाको घर बनाएका रहेछौँ
    त्यो बीचमा निकै प्रयासहरू भए। म मनमोहनजीकोमा गएँ, “छैठौँ महाधिवेशनले गल्ति ग¥यो। त्यसलाई सच्याएर अघि बढौँ” भनें। तर हामीलाई एक प्रकारले भित्तैमा चेप्ट्याउने, मटियामेट बनाउने गरी पार्टी अगाडि बढ्यो। हामीले योग्यता क्षमता र अनुभवको आधारमा १४ जना केन्द्रीय कमिटी सदस्य मागेको लगायतका कुरा लिएर बुद्धिजीवीहरूले दुवैतर्फ गएर कुराकानी गरे।

    बुद्धिजीवीहरूले मध्यस्थकर्ताको भूमिका खेले र मनमोहनजीकोमा बिहान ९ बजे बैठक बस्ने भनेर हामी गयौँ। तर एमालेका नेताहरू आउनुभएन । २ बजे बस्ने भन्ने समाचार आयो। २ बजे पनि उहाँहरू आउनुभएन र ४ बजेको समय दिनुभयो। फेरि ४ बजे पनि आउनुभएन। ३ पटक नै आउनुभएन। फेरि माधवजीकोमै बस्ने भन्ने कुरा आयो। हाम्रो तर्फबाट सि.पि, वामदेव, आर.के. लगायतका कमरेडहरू जानुभयो। १४ वटा केन्द्रीय सदस्य दिने, त्यसमा पनि फलाना–फलानालाई कुनै हालतमा नदिने भन्ने कुरा आयो तर त्यो वार्ता पनि सफल हुन सकेन।

    हाम्रो पक्षलाई पार्टी अर्को बनाउनुपर्छ, कम्युनिष्ट पार्टीभित्र अन्याय सहेर बस्नु हुँदैन भनेर सुर्‍याउनेहरू पनि नभएका होइनन्। अर्कोतिर पार्टीभित्र “कुचो लगानुपर्ने, कसिंगर हावाले उडाउँदा किन खुशी नहुने” भन्दै सुरिने पनि नभएका होइनन्। तर मेरो मन साह्रै खिन्न थियो। मलाई पार्टी छोडेर चुपचाप बसुँ भन्ने नलागेको होइन। आफूलाई चाहिएको बेला ‘तपाईं यस्तो उस्तो’ भनेर प्रशंसा गर्ने अनि आफूलाई नचाहिएको बेला कसिंगर देख्ने राजनीतिकर्मीको चलन मलाई पटक्कै मन पर्दैन।

    विभाजनको दिन आउला भन्ने सोचेको पनि थिइनँ
    राजनीतिक रुपले अगाडि बढेको मान्छेलाई फेरि चुप लागेर बस्नु गाह्रो हुँदो रहेछ । त्यसैले अर्को पार्टी नेकपा माले बनाउने काममा म पनि लागें। तर मैले त्यो विभाजनको दिन आउला भन्ने सेंचेको पनि थिइनँ। मलाई त्यो दिन साह्रै नमिठो लाग्यो। एक दृष्टिले अब पार्टीमा कामै नगर्नु पर्‍यो भन्ने सोचें। ०५४ साल फागुन २१ गतेको दिन एकाबिहानै हामी १० जना पार्टीका नेताहरूलाई कारवाही गरेर पार्टीबाट निकालियो। यसपछि अर्को पार्टी स्थापना गर्नु सिवाय हामीसँग अरु विकल्प बाँकी रहेन। त्यसैले हामीले उक्त दिन नेकपा (माले) निर्माणको घोषणा गर्‍यौँ। त्यसको अध्यक्ष मलाई बनाइयो।

    अहिले मलाई हाँस उठ्छ र अचम्म पनि लाग्छ। म केटाकेटी हुँदा खोलाको किनारमा गएर बालुवाको घर बनाएर खेलेको याद आउँछ। साथीहरूसँग रिस उठ्नेबित्तिकै उनीहरूको घर भत्काएर आफ्नो घर बनाएको र बालुवामा घर बनाउँदा–बनाउँदै आफ्नै घर भत्केको सम्झन्छु र हामीले पनि त्यस्ता घर बनाएका रहेछौँ भन्ने ठान्छु। संसदीय दल विभाजन गरी पार्टी बनाउन सजिलो थियो। किनभने ४६ जना सांसद थिए। पार्टीमा सांसदको आयस्रोत थियो। छैठौं महाधिवेशनको ताण्डव लिलाको रन्को पनि थियो। कार्यकर्ताहरूमा उत्साह थियो, फूर्ति थियो, जाँगर थियो।

    कार्यान्वयन हुनै नसक्ने आचारसंहिता
    अब पार्टी गुड्यो भन्ने नै सबैलाई लाग्यो। अहिले वामदेव “मलाई पार्टी फुटाउने मन थिएन” भनिरहनुभएको छ। त्यसो हो भने “मन कसलाई थियो त भन्ने प्रश्न उठ्छ” जोस्याउनेहरूको जोसमा नेकपा माले निर्माण भएको थियो त? तर कसैले जोस्याउँदा जोस्सिनु कति ठीक? तर जोसले मात्र काम चल्दैन, यथार्थमा आउनुपर्छ। पार्टी चलाउन सजिलो ठानेर चलाउने होइन, अप्ठ्यारो ठानेर चलाउनु पर्छ र जन्माई सकेपछि चलाउन पनि सक्नु पर्छ। पार्टी चलाउने सही नीति, सही कार्यक्रम, सही व्यवहार, व्यवस्थापन कुशलता, अथक लगन, दृढताका साथमा आर्थिक र भौतिक साधन र श्रोत पनि चाहिन्छ।

    मलाई थाहा छ, उदाहरण हेर्न टाढा जानुपर्दैन, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको कार्यालय ३ दशकसम्म पनि टिनको छाना भएको टहरामा थियो, करिब १५ वर्ष अघि मात्र आफ्नो भवन बनेको हो। संसदको एम्.पी. क्वार्टरबाट कार्यालय सञ्चालन गरेको थियो। हाम्रो कार्यलयको सानसौकत र रवाफ नै अर्कै छ। आवश्यक सामानहरू पनि महंगा महंगा जोडिए। नचाहिने खर्च र नचाहिने सोचको विकास भयो। तर कम्युनिष्ट पार्टी ठीक ट्रयाकमा भएन भन्ने आवाज सडक र सदन दुवै ठाउँमा उठ्ने क्रम शुरु भयो। यही बेलामा संसद भङ्ग भएर मध्यावधि निर्वाचन पनि हुने भयो। संसदको आयश्रोत मात्र टुटेन, सांसदहरूलाई समेत खर्च दिनुपर्ने अवस्था आयो। त्यसले पनि पार्टीलाई लोड बढायो।

    एमालेसँग फरक देखिनुपर्छ भन्ने नाममा आचारसंहिता आयो। यसले पनि पार्टीलाई भसक्क पार्न सहयोगी भूमिका खेल्यो। यही आचारसंहिताले गर्दा नै आज देवि ओझाले पार्टी छोडेर बसेका छन्। नयाँ जोगीले खारनी धेरै घस्छ भने झैं देखियो। यसरी कार्यान्वयन हुनै नसक्ने आचारसंहिता ल्याउनुले पनि पार्टीको गतिमा अवरोध पैदा गर्‍यो।

    विभाजनको कारण खोजी गरिएन
    कम्युनिष्ट पार्टी भनेको एउटा निश्चित उद्देश्य लिएर, निश्चित सिद्धान्त बोकेर हिंड्ने भएकोले कुर्सी नपाए पनि सिद्धान्तका लागि अडिनु पर्छ भन्ने बढी कार्यकर्ताहरू थिए। सम्झौता परस्त राजनीति नगर्न सम्झौताहीन संघर्ष गर्ने भन्ने पार्टीले आफ्नो लिक छाड्यो। पार्टीभित्र विभिन्न खालका विकृति र विसंगतिहरू भित्रिए। अब पार्टीलाई सच्याएर लानुपर्छ भन्ने सोंच विकास भयो। फेरि जोस र जाँगरका साथ पार्टी अगाडि बढ्यो।

    नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका कमिहरूलाई सच्याएर अगाडि बढ्छ कि भन्ने एक प्रकारको आशा पुनः पलायो र हिजो असन्तुष्ट भएका र बाटो बाटोमा फालिएका नेता तथा कार्यकताहरूको आशामा फेरि अङ्कुर पलायो र पुनः नेकपा मालेमा संगठित हुन थाले र पार्टीले सबैलाई समेटेर लानु पर्छ भन्ने राम्रो विचार पनि राख्यो। माले गठन भएपछि हिजो जिम्मेवारी नपाएकाहरू सबै समेटिए।

    अब माले जन्मियो, माले सही लाइनमा जान्छ कि भनेर धेरैले आशा गरेका थिए। राष्ट्रियताको मूल मुद्दालाई लिएर नेकपा मालो बन्यो। पार्टीको गठन, उद्देश्य र भावनालाई बोकेर पार्टी चलाउन सकिन्छ कि सकिंदैन भनेर डर चाहिँ नभएको थिएन भन्ने कहिले काहीँ लाग्छ पनि। पार्टी विभाजन भएको कुरा जनता र एमालेका शुभचिन्तकहरूले भने रुचाएनन् र विभाजन भएको सारा दोष र अवगाल मालेमाथि आइप¥यो। एकमात्र मूल मन्त्र सरकार बनाउने ‘सरकार बनाउने बेलामा विभाजन भयो’ भन्ने नै रह्यो।

    यसको अर्थ सरकार बनाउने बेला नभएको भए विभाजन ठीक हुन्थ्यो कि? साँचो अर्थमा किन विभाजन भयो भन्ने कारणको खोजी गर्न कसैले चोहनन्। विभाजनबाट फाइदा लिनुपर्छ भन्नेहरू पनि थिए होलान्। उनीहरू त रमाए। कसैले खेल पनि खेलेका थिए होलान्। यी सबै दोष मालेमाथि आइपर्‍यो। त्यसलाई चिन्न मालेलाई पनि गाह्रै पर्‍यो।

    चुनावको नतिजाले निराशा
    कम्युनिष्ट आन्दोलनको एउटा ठूलै जमात ठीकै सन्दर्भलाई लिएर विभाजित भयो, अब सही बाटो लिएर हिंड्ला कि भनेर आकर्षित पनि भए। हामी पनि पार्टीमा भएका जति पनि विकृतिहरू छन् तिनीहरूलाई हटाउनु र निमिट्यान्न पार्नुपर्छ भन्ने मान्यतामा पुग्यौं। अब सही दिशामा पार्टीलाई डोहोर्‍याउनु पर्छ, सबै कम्युनिष्टहरूलाई एकै ठाउँमा गोलबन्द गर्नुपर्छ र इतिहासलाई कालो धब्बा लाग्न नदिन भागिरथ प्रयत्न गर्नुपर्छ भनेर नै म पनि मालेमा समावेश भएकी थिएँ।

    नेपाल कम्युनिष्ट पार्टीमा यही मात्र पहिलो फुट थिएन। कम्युनिष्ट आन्दोलनमा कति उकाली र ओरालीहरू आएका छन्। तैपनि माले पार्टीले कम्युनिष्ट पार्टीको झण्डालाई उठाएर लैजान्छ, पार्टीको झण्डालाई उच्च राख्छ भन्ने कुरा धेरैले सोचका थिए। यही क्रमले पार्टी अगाडि बढ्यो पनि। २०५४ साल वैशाखसम्ममा पार्टीले ठूलो फड्को मार्‍यो। यति छोटो अवधिमा झण्डै–झण्डै सबै जिल्लाहरूमा पार्टीका शाखाहरू खोलिए। पार्टीका अञ्चल, जिल्ला र इलाका कमिटीहरू बने। माले पार्टीमा धेरै पुराना कार्यकर्ता र नेताहरू समावेश भएका थिए र यसरी सक्रियताका साथ मालेको गाडी गुड्यो।

    यही दौरान चुनाव आयो। पार्टीभित्र भएको सांगठनिक उपलब्धिले घमण्ड पनि बढ्यो। हामीले आफूले टेकेको धरातललाई बिर्सियौ। हामीले चुनावमा सम्भावनाभन्दा बढीको आशा गर्‍यौं र सपनाहरू देख्यौं। अब मालेको सरकार बन्छ भन्ने नारा दियौँ। विभाजन हुँदा संसदमा नेकपा मालेको ४६ सिट थियो। ०५६ सालको आम निर्वाचनमा त्योभन्दा पनि बढी सिट ल्याउने आशा राख्यौं। एमालेलाई यही चुनावमा उछिन्ने सोंच राख्यौं। त्यो सोंच राख्नु गलत थियो।

    चुनावको नतिजाले देखायो– हामी १ सिटपनि ल्याउन सफल भएनौँ। तर हामीले ६ प्रतिशत मतदाताको विश्वासको मत प्राप्त गर्‍यौँ। संसदमा एक सिट पनि नजित्नुले अर्को घाउ थपियो। यस घटनाले नेकपा मालेमा बज्रपात भयो। मलाई त्यो बेलाको चुनाव सम्झँदा अहिले पनि हाँस उठ्छ। त्यसबेलामा चुनावी अवस्थाको बारेमा कुरा हुँदा साथीहरू भन्नुहुन्थ्यो–“ए कमरेड बर्दियामा त तीनवटा नै आउने भयो नि!” म भन्थेँ “एउटै आएपनि पुग्छ किन तीनवटै चाहियो?” अन्ततः मालेले एउटै सिट पनि जित्न सकेन। स्थिति यस्तै थियो।

    महाकाली सन्धि थाति राखेर एकता
    संसदमा प्रतिनिधित्व नभएको राष्ट्रिय पार्टीको हैसियत कायम गरी इज्जत जोगायौँ। हामीभन्दा धेरै कम मत ल्याउने पार्टीहरूको संसदमा प्रतिनिधित्व रह्यो। चुनावमा एक सिट पनि नल्याएपछि पार्टीभित्र निराशा पैदा भयो। विपक्षी प्रतिद्धन्द्धी राजनीतिक पार्टीहरूले हेर्ने दृष्टिकोण फरक भयो। पार्टी ओरालो लाग्न थाल्यो र पलायन शुरु भयो। तल्ला कमिटीका कार्यकर्ताको त के कुरा, केन्द्रीय कमिटीका नेताहरू समेत पलायन भई अन्य पार्टीमा जान थाले। मान्छेको जात बलेको आगो नै त ताप्छन्। कोही एमालेमा गए। कोही माओवादीमा गए।

    यस्तो अवस्था सृजना भएपछि पार्टीलाई थेग्न अब एमालेतिर जानुपर्छ भन्ने धारणाले घरजम गर्न थाल्यो। आफ्नो पार्टी कसरी बलियो बनाउने भन्दा पनि एमाले जाने कि नजाने, जाँदा कहिले र कसरी जाने भन्ने सवलामा बढी चर्चा परिचर्चा हुन थाल्यो। यसैबीचमा नेकपा एमालेले नेकपा मालेलाई पार्टीको रुपमा स्वीकार गरी वार्ता गर्न र एकता गर्न समेत तयार भएको पत्र लेख्यो र एमालेसँग वार्ता गर्न भनेर ३ जनाको कमिटी पनि बन्यो। त्यस्तै कमिटी एमालेको पनि बनेको थियो। दुवै वार्ता कमिटीका बीचमा अनेक चरणमा छलफल चल्यो। कुरा नमिलेपछि त्यो कमिटीले वातावरण बनाउन सकेन भनेर त्यसलाई भङ्ग गरियो।

    वार्ता गर्दा दुवै पक्षलाई त्यत्तिकै चाहना हुनुपर्छ। तर माले एमालेको वार्तामा वार्ताको चाहना माले पक्षमा मात्र पो हो कि जस्तो देखियो। माले पार्टीभित्र एकखालका साथीहरूमा माथिदेखि तलसम्म एकताका पक्षमा मत बन्दै गयो। अब हामी नमिली हुँदैन भनेर मालेको केन्द्रीय कमिटीमा पनि आतुरता व्यक्त गर्नेहरूको संख्या ठूलै थियो।

    महाकाली सन्धि पास गरेको कुरालाई थाति राखेर भविष्यमा छलफल गर्ने गरी अहिले मिल्ने भन्ने कुरा शुरु भयो। गोप्य रुपमा सम्पर्क कुराकानीहरू चलिरहेकै थिए। पार्टीले वार्ता कमिटी फेरि बनायो। यही प्रक्रियाबाट २०५८ साल फागुन ३ गते माले एमाले एकिकरण भयो। तर माले पार्टीभित्र कार्यकर्ता तहमा राम्ररी गृहकार्य नगरिएको कारणले पार्टी कार्यकर्ताले मात्र पार्टी सदस्यता नवीकरण गरे। साना मसिना कुरालाई बिर्सिएर मूल रुपमा जे भयो, राम्रो भयो। विभाजित भएर बस्नुभन्दा एकीकृत भएर बस्नु राम्रो हो। अहिले अलिअली आत्मीयता बढ्न थालेको छ। एकीकरणको असर तलसम्म पुगेको छैन।

    सुशीला श्रेष्ठले लेखेको ‘साहना प्रधान र स्मृतिका आँखीझ्याल’बाट नामक पुस्तकबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.