Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उदेकलाग्दो तर्क: दलित शब्द फालौं

अहिले पनि जति नै आरक्षणको रटान लगाइए पनि व्यवहारमा हिजैदेखि राज्यसत्तामा छेलोखेलो गरेकै जाति र सन्तान प्रशासनमा पुग्न सजिलो छ। किनभने शिक्षितदीक्षित उनीहरू नै छन्। घरमा खान दुई गेडो अन्न नहुने र टेक्न एक टुक्रो जमिन नपुग्नेहरूले आरक्षणको कोटा समातेर कहिले तपाईंको राज्यको समृद्धिको वैतरणी कसरी तर्ने?

प्रकाश अजात प्रकाश अजात
जेष्ठ १४, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रकाश अजात। आम मान्छे हातमुख जोड्ने सवालमै अल्झिरहेका हुन्छन् भने अभिजातवर्गका मान्छेहरू सुखका अनेक सुख र एड्भेन्चरको प्राप्तिमा जुटिरहेका हुन्छन्। यता, मध्यम वर्गका मान्छेहरू आफ्नो स्थापित सुख जोगाउँदै थप प्राप्तिको प्रयत्नमा जुट्छन्। यसो हुँदा यी तीनै वर्गका मान्छेहरू हत्तपत्त विभेदको विज्ञान बुझ्दैनन्, बरू त्यसकै हिस्सेदार बनिरहेका हुन्छन्। उनीहरू यदाकदा भावनामा बगेर “विभेद हुनुहुँद‌ैन” भन्लान् तर विभेदको रुटकज (जड कारण) बुझ्दैनन्। विभेदबारे आम मान्छेका खासगरी दलितबारे हाम्रो समाजका बुझाई वा आग्रह पृथक-पृथक छन्। जुन जाजरकोट काण्डको प्रतिक्रियास्वरूप संजालहरूमा प्रकट भएका छन्। यद्यपी ती प्रतिक्रियाहरु बढी जातीयकरण र राजनीतिकरण भएका भनिँदैछन्। तर वास्तविकता के हो भने नेपाली समाज जातीयभेदविरुद्ध सचेत अभ्यास गर्न तयार भइसकेको छैन। त्यसैले आम मान्छेहरू बारबार आफ्ना आग्रह राख्छन् र त्यसले बहस थप अल्मलिन्छ। यहाँ म चार त्यस्ता प्रश्नहरुको छोटो चिरफार प्रस्तुत गर्न चाहन्छु-

    १. यो दलित भन्ने शब्द नै खराब छ,यो नै हटाउनुपर्छ। सार्‍है हिनतावोध गराउने शब्द लाग्छ यो। दलित शब्दै हटाएर सबैलाई बराबर बनाउनुपर्छ। 

    प्रतिउत्तर :
    दलन र उत्पिडन शब्दको अर्थ एउटै हो। समाजको दलन, अर्घेल्याइँ र पेलानमा परेको समुदायलाई दलित भनिएको हो। यो शब्दमा केही समस्या छैन जसरी क्यान्सर शब्दमा खराबी छैन। समाजको होस् या शरीरको, रोग जनाउने कुनै शब्द त चाहियो नि! फेरि शब्दमात्रै हटाएर बराबरी स्थापित हुँदैन। हटाउनु पर्ने त रोग हो। शरीरमा क्यान्सर लागेको मान्छेलाई क्यान्सरको उपचार नै गर्नुपर्छ। बिरामी “निरोगी छ” भनेर डाक्टरले मुखले घोषणा गर्दैमा रोग निको हुन्छ? मानौ, आजैका दिन विश्वभरका डाक्टरले “यो क्यान्सर भन्ने शब्द मन परेन, शब्दका कारण विभेद भयो, यो शब्दलाई आजैबाट मेडिकल डिक्सनरीबाट हटाउनेछौं’ भने अरे! त्यसो गर्दैमा क्यान्सर (अर्वुद रोग) भोलिबाटै जादुको छडीझैं विश्वबाट हट्ला त?

    यस्तै, दक्षिण एसियाली हिन्दू समाजमा रहेको यो कहालिलाग्दो उत्पिडनको पनि जरैबाट उपचार गरिनुपर्छ। नाम हटाए त झनै अन्यौल हुन्छ। पीडित भएकालाई उत्पीडित, बहिस्कृत, सिमान्तकृत, अपहेलित, दलित, हरिजन, राम आदिमध्ये कुनै न कुनै पहिचान त चाहिन्छ नै! दलित शब्द नै हटाउँ भन्नुहुन्छ भने यो ‘महिला’ शब्द पनि हटाउँ। सुन्दै दिक्कलाग्दो शब्द, पीडितवोधी शब्द। भयो, अबदेखि महिला र पुरुष नै नभनौं। शब्द हटाउनेवित्तिकै सबै बराबर हुन्छन् भने किन फरक-फरक पहिचानवोधी नाम प्रयोग गर्नु! तर के त्यसो गर्दैमा न्याय स्थापित होला?

    २. चिन्न र चिनिनका लागि पनि ‘महिला र पुरुष’ भन्ने शब्द त चाहियो नि! ‘महिला’ शब्द त लैङ्गीक परिचय हो। ‘दलित’ शब्द र ‘महिला’ शब्दको तुलना गलत भयो। 

    प्रतिउत्तर:
    चिन्ने प्रयोजनकै लागि शब्द बन्ने हो। अत्याचारमा परेकाहरूको सामुहिक परिचय / पहिचान नै “दलित” हो। उत्पिडनमा परेका महिलाहरू त अझ प्रत्येक समाज/घरका महादलित हुन्। भलै, यो अर्को बहसको विषय हो। तपाईं त्यसै भन्नुहुन्छ भने त तपाईंहरूले नामका पछाडी जोड्ने अधिकारी, पोखरेल, पौडेल, उपाध्याय, दिक्षीत, त्रिपाठी, रिमाल, शर्मालगायत तमाम कथित उच्चजात वोध हुने थरहरू पनि हटाउनुस् न! आफूचाहिँ म “फलानो थर”को हुँ भन्ने कृतिम अहंकार पाल्ने, पीडितहरूको सामुहिक पहिचानचाहिँ मन नपर्ने!

    ३. आफ्नो थरै त के हटाउनु! हामी उनीहरूजस्तो दलित हौं र? उनीहरू त आफ्नै थरसमेत लुकाउँदै हिँडेका छन्। यस्तो पनि गर्न पाइन्छ?

    प्रतिउत्तर:
    तपाईंहरूमध्ये कतिले सैयौं सालअघि कथित उच्च जातका शासकहरूले सिर्जना गरेको जात व्यवस्थाको कृतिम अभिमान र अहंकारलाई आज पनि सम्मान ठानिरहनुभएको छ। जंगबहादुर र मनुमहाराजहरूले बनाएका कुहिगन्धे नियम मान्दै दक्षिण एसियाका शिल्पी र सिर्जनशील समुदायमाथि छोइछिटो र अत्याचार गरिरहनुभएको छ। थरैका आधारमा पहिचान गरि छोइछिटो र अपमान हुने भएकाले त्यस्तो सहन नसकेर/ नचाहेर उनीहरूले पहिला प्रयोग गरिएका थरहरू प्रयोग गर्न छाडेका हुन्। फेरि, व्यक्तिले आफ्नो नाम/थर के राख्ने, कसैलाई भन्ने उस/उनको नित्तान्त निजी कुरा हो। सार्वभौम हक हो। जातीय विभेद सहन नसकेर शिल्पी समुदायका व्यक्तिले आज होइन, ५०-६० वर्षअघि देखि नै थर बदल्न चाहेका/खोजेका हुन्।

    त्यतिखेर कतिले आफ्नो थर ‘नेपाली’ लेखे। किनकि नेपालभित्रका हामी सबै नेपाली हौं। तर जातको सोधखोज गर्ने समाजले बिस्तारै ‘नेपाली’ थर लेख्नेलाई सिधै अछुत बुझ्न थाल्यो। जातिवादी मल भरिएको चेतनाले ‘नेपाली पहिचान’को समेत हुर्मत लियो। पुराणमा उल्लेख भएका कतिपय पात्रहरूका नाम राख्दा विभेद हुन्न भन्ने ठानेर कालिगढ समुदायका कतिपयले आफ्नो थर विश्वकर्मा र राखे। तराईमा अबहेलनामा परेकाहरूले “राम” थर राखे। पुराणपात्र रामबारे प्राय: सबै नेपाली र भारतीयलाई थाहै होला। विश्वकर्मा नामका पौराणिक पात्र कालिगढीका आदीदेवता मानिन्छन् सनातन हिन्दू मतमा। तर राम र विश्वकर्माजस्ता पुराणपात्रहरूलाई थरका रूपमा प्रयोग गर्दा पनि अपमान रोकिएन। त्यसपछि कतिले त थर नै राख्न छाडे। कतिले उपनाम राखे। के पो गरेनन्?। विभेदलाई पचाउनै गार्‍हो भएपछि, थरकै आधारमा शहरबजारमा डेरा र सम्मान दुबै नपाइने भएपछि दलनमा परेका व्यक्तिहरूले कथित उच्चजातीय वोधक थरहरू: उपाध्याय, पण्डित र शर्मा आदिसमेत राख्न थालेका छन्। अपमान र तिरस्कार सहनुभन्दा कमसेकम थरको कृतिम बर्को ओडेका छन्।

    ४. तर थर लुकाएर सरकारी जागिरहरूमा आरक्षणको लाभ किन लिने?

    प्रतिउत्तर :
    अहिले पनि जति नै आरक्षणको रटान लगाइए पनि व्यवहारमा हिजैदेखि राज्यसत्तामा छेलोखेलो गरेकै जाति र सन्तान प्रशासनमा पुग्न सजिलो छ। किनभने शिक्षितदीक्षित उनीहरू नै छन्। घरमा खान दुई गेडो अन्न नहुने र टेक्न एक टुक्रो जमिन नपुग्नेहरूले आरक्षणको कोटा समातेर कहिले तपाईंको राज्यको समृद्धिको वैतरणी कसरी तर्ने? आज एकाध ठाउँमा सरकारी जागिर दमाई-कामीका भागमा पर्‍यो भन्दैमा उनीहरूले कथित ठूला जातीय समुदायसँग “म फलानो दमाई-कामी हुँ । विष्ट, मैले तपाईंको राज्यको जागिर खाइदिएर ठूलो गल्ति गरें” भनेर बिन्ती बिसाउनुपर्ने? आफ्नो थरमात्र होईन, राज्यको वैधानिक निकायले सोध्दाबाहेक अन्य जुनसुकै अवस्थामा आफ्नो नामथर, ठेगाना र यतिसम्म कि लैङ्गिक पहिचानसमेत नखुलाउने अधिकार छ। मान्छे सार्वभौम र स्वतन्त्र प्राणी हो, अरूको सम्मानपूर्वक बाँच्ने हक हनन नगरी आफ्नो मर्जी गर्ने छुट सबैलाई छ।

    twitter: @prakashaasthaa

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.