Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » उदेकलाग्दो तर्क: दलित शब्द फालौं

उदेकलाग्दो तर्क: दलित शब्द फालौं

अहिले पनि जति नै आरक्षणको रटान लगाइए पनि व्यवहारमा हिजैदेखि राज्यसत्तामा छेलोखेलो गरेकै जाति र सन्तान प्रशासनमा पुग्न सजिलो छ। किनभने शिक्षितदीक्षित उनीहरू नै छन्। घरमा खान दुई गेडो अन्न नहुने र टेक्न एक टुक्रो जमिन नपुग्नेहरूले आरक्षणको कोटा समातेर कहिले तपाईंको राज्यको समृद्धिको वैतरणी कसरी तर्ने?

प्रकाश अजात by प्रकाश अजात
December 22, 2021
- यो हप्ता, सामयिक
A A
1.7k
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश अजात। आम मान्छे हातमुख जोड्ने सवालमै अल्झिरहेका हुन्छन् भने अभिजातवर्गका मान्छेहरू सुखका अनेक सुख र एड्भेन्चरको प्राप्तिमा जुटिरहेका हुन्छन्। यता, मध्यम वर्गका मान्छेहरू आफ्नो स्थापित सुख जोगाउँदै थप प्राप्तिको प्रयत्नमा जुट्छन्। यसो हुँदा यी तीनै वर्गका मान्छेहरू हत्तपत्त विभेदको विज्ञान बुझ्दैनन्, बरू त्यसकै हिस्सेदार बनिरहेका हुन्छन्। उनीहरू यदाकदा भावनामा बगेर “विभेद हुनुहुँद‌ैन” भन्लान् तर विभेदको रुटकज (जड कारण) बुझ्दैनन्। विभेदबारे आम मान्छेका खासगरी दलितबारे हाम्रो समाजका बुझाई वा आग्रह पृथक-पृथक छन्। जुन जाजरकोट काण्डको प्रतिक्रियास्वरूप संजालहरूमा प्रकट भएका छन्। यद्यपी ती प्रतिक्रियाहरु बढी जातीयकरण र राजनीतिकरण भएका भनिँदैछन्। तर वास्तविकता के हो भने नेपाली समाज जातीयभेदविरुद्ध सचेत अभ्यास गर्न तयार भइसकेको छैन। त्यसैले आम मान्छेहरू बारबार आफ्ना आग्रह राख्छन् र त्यसले बहस थप अल्मलिन्छ। यहाँ म चार त्यस्ता प्रश्नहरुको छोटो चिरफार प्रस्तुत गर्न चाहन्छु-

१. यो दलित भन्ने शब्द नै खराब छ,यो नै हटाउनुपर्छ। सार्‍है हिनतावोध गराउने शब्द लाग्छ यो। दलित शब्दै हटाएर सबैलाई बराबर बनाउनुपर्छ। 

प्रतिउत्तर :
दलन र उत्पिडन शब्दको अर्थ एउटै हो। समाजको दलन, अर्घेल्याइँ र पेलानमा परेको समुदायलाई दलित भनिएको हो। यो शब्दमा केही समस्या छैन जसरी क्यान्सर शब्दमा खराबी छैन। समाजको होस् या शरीरको, रोग जनाउने कुनै शब्द त चाहियो नि! फेरि शब्दमात्रै हटाएर बराबरी स्थापित हुँदैन। हटाउनु पर्ने त रोग हो। शरीरमा क्यान्सर लागेको मान्छेलाई क्यान्सरको उपचार नै गर्नुपर्छ। बिरामी “निरोगी छ” भनेर डाक्टरले मुखले घोषणा गर्दैमा रोग निको हुन्छ? मानौ, आजैका दिन विश्वभरका डाक्टरले “यो क्यान्सर भन्ने शब्द मन परेन, शब्दका कारण विभेद भयो, यो शब्दलाई आजैबाट मेडिकल डिक्सनरीबाट हटाउनेछौं’ भने अरे! त्यसो गर्दैमा क्यान्सर (अर्वुद रोग) भोलिबाटै जादुको छडीझैं विश्वबाट हट्ला त?

यस्तै, दक्षिण एसियाली हिन्दू समाजमा रहेको यो कहालिलाग्दो उत्पिडनको पनि जरैबाट उपचार गरिनुपर्छ। नाम हटाए त झनै अन्यौल हुन्छ। पीडित भएकालाई उत्पीडित, बहिस्कृत, सिमान्तकृत, अपहेलित, दलित, हरिजन, राम आदिमध्ये कुनै न कुनै पहिचान त चाहिन्छ नै! दलित शब्द नै हटाउँ भन्नुहुन्छ भने यो ‘महिला’ शब्द पनि हटाउँ। सुन्दै दिक्कलाग्दो शब्द, पीडितवोधी शब्द। भयो, अबदेखि महिला र पुरुष नै नभनौं। शब्द हटाउनेवित्तिकै सबै बराबर हुन्छन् भने किन फरक-फरक पहिचानवोधी नाम प्रयोग गर्नु! तर के त्यसो गर्दैमा न्याय स्थापित होला?

२. चिन्न र चिनिनका लागि पनि ‘महिला र पुरुष’ भन्ने शब्द त चाहियो नि! ‘महिला’ शब्द त लैङ्गीक परिचय हो। ‘दलित’ शब्द र ‘महिला’ शब्दको तुलना गलत भयो। 

प्रतिउत्तर:
चिन्ने प्रयोजनकै लागि शब्द बन्ने हो। अत्याचारमा परेकाहरूको सामुहिक परिचय / पहिचान नै “दलित” हो। उत्पिडनमा परेका महिलाहरू त अझ प्रत्येक समाज/घरका महादलित हुन्। भलै, यो अर्को बहसको विषय हो। तपाईं त्यसै भन्नुहुन्छ भने त तपाईंहरूले नामका पछाडी जोड्ने अधिकारी, पोखरेल, पौडेल, उपाध्याय, दिक्षीत, त्रिपाठी, रिमाल, शर्मालगायत तमाम कथित उच्चजात वोध हुने थरहरू पनि हटाउनुस् न! आफूचाहिँ म “फलानो थर”को हुँ भन्ने कृतिम अहंकार पाल्ने, पीडितहरूको सामुहिक पहिचानचाहिँ मन नपर्ने!

RelatedPosts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022
श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

May 10, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

३. आफ्नो थरै त के हटाउनु! हामी उनीहरूजस्तो दलित हौं र? उनीहरू त आफ्नै थरसमेत लुकाउँदै हिँडेका छन्। यस्तो पनि गर्न पाइन्छ?

प्रतिउत्तर:
तपाईंहरूमध्ये कतिले सैयौं सालअघि कथित उच्च जातका शासकहरूले सिर्जना गरेको जात व्यवस्थाको कृतिम अभिमान र अहंकारलाई आज पनि सम्मान ठानिरहनुभएको छ। जंगबहादुर र मनुमहाराजहरूले बनाएका कुहिगन्धे नियम मान्दै दक्षिण एसियाका शिल्पी र सिर्जनशील समुदायमाथि छोइछिटो र अत्याचार गरिरहनुभएको छ। थरैका आधारमा पहिचान गरि छोइछिटो र अपमान हुने भएकाले त्यस्तो सहन नसकेर/ नचाहेर उनीहरूले पहिला प्रयोग गरिएका थरहरू प्रयोग गर्न छाडेका हुन्। फेरि, व्यक्तिले आफ्नो नाम/थर के राख्ने, कसैलाई भन्ने उस/उनको नित्तान्त निजी कुरा हो। सार्वभौम हक हो। जातीय विभेद सहन नसकेर शिल्पी समुदायका व्यक्तिले आज होइन, ५०-६० वर्षअघि देखि नै थर बदल्न चाहेका/खोजेका हुन्।

त्यतिखेर कतिले आफ्नो थर ‘नेपाली’ लेखे। किनकि नेपालभित्रका हामी सबै नेपाली हौं। तर जातको सोधखोज गर्ने समाजले बिस्तारै ‘नेपाली’ थर लेख्नेलाई सिधै अछुत बुझ्न थाल्यो। जातिवादी मल भरिएको चेतनाले ‘नेपाली पहिचान’को समेत हुर्मत लियो। पुराणमा उल्लेख भएका कतिपय पात्रहरूका नाम राख्दा विभेद हुन्न भन्ने ठानेर कालिगढ समुदायका कतिपयले आफ्नो थर विश्वकर्मा र राखे। तराईमा अबहेलनामा परेकाहरूले “राम” थर राखे। पुराणपात्र रामबारे प्राय: सबै नेपाली र भारतीयलाई थाहै होला। विश्वकर्मा नामका पौराणिक पात्र कालिगढीका आदीदेवता मानिन्छन् सनातन हिन्दू मतमा। तर राम र विश्वकर्माजस्ता पुराणपात्रहरूलाई थरका रूपमा प्रयोग गर्दा पनि अपमान रोकिएन। त्यसपछि कतिले त थर नै राख्न छाडे। कतिले उपनाम राखे। के पो गरेनन्?। विभेदलाई पचाउनै गार्‍हो भएपछि, थरकै आधारमा शहरबजारमा डेरा र सम्मान दुबै नपाइने भएपछि दलनमा परेका व्यक्तिहरूले कथित उच्चजातीय वोधक थरहरू: उपाध्याय, पण्डित र शर्मा आदिसमेत राख्न थालेका छन्। अपमान र तिरस्कार सहनुभन्दा कमसेकम थरको कृतिम बर्को ओडेका छन्।

४. तर थर लुकाएर सरकारी जागिरहरूमा आरक्षणको लाभ किन लिने?

प्रतिउत्तर :
अहिले पनि जति नै आरक्षणको रटान लगाइए पनि व्यवहारमा हिजैदेखि राज्यसत्तामा छेलोखेलो गरेकै जाति र सन्तान प्रशासनमा पुग्न सजिलो छ। किनभने शिक्षितदीक्षित उनीहरू नै छन्। घरमा खान दुई गेडो अन्न नहुने र टेक्न एक टुक्रो जमिन नपुग्नेहरूले आरक्षणको कोटा समातेर कहिले तपाईंको राज्यको समृद्धिको वैतरणी कसरी तर्ने? आज एकाध ठाउँमा सरकारी जागिर दमाई-कामीका भागमा पर्‍यो भन्दैमा उनीहरूले कथित ठूला जातीय समुदायसँग “म फलानो दमाई-कामी हुँ । विष्ट, मैले तपाईंको राज्यको जागिर खाइदिएर ठूलो गल्ति गरें” भनेर बिन्ती बिसाउनुपर्ने? आफ्नो थरमात्र होईन, राज्यको वैधानिक निकायले सोध्दाबाहेक अन्य जुनसुकै अवस्थामा आफ्नो नामथर, ठेगाना र यतिसम्म कि लैङ्गिक पहिचानसमेत नखुलाउने अधिकार छ। मान्छे सार्वभौम र स्वतन्त्र प्राणी हो, अरूको सम्मानपूर्वक बाँच्ने हक हनन नगरी आफ्नो मर्जी गर्ने छुट सबैलाई छ।

twitter: @prakashaasthaa

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
प्रकाश अजात

प्रकाश अजात

Related Posts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

by मेनुका बस्नेत
May 3, 2022

सन् १९९० मा न्युयोर्कमा आयोजित एउटा पार्टी सकिएपछि हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनले अभिनेत्री एनाबेला सिओरालाई उनको घरसम्म ड्रप गरिदिए...

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

by nepal_readers
May 1, 2022

-जीवन शर्मा- तपाईँ किसान र मजदुरका गीत गाउँनुहुन्छ। पहिले भन्दा अहिले मजदुरहरूको अवस्था फेरिएको छ त? पहिलेभन्दा अहिले मजदुरको अवस्था...

Recommended

‘स्वास्थ्यमा समस्या छैन, तर संक्रमण पुष्टि’

कपिलवस्तुका दुई जना कोरोना संक्रमित ७ दिनअघि मात्रै भारतबाट लुकिछिपी नेपाल आएको पुष्टी

2 years ago
मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ : दोभान राई

मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ : दोभान राई

1 year ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In