Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोरा जातिले मतलव नगरेका छ वटा नस्लवादी डिजाइनहरु

कुनै सामान तपाईंका लागि बनाइएको भएपनि तपाईंलाई काम नलाग्ने हुन्छन्। कता कता ती तिनीहरुका डिजाइनले तपाईंलाई तिरस्कृत गरिरहेका हुन्छन्।

स्टार्क रेभिङ स्टार्क रेभिङ
साउन २६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुनै सुविधा बारबार प्रयोग गरियो भने मात्र त्यसका कमजोरी थाहा पाइन्छ।  दाहिने हात चलाउनेले कैंची सजिलै चलाउँछ त्यसमा के कमजोरी छ कहिल्यै सोच्दैन। पुरुषहरु भन्दा महिलाहरुलाई प्राय: कार दुर्घटनामा बढी घाउचोट लाग्छ, कारण कारको सुरक्षापेटी महिलाको शरीरको बनावट मैत्री छैनन्। जब हाम्रा लागि कुनै सामान वा सुविधा बनाइएका हुन्छन् ती अरुका लागि कतिको सुविधाजनक र उपयोगी छन् भन्ने बारे  हामीले कहिल्यै प्रश्न गर्दैनौं। यदि कुनै दमन तपाईं माथि परेको छैन तर मुकदर्शक हुनुहुन्छ भने बुझ्नुहोस् तपाईं दमनकारीको पक्षमा उभिनु भएको छ।

    त्यस्ता डिजाइनहरु मध्ये तल ६ वटा उदाहरणहरु दिइएका छन् जुन नपत्याइनेगरी नस्लवादी छन्।

    १. सितलु चस्मा (Sunglasses)

    आमरुपमा सितलु चस्मा नाकको डाँडी उच्चा भएका ककेशियन वा नेपालमा आर्यखसजातिका उपयुक्त हुनेगरी बनेका हुन्छन्। नाक थेप्चा वा डाँडी ठूला भएकाको लागि उपयुक्त हुँदैनन्। यिनीहरुका नाकमा चस्माहरु अड्न सक्दैनन्। एफ्रोपोलिटन आईवियर ब्राण्ड रिफ्रेमले यसको डिजाइनमा परिवर्तन गर्न खोज्दैछ। त्यसले पहिलो लटमा नै ४५ हजार डलर कमाइसक्यो भन्ने सुनिन्छ।

    २. साना चोटपटक हुँदा लगानेइ टेप ( Band-Aids)

    ब्यान्ड एड्सको डिजाइन “छालाको रंग” मा मिल्दो र घाउ लुकाउन सक्ने गरी बनाइएको हुन्छ। हुन त “छाला” वा “मासु” सँग ठ्याक्कै मिल्ने कुनै पनि रङ हुदैनन्। अलिअलि सेतो छालासँग मिल्दाजुल्दा भने हुन्छन्। कालो रङको छालामा सुहाउँदो हुने गरी ब्यान्ड एड्सको डिजाइन किन गरिएन होला ? यो कुरा कहिल्यै हामीले सोचेका छौं।

    ३. नाडीको चालमापक (Heart rate monitors)

    कैयन सुविधाका उपकरणहरुले मुटु(नाडी)को चालसँगै रगतको मात्रा मापन गरेर हामीलाई गुण लगाएका छन्, त्यो अप्टिकल सेन्सरलाई धन्यवाद। मुटुको चाल स्वस्थ मानिसमा ६० देखि १०० सम्म सामान्य नै मानिन्छ। मुटुको चाल नाडीको नशाको  रगत बगाइमा तलमाथि हुने गरिरहँदाको अन्तरालमा आउने आवाज हो। जुनवेला कम रगत बग्छ त्यसबेला मापकको सेन्सरतिर धेरै प्रकाश परिवर्तित हुन्छ जसले चाल नाप्छ। तर धेरै मेलेनिन (जुन कालो छालामा बढी हुन्छ) भएमा हरियो प्रकाश फर्कन बाधा पुर्‍याउँछ। त्यसैले नाडिचाल मापकले चाल राम्ररी पढ्न सक्दैन। यसकारण गाढा रङको छाला भएकाका लागि यो मापक कम उपयुक्त हुन सक्छ।

    ४. श्रृङ्गारका रङहरु (Makeup Shades)

    म फेरि पनि भन्छु, “छालाको जस्तो रङ्ग” भन्ने जस्तो कुनै वस्तु हुँदैन। तर श्रृङ्गारकर्ताले त्यसबारे कमै भन्ने गर्छन्। उनीहरुसँग गोरो छालावालालाई मिल्दोजुल्दो फाउण्डेसन हुन्छन् तर काला व्यक्तिका लागि चाहिने फाउन्डेसन हुँदैनन्। कथंकदाचित भइहाले पनि केही श्रृङ्गार पसलहरुले तिनको भण्डारण गर्न “बिर्सन्छन्”। पत्रकार तान्सी ब्रेशहेयिर्सले कुनै बेला आफुले औषधि पसलमा काम गर्दाका केही अनुभवबारे (र्‍याक्ड भन्ने पत्रिकामा) एउटा लेख लेखेकी छन्। करीव दुई वर्षसम्म कम्तिमा महिनाको दुई पटक म त्यहाँको कामदार बने, म आफुभन्दा माथिकाहरुलाई (अँ तपाईंले सोध्नुभन्दा पहिले भनिदिउँ, हो उनीहरु सबै गोरा थिए) सोधें, किन हाम्रो पसलमा गोराहरु बाहेकका मानिसहरुलाई आवश्यक पर्ने श्रृङ्गार सामाग्रीहरु राखिदैनन्। प्रत्येक पटक मलाई एउटै जवाफ दिइन्थ्यो: ” ती रङ्गका शृङ्गार सामाग्रीहरु राख्दा हामीले पसलमा धेरै चोरीका घटनाहरुको सामना गर्नुपर्‍यो।

    यो भनाइ सपाटरुपमा जातिवादी मान्यतामा आधारित थियो।

    ५. छाला रङको मैन–पेन्सिल

    सन् २०१३ भारतका एक कानुनका विद्यार्थीले देशका ठूलो स्टेसनरी कारखानाविरुद्ध त्यसले उत्पादन गरेको गुलाबी चमक भएको “छाला” नामको क्रेयन सम्बन्धमा मुद्दा दायर गरे। त्यस्ता क्रेयनले बालवालिकालाई नजानिदों किसिमले छाला भनेको सेतो हुनुपर्छ भन्ने सिकाउँदै सेतो जातिको प्रभुत्वलाई बल पुर्‍याउँछ भन्ने उनको तर्क थियो । यसका साथै उनले प्रश्नहरु गरेका थिए ” ती बालवालिकालाई आफ्नो छालाको रङ स्वीकार्य छैन भन्ने बोध भयो भने ती कलिला मस्तिष्कहरुमा कस्तो छाप पर्ला ? के यसले सुन्दरता र गोरोपना प्रवर्धन गर्ने उत्पादनहरु र फिल्महरुले बढावा दिइरेहेको मान्यतालाई नै प्रस्रय दिदैन र”?।

    ६ अटोमेटिक धारो (Automatic Faucets)

    हात थाप्नासाथ पानी आउने धारो र सावुन खस्ने मेसिन इन्फ्रारेड प्रविधिबाट सञ्चालित हुन्छन्। यस प्रविधिले पठाएको देख्न नसकिने प्रकाश हातमा ठोक्किएपछि परावर्तित भइ यन्त्रमा धक्का दिँदा धाराको बटन खुलेर या सावुनको भाँडो खुलेर पानी वा सावुन आउँछ। तर ती सामानहरुलाई सबै प्रकारका छालाहरुमा प्रयोग गरिएको छैन भने गोरा हातहरुबाहेक अन्यकोमा काम नलाग्ने हुन्छन्।

    माथि बताइएका मध्ये कुनै कुरा कसैलाई त्यति महत्वको नलाग्लान्।  कसैलाई लाग्न सक्छ कि त्यो बच्चाले सिक्ने चित्रकलाको रङ न हो। तर यसले त्यस बालकको मनमा “अन्य” रङका मान्छेका लागि यो संसार बनेको होइन भन्ने वातावरण र धारणा प्रगाढ बनाइरहेको हुन्छ। यसरी त कोही पनि हुर्कनु हुँदैन। हामीहरु प्रभुत्वशाली वर्ग जसरी सोच्न सक्दैनौ वा सचेत थिएनौं भनेर यस्ता कुराहरुबाट पछि हट्नु हुँदैन। कुरा के भने बहुसंख्यक जनसंख्याका लागि अवस्थाहरु बढी कठिन बनाउने अवसर हामीले कसैलाई दिनु हुँदैन।

    उपभोग्य वस्तुहरुको डिजाइनकर्ताहरुको समाजमा रहेका भेदभावविरुद्ध लड्न र उत्पादित वस्तुहरु सबैका लागि उपभोग्य हुन सकुन् भन्नेमा महत्वपूर्ण भूमिका हुन्छ। यो भूमिका डिजाइनको दुनियामा धेरैभन्दा धैरै विविधता ल्याउनका लागि आवश्यक त हुन्छ नै, साथसाथै नस्लवाद र लैङ्गिक जस्ता मामलाहरुमा जागरूकता बढाउनमा उत्तिकै महत्वपूर्ण हुन्छ।

    –स्टार्क रेभिङ डट मिडियम डटकम

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      स्टार्क रेभिङ

      स्टार्क रेभिङ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.