Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुजिता भण्डारीको आत्महत्या र स्त्री ‘सतित्व’

"सतित्व" को अवधारणा आफैमा हास्यास्पद धारणा हो। शास्त्रअनुसार महादेवकी पत्नी सती" सँग यो जोडिएको पाइन्छ। पतिलाई गरेको अपहेलना सहन नसकेर यज्ञकुण्डमा हामफाल्ने सतीलाई हामी आदर्श मान्छौँ। तर स्वयम् सतीको महादेवसँग विवाह भएको कथालाई चाहिँ मतलब गर्दैनौँ हामी। सती त विष्णुलाई विहे गरेर दिन भनेर "वाग्दान" भइसकेकी युवती हो।

राम लोहनी राम लोहनी
साउन १०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चितवनकी सुजिता भण्डारी आत्महत्या समाजमा व्याप्त एउटा गलत अवधारणाको परिणाम हो। सुजिता आफ्नै ठूला बाको छोरासँग प्रेम सम्बन्धमा परिछन्। समाचारहरूमा भनिएअनुसार काठमाडौँमा उनीहरू केही समय सँगै पनि बसेछन्। समाचारको सङ्केत के भने उनीहरूबीच शारीरिक सम्बन्ध स्थापित भयो। उनीहरू विवाह गर्न चाहन्थे, तर समाज, कानुन आदिको कारण त्यो सम्भव भएन।

    त्यो कुरा उनीहरूलाई थाहा छ। समाचारले विवाहमा सुजिताको जोड बढी थियो भन्ने कुरालाई हाइलाइट गरेको छ। सुजिताले विवाह नगर्ने भए मर्ने धम्की दिएकोमा केटाले ‘जे सुकै गर’ भन्ने जवाफ दिएकोले निज युवक अहिले आत्महत्या दुरुत्साहन उजुरीमा अनुसन्धानको दायरा रहेछ। उजुरीमा के हुन्छ त्यो पछि नतिजा आउला नै।

    तर समस्या सुजिताले आत्महत्या गर्नु पर्ने कारण किन आयो भन्ने हो। केटाले चाहिँ किन आत्महत्याको बारेमा मतलब गरेनरु एउटा विश्लेषण त केटाहरू युवतीहरूलाई मौका पाएसम्म यौन शोषण गर्छन् भन्ने पनि गर्न सकिएला। कतिपय अवस्थामा त्यो सही हुन पनि सक्छ। तर त्यो पनि किन हुन्छ भन्ने प्रश्न पनि महत्वपूर्ण छ। दाजुभाइका छोराछोरी बीच प्रेम सम्बन्ध बस्नु सामाजिक र कानुनी रूपले गलत त भयो नै। खासमा समाज पर्याप्त खुला नहुँदा यस्तो दुर्घटनाहरू परिरहन्छन्। परिवारबाहिरको सम्पर्कलाई समाजले नियन्त्रण गरिरहेको हुन्छ। उनीहरू आफू पर्याप्त खुल्न र आफूलाई अभिव्यक्त गर्ने मुक्त वातावरण पाउँदैनन्।

    त्यसो हुँदा परिवारभित्रै त्यो उकुसमुकुस विष्फोट हुन पुग्छ कहिलेकाहिँ। कौतुहलताले त्यो सम्बन्ध राजिखुसीबाटै शारीरिक सम्बन्धसम्म पुग्न पनि सक्छ, जसरी सुजिताको पुग्यो। यद्यपि उनीहरूलाई आफ्नो गलत सम्बन्धको बारेमा जानकारी नहुने होइन, हुन्छ। सुजिता र तिनको दाजुलाई पनि थियो, समाचार प्रष्ट बताउँछ। तर विभिन्न कारण उनीहरू त्यसलाई रोक्न सक्दैनन्। किन सुजिताले विवाहमै जोड दिइन् तरु विशुद्ध प्रेमकै कारण मात्र हो तरु निश्चितै होइन। तिनी मर्न चाहन्नथिन्। सामाजिक अपहेलना खपेर पनि बाँच्न चाहन्थिन्।

    मूल समस्या के भने यस्ता घटना घटिसकेपछि समाजले त्यसबाट निकास दिँदैन। त्यसको शिकार चाहिँ प्रायजसो युवती, स्त्रीहरू हुने गर्छन्। किनभने स्त्रीहरूमा समाजले ‘सतित्व’ र ‘पवित्रता’ को अपेक्षा गरेको हुन्छ। सतित्व र पवित्रताको सोझो सम्बन्ध यौन सम्बन्धसँग जोडिदिएको छ समाजले। यसमा धर्मको लेपन पनि छ। पापको लेपन पनि छ। तर यौन सम्बन्धकै आधारमा पुरुषबाट पवित्रताको अपेक्षा समाजले गर्दैन। उनीहरूको पवित्रता भङ्ग हुन्न। पुरुषलाई छुट छ। आलोचना पनि हुन्न। आलोचनाबाट बच्न स्त्रीहरू आत्महत्याको बाटो अपनाउँछन्।

    त्यसैले सबभन्दा पहिलो कुरा यौन सम्बन्धलाई पाप र धर्मको परिभाषाबाट अलग गर्नु आवश्यक छ। यौन सम्बन्ध राख्दैमा सतित्व समाप्त हुने वा अपवित्र हुने भन्ने गलत विश्वासको शिकार हुनबाट मुक्त हुनु जरुरी छ। जबकि उही कारण पुरुष अपवित्र नहुने, महिला त्यसको शिकार हुनु पर्ने कुनै कारण छैन। सुजिताको मनमा पनि कुनै प्रकारले यस प्रकारको धारणा आएको भए यिनी पक्कै पनि आत्महत्याको बाटो समात्दिनथिन् भन्न सकिन्छ।

    ‘सतित्व’ को अवधारणा आफैमा हास्यास्पद धारणा हो। शास्त्रअनुसार महादेवकी पत्नी सतीू सँग यो जोडिएको पाइन्छ। पतिलाई गरेको अपहेलना सहन नसकेर यज्ञकुण्डमा हामफाल्ने सतीलाई हामी आदर्श मान्छौँ। तर स्वयम् सतीको महादेवसँग विवाह भएको कथालाई चाहिँ मतलब गर्दैनौँ हामी। सती त विष्णुलाई विहे गरेर दिन भनेर ‘वाग्दान’ भइसकेकी युवती हो।

    विवाह कर्ममा सबै अनुष्ठान विष्णुसँगै सम्पन्न गरिसकेर कन्यादानको एउटा आइटम मात्र, त्यो पनि झुक्याएर, महादेवसँग भएको हो। अब हाम्रो सामाजिक विश्वासअनुसार त वाग्दान नै काफी होइन र विवाहको लागि? विष्णुसँग वाग्दान भैसकेकी युवती कसरी महादेवकी सती भइन्?

    यस्ता बेकारका कुरालाई जोडजाड पारेर स्थापित गलत सामाजिक विश्वासको भण्डाफोर गर्न सके र यौन सम्बन्धलाई पाप र धर्मजस्तो अमूर्त कुरासँग जोडेर भन्दा सामाजिक नैतिकतासँग जोडेर व्याख्या गर्न थाले सुजिता प्रकरणजस्ता घटनाको समाधान निश्चितै हुन्छ। कुनै कारणवश यौन सम्बन्ध राखे पनि जसरी पुरुषहरू ‘पवित्र’ ठानिन्छन्, त्यसै गरी महिलाहरू पनि मुक्त हुन सक्छन्।

    त्यसैले यौन सम्बन्धको सतित्व एवम् पवित्रता जस्ता अमूर्त विषयसँग कुनै साइनो छैन भन्ने कुरा स्थापित हुनु जरुरी छ। सामाजिक नैतिकताको हकमा बाटो बिराएकाहरूलाई सही बाटोमा हिँड्न पाउने अवसर समाजले समाप्त गरिदिनु हुँदैन। झन् लैङ्गिक विभेद त गर्नै हुन्न। -लोहनीको फेसबुकबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राम लोहनी

      राम लोहनी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.