Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाम विवादमा सर्वोच्चको फैसला : जनप्रतिनिधिलाई के क्षतिपूर्ति?

नेपाल रिडर्स नेपाल रिडर्स
फाल्गुन २३, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा रहेको विवादलाई लिएर गरेको आइतबारको फैसलाले ‘अब के होला’ भन्ने चिन्ता नेकपाका दुबै पक्षमा परेको छ। नेकपाको नामको विषय केबल नामको मात्र विवाद थियो। प्रचण्ड–ओली–माधवहरूको कम्युनिष्ट पार्टी पार्टीबीचको एकताको विषय र ऋषि कट्टेलको नेकपा नामको विषय बिल्कुलै फरक थियो। तर आइतबार सर्वोच्चका न्यायाधिस कुमार रेग्मी र बमकुमार श्रेष्ठले नेकपाको नाम विवादमा गरेको फैसलाले गम्भीर संकटहरू निम्त्याउने देखिएको छ।

    अदालतले फैसला गर्नुपर्ने विषय केबल पार्टीको नामको थियो । यसअघि नेकपा एमाले र माओवादी केन्द्र एकिकृत हुने क्रममा मात्र थिएनन्, एकिकृत भइसकेकै अभ्यास गरेका थिए । नेकपाकै नाममा अनेक अनेकौं संवैधानिक निर्णयहरू भएका थिए र छन्। एकिकृत पार्टीकै रूपमा, ‘नेकपा’कै रूपमा सूर्य चिन्ह लिएर विभिन्न तहमा ४६ जनप्रतिनिधिहरू चुनिएका थिए।

    अस्ति भर्खर संसद ब्युँताउने फैसला गर्दा सर्वोच्चले नेकपालाई चिनेको थियो। सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलाले यो सरकारलाई ‘संविधानको धारा ७६ को १ बा बनेको’ ठहर गरेको थियो । उक्त धारामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ‘पाँच न्यायाधीशको इजलासले एकीकरणपछिको नेकपालाई एउटा दलको मान्यता दिएर केपी ओलीलाई उक्त दलको नेताको हैसियतले ७६ (१) को प्रधानमन्त्री मानेको छ। तर आजको फैसलाले अहिलेको एकिकृत भएर पनि फुट्दै गरेको कम्युनिष्ट पार्टीलाई एकीकरण हुनु अघिको अवस्थामा फर्काइदियो। कुमार रेग्मी र बमबहादुर श्रेष्ठको फैसलाले नेकपालाई एकिकृत भएको अवस्थामा चिनेन । यसो हुँदा यो फैसला आफैंमा त्रुटिपूर्ण देखिन्छ ।

    ऋषिकुमार कट्टेलले नेकपा आफ्नो नाममा रहेको दावीमात्र गरेका थिए । तर अदालतले उनलाई नेकपा नाममात्र दिलाईदिएर पुष्पकमल दाहाल, माधवकुमार नेपाल र खड्गप्रसाद ओलीको नेकपालाई अर्कै नामको पार्टी आयोगमा दर्ता गरेर फेरि फुट्ने या जुट्ने सल्लाह दिन पनि सक्थ्यो। अहिले फुट्दै गरेको ओली–माधव–प्रचण्ड नेतृत्वको पार्टीलाई उसले पूर्ववतः नेकपा एमाले माओवादी केन्द्रमा नपु¥याउन पनि सक्थ्यो ।

    किनकि त्यसो गर्दा नेकपाका नाममा अहिलेसम्म जति पनि काम कारवाही भए, तिनको वैधानिकता संकटमा पर्ने थिएन । सरकारले गराएको चुनाव वा अन्य प्रक्रियामा भाग लिएर नेकपाकै नाममा जनप्रतिनिधि भएकाहरू अब के हुने भन्ने विषय चानचुने विषय होइन। त्यसले अर्को संकट खडा गर्नेछ ।

    उनीहरूले पनि भोलि अदालतको ढोका ढक्ढक्याउलान् ।त्यस्तो अवस्थामा के गर्ने? नेकपा नाम ओली र प्रचण्डका नाममा दर्ता गराउने निर्वाचन आयोगका कर्मचारीहरूलाई त्यस कसुरमा कस्तो दण्ड गर्ने ? अनि जनप्रतिनिधि भएर अहिले काम गरिरहेकाहरू यदि भोलि जनप्रतिनिधि नै नरहने हो भने उनीहरूले कहाँबाट कस्तो क्षतिपुर्ति पाउने? यसर्थ, सर्वोच्चको आजको फैसला अत्यन्त गम्भीर असर पार्ने खालको र त्रुटीपूर्ण छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.