अमेरिकी अधिकारीहरूले चीनलाई कोरोनाभाइरस रोगको प्रकोपको वास्तविकता लुकाइराखेको छ भन्ने आरोप लगाउँदै आएका छन्। तिनिहरुका अनुसार कोभिड–१९ वुहानको प्रयोगशालाबाट विश्वव्यापी रूपमा फैलियो भनेर संकेत गर्न पर्याप्त प्रमाणहरू छन्।
मानौं कि बेइजिङले डब्ल्यूएचओलाई संक्रमणको संक्रामक डिग्रीको बारेमा जानकारी दिएन र मेडिकल सामानको आयात (मास्क, सर्जिकल गाउन, ग्लोभ्स इत्यादि) मा भएको बृद्धि र उनीहरूको निर्यातमा भएको कमीलाई लुकाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार चिनियाँ अधिकारीहरूले कोरोनाभाइरस बिरूद्धको लडाइँको शुरुमा नै ठूलो गल्ती गरे र संक्रमण लुकाउन खोज्ने क्रममा अन्तर्राष्ट्रिय समुदायलाई बहकाए।
चीन विश्वास गर्दछ– अमेरिकाले सत्य लुकाइरहेको छ
चिनियाँ अधिकारीहरूले सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। तिनीहरुले दाबी गर्दैछन् कि महामारीको शुरूदेखि नै चीनले विश्व समुदायलाई संक्रमणको फैलावटको बारेमा खुलस्त र जिम्मेवारपूर्वक जानकारी दिएको थियो। चीनले असंख्य वैज्ञानिक पुष्ट्याँइहरु उल्लेख गरेको छ भने डब्ल्यूएचओले भाइरस कृत्रिम रूपमा सिर्जना नगरिएको बारबार भन्दै आएकोछ।
यस सम्बन्धमा, कम्युनिष्ट पार्टीको आधिकारिक अखबार पिपुल्स डेलीले १० वटा प्रश्नहरू बनाएको छ। जसको जवाफ विश्वले अमेरिकाबाट चाहेको छ।
उक्त प्रकाशनका अनुसार, संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को पहिलो मामला पत्ता लागेको १०० दिन भन्दा बढी भइसकेको छ। जनवरी २० देखि संयुक्त राज्य अमेरिकामा पुष्टि भएका घटनाहरूको संख्या १० लाख नाघेको छ। यसरी पुष्टि भएका मामलामा र मृत्युको संख्यामा संयुक्त राज्य अमेरिका सबभन्दा अघि छ।
जतिजति महामारीको स्थिति झन् झन् खराव हुदैं जान्छ, त्यति त्यति नै अमेरिकी राजनीतिज्ञहरूले गलत जानकारी फैलाउँदै जानेछन् र अरूलाई दोष थोपर्दै जानेछन् – द पिपल डेलीले बताउँछ।
अमेरिकी अधिकारीहरुका यस्ता भनाइगराइले अमेरिकी अधिकारीहरुलाई जिम्मेवारी पञ्छाउने अवसर दिन्छन्। यसका साथसाथै यसले संयुक्त राज्यमा महामारीको रोकथाम र नियन्त्रणमा भइरहेका शंकास्पद अवस्थाहरूलाई पनि पर्दाफास गर्दछ।
अमेरिकी सरकारले दस प्रश्नको उत्तर दिनुपर्दछ। यसले विश्वलाई स्पष्टीकरण दिनु पर्छ– चिनियाँ अखबारले भनेको छ।
१) किन अमेरिकी सरकार आफ्ना स्वास्थ्यकर्मीहरुलाई ब्यापक सुरक्षा प्रदान गर्दैन? किन तथ्य प्रकाशित गर्नेहरुलाई बर्खास्त गरियो?
२) गत सेप्टेम्बर देखि अमेरिकामा मौसमी फ्लुबाट २०,००० को मृत्यु भएको छ , यी विरामीमध्ये कति जनामा परिक्षण (यकिन) नगरिएका नोवल कोरोना भाइरस संक्रमित विरामी थिए?
३) किन वासिङ्टनले गत जुलाईमा फोर्ट डेट्रिक, मेरिल्याण्डमा रहेको आफ्नो जैविक हतियार प्रयोगशाला अचानक बन्द गर्यो ?
४) केही सेनेटरहरुले रोगको खतरालाई बेवास्ता गर्दै शियर अफलोड गरे। किन उनीहरुलाई जवाफदेही ठहर्याइएको छैन?
५) किन अमेरिकाले यो रोग विश्वमहामारी बन्दैछ भनेर जान्दाजान्दै त्यसलाई बेवास्ता गर्यो ?
६) अमेरिकामा पहिलो कोभिड-१९ संक्रमण भयो? किन वासिङ्टन विज्ञहरुलाई त्यो ट्रेस गर्न लगाउदैन?
७) तत्कालिन सोभियत राज्यहरुमा अमेरिकाद्वारा स्थापित जैविक प्रयोगशालाहरुमा कस्ता गोप्य अनुसन्धान हुँदैछन्?
८) जहाजमा सवार हजारौं सैनिकहरुको ज्यान बचाइसके पछि किन ब्रेट क्रोजियरलाई जिम्मेवारीबाट बर्खास्त गरियो?
९) के अमेरिकाले विश्वमहामारी नियन्त्रणका लागि गरिएका आफ्नो टाइम लाइन प्रकाशमा ल्याउछ?
१०) चिनसँगको यात्रा प्रतिबन्ध बाहेक पछिल्ला दुई महिनामा अमेरिकाले के-कस्ता प्रभावकारी उपायहरु अवलम्बन गरेको छ?
प्राव्दा २०२० मइ ४ बाट