Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फलामे अनुशासन र मर्यादामा बसे नेकपा फुट्दैन

ठाकुर गैरे ठाकुर गैरे
मंसिर १०, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाहिर नदेखिए पनि आजका दिनमा नेपाल कम्युनिष्ट पार्टी विभाजित जस्तै अवस्थामा छ। सांगठनिक रूपमा एउटै देखिएपनि पार्टी एउटै रूपमा नचल्ने जुन अवस्था देखिएको छ, यसले जनता, कार्यकर्ता र शुभचिन्तकहरूका बीचमा विभाजनको डरलाग्दो सन्देश प्रवाह भइरहेको छ। हामी नेकपाको एकता चाहिरहेका छौं र त्यो एकता कायम गर्न, त्यसलाई सुदृढ गर्न निरन्तर लागिरहेका छौं। प्रयत्न जारी छ।

    नेपाली समाजलाई वर्गविहिन समाजका रूपमा विकाश गर्न, शोषण, उत्पीडन समग्र रूपले समाप्त गर्न, शोषणरहित, न्यायवादी, समृद्ध र सामाजिक सद्भावसहितको राष्ट्रिय रूपमा एकिकृत समाज बनाउन कम्युनिष्ट पार्टी जन्मेको हो। तल्ला तहको जनताको हित हुने गरी विधी र कानुनी राज्यको विकाश र स्थापना गर्ने सोंचका साथ २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हो। नेपालका श्रमजिवी, किसान, मजदुर, सर्वहारा र गरिखाने वर्गको हितको निम्ति यो पार्टी जन्मेको हो। यसले देशमा विभिन्न समयमा जनताको पक्षमा आन्दोलनहरू संचालन गर्दै आएको छ। र, आज कम्युनिष्ट पार्टीको नेतृत्वमा देशमा लोकतान्त्रिक गणतन्त्र र संघीयता स्थापना भएको छ। धर्मनिरिपेक्षता स्थापित गरेको छ। जनताले अनुमोदन गरेको संविधान पाएका छौं। यो संविधान आफैंमा जनताको हितको पक्षमा लेखिएको प्रगतिसिल दस्तावेज हो।

    दुई कम्युनिष्ट पार्टीबीच भएको एकता कुनै व्यक्तिको स्वार्थ, हित र अमुक चाहना पूरा गर्नका लागि भएको होइन। तत्कालिन् माओवादीको हेटौंडा महाधिवेशनमा उसले नेपाली समाजका चरित्र र विकाशको प्रक्रियाको बारे तथा ६२–६३ को जनक्रान्तिलाई हेर्ने दृष्टिकोणका बारे एउटा सैद्धान्तिक आधार बनायो।

    नेकपाका संस्थापक नेता पुष्पलालले पंचायतको अन्त्यका लागि संयुक्त संघर्षको सधैं वकालत गर्नुभयो। उहाँले गर्नुभएको संयुक्त संघर्षको आह्वानले २०४६ सालमा आएर मुर्त रूप प्राप्त गर्‍यो। जसका कारण हामीले पंचायत फाल्न सक्यौं। हाम्रो देशमा सशस्त्र युद्धको माध्यमबाट जनताको अधिनायकत्व र जनशासन स्थापना गर्ने प्रयत्न पनि कम्युनिष्ट पार्टीले नै गर्‍यो। शान्तिपूर्ण आन्दोलनको माध्यमबाट निरंकुशतन्त्रको अन्त्य गर्ने र सामान्तवादलाई घुँडा टेकाउने काम पनि भयो। तर, देशमा जनयुद्ध र शान्तिपूर्ण संघर्ष जबसम्म अलग–अलग यात्रा गरे, तबसम्म निरंकुसतन्त्रको अन्त्य हुन सकेन।

    शसस्त्र युद्धको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी, शान्तिपूर्ण रूपमा निरंकुसतन्त्रविरुद्ध लड्ने कम्युनिष्ट पार्टी र अन्य बुर्जुवा शक्तिहरूको समेत सहयोगमा ६२–६३ को क्रान्ति भयो। त्यो क्रान्तिले नेपालमा पूँजीवादी–जनवादी क्रान्ति सम्पन्न गरेको निस्कर्ष निकाल्यौं हामीले। यही निष्कर्षबाट हामीले भन्यौं–पुष्पलालले व्याख्या गर्नुभएको अर्थात् पुरानो कम्युनिष्ट पार्टीले व्याख्या गरेको समाजको चरित्र परिवर्तन भएको छ। सामन्तवादको अन्त्य भएको छ। सामन्तवादी समाज अन्त्य भई नेपाल पूँजीवाद समाजका रूपमा विकास भएको छ भन्ने निस्कर्ष हामीले निकाल्यौं।

    यी दुई कम्युनिष्ट पार्टीबीच भएको एकता कुनै व्यक्तिको स्वार्थ, हित र अमुक चाहना पूरा गर्नका लागि भएको होइन। जनताले यसरी नै बुझे र कार्यकर्ताले पनि। तत्कालिन् माओवादीको हेटौंडा महाधिवेशनमा उसले नेपाली समाजका चरित्र र विकाशको प्रक्रियाको बारे तथा ६२–६३ को जनक्रान्तिलाई हेर्ने दृष्टिकोणका बारे एउटा सैद्धान्तिक आधार बनायो। नेकपा एमालेको तत्कालिन नवौं महाधिवेशनमा पनि हामीले त्यही निस्कर्ष निकाल्यौं कि नेपाली समाज बदलिएको छ। समाजका चरित्र बदलिएका छन्। नेपाली समाज अब पूँजीवादी समाजका रूपमा विकसित भएको छ।

    भिडियो –

    हिजोसम्म नेपाली समाजको मूल बाधक सामन्तवादी राजतन्त्र थियो, अब नेपाली समाजको परिवर्तनको बाधक त्यो सामन्तवाद होइन, बरु दलाल पूँजीवाद हो। हामीले त्यो निस्कर्ष निकाल्यौं। यो साझा निस्कर्ष नै यी दुई ठूला कम्युनिष्ट पार्टीको एकताको मूल आधार बनेको थियो। पछि चुनावमा जाँदा पनि संयुक्त घोषणापत्रसहित साझा उमेद्वार लिएर संघीय संसद र प्रदेशको चुनावमा गयौं। चुनावमा जाँदा हामीले दुई उद्देश्य मूल रूपमा राखेका थियौं। एक, चुनावपछि दुवै कम्युनिष्ट पार्टीलाई एउटै बनाउने। दोस्रो, बहुमतको सरकार स्थापना गर्ने र सरकारका माध्यमबाट मुलुकमा स्थिर सरकार, विधीको शासन र कानुनी राज्यको अवधारणद्धारा विकास र समृद्धी सुनिश्चित गर्ने। यसका लागि एमाले र एमाओवादिका पुरै पार्टीपङ्कति आआफ्ना जिम्मेवारीका साथ परिचालित भए।

    त्यस्तै, संगठनात्मक विषयमा पनि व्यक्तिको प्रधानतालाई अन्त्य गर्ने, व्यक्तिको इच्छाआकङ्छाले  प्राथमिकता पाउने कुरालाई अन्त्य गर्ने, पार्टी भन्दा गुट ठूलो, गुटभन्दा व्यक्ति ठूलो, व्यक्तिका नातापाता र धनदौलतको प्रभावमा संगठनको गतिविधी हुने र नेताहरुको व्यक्तिप्रतिको मुल्यांकनको मूल आधार पनि त्यही बन्ने जुन गलत परम्परा सुरू भएको छ, त्यसलाई सम्पूर्ण रूपमा अन्त्य गर्ने कुरासँग यो सम्बन्धित छ।

    त्यो विषयलाई जनताले अनुमोदन गरे। हाम्रा एजेण्डा जनअनुमोदित भए। तर आज नेकपा एकतावद्ध, सुदृढ, गतिशील र विचारप्रधान हुनेभन्दा झगडातर्फ उन्मुख छ। निषेधपूर्ण झगडातर्फ यो अघि बढ्दैछ। हामीले जनतामाझ गरेका प्रतिवद्धता, घोषणा र जनताले हामीलाई गरेको विश्वासको विरुद्ध हो पार्टी कलह। यस्तो परिस्थितिबाट यो एकतालाई कसरी जोगाउने र पार्टीलाई बलियो बनाएर अघि बढ्नेभन्ने बारे हामीसँग चुनौतीहरु छन्।

    पार्टीका एकताका दुई लक्ष्य र उदेश्यहरू छन् १. बुर्जुवाहरूसँग समेत मिलेर बनाएको संविधानमा हामीले उल्लेख गरेको समाजवाद कसरी हाँसिल गर्ने? त्यतिमात्र होइन, मार्क्सवादी विचारलाई आफ्नो आदर्श मान्ने कम्युनिष्ट पार्टी हुनाका नाताले हामीले भनेको वैज्ञानिक समाजवाद हाँसिल गर्नेतर्फ यो एकतालाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने प्रश्न। २. जनतासँग हामीले चुनावमा घोषणापत्रमार्फत गरेका प्रतिवद्धतालाई यो झण्डै दुई तिहाई बहुमतको सरकारमार्फत पूरा गर्ने र आगामी निर्वाचनमा यो भन्दा विशाल जनमत प्राप्त गर्ने परिस्थितीको निर्माण कसरी गर्न सकिन्छ? यी दुई कुरोसँग पार्टी एकताको भविष्यलाई जोडेर हेर्नुपर्छ। यो भविष्य हेर्ने अब कुनै अमूक नेतृत्वको मात्र होइन, हरेक तहका नेता तथा कार्यकर्ताको जिम्मेवारी हो। हामीले अहिले नेकपाको एकतालाई कायम राख्नुछ ताकी नेपालको उदाहरणीय कम्युनिष्ट आन्दोलन विघटनमा नलागोस्।

    पार्टी एकता बचाइराख्न हामीले केही कुराहरूमा ध्यान दिनु आवश्यक छ १. एकता बचाउने सैद्धान्तिक र वैचारिक ओरियन्टेसन। २. हामीले अवलम्बन गरेको विधी, विधान र संगठन संचालनको पद्धति र सामुहिक नेतृत्वको निर्णय तथा व्यक्तिगत जिम्मेवारीलाई बलियो बनाउने कुरा। ३. पार्टीभित्र रहेका दुई समुह/गुट पक्षबीच बहस पनि जरुरी छ। ४. समाजवादको आधार तयार गर्ने कुरा अर्को विषय हो।

    हालको नेकपाको विवादले क्षति गरिसकेको छ, यसैगरी सरकारको कार्यबाट समेत यस्तो भएको छ। यसो क्षतिपूर्तिका लागि हाम्रा बहसलाई जनतामुखी विकासका आयामहरुबारे तथा दलाल पूँजीलाई कसरी नियन्त्रण गर्ने भन्ने हो तर्फ मोड्नु जरुरी छ।  यो भनेको दलाल अर्थतन्त्रको नियन्त्रण गर्ने कुरा हो। त्यस कुरामा हाम्रो एउटै मत हुनु पनि आवश्यक छ।

    हामीले सरकारको नीति तथा कार्यक्रममार्फत स्थानीय, प्रदेश र संघीय सरकारका कार्यक्रमहरूमार्फत समाजवादउन्मुख कार्यक्रमहरू घोषणा गर्ने, समाजवादको आदर्शअनुरूप त्यसलाई कार्यान्वयन गर्ने र समाजवादको आधार तयार गर्ने दिशामा अघि बढ्नु आवश्यक छ। र, त्यसका लागि पनि आवश्यक पर्ने राष्ट्रिय अर्थतन्त्रको विकाश गर्नु आवश्यक छ। राष्ट्रिय अर्थतन्त्रको विकाशमार्फत हामीले बालबालिका, अपाङ्ग, एकल महिला, वृद्ध तथा गरिबीका रेखामुनि रहेका नागरिकको जिम्मेवारी सरकारले लिनुपर्छ। र, सँगसँगै विकाश कार्यक्रमलाई दिर्घकालिन उदेश्यका साथ अघि बढाउने र यो गर्ने क्रममा आफ्नो वर्गसँगको सम्वद्धता र त्यो वर्गको हितलाई अघि बढाउनु आवश्यक छ। यी विषयहरूमा सिंगो नेकपाभित्र छलफल र बहसमार्फत साझा निस्कर्ष निकाल्नु जरुरी छ। त्यसो भएमा वैचारिक रूपमा पार्टी एक ठाउँमा उभिन्छ र त्यसले समाजवादका उद्देश्यतर्फ हामीलाई गाइड गर्छ।

    जहाँसम्म सडक र सभाहरूमा देखिएका अमर्यादित हर्कतको प्रश्न छ, एउटा असंगठित जमातले सैयौंको संख्यामा गर्ने प्रदर्शनभन्दा एक–दुई जनाले मर्यादा, अनुशासन र विधीमा टेकेर गर्ने बहसको कैयौं गुणा ठूलो शक्ति र सामर्थ्य हुन्छ। अनुशासनलाई मानेकै कारण यहाँसम्म विकाश भएर आएको हो हाम्रो कम्युनिष्ट पार्टी।भूमिगत कालका कठोर अनुशासनकै कारण हामीले पंचायत ढाल्न सक्ने सामर्थ्य आर्जन गरेका हौं। कम्युनिष्ट पार्टीलाई यो तहसम्म ल्याउन सम्भव भएको हो। माओवादी जनयुद्ध कालमा आफूलाई कठोर अनुशासनमा नराखेको हो भने आजको नेतृत्व हामीसँग नहुन पनि सक्थ्यो। यसर्थ, हामीले पार्टीभित्रको समस्यालाई पार्टीभित्रै रहेर, पार्टीको विधीमा रहेर निर्मम बहस गर्नुपर्ने देखिएको छ। सडकमा नारा लगाएर र सडकमा उत्तेजित प्रस्तुती दिएर पार्टी झगडाको समाधान हुँदैन।यसको समाधान स्थायी कमिटी र सचिवालयको बैठक हो।

    त्यसैले, नेपाली विशेषतामा आधारित समाजवाद स्थापनाका लागि हामीले सैद्धान्तिक स्पष्टता कायम गनुपर्नेछ। त्यस्तै, संगठनात्मक विषयमा पनि व्यक्तिको प्रधानतालाई अन्त्य गर्ने, व्यक्तिको इक्षाआकांक्षाले प्रमुख प्राथमिकता पाउने कुरालाई अन्त्य गर्ने, पार्टी भन्दा गुट ठूलो, गुटभन्दा व्यक्ति ठूलो, व्यक्तिका नातापाता र धनदौलतको प्रभावमा संगठनको गतिविधी हुने र नेताहरुको व्यक्तिप्रतिको मुल्यांकनको मूल आधार पनि त्यही बन्ने जुन गलत परम्परा सुरू भएको छ, त्यसलाई सम्पूर्ण रूपमा अन्त्य गर्ने कुरासँग यो सम्बन्धित छ। र, विधी–प्रणालीमा चल्ने र संस्थागत जीवनशैलीमा फर्किने कुरामा हामी गयौं भने नै पार्टी एकता जोगिनेछ। अरु कुनै प्रकारको लेनदेन र सम्झौताले न त यसले लक्ष्य बोक्न सक्छ, न त आफ्नो उदेश्य प्राप्तितर्फ अघि बढ्न सक्छ। न त आजको द्धन्दलाई नै समाधान गर्न सक्छ।

    जहाँसम्म सडक र सभाहरूमा देखिएका अमर्यादित हर्कतको प्रश्न छ, एउटा असंगठित जमातले सैयौंको संख्यामा गर्ने प्रदर्शनभन्दा एक–दुई जनाले मर्यादा, अनुशासन र विधीमा टेकेर गर्ने बहसको कैयौं गुणा ठूलो शक्ति र सामथ्र्य हुन्छ। फलामे अनुशासनलाई मानेकै कारण यहाँसम्म विकाश भएर आएको हो हाम्रो कम्युनिष्ट पार्टी। भूमिगत कालका कठोर अनुशासनकै कारण हामीले पंचायत ढाल्न सक्ने सामथ्र्य आर्जन गरेका हौं। कम्युनिष्ट पार्टीलाई यो तहसम्म ल्याउन सम्भव भएको हो। माओवादी जनयुद्ध कालमा आफूलाई कठोर अनुशासनमा नराखेको हो भने आजको नेतृत्व हामीसँग नहुन पनि सक्थ्यो। यसर्थ, हामीले पार्टीभित्रको समस्यालाई पार्टीभित्रै रहेर, पार्टीको विधीमा रहेर निर्मम बहस गर्नुपर्ने देखिएको छ। सडकमा नारा लगाएर र सडकमा उत्तेजित प्रस्तुती दिएर पार्टी झगडाको समाधान हुँदैन। यसको समाधान स्थायी कमिटी र सचिवालयको बैठक हो।

    कम्युनिष्ट पार्टीभित्रका केन्द्रीय अध्यक्षदेखि पार्टीको साधारण सदस्यसम्म पार्टीले मानेको अनुशासकको दायराभित्र बस्न तयार नहुने हो भने समाजवादी आदर्श प्राप्त गर्ने लक्ष्य त परै जाओस् , पार्टीभित्रको झगडा रोकिने छैन।

    अहिले देशका गाउँगाउँ र टोलटोलमा नगदे भ्रष्टाचार, नीतिगत भ्रष्टाचार तथा जनप्रतिनिधीले जनतालाई दिनुपर्ने सेवाको नेतृत्व गर्ने विषयमा हामीमाथि गम्भीर प्रश्नरू उठेका छन्। अहिले ती सबै विषयहरूले केन्द्रीय सचिवालयभित्र प्रवेश पाएका छन्। पार्टीभित्र र बाहिरका यस्ता गम्भीर मुद्धामा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीभित्र निर्मम छलफल र बहस गरेरमात्रै पार्टीका विवाद टुंगिनेछन्। तीन वर्षे सरकारको कामको मूल्यांकन गर्दै दुई वर्षको पार्टी कामको मूल्यांकन गरी हामीले आगामी दिनमा फेरि अनुशासन तोड्ने छैनौं, कम्युनिष्ट मूल्य, माक्र्सवादी–लेनिनवादी मार्गदर्शक सिद्धान्तबाट च्युत भएर अघि बढ्नेछैनौ भनेर प्रतिवद्धता गर्नुपर्ने बेला आएको छ। कम्युनिष्ट पार्टीभित्रका केन्द्रीय अध्यक्षदेखि पार्टीको साधारण सदस्यसम्म पार्टीले मानेको अनुशासकको दायराभित्र बस्न तयार नहुने हो भने समाजवादी आदर्श प्राप्त गर्ने लक्ष्य त परै जाओस्, पार्टीभित्रको झगडा रोकिने छैन। झन् विग्रहको दिशामा अघि बढ्नेछ। नीतिप्रधान हुँदै ‘हामी कुनै कमिटीभन्दा माथि छैनौं, हामी पार्टी मातहतका मान्छे हौं’ भन्ने सोंच राखेर अघि बढ्ने हो भने पार्टीका अहिलेका मात्र, भोलि आइपर्ने समस्यासँग सहज ढंगले लड्न सकिनेछ।

    भिडियो –

    (नेकपा केन्द्रिय सदस्यसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ठाकुर गैरे

      ठाकुर गैरे

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.