आज हङकङको राष्ट्रिय सम्प्रभुता अवमूल्यन गर्न धेरै समय र उर्जा लगानी गरिसकेका “रङ्गिन क्रान्ति”का लेखकहरूमा चरम निरासा देखिदैँछ। तिनीहरुका बसर अल असद र राष्ट्रपति मदुरोलाई अपदस्थ गर्ने योजनाहरू मात्र असफल भएनन्, ती भन्दा ज्यादै सरल चीनका जातीय अल्पसंख्यकहरू (उदाहरणका लागि उइगुर र तिब्बती बौद्धहरू) माझ देश टुक्रयाउने आन्दोलनहरू उठाउने कार्यमासमेत दयनीय असफलता देखिएकोछ। यी असफलताका कारणहरू सरल छन्।
मानव क्रियाकलापको कल्पना गर्न सकिने तहसम्म सञ्चालन गरिने एउटा ब्यापक र रचनात्मक अन्तरराष्ट्रिय कार्यक्रम बनाउन चिनले बढ्दो संख्यामा विभिन्न राष्ट्रहरूसँग सम्बन्ध बिस्तार गरिरहेकोछ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बि आर आई) लाई उदाहरण लिउँ न। यो कार्यक्रम थालनीको ६ वर्षभित्र अधिकाङ्श भरौटे लेखकहरूले अति काल्पनिक भनी उडाइएको सोचको साथ माथि उठेर आज विश्व विकासको प्राथमिक शक्ति बनेकोछ। अपरिवर्तनीय नहुनेगरी निर्देशित नभई बि आर आई स्पष्ट परिभाषित बरू परिवर्तनका (सुधार) लागि खुला छ जसले गर्दा टेक्नोक्रयाटहरू हतास र असुरक्षित महसुस गरिरहेकाछन्। उनीहरू यस्तो किन पनि महसुस गरिरहेकाछन् भने यो (बि आर आई) सूत्रहरूबाट प्रभावित हुने खालको छैन जबकी यसका प्रभावहरूले सबै मानिसहरूको जीवनमा सुधार ल्याउन सक्छ भनी यसबाट प्रभावित मुलुक र समुदायहरूमा आसा र भरोसाको सञ्चार गरेको छ। यति मात्र होइन बरु यस्ता सुधारलाई प्रेरित गर्ने सरकार यी अल्पसंख्यकहरूलाई (टेक्नोक्रयाटहरूले) घोकाइएको जस्तो त्रास र घृणा गरिने सरकार र देशहरू होइनन्, भन्ने पनि सिकाएको छ।
यो रचनात्मक शक्तिलाई रहस्यमय बनाउनु हुँदैन किनभने “विन–विन” सिध्दान्त अनुसार सहकार्य गर्ने यसको सिद्धान्त छ। यो होबेसियन विश्व दृष्टिकोण (थोमस होब्बस् प्रतिपादित) जस्तो होइन, किनभने होबेसियन ‘कसैका लागि हाता लाग्यो शून्य‘ भू–राजनैतिक (Zero sum geopolitics) विश्व दृष्टिकोणले विश्वलाई आणविक युद्धको र आर्थिक विध्वंशको संघारमा पुर्याएको छ।
हङकङ मामिला र बि आर आई
हङकङ (जो पहिले बेलायती उपनिवेस थियो) को मामिलामा, पहिले देखि जरा गाडेर बसेका एङ्लो–अमेरिकी जासुसहरू र बैङ्किङ समूहको गिरोहहरूले अझै पनि संक्रमित गरिरहन सक्रिय छ। हङकङले बि आर आई प्रति प्रतिबद्धता सन् २०१६ मै जाहेर गरेको हो जुनबेला बिआरआईको पहिलो शिर्ष सम्मेलन भएको थियो जो पछि गएर बार्षिक कार्यक्रम बन्न गयो।
सन् २०१७ सम्ममा हङकङकी प्रमुख कार्यकारी श्रीमती क्यारी लामले बि आर आई मा आफ्नो क्षेत्रको सहभागिता सुनिश्चित गर्न आफूमा भएको सबै शक्ति लगाउने घोषणा गरिन्— “मकाउ–ग्वाङडाओ–हङकङ बृहत्तर खाडी क्षेत्र” आर्थिक क्षेत्रलाई मध्यनजर गर्दै, जसभित्र एकिकृत चीन नीति अन्तरगत दुईवटा स्वतन्त्र प्रशासनिक क्षेत्रहरू पर्दछन्। सन् १९९९ मा चीनमा हङकङ फिर्ता हुनु अगाडि मकाउ पोर्तुगालको उपनिवेस थियो। सन् २०१६ पछि भएका दर्जनौं शिर्ष सम्मेलनका क्रममा क्यारी लामले त्यस क्षेत्रका वित्तीय सेवाहरू, कानुनी र बन्दोबस्ती सामर्थ्यलेले बि आर आई मा अमूल्य सहयोग पुर्याउन सक्छन् भने त्यहाँका बन्दरगाहहरू समुद्री रेशम मार्गका महत्वपूर्ण सन्धिस्थल बन्न सक्छन् भनेर स्पष्ट पारिन्। यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पूर्व र पश्चिमलाई आत्मियताका साथ जोड्ने हङकङको विशिष्ट सांस्कृतिक चरित्र हो। तर यसलाई स्यामुअल पि हटिङ्टन र सर बर्नाड लिविस जस्ता भूराजनीतिक विचारकहरूले न्वारानदेखि कै बल लगाएर विरोध गर्ने गर्दछन्।
जब श्रीमती लामले यो नीतिको घोषणा गरिन्, अमेरिकाको अगुवाईमा चीन घेर्ने नीति जोखिममा पर्नेछ भनेर जान्दाजान्दै पनि धेरै पहिले देखि पश्चिमा भूराजनीतिक विज्ञहरूको केन्द्रको पकडमा रहेका ठानिएका प्यासिफिक राष्ट्रहरू मलेसिया, दक्षीण कोरिया, फिलिपिन्स र अझ जापानले पनि बि आर आईमा सहभागी हुने चाहना जाहेर गरे।
हङकङमा सन् २०१९ सेप्टेम्बर १०–११ मा सम्पन्न बि आर आई चौथो शिर्ष सम्मेलनमा ब्यापारिक, प्राज्ञिक, वित्तीय र गैह्र सरकारी संंगठनहरूका ५८०० प्रतिनिधिहरू सहभागी भए र, ती सहभागीहरुले बि आर आईमा हङकङको सहभागितालाई गति दिने प्रतिबद्धता ब्यक्त गरे। श्रीमती लामका साथै चिनियाँ सरकारका नेताहरूले उद्घाटन सत्रमा बोल्दै हङकङको भविष्य यस विन–विन सहकार्यमा सहभागी हुनमा छ भन्ने कुरामा जोड दिए।
सि फेङ, (हङकङ विदेश मन्त्रालयका आयुक्त)ले सबैभन्दा कडा शब्दमा हङकङमा दाउपेचहरू खेलिरहेकोबारे पर्दाफास गर्दै विश्वलाई जानकारी दिएका थिए ‘‘विदेशी शक्तिहरुले तथ्यहरूलाई बङ्ग्याउँदै हस्तक्षेप गरिरहेका छन् र सुरक्षा कवच बनेर गलतहरूलाई जोगाई रहेका छन् र उनीहरूलाई उम्कन दिएका छन्। यस्ता कलुषित विचार बोक्नेहरुको निरन्तर हस्तक्षेपको कारण (हङकङमा) हिंसा रोकिने छैन र कानुनको शासन स्थापित हुने छैन”।
जबकी चिनियाँ मनसाय स्पष्ट राखिएको थियो— ब्रिटिस सामाज्यलाई वेवास्ता गरिनु हुँदैनथ्यो।अमेरिकाले त कार्यक्रम पूणरूपले बहिस्कार नै गरेको थियो। तर, ब्रिटिस सामाज्यले कार्यक्रममा सहभागिता जनाएरमात्र होइन कार्यक्रमको मुख्य छलफलको नेतृत्व लिएर दाउपेच खेल्ने मामिलामा आफ्नो चतुर्याइँ पुन प्रमाणीत गरेको छ।
साम्राज्यले कुवा नै विषाक्त बनाएको छ
धेरै प्रस्तुतिहरूमध्ये धेरै सहभागिता जनाइएको प्यानल छलफल चरचराइरहने घाउ नै भयो। बि आर आई पहलका भूराजनीतिक जोखिमहरू विषयक उक्त छलफलमा नाटोका पूर्व युरोपका लागि सर्बोच्च कमाण्डर सर रिचार्ड शिरेफद्वारा नेतृत्व गरिएका अक्सफर्ड तालिमप्राप्त वक्ताहरू थिए र त्यसको टिप्पणीकार हङकङ स्टक एक्स्चेन्जको सुनुवाई समिति, विश्व बि आर आई मञ्चका अध्यक्ष, र “ब्रिटिस सामाज्य” का सम्मानित सदस्य एन्ड्रयु वेइर थिए। अक्सफर्ड तालिमप्राप्त अन्य वक्ताहरूमा “जोखिम मुल्याङ्कन विज्ञ”, पिटर बुर्नेट (स्ट्याण्डर्ड चार्टर बैङ्कका प्रमुख कार्यकारी, गु बि एस का पूर्व प्रमुख र हङकङ बैङ्क संघको हङकङ बि आर आई समितिका अध्यक्ष) र एम बि फिनान्सियल सेक्युरिटिजका प्रमुख कार्यकारी माइकल ब्यारो थिए।
यो प्यानल आफैंमा चाखलाग्दो भयो किनभने यसले हाल कमजोर हायलकायल र डरलाग्दो बनेको ब्रिटिस सरकारका छलकपटलाई सर्वाङ्ग नाङ्गो पारिदियो। ब्रिटिस साम्राज्य बिआरआईको “सञ्चालन पद्दति” पुन परिभाषित गर्दै यसका रचनात्मक परिवर्तन गर्ने पक्षहरूको नास गरेर राष्ट्रपति सि को बृहत योजनाको अवमूल्यन गर्न चाहन्थ्यो भन्ने कुरालाई स्पष्ट पारिदियो।
एकातिर तिनीहरुले बि आर आई का अकाट्य सकारात्मक प्रभावहरूलाई स्वीकार गरे तर यसपछि विज्ञ समूहबाट सहमति जुटाउने विधि अपनाएजस्तो गरी ती प्यानलिस्टहरूले तुरन्तै उक्त आयोजनाले विश्व ब्यवस्थामा कति “जोखिम” सिर्जना गरेको छ भन्ने तर्फ स्रोताहरूको ध्यान आकृष्ट गर्ने कोशिस गरे। सर रिचार्डले त यति सम्म गरे कि उनले चिनलाई “अफ्रिकी नेताहरूलाई आत्मसमर्पण गर्न आह्वान गर्ने नयाँ रोमन साम्राज्य” सम्म भने। यिनका कुरामा हो मा हो मिलाउँदै माइकल ब्यारोले चिनको “जोखिम विश्लेषणको विज्ञान” सम्बन्धी अज्ञानताले गर्दा आफ्नो चाहना विपरित आफ्नै जीवनमा आइरहेका परिवर्तनले गर्दा जनताहरूको आक्रोस बिष्फोट भइरहेकोछ र त्यसले मोजाम्बिक जस्ता देशहरूमा “मुस्लिम अतिवाद बढेको छ” भन्नेसम्म धृष्टता गरे।
बि आर आईप्रति तिनीहरुको कृपादृष्टि
यी “जोखिम विश्लेषण विज्ञहरू” यदि बाँध, रेलमार्ग वा कुनै औद्योगिक हब जस्ता कुनै मेगा प्रोजेक्टहरू बनाइन्छ भने तिनका दुष्परिणामहरू सबै पूर्व आंकलन गर्न सकिदैन भनी गुनासो गर्छन्। यो गुनासोको अन्तर्य भनेको केवल साम्राज्यवादीहरू मात्र दुष्परिणामहरूलाई नियन्त्रण गर्नसक्ने दुष्साहसी हुन्छन् भन्नु हो, तर यस्तो गुनासोमा असल जीवन खोजिरहेका राष्ट्रहरूमा भइरहेका परिवर्तनहरू इन्कार गर्दै दैवको जस्तो नियन्त्रणको भावनासहितको चाहना लुकेको हुन्छ। जब–जब एउटा अविकिसत समाजमा वैज्ञानिक र प्राविधिक प्रगति न्यायपूर्वक आरम्भ हुन्छ, त्यो परिवर्तनले उक्त समाजभित्रका र उक्त समाजका बाहिरी विश्वसँगका सबै सामाजिक–आर्थिक, राजनीतिक सम्बधहरूलाई रूपान्तरण गरिदिन्छ— र, ठ्याक्कै त्यसबेला यस्ता आरम्भहरुलाई साम्राज्यवादी मुलुकहरुले घृणा गर्छन् र “जोखिम विश्लेषण विज्ञहरू”को आवाजलाई चर्को पार्छन्।
अतः सबै भूराजनीतिज्ञहरू यही दुर्भाग्यपूर्ण निष्कर्षमा पुग्नुपर्छ: सिर्जनात्मकता भनेको दुष्कर्म हो।
बि आर आई लाई उल्ट्याउन यी सबै भूराजनीतिज्ञहरूले के के प्रस्ताव गरे त?
१.चीनले “माथिबाट तल योजना निर्माण’’ को (Top Down Planning)” पद्धति अपनाएर गल्ति गरेको छ । तर सञ्चालन प्रकृयालाई “बजार निर्देशित” मा रुपान्तरण गर्नैपर्छ, तलबाट माथि प्रकृया (bottom up process) ले ग्लोबलाईजेसनलाई समेत अनुकरण गर्छ। यसो भन्नुको तात्पर्य यसले तल्लो तहका चिन्तकहरूलाई उच्चतहमा रहेको जटिलताका पर्दापछाडिका चालवाजहरुको वास्तविक, अदृष्य शक्ति संरचना देखिनबाट जोगाउनु हो)।
२. आयोजना निर्माण अगावै आयोजनाका सबै तहमा सम्पूर्ण जोखिमहरूको ‘‘राष्ट्रहरूलाई हायलकायल बनाउने’’ दृढ पेशाकर्मीहरू भर्ति गरेर मुल्याङ्कन हुनुपर्छ,“। यसतो जोखिम ब्यवस्थापकहरूयुक्त कर्मचारीतन्त्रको भर्ति गर्नुको तात्पर्य बि आर आई को गियरमा बालुवा हाल्नु र यसको बेगलाई धीमा पार्नु हो।
३. सर रिचार्ड र उनको टोलिको भनाइ त यस्तो थियो कि ‘यस प्रकारको सञ्चालन ब्यवस्था निर्माण गरिसके पछि “भ्रष्टाचार” को समाधान गरिसकेका त्यस्ता राष्ट्रहरूमा मात्र चिनले आयोजनाहरू निर्माण गर्नुपर्छ। उनले अमेरिका, क्यानेडा र ब्रिटेनलाई भ्रष्टाचारमुक्त समाजहरूको रूपमा उदाहरण दिए यो कुरा गरेका थिए), र यो सुधारिएको नयाँ बि आर आई ले वातावरणमाथि कम भन्दा कम असर पुर्याउने आयोजनाहरू मात्र बनाउने बिचार गर्नुपर्छ।’ सबै अक्स्फोर्ड प्यानलिष्टहरूले विकेन्द्रिकरण र मौद्रीक नीतिवादी मापदण्डहरूले हालको “सार्वभौमिकता निर्देशित मोडेललाई विस्थापित गर्नुपछ भन्ने विश्वास ब्यक्त गरे।
निश्चय नै, यी तर्कहरूको भित्री मनसाय चिनको बि आर आई पहिले ठानिएको हाल असफल सिद्ध भइरहेको एङ्लो–अमेरिकी बिश्व ब्यवस्थाको साटो ब्रिटेन सञ्चालित नयाँ विश्व ब्यवस्थाको औजार बन्नुपर्छ भन्ने नै हो। यो प्रक्रिया भनेको नयाँ निर्धो व्यक्तिलाई संक्रमण गर्न खोज्दै गरेको भाइरसको सखासम्बन्धी हो।
जोखिम ब्यवस्थापनः समस्याहरू पुनः जगाइएको भूत
यो नयाँ कुतर्क फ्रान्सेली र ब्रिटिस साम्राज्यवादीरूको एउटा टोलीले सन् १९५० र १९६० ताका तयार पारेको “विश्व समस्याहरूको विज्ञान” कै रूपान्तरित रूप बाहेक अरू केही होइन जसभित्र प्रक्रिया विश्लेषण र आधुनिक इकोलोजी (पारिस्थितिक प्रणाली) सिर्जना निहित छ।
यो “विज्ञान” को प्रस्तावना नै नकारात्मक विश्वासमा आधारित छ। यसले मानव समस्याहरूको समाधान गर्न हामीले सिर्जना गरेका सकारात्मक सम्भाब्यताहरुलाई अस्वीकार गर्दै मानवताको भविष्य पूर्वानुमान गर्न सकिन्छ भन्छ। मानव जीवनको यो चालक सिद्धान्तलाई अस्वीकार गर्ने यस विश्वासले, मानिसले आफ्नो जीवन राम्रो बनाउने प्रयासका क्रममा स्वयंले सिर्जना गरेका असंख्य “समस्याहरू” का श्रृङ्खलाहरूको पहिले नै विश्लेषण गरेर मात्र मानवको भविष्य थाहा पाउन सकिन्छ भन्ने कुरामा अडिग रहन्छ। यस्ता असन्तुलन (कथित रचनात्मक परिवर्तन) निम्त्याउने “समस्याहरू” को पहिचान गरेर यसले असन्तुलन (कथित रचनात्मक परिवर्तन) निम्त्याउछ र ती समस्याहरूलाई पूर्वनिर्धारित दुनियाँमा सजिलै सुल्झ्याउन सकिने दावा गर्दछ। यो सिर्जनात्मकता विरोधी विचार प्रणाली सन् १९९१ मा सोभियत संघको विघटन ताका छापिएको इतिहासको अन्त्यको प्रकाशनका आधार हो।
यो छुटाउन नहुने कुरा हो कि, यस्तो विश्व समस्या उव्जाउनेभित्र “दक्षीण पन्थी” नव परम्परावाद (“right wing” neo conservatism“) मात्र छैन, यसमा “नव–वामपन्थी” पर्यावरणीय आन्दोलनको जडहरु पनि छन्, जसका प्रमुख आधारहरू मध्ये सर अलेक्जेण्डर किङ पनि हुन् जसले सन् १९६९ ताका क्लब रोम र प्रणाली विश्लेषणको आंशिक विज्ञानद्वारा निर्देशित नयाँ हरित टेक्नोक्रयासी स्थापना गर्दै हिड्थे। र यो आन्दोलन वातावरण सफा बनाउनु भन्दा जनसंख्या विस्थापन गराउनुमा बढी केन्द्रित थियो। यो प्रणाली विश्लेषणबारेमा एक अमेरिकी अर्थशास्त्री लिण्डन लरेन्सले आफ्नो सिस्टम एनालिसिस व्हाइट कलर जेनोसाइड शिर्षकको एक रिपोर्टमा रोमाञ्चक खण्डन गरेका थिए।
अतः यदि तपाईं सिर्जनालाई अस्वीकार गर्नेे दुनियाँको पक्षमा हुनुहुन्छ भने जोखिम ब्यवस्थापनको नयाँ कर्मचारीतन्त्र नै अबको बाटो हो। त्यसको साटो यदि तपाईं मानवजातिको सदस्य हुनुहुन्छ र हामी यो भन्दा राम्रो अवस्थाको निम्ति जन्मिएका हौं भनी विश्वास गर्नुहुन्छ भने तपाईंले बेल्ट एण्ड रोड इनिसिएटिभको प्रशंशा गर्न सक्नुहुन्छ, त्यसमा हङकङको सहभागितालाई स्वागत गर्न सक्नुहुन्छ र तपाईंको राष्ट्र हालसम्म त्यसमा सहभागी भएको छैन भने अपेक्षा गर्नुहोस्– त्यो अब चाँडै सहभागी हुनेछ।
यसका लेखक पत्रकार, प्राध्यापक तथा क्यानेडियन प्याट्रिओट रिभ्यूका संस्थापक हुन्।(स्ट्रयाटेजिक कल्चर रिभ्यूबाट साभार तथा दामोदर उपाध्यायबाट भावानुवाद।)