Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

माधव नेपालको बढेको कद

ओली कसरी कमजोर हुँदै छन्, त्यो प्रमाण आफैँ बोलिरहेको छ । सत्ताबाट बर्खास्त हुँदै गर्दा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अरू १० भाइ गुमाएका छन् । वैशाख २९ गते संसदमा विश्वासको मत लिँदै गर्दा ओलीले ९३ मत पाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमाले सांसदहरू ८३ मात्र भएका छन् ।

nepal_readers nepal_readers
साउन ७, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -डा. सुरेश आचार्य-

    लेखक सुरेश आचार्य

    नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिमा माधवकुमार नेपाल निकै कमजोर र निरीह भएको ठान्नेहरू एमालेको ओली वृत्तमा मात्र होइन, नेपाली राजनीतिको आँकलन गर्नेहरूमा पनि पाइन्छन्। एमालेमा केपी शर्मा ओलीको वर्चस्व छ र माधव नेपाल अब त्यहाँ अटाउन सक्दैनन् भन्ने पनि अनुमान गरिँदै छ।

    माधव नेपालको अनुपस्थितिमा भएका हरेकजसो बैठकमा माधव नेपाल र उनका समर्थकमाथि कारबाही गरेर आफू बलियो भएको देखाउन खोजे । तर आजसम्म उनको कारबाही कामयाव भएन । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ भाइलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएका छन् र फेरि पनि उनी असफल भए भने कुनै आश्चर्य हुने छैन ।

    एमाले अध्यक्ष केपी ओलीमा अरूलाई हप्काएर, तर्साएर र दच्काएर आफू बलियो ठान्ने प्रवृत्ति छ । उनले बालुवाटार छाडेर बालकोटको बार्दलीमा उभिँदै गर्दा माधव नेपाललाई गद्दारको विभूषण दिए र माधव नेपालबाहेक आत्मालोचना गर्ने अरूलाई पार्टीमा ठाउँ रहेको बताए । प्रधानमन्त्री देउवालाई माधव पक्षले विश्वासको मत दिएपछि फेरि ओलीको यही बर्बराहट दोहोरियो । सरकार असफल हुनुमा ओली अहिले पनि आफू कारण भएको मान्न तयार छैनन् । उनको बुझाइमा एमालेभित्रको जनवादी केन्द्रीयता सायद अध्यक्षको आदेश र उर्दी हो ।

    ओली आजबाट कमजोर भएका होइनन्, उनको आक्रोश जति बढ्दै जान्छ, उनी त्यति कमजोर भएको प्रमाण हो । आफ्नो कमजोरी लुकाउने प्रयत्नस्वरूप आक्रोश प्रकट गर्छन् । कमजोर भएपछि ठूलो डाँको गरेर जित्ने स्वभाव र चरित्र पछिल्ला दिनमा अझै धेरै बढेको छ ।

    जब मानिस इमान्दार हुन छाड्छ, सबैभन्दा बढी इमान्दारीको गफ उसैले हाँँक्न थाल्छ । ओलीलाई थाहा छ, एमाले ‘जनताको अपार समर्थन र साथ भएको पार्टी’ हो । तर सरकारमा हुँदा प्रतिपक्षमाथि ‘अरिङ्गालझैँ खनिन’ निर्देश गर्ने ओली अहिले सरकार पक्षको ‘सचेत र सशक्त प्रतिवाद गर्न’ निर्देशन जारी गर्दै छन् । बलियो भए अरूप्रति आक्रामक हुन जरुरी हुन्छ र ? एमालेको यो हविगत मैले आफ्नै हठ र दम्भका कारण भएको हो भन्ने ओलीलाई राम्रोसँग थाहा छ । तर त्यो सत्य स्थापित हुन नदिनु नै ओलीको अहिलेको पहिलो र अन्तिम प्रयत्न हो ।

    ओली कसरी कमजोर हुँदै छन्, त्यो प्रमाण आफैँ बोलिरहेको छ । सत्ताबाट बर्खास्त हुँदै गर्दा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अरू १० भाइ गुमाएका छन् । वैशाख २९ गते संसदमा विश्वासको मत लिँदै गर्दा ओलीले ९३ मत पाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमाले सांसदहरू ८३ मात्र भएका छन् । ओलीलाई छाड्ने १० मध्ये एकजना मतदानमा सहभागी भएनन् भने नौ जनाले देउवालाई विश्वासको मत दिएका छन् । पार्टीमा कारबाहीको त्रास देखाएर बलियो भएको छु भन्ने भ्रम पाल्दै गर्दा ओलीलाई यो अर्काे धक्का लागेको छ ।

    ओलीले राहत अनुभव गर्ने एउटा कारण कार्यदलमा रहेका माधव पक्षका सांसदले शेरबहादुरका पक्षमा मत दिएनन् । तर उनले उर्दी जारी गरे जस्तो मतदानमा सहभागी पनि भएनन् । ओलीलाई टेढो आँखाले पनि हेर्न नचाहने भीम रावल यतिबेला माधव नेपालसँग टाढिएका छन् । ओलीले बालकोटको बार्दलीमा बसेर सन्तोषको सास फेर्ने यो झिनो आधार पाएको ठान्न सक्छन् । तर त्यही भीम रावल आफ्नो बन्दै गरेको उत्तराधिकार खोस्न आएको हो भन्ने ईश्वर पोखरेल र विष्णु पौडेललाई लाग्दै गर्दा ओलीले फेरि पनि फाइदा भन्दा घाटा नै बढी बेहोर्नुपरेको छ ।

    यद्यपि, भीम रावल कुन नियतले टेढिएका हुन् भन्ने अहिले नै प्रष्ट छैन । प्रवृत्तिगत रूपमा रावल र ओलीका धेरै स्वभाव र चरित्र मिल्छन् र ओलीले ‘स्पेस’ दिँदै गर्दा भीम रावल उनको खास उत्तराधिकारी बने छन् भने आश्चर्य चाहिँ हुने छैन ।

    अहिले देउवालाई मतदान गर्ने २२ सांसदमाथि कारबाही गर्ने निर्णय सुनाइएको छ । त्यसो त पटकपटक कारबाही गर्दै कारबाही फिर्ता गर्नु ओलीको पछिल्लो नियति नै बनेको छ । ओलीले यो मतदानमा सहभागी सांसदमाथि कारबाही गर्न नपाउने व्यवस्था अदालतको फैसलाले गरेको छ ।

    अदालतको फैसलाविरुद्ध कारबाही हुँदै गर्दा उनीहरूको पार्टी सदस्य जान सक्ने मानिएछ भने पनि सांसद पद जादैन । उनीहरू स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा रहने छन् । यसको अर्थ उनीहरूका लागि मन्त्री बन्ने बाटो खुल्ने छ । यद्यपि, ओलीले त्यो निर्णय गरेछन् भने ओली मात्र होइन, उनको सिङ्गो केन्द्रीय समितिले अदालतको मानहानि गरेको ठहरिने छ ।

    संसद पुनस्र्थापना, प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति र विश्वासको मतको प्रकरणमा माधव नेपालले आफ्नो निष्ठालाई कमजोर हुन दिएनन् । पार्टी संरचनाभित्र माधव नेपालका समर्थक कतिमा मुसा प्रवृत्ति देखा पर्ला, त्यो देखिँदै जाने हो तर उनलाई छाड्नेभन्दा समर्थन गर्ने बढ्न सक्छन् भन्ने प्रमाण विश्वासको मतका क्रममा देखापरेको छ । माधव नेपालले ओलीसँगको लडाइँमा प्राप्त गरेको सफलताको सूचीमा उनको राजनीतिक उचाइ पनि जोडिएको छ ।

    माधव नेपाललाई साथ दिँदै सरकारका लागि प्रस्ताव गरेर विश्वासको मत नदिनेहरूका राजनीतिक स्वार्थ आफ्ना ठाउँमा होलान्, तर धारा ७६(५) अनुसारको सरकारलाई विश्वासको मत दिनु एमालेका कम्तीमा २३ भाइको कर्तव्य नै हुन आउँथ्यो । किनकि यो सरकार गठन उनीहरूका कारण मात्र सम्भव भएको थियो । सरकार बनाउन प्रस्ताव गर्नु तर विश्वासको मत नदिनु उनीहरूको राजनीतिक बेइमानी हो, संवैधानिक दायित्वप्रतिको अवज्ञा हो ।

    माधव नेपालले संवैधानिक दायित्व पूरा गरेरै छाडे र उनको यो नैतिक अभियानमा पार्टी एकताका नाममा उभिनुअघि विश्वासको पक्षमा मत दिनु संवैधानिक कर्तव्य हुन्थ्यो । भलै जनता समाजवादी पार्टी ठाकुर समूहका सांसदले मत नदिने अवस्थामा उनीहरू मतदानमा सहभागी भएर मत दिने सम्भावनालाई भने ठाडै इन्कार गर्न सकिँदैन ।

    ओलीले माधवलाई अपमानजनक ढङ्गमा गलहत्याउन खोज्दै गर्दा एमालेमा विभाजन बाहेकको अर्को विकल्प देखिँदैन । तर ओलीको यो प्रयास न पहिलो हो, न अन्तिम नै हुन सक्छ । सबैभन्दा लामो समय एमालेको नेतृत्व लिएका माधव नेपालबिनाको एमाले ओलीको आकाङ्क्षा हो ।

    सरकार पतनका कारक माधव नेपाल हुन् वा ओली स्वयं ? ओलीले संविधानलाई बच्चाको खेलौना नसम्झिएको भए के माधव नेपाल देउवालाई काँध हाल्न पुग्थे होलान् ? के यसको विश्लेषणबिना नै अबको एमाले अगाडि बढ्ने छ ? कार्यदलले दिएका सुझावको मर्म यही हो ? घनश्याम भुसालहरू ओलीको कर्कश आवाजलाई एमालेको प्रतिध्वनि ठानेर माधव नेपालबिनाको एमालेको भविष्य खोज्नेतिर लाग्लान् ?

    विवेकको प्रयोग नगर्नेहरू जो जता पनि लाग्न सक्छन् । अहिले ओली धुन बजिरहँदा एमालेको नयाँ पुस्तालाई लाग्दो हो– ओली बा जिन्दावाद १ तर व्यक्ति हत्याको अभियोगमा ओली जेलमा थुनामा रहेर क्षयरोगसँग लड्दै गर्दा मालेको सङ्गठनका लागि बैङ्कको क्लर्क भएरै सही, माधव नेपाल भूमिगत सङ्गठन गर्दै थिए । मदन भण्डारीको निधनपछि माधव नेपालले नेतृत्व लिएर ‘शोकलाई शक्तिमा’ बदल्दै गर्दा ओलीको मनमा के चल्दै थियो, धेरैलाई अनुमान थिएन ।

    प्रश्न एमाले एक हुनु वा विभाजित हुनु होइन । प्रश्न नैतिक राजनीति गर्नेहरूको अवमूल्यन तथा अपमानको बदला लिने तागत अहिलेको राजनीतिले राख्न सक्छ कि सक्दैन भन्ने हो । कुँडिएको मन लिएर एमाले एक भइरहँदा यसको भविष्य कस्तो हुने छ ? यो अहिले नै अनुमान गर्न सकिने विषय हो । तर राजनीतिक संस्कार नभएकाहरूको राज बढ्दै गयो भने कुनै दल ठूलो वा सानो हुनुले लोकतन्त्रको विकासमा कुनै अर्थ राख्न सक्दैन ।

    (पत्रकारिता विषयका प्राध्यापक आचार्य नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन्।)-कोशीअनलाइनडटकम”बाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.