Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

षड्यन्त्रको सिद्धान्तकारहरुका विरुद्ध षड्यन्त्रकै सिद्धान्त

यदि तपाईं कसैलाई माथ गर्न सक्नु हुन्न भने तिनीहरुका साथ लाग्नुहोस्। यसै हुनाले, तिनीहरुकै भावनामा, अब मैले एक अचूक षडयन्त्रको सिद्धान्तको सूत्रपात गरेको छु: त्यो हो– षड्यन्त्रका सिद्धान्तकारहरुको विरुद्ध षडयन्त्रको सिद्धान्त।

ड्ययाभिड आर हफम्यान ड्ययाभिड आर हफम्यान
अशोज २, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यदि कसैले नियमित रूपमा मीडियालाई अनुसरण गर्ने गरेको छ भने पनि त्यसले उन्लाई साइबर स्पेसमा हावी भइरहेको षड्यन्त्रको सिद्धान्तका बारेमा बुझ्न सहयोग गर्न सक्दैन।

    होफम्यान शब्दकोषअनुसार (मेरो) षड्यन्त्रका सिद्धान्तहरु कुनै प्राज्ञिक उपाधि र शैक्षिक ज्ञान विहिन वा आफुले कुन कुरा बोल्दैछु भन्ने सामान्य हेक्का नराख्ने प्रायसः अज्ञात मानिसहरुले कुनै प्रमाण, कारण, तर्क वा आधारले बाँधिएका र वास्तविकतालाई बुझ्न (स्वीकार्न) कठिनाइ भएका मानिसहरुद्वारा पत्याइने मिथ्या प्रलाप हुन्।

    प्रायजसो, षडयन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरु एकै पङ्क्तिमा कुनै ठूला दमनकारी सरकारको भयानक चालवाजीको खिलाफमा लामबद्ध देखिन्छन्। र ती बीचमा पुगेर यस षडयन्त्रको सिद्धान्तका पैरवीकर्ताहरुलाई आफ्ना सामान बेच्ने र/या भोट, दरभाउ र मुनाफा बढाउने र/या ध्यान आकर्षित गर्ने सजिलो उपाय पाएका छन्। यदि यस्तो नहुँदो हो त ती बेकारका हुन्थे।

    हुन त यी पैरवीकर्ताहरुले आफ्ना अन्धभक्तहरुलाई निकै ठूलो नोक्सानी भइरहेको बुझेका हुन्छन् तर तिनीहरुलाई बाल मतलव हुँदैन। तिनीहरुका तर्क गराइ सजिलो छ:

    “म यी सवै कुराहरु कुनै टेलीभिजन कार्यक्रम, वेबपेज, या पडकास्टमा बताइएका सूचना या सिद्धान्त बुझेर
    गरी/ बताइ रहेको छु। यदि म प्रति कसैको विश्वास छैन भने त्यो मेरो गल्ती होइन।”

    स्वाभाविक रूपमा, माथि भनिए जसरी, षडयन्त्रका सिद्धान्तहरु हरहमेशा तर्क बेगरका हुन्छन्। यसकारण यसलाई अपनाउनु एक मूर्खता हो भन्नेमा म विश्वस्त छु। तर पनि, दुनियाले वर्जित भनेको फल चाख्न म लालायित छु र तलका प्रश्नहरु सहित म कुरालाई अगाडि बढाउँछु।

    षड्यन्त्रका सिद्धान्तकारहरुको एउटा रणनीति भनेको उनीहरुमाथि “शंका गर्नेहरु” सामु कुनै असंगतिपुर्ण कुरा पेस गरेर त्यसलाई प्रमाणित गरेर देखाउ भन्नू हो। तर पनि ती मध्ये कतिजना अरुले कुनै प्रमाण विनै स्वीकार गरेका आरोपहरुमा आफ्नो हात तल परोस् भन्ने चाहना राख्छन् र? वास्तवमा अमेरिकामा लगभग सबै “चुनावी धाँधली” सम्बन्धी मुद्ददाहरु असफल हुने प्रमुख कारण जनअदालतको विपरित अमेरिकी न्यायिक प्रणालीमा धाधलीको आरोप लगाउनेहरु स्वयंले नै धाधली भएका प्रमाण जुटाउनु पर्ने ब्यवस्था छ।

    साथसाथै, यिनीहरु मध्ये कति सिद्धान्तकारहरु आफ्नो मस्तिष्कको अपरेशन गर्नुपरे अनाडि शल्य चिकित्सककहाँ जालान्? तापनि  तिनीहरुले प्रचारित वस्तुहरु ग्रहण गर्न चाहिरहेका हुन्छन् र संभावित जीवन रक्षक औषधिहरु बहिष्कार गर्छन्, किनकि भोटमा ध्यान दिने बनिया, र, ती भन्दा बढी भालुको पित्तबेच्ने सम्मका व्यापारीहरुका प्रचारका कारण त्यस्तो काम तिनीहरुले गर्दै जान्छन्।

    वास्तवमा कुरा तितो लाग्ला तर वारम्बार घट्ने वास्तविकता यस्तै हो, त्यो भनेको कोभिड लागेका धेरैजसो मानिसले के गर्नुपर्छ? उनीहरुले तिनै अस्पतालहरुमा भर्ना हुनुपर्छ, जुन अस्पतालहरुका सुझावहरुमाथि उनीहरुले विश्वास गरेका थिएनन् ।

    यसकारण, तिनीहरु भने जस्तै यदि तपाईं कसैलाई माथ गर्न सक्नु हुन्न भने तिनीहरुका साथ लाग्नुहोस्। यसै हुनाले, तिनीहरुकै भावनामा, अब मैले एक अचूक षडयन्त्रको सिद्धान्तको सूत्रपात गरेको छु: त्यो हो– षड्यन्त्रका सिद्धान्तकारहरुको विरुद्ध षडयन्त्रकै सिद्धान्त।

    यसको सरलतामा नै यो उत्कृष्छ छ। सदियौं पहिला, अर्थशास्त्री थोमस माल्थसले तर्क गरेका थिए– मानव प्रजातिहरुले आफ्नो प्रजनन क्षमता भन्दा बढी सन्तान–उत्पादन गर्छन्, यसकारण जनसंख्या वृद्धिलाई नियन्त्रण गर्नका लागि युद्ध, अकाल, भूकम्प र बीमारी जस्ता घटनाहरु “आवश्यक खरावीहरु” (necessary evils) हुन्।

    हालैमात्र, एक विवादास्पद भौतिकशास्त्री विलियम शक्लेले तर्क दिएका छन् कि मानव प्रजातिहरुको प्रमुख समस्या भनेको मूर्ख व्यक्तिहरुले बुद्धिमान व्यक्तिहरुको तुलनामा अधिक दरमा प्रजनन गर्छन् र समाजमा योगदान पुर्‍याउनुको सट्टा दुर्गन्धित बनाउछन्।

    यसैले मेरो सिद्धान्तले के गर्छ भने यी दुई विद्वानका दुई विचारहरुलाई एक गर्छ:

    यदि कोभिड केवल उनीहरुका विरुद्ध उनीहरुले नै विश्वास गर्ने षड्यन्त्रका सिद्धान्तहरुलाई प्रयोग गरेर मूर्ख मानिसहरुको संख्या घटाउन सरकारले नै तयार पारेको विस्तृत षड्यन्त्र हो भने के होला?

    यस्ता मानिसहरुवाट छुट्कारा पाउन सरकारले उनीहरुलाई यो घातक भाइरस विरुद्ध खोप लगाउन आग्रह गर्नु भन्दा उत्तम उपाय अरु के हुनसक्छ, जवकी जति सरकारले खोप लगाउन आग्रह गर्नेछ उति नै बढी उनीहरुले त्यसलाई अस्वीकार गर्नेछन् भन्ने सरकारलाई थाहा छ। उनीहरुलाई कोभिडले समातोस् भनी निश्चित गर्न उनीहरुलाई मास्क लगाउने जस्ता सावाधानीका उपायहरु अवलम्बन गर्ने सुझाव दिनुभन्दा अरु राम्रो उपाय के हुनसक्छ र।

    जे सुकै भए पनि ट्रम्पपन्थीहरु, श्वेत प्रभुत्ववादीहरु, मास्क विरोधीहरु, खोप विरोधीहरु र खाँटी दक्षिणपन्थी हुल्लडवाजहरुको संख्या कम भएमा संसार जीवन गुजार्नका लागि अझ सुन्दर ठाउँ हुनेछ भनेर तर्क गर्न पनि सकिन्छ नि।

    वास्तवमा षड्यन्त्रका सिद्धान्तकारहरु सरकारका हातका खेलौना बनेका छन् भन्न सकिन्छ। साँच्चै भन्नुपर्दा मैले ट्रम्पलाई जति नै घृणा गर्ने भए पनि ट्रम्पले कोभिडका कारण आफ्ना समर्थकहरु गुमाइरहेको बुझेर, ” हामीलाई मानिसहरु चाहिन्छन्” भन्नुले उनमा केही मात्रामै भए पनि दिमाग छ भन्ने देखाएको छ किनभने चिहान भित्र “सबैभन्दा स्वतन्त्र” मानिस हुनुले उसको भोट हाल्ने क्षमतालाई सिमित गरिदिन्छ।

    के मेरो षड्यन्त्रको सिद्धान्तले अन्धभक्तहरुको जमात (cult following) तयार गर्ला? सम्भवतः गर्दैन। तर यसै कारण यो कमजोरी विहिन बन्दछ । यो सर्वोत्तम सिद्धान्त हो किनभने मानिसहरुले यसमा विश्वास नगर्दा यो फैलन्छ।

    अन्त्यमा, तपाईले  मलाई के तपाईं आफ्नो सिद्धान्तलाई विश्वास गर्नुहुन्छ भनी सोध्न सक्नुहुन्छ। निश्चय नै विश्वास गर्नैपर्ने हुन्छ। तर बहुलठ्ठीपनाको प्रणेता बन्नुको सुन्दरता भनेकै स्वयंले त्यसलाई विश्वास नगर्नु हो। अन्ततोगत्वा के देखियो भने,आफ्नो समुदाय प्रति उदासीनता चाहिने रहेछ र आफ्नो नितान्त निजी फाइदाकालागि अरू को जीन्दगी नर्क तुल्याउने ईच्छा हुनपर्ने रहेछ।

    साभारः १४ सेप्टेम्बर २०२१ को english.pravda.ru बाट अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ड्ययाभिड आर हफम्यान

      ड्ययाभिड आर हफम्यान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.