Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मान्कूर्तः सत्ता र शोषणको नृसंस शिकार

टंक कार्की टंक कार्की
साउन ८, २०७८
- यो हप्ता, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १९८० मा प्रसिद्ध किर्गीज लेखक चिङ्गिज आइतमातोभले एउटा उपन्यास लेखे- शताब्दिभन्दा लामो उ दिन (The Day Lasts Longer than a Hundred Years)। यो कथा आफैमा तुर्क, अल्ताई र किर्गिजसम्म फैलिएको लोककथामा आधारित छ। त्यसभित्र मानकुर्त र उनकी आमा नाइमन आना देखा पर्छन् तिनीहरुको आङ्गै जिरिङ्ग पार्ने दुखान्त कथा! साच्चैको दुर्दान्त कहानी!

    कथा त उ बेलाको हो, उतिपर सरोजेकको कुनै दुरदराजमा मञ्चन भ’को। त्यस यता आकाश र धर्तिमा धेरै परिवर्तन आए। युद्ध र युद्धका औजारमा पनि ठुल्ठुला परिवर्तन आए। तर यसको विस्तारित र परिस्कृत रुप अझै पनि यत्रतत्र दृष्टिगोचर हुन्छ- खासगरी राजनीति र शोषणको स्वरुपलाई नियाल्दा, त्यो पनि अविकसित र पछौटे समाजमा, अहिले पनि यो कथा पटाक्षेप भइसके जस्तो लाग्दैन। लाग्छ, अभिजात वर्ग आफ्नै अवोध कार्यकर्ता, आफ्नै श्रमिकको स्वत्व, पहिचान र न्यायधर्मितालाई आलोचनात्मक चेतलाई उनीहरुको संस्कृतिलाई मेटेर आफ्नो निर्घिणी स्वार्थ्यमा तिनलाई जोती रहेको छ।

    यो कथाको मञ्चन कजाखहरुको भूमिमा भएको हो।

    स्थानीय आदिबासी तुर्कमेनियन जनजाति र घुमन्ते जुआन जुआन जनजाति बीच सरोजेकको क्षेत्रमा प्रभूत्वको विषयलाई लिएर अक्सर भिडन्त भई रहन्थ्यो। एउटा त्यस्तै भिषण भिडन्तमा कजाक जनजातिका केही मानिस युद्धबन्दि बनाइन्छन्।

    तिनमा नाइमन जातको जोलामन नाम गरेको एक हट्टाकट्टा जवान पनि हुन्छ। जोलामन त टुहुरो थियो, बाबु अघिल्लो यस्तै लडाइँमा मारिएको। नाइमन आना नामकी आमा थिइन् र उ र आमा मात्रै बाँकी थिए परिवारमा, जोलामन बडो मातृ वात्सल्यमा हुर्केको।

    जान जुआनहरु आकस्मिक रुपमा तुर्कमेनियन जनजातिको बस्तिभित्र छिर्छन्, भिषण भिडन्त हुन्छ। लडाइँको शिलशिलामा युद्ध बन्दीहरुलाई आफ्नो नियन्त्रण क्षेत्रमा लगेर उनीहरुलाई चरम यातना दिइन्छ। तिनको उद्देश्य चाँही ‘ब्रेनवास’ गरेर तिनलाई बफादार स्थायी कमारो बनाउनु हुन्छ। त्यस्ता ब्रेनवास भई सकेका कमरालाई मान्कुर्त भनिन्थ्यो।

    ब्रेनवास गरिने तरिका त्रासद छ। तिनमा आलोचनात्मक चेतको त कुरै छोडौं, अतित सम्वन्धी आफ्ना समस्त सम्वन्ध र स्मृति तिनको आफ्नो दिमागबाटै उडिसकेको हुन्छ। तिनलाई आफ्नो नाम, नातागोता, ईष्ट मित्र, आफ्नो अतित, केको पनि भुट्टीभाङ्ग सम्झना हुँदैन। अब उ आफ्नो मालिकको इसारामा उनको आदेश हुन पाको हुँदैन, त्यसलाई तामेल गर्न मान्कुर्तहरु कुदी सकेका हुन्छन्। रोवोटिक विल्कुल रोवोटिक। यो उनीहरुमाथि थोपरिएको यन्त्रणाको उपज हो।

    ‘बन्दीको टाउकोमा ‘शिरी’ लाइदिन्थे। सबैभन्दा पहिला तिनलाई पूर्णतः मुडिन्थ्यो, एक्ला रौंलाई जरैदेखि उखेलिन्थ्यो र यति गरिसकेपछि हत्यारा जुआन–जुआनहरू नजिकै बाँधिएको सुत्केरी उँट मार्थे र छाला काड्थे। सबभन्दा पहिला उनीहरू त्यसको भरिलो कल्चौंडोको रौंसमेत छुट्याउथे। त्यसपछि त्यसलाई कैयौं टुक्रा पार्थे र तात्तातै, बन्दीहरूको मुडिएको टाउकोमा तन्काएर टाँस्थे। त्यो एकैपटक स्टिकरमा टाँसिएझैँ टाँसिन्थ्यो, र झण्डैझण्डै आजकाल पौडी खेल्दा लगाउने टोपीजस्तो देखिन्थ्यो।

    त्यसपछि उक्त व्यक्तिलाई जुन यातना दिइन्थ्यो, त्यसलाई सहन नसकेर कि त उ मर्थ्यो कि त अतितका सबै कुरा बिर्सिन्थ्यो। त्यसपछि उ मान्कुर्त अर्थात् आफ्नो विगत जीवन नसम्झिने दास बन्थ्यो।

    शिरी लगाइएपछि प्रत्येक बन्दीलाई नेल ठोकिन्थ्यो र घाँटीमा तुरुङग लगाइन्थ्यो, जसले गर्दा ऊ टाउकोले भूइँ छुन सक्तैनथ्यो। दारुण यातना भोग्न भूइँमा लडाइएका मानिसहरू सारोजेकको घाममा सुकेर धेरैजसो मर्दथे। यसरी यातना दिइएका पाँच छ जनामा एक वा दुई मात्र बाँच्थे।

    ती भोकले मर्दैनथे, न त तिर्खाले मर्थे। ती त ऊँटको काँचो छाला सुक्नाले जुन चाप पर्थ्यो त्यसले गर्दा मर्थे। भतभताउँदो घाममा खङ्ग्रंग सुकेर, ‘शिरी’ले भावी दासको मुडिएको टाउकोलाई बेसरी अँठ्याउथ्यो र तान्थ्यो …। भोलिपल्टदेखि बन्दीहरूको खौरिएका कपाल बढ्न थाल्थ्यो। कतिपय रौं त ऊँटको काँचो छाला छेडेर बाहिर निस्किन्थे तर धेरैजसो भित्र भित्रै गुम्सिएर त्यहीं गुजुल्टो पर्थे। पीडाले बन्दीलाई पागलपनको सीमासम्म, अझ त्यो भन्दा पर पुर्‍याउँथ्यो। पाँचौं दिनपछि मात्र जुआन–जुआन आफ्नो बन्दीहरूमध्ये को जीवित छ, को छैन, हेर्न आउँथे।

    मान्कुर्तले ऊ को हो, कहाँको हो, कुन जातको हो केही जान्दैनथ्यो, उसलाई आफ्नो नाम थाहा हुँदैनथ्यो, आफ्नो बाल्यकाल, बाबुआमा कसैको सम्झना हुन्नथ्यो। संक्षिप्तमा ऊ आफूलाई एक मानिसका रूपमा चिन्न समेत सक्तैनथ्यो।’ कत्रो अत्यास लाग्दो।

    जोलोमन यो यन्त्रणाबाट गुज्रछ।

    छोरो युद्धमा मर्‍यो होला भनेर जोलोमनकी आमाले एकसरो चित्त बुझाकी हुन्छिन्। तर कुनै ठोस सवुत न हुँदा आस पनि मारेकी हुन्नन्। एकदिन कसैले तिनलाई एउटा मान्कुर्त जुआन जानको ऊँटको बथानको गोठालो भएर बसेको र उसलाई आफुले देखेको कुरो सुनाउँछ। आमालाई मरेको आस जाग्यो र ठानिन् कि मेरो छोरो सही सलामत र त्यही नै हुनुपर्छ। र, एक दिन झोली तुम्बी बोकेर छोराको खोजीमा निस्किन्छिन्।

    कैयौं दिनको भोक तिर्खा र हैरानीका बावजुद छोरालाई भेट्छिन् मान्कुर्तकारुपमा उ ऊँट गोठालो भ’र बसेको छ। देउतासित भेट भए जस्तो हुन्छ उनलाई तर छोरोले चिन्दैन। आमा सम्झाउन खोज्छिन्।

    “मलाई चिन्छस्?,’ आमाले सोधिन्। मान्कुर्तले टाउको हल्लायो।

    ‘तलाई यहाँ के भन्दछन्?’

    ‘मान्कुर्त,’ उसले जवाफ दियो।

    ‘यो अहिलेको नाउँ हो। के तलाईं तेरो पुरानो नाउँको सम्झना छ? आफ्नो साँच्चैको नाउँ सम्झने कोसिस गर् त।’ मान्कुर्त मौन रह्यो।”

    ‘तेरो बाबुको नाम के थियो? तँ को होस्? कहाँको बासिन्दा होस्? जन्म कहाँ भएको थियो, थाहा छ?’ आमाले एकै सासमा सोधिन्।

    उसलाई आफ्नो नाम, बाबु आमा, नातागोता, आफ्नो अतित भुट्टीभाङ्ग केही स्मृतिमा आउदैनथ्यो।

    उसलाई लडाइँमा कसरी समातियो, त्यसपछि उसलाई कस्तो यातना दिइयो– आमाले सोधिन्। उसले सम्झिन लाख कोशिस गर्‍यो– अहँ केही सम्झेन।

    नाइमन आनाले आफ्नो छोराको ध्वस्त स्मृतिको ढोका फोड्न पटक–पटक कोसिस गरिन्। सब बेकार। बिचरा आमा हतप्रभ हुन्थिन्।

    ‘मानिसले अरुको जमीन, सम्पत्ति र ज्यानसमेत लिन सक्छ तर मानिसको स्मृतिमाथि हमला गर्ने कुरा कसरी सोच्न सकेको होला ?! , कसरी आँट गरेको होला र ?! उनी आजित भ’र सोच्न पुग्थिन्, ‘म त्यो उँट हुँ जसको बच्चा मरेको छ, र पराल कोचिएको बाच्छाको छाला सुँघ्दै हिँडिरहेको।’

    कुनै कुनै प्रश्नको जवाफ त दार्शनिक जस्तो पनि लाग्ने। आमाले छोरालाई सोधिन्, ‘तँ यहाँ आइपुग्नुअघि के भएको थियो?’

    ‘केही भएको थिएन,’ उसले जवाफ दियो।

    ‘दिन थियो कि रात?’ ‘केही थिएन।’

    ‘तँ कोसित कुरा गर्न चाहन्छस्?

    ‘चन्द्रमासित। तर हामी एक अर्काले बोलेको सुन्दैनौँ, उ त्यहाँ माथि बसिरहेको छ।’ उसले जवाफ दियो।

    ‘जीवनमा केही चाहन्छस् कि?’

    ‘टुप्पी चाहन्छु, मेरो मालिकको जस्तै।’

    आमा छोरा विमर्श गर्दै थिए। ठीक त्यही बेला जालोमनलाई खाना लिएर आउने मान्छे अलिक पर देखा पर्छ। उ स्वयम् भने मान्कुर्तको मालिक, ‘सारोजेकलाई कब्जा गर्ने, अनेकौँ मानिसलाई दासतामा बाँध्ने र उनको परिवारमाथि अकथनीय दुःख खन्याउने शत्रुहरूमध्येको एउटा’ जुआन जुआन थियो। डरका मारे आमा हत्त न पत्त ‘केही नभन्नु है, म फेरि आउनेछु,’ भन्दै लुक्न पुग्छिन्। तर कसो कसो उ भाग्दै गरेकी उनलाई देख्न पुग्छ। उनलाई समात्न भनेर खुव पिछा गर्छ। धन्न उनी बाल बाल जोगिइन्।

    आमाले त्यो रात छोराकहाँ आउदै न आई जंगलमै कतै रात बिताइन्। उता रिसले चुर चुर भ’का जुआन जुआनहरुले भने जालोमन मान्कुर्तलाई पक्रेर ले’र ग’र भकुर्नु सम्म भकुरे। उनले जालोमनलाई केरकार गरे, ‘त्यो आईमाई को हो ?’

    ‘भन्थिन्, उनी मेरी आमा हुन् रे।’ उसको जावाफ हुन्थ्यो।

    ‘उ तेरी आमा होइन। तेरी आमा नै छैन। उ किन आएकी थाहा छ? उ तेरो टोपी खोसेर टाउको बफाउन चाहन्छे।’

    उ डरले भित्र भित्रै थुरथुर भयो। उनीहरुले उकासे– उ फेरि आई भने बाणले सिध्याई दिने भनेर सुर्‍याए।

    आमा आफ्नो छोरालाई हर हालतमा आफुसँग लिएर जान दृढ संकल्पित थिइन्। भोलिपल्ट छोरालाई पुनः खोज्न भनेर निस्किन्, न भन्दै साँझ पाख अलिक पर देखिन् पनि।

    जोलामन, मेरो छोरा’ उनले पुकारिन्।

    मालिक भक्त मान्कुर्तलाई मालिकले सुर्‍याका छँदै ‘थे। उसले ताँदोमा बाण चढायो र उनी तिर सोझ्यायो।

    ‘न हान ! न हान !’ उनी भन्दै थिइन्।

    उसको मारबाट जोगिन आफु चढेको ऊँटलाई अन्यत्र मोड्नु पर्थ्यो तर ‘उनले त्यत्ति गर्न नपाउँदै बाण सुसायो र उनको पाखुरामुनि, देब्रे कोखामा पस्यो।’

    अकल्पनीय मातृ हत्या।

    सायद,आफ्नो मुटु छेडेर ग’को बाण उखेल्न कोशिस गर्दागर्दै उनी भन्दै थिइन् होला, ‘मेरो प्यारो छोरा तँलाई यति निष्ठुर पनि तिनले बनाई छाडे हो गी ?!

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      कृष्ण सुनुवार
      जेष्ठ ७, २०८१

      प्रेम, प्रविधि र मानवता बीचको एउटा जटिल संबन्धलाई सामान्य आसयबाट प्रकट गरिएको सुन्दर प्रेम कथा हो हर। स्पाइक जोन्जे द्वारा...

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      मनोज कुमार रिजाल
      बैशाख २४, २०८१

      हिउँदे प्रभाव कमजोर हुँदै बसन्तको आगमन लमतन्न फैलिँदो छ, सँगै प्रशस्त फुलहरु फुल्न र हरिया मुनाहरु पलाउँन थालेको छ। आम...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      झलक सुवेदी/शिवकुमार पौडेल
      माघ २१, २०८०

      कालो संसदकालको उदयले नेपालमा छाउँदा पालो शासन चल्न गो अधमरो काँग्रेसीले पाउँदा । नेपाली इतिहासमा असजिलो एउटा कुरा लेखियो भैंसालोटनमा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.