Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना कहरमा सरकारको उदासीनता

गोपीराम स्याङ्तान (शुलभ) गोपीराम स्याङ्तान (शुलभ)
साउन २, २०७७
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आज कोरोनाको कहरले सारा विश्व समुदाय अक्रान्त छन। गत वर्षको डिसेम्बर अन्य तिरबाट सुरु भएको सार्स- कोभ-२ को संक्रमणले हाल सम्ममा करोडौं मानिस संक्रमित छन भने लाखौंको संख्यामा मृत्यु भैसकेका छन। यो दशककै सबैभन्दा ठुलो सरुवा रोगको महामारीले अहिले विश्व अर्थतन्त्र सुस्ताएको छ। कयौंको रोजी रोटी गुमेको छ भने धेरैले गुमाउने संकेत देखा पर्दैछ। यो सार्स-कोभ-२ भाइरस (कोरोना भाइरस) छोटो समयमै उत्परिवर्तित हुने भएकोले यसको संक्रमणको डाइनामिक कस्तो र कहिले सम्म रहने भन्ने भन्न सक्ने अवस्था छैन।

    यो कहरलाई रोकथाम तथा नियन्त्रणको लागि आ-आफ्नो किसिमले सबै देशले प्रयत्न गरिरहेका छ्न। यसको खोप आउदो वर्षको अन्त्यतिर सम्म आउने खोज अनुसन्धान गरिरहेका बैज्ञानिकहरुको भनाइ छ। अहिले सय भन्दा धेरै अनुसन्धान संस्थाले खोप बिकासमा अनुसन्धान गरिरहेको भए पनि ३ वाट मात्रै क्लिनिकल परिक्षणको अन्तिम चरणमा पुगेको छ। यसै कहरमा आम नेपाली नागरिकहरुलाई अर्थिक, सामाजिक र मानसिक रूपले धेरै ठुलो असर परेको छ। साथै अहिले गर्मीयाम र मनसुनको समय भएकोले हामीले धेरै प्राकृतिक बिपत्तिको सामना गर्नु परेको छ। यो बिपत्तिमा कोरोना भाइरस मात्रै होइन अन्य सरुवारोगहरु झाडापखाला, टाइफाइड, डेङ्गु, मलेरिया, स्क्रफटाइफस, लेप्टोईस्पाईरोसिस, चिकेनगुनिया आदिको जोखिम हुने भएकोले हाम्रो पुर्व तयारीमा सरकारी निकायले उदासीनता देखाइरहेको छ।

    हाम्रो स्वास्थ्य निकायहरुले सरुवा रोग नियन्त्रण तथा रोकथाममा जहिले पनि बेवास्ता गर्दै आइरहेको छ। गत वर्षको डेङ्गु महामारीको समयमा पनि सम्बन्धित निकायको उदासीनताले गर्दा देशको ६५ भन्दा बढी जिल्लाहरुमा संक्रमण फैलिएको थियो। जाजरकोटमा सामान्य झाडापखालाले सयौंले अकालमै ज्यान गुमाउनु परेको थियो। यो लेखको आसय सरकारले केहि गरेको छैन भन्ने होइन तर स्वास्थ्य सेवा आम नागरिकको पहुँच भन्दा बाहिर छ फलस्वरूप सामान्य रोगबाट पनि नागरिकहरुले ज्यान गुमाउनु परेको छ। यी सबै कुराहरुले हाम्रो स्वास्थ्य संरचना, क्षमता र कार्यशैलीको अवस्थालाई प्रतिनिधित्व गरिरहेका छ्न। यो अवस्थामा कोरोना कहरले झनै थप समस्या थपिएको छ।

    हामी कहाँ चुक्यौँ?
    विश्व महामारीको रूपमा फैलिदै गरेको कोभिड-१९को संक्रमण नेपालमा पहिलो पटक माघ महिनामा देखिए पनि गत चैत्र महिनाबाट संक्रमितको संख्या बढ्न थालेको थियो। हामी सँग रोकथाम तथा नियन्त्रणको पुर्वतयारी गर्नको लागि पर्याप्त समय हुँदा हुदै पनि सरकारको फितलो पुर्वतयारी/ व्यवस्थापनले संक्रमण धेरै बढन पुग्यो। अहिलेको अवस्थालाई मध्य नजर गर्ने हो भने समुदाय स्तरमै संक्रमण फैलिएको हुन सक्ने थुप्रै आधारहरु छ्न ।  जस्तो कि कुनै पनि ट्राभल हिस्ट्री नभएको व्यक्तिमा समेत सार्स-कोभ-२ भाइरस पोजिटिभ भेटिएको छ।

    राजधानीको ढलको पानीमा समेत कोरोना भाइरसको अनुबंशिक तत्व आरएनए भेटिएको हुँदा यसले पनि समुदाय स्तरमा पुगेको हो कि भन्ने अनुमान गर्न सकिन्छ। मृत्यु भएको सबै कोराना कै कारणले हो या होइन थप अनुसन्धानको बिषय होला तर कोरोनाको कारण मृत्यु भएको भनिएको कतिपयमा संक्रमणको स्रोत कहाँबाट हो भन्ने पनि थाहा छैन। यद्यपि नेपाल सरकारको स्वास्थ्य मन्त्रालय यो कुरा मान्न तयार छैन। सामुदायिक निगरानी नै नगरी समुदायमा पुगेको छैन भन्ने सूचना सम्प्रेषण गरिरहेको छ। सरुवारोगको सन्दर्भमा यी सबै कुरा अन्तिममा आएर प्रयोगशाला परिक्षण सँगै जोडिन पुग्छ। हाल नेपालमा भएको कोभिड-१९ प्रयोगशाला परिक्षण सम्बन्धि धेरै जनगुनासोहरु आइरहेका छ्न। यसो हुनुमा पर्याप्त मात्रामा दक्ष प्रयोगशालाकर्मी (माइक्रोबायोलोजिस्टहरु) नहुनु, प्राबिधिक त्रुटि हुनु, आवस्यक सामग्री समयमै उपलब्ध नहुनु इत्यादि छ्न। प्रयोगशाला परिक्षणको प्रोटोकल/ गाईडलाईन अनुसार सबै संक्रमितलाई परिक्षण गर्न सकेको छैन।

    गोपीराम स्याङ्तान (शुलभ)

    प्रोटोकल भनेको त सम्भावित संक्रमित नछुटुन् भनेर बनाउनु पर्ने हो तर हाम्रो प्रोटोकल अनुसार त सके सम्म टेस्ट नै गर्न नपरोस् जस्तो गरि बनाइएको छ। परिक्षण गर्नका लागि ट्राभल हिस्ट्री भएको, उच्च ज्वरो भएको, सास फेर्न गाह्रो भएको र खोकी लागेको हुनु पर्ने मापदणड छ्न। यसले गर्दा बिना लक्षणको संक्रमितहरु छुटिने र धेरैको संख्यामा फ़ैलिने हुन सक्छ। विभिन्न अध्ययन अनुसन्धानले बिना कुनै लक्षण संक्रमितहरु समुदायमा रहन सक्ने उल्लेख गरेको छ। हामीले गरेको पछिल्लो अध्ययनमा पनि ३२-३५% सम्म बिना लक्षणको संक्रमित रहने देखाएको छ। नेपालमा देखिएको धेरै जस्तो संक्रमितहरु बिना लक्षण कै छ्न। अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा कनट्याक्ट ट्रेसिङ्ग राम्रो सँग गर्न सकिरहेको छैन। सरुवा रोगको नियन्त्रण तथा रोकथाम गर्न सबैभन्दा पहिले संक्रमणको स्रोत पत्ता लगाउनु पर्छ। यो एकदमै चुनौतीपूर्ण कार्य पनि हुन्छ। यसकै आधारमा कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र टेस्ट गरेर आइसोलेशन गरि उपचार गर्नु पर्छ। हाम्रो देशमा संक्रमण बढ्नुको अर्को कारण हो अव्यवस्थित क्वारेन्टाइन स्थल। क्वारेन्टाइन सेन्टरहरुले धेरै जस्तो आधारभूत मापदण्ड पनि पुरा गरेको थिएनन् र छैनन पनि, जसको कारण क्वारेन्टाइन सेन्टर नै संक्रमण फैलाउने केन्द्र जस्तै बन्न पुग्यो।

    अपरिपक्व निर्णय?
    संक्रमणकालीन अवस्थामा निकै चाडो निर्णयहरु गर्नु पर्ने हुन सक्छ। कतिपय हतारमा गरेको निर्णयले ठुलो समस्या निम्तिन सक्छ। आपतकालीन अवस्थामा सम्बन्धित बिषयको विज्ञको विज्ञतालाई प्रयोग गरि कार्यनीतिहरु बनाउनु पर्ने हो। तर हामी कहाँ देशको बिषय विज्ञ, सबै जस्तो विश्वविद्यालय, अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको भुमिका शुन्य जस्तै बनाई दियो। त्रिभुवन विश्वविद्यालयले बारम्बार ताकेता गर्दा पनि सरकारी निकाय मौन हुँदा र बिषय विज्ञको कुरालाई बेवास्ता गर्दै सरकारले गरेको हरेक निर्णय प्रति आलोचना र प्रश्न उठ्ने गरेको छ। संक्रमितको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गर्दा सरकारले सम्बन्धित क्षेत्रकै विज्ञहरुको सुझावलाई बेवास्ता गर्दै एक्कासी परिक्षणको दायरालाई खुम्च्याउनु अर्को गलत कदम हो। परिक्षणको दर घटाएर संक्रमण दरमा कम भयो भन्नु आम नागरिकलाई मुर्ख बनाउनु मात्रै हो। कि त संक्रमण नियन्त्रण गरि सकेको तथ्यहरु सार्वजनिक गर्नु पर्‍यो। अर्कोतिर घना बस्ती रहेको राजधानीमा लोकल संक्रमित बढिरहेको बेला सार्वजनिक यातायात संचालन गर्ने निर्णयले फेरि अर्को चुनौती थपिएको छ। हामीले सार्वजनिक स्थलहरुलाई खुल्ला गर्दा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न के कस्तो तयारी गरेकाछौँ त ? यदि स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना गरेन भने कोरोनाभाइरस महामारीको संकट झनै खतरा भएर जान सक्छ।

    अब कति जोखिम त?
    खस्केको अर्थतन्त्रलाई चलायमान बनाउन केहि व्यावसायिक क्षेत्रहरूलाई खुल्ला गर्ने निर्णय सँगै शहरहरुमा मानिसहरु भिड्भाड बढन थालेको छ। मानिसहरूको राजधानीमा तीव्र आगमन हुनु र सोही अनुसार परीक्षण नहुनु, व्यापार व्यवसाय, निजी तथा सरकारी कार्यालय खुल्दै जानु, यातायात सुचारु हुनु र बिनाकारण सार्वजनिक स्थलहरूमा भेटघाट गर्नुले यहाँ संक्रमण फैलने र इपिसन्टेर बन्नसक्ने सम्भावना बढ्दै गएको छ। सार्बजनिक यातायातहरु संचालनमा ल्याउदा पुर्ण  रूपमा ब्यक्तिगत सुरक्षाहरु कडाइ पुर्वक पालन गर्नुपर्ने हुन्छ। साना तथा मझौला खालको यातायातको साधन सके सम्म नचलाउदा नै राम्रो हुन्छ । सानो तथा मझौला खालको यातायातहरुमा भौतिक दुरि कायम गर्न सकिदैन। सँगसँगै हामीले बनाएको कार्यबिधीहरुलाई कतिको प्रभावकारी रूपमा पालना गरिरहेका छ्न अनुगमन गर्न पनि जरुरी छ।

    अबको अवस्था
    माथि उल्लेख गरेको प्रसंगको मतलब सबै बन्दाबन्दी गरेर डर र त्रासमा बस्नु पर्छ भन्ने होइन। हामीले हाम्रो समुदायलाई सहि तरिकाले जानकारी, सूचना प्रबाह र जनचेतना सुझाउन नसक्दा सामाजिक रुपमा थुप्रै खालको उतारचढावहरुको सामना गर्नु परेको छ। अब हामीले हाम्रो जनजीवनलाई पूर्णतः बन्द नगरिकनै यो भाइरसको कहर माथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी छ। हामीले आधारभूत स्वास्थ्य सुरक्षा अपनाएर अत्यावश्यक दैनिक कार्यहरुमा फर्किनु पर्नेछ। तर कथम कदाचित संक्रमण भयावह भयो भने हाम्रो तयारी कस्तो हुने भन्ने पुर्व-तयारी चाहिँ हुनु पर्छ। हाम्रो जस्तो कमजोर स्वास्थ्य संरचना भएको देशलाई यो निकै नै चुनौतीपूर्ण छ। त्यो स्थितिमा नपुग्नका लागि हामीलाई तीनवटा कुराहरुलाई महत्त्वका साथ् अवलम्बन गर्नु पर्ने छ। मृत्युदरलाई घटाउने कुरामा केन्द्रीत हुने र संक्रमण दरमा कमी ल्याउने; समग्र समुदायलाई जोगाउने गरी आफ्नै माटो सुहाउँदो खालका उपायहरु अपनाउने, बलियो र सक्रिय समुदायको निर्माण; र बलियो सरकारी नेतृत्व र सहि सूचना सूसुचित गर्नु पर्ने छ।

    अन्त्यमा यो महामारीलाई नियन्त्रण गर्न अहिलेसम्म कुनै पनि छोटो तरिका उपलब्ध छैन, यो स्थितिमा हामीले प्रभावकारी खोपको अपेक्षा गरिरहेको छौं। यो बेला हामीले अहिले उपलब्ध विधि र उपायहरुको प्रयोग गरेर संक्रमणदरलाई घटाउन तथा जीवनको रक्षा गर्न आवश्यक छ र यो नै उत्तम बिधि हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गोपीराम स्याङ्तान (शुलभ)

      गोपीराम स्याङ्तान (शुलभ)

      शुलभ मेडिकल माइक्रोवायोलोजीका विद्यार्थी हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.