Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नौ हजार वर्ष पुरानो फर्सीको कथा

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र २५, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    किसानका खेतबारीमा सहजै पाइने तरकारी हो फर्सी। नेपाली समाजमा फर्सीको फलमात्रै होइन, फर्सीको जराबाहेक बोट, पात र फूललाई पनि तरकारीका रूपमा प्रयोग गर्ने चलन छ । नेपालमा तरकारी र सुप (सिरुवा) बाहेक फर्सीलाई खङारेर खाने चलन पनि छ। पश्चिमा देशहरूमा भने फर्सीलाई कफीमा समेत मिसाएर खाने चलन छ। ‘पम्पकिन स्पाइस लाट्टे’ त्यहाँका कतिपय कफि पसलहरूले बचिने प्रचलित पेयपदार्थ हो । फर्सीको याममा त्यहाँका कतिपय पसलहरूमा फर्सी हालेका कुकिज् र फर्सीवाला आइसक्रिमका ‘सिजनल एडिसन’हरू समेत पाइन्छन्।

    अमेरिका र युरोपमा अक्टोबरको महिनामा ‘हलोइन’ पर्व मनाइन्छ, जसमा फर्सीको गुदी निकालेर त्यसको बाहिर राक्षसको चित्र कोरिन्छ र भित्र बत्ति बालिन्छ। ‘थ्यांक्सगिभिङ’ नामको पर्वमा क्रिश्चियनहरू फर्सीका नरम रोटी (पम्पकिन पाइ) खाने गर्छन्। फर्सीको उद्भव र विकाशलाई मात्रै नियाल्दा पनि मानव समाजका कतिपय रोचक पक्षहरू उजागर हुन्छन् । खाद्य संस्कृतिका नयाँ तथ्यहरू थाहा पाइन्छ । संसारका प्रायः सबै मान्छेले चिनेको यो फल÷वनस्पतिकाका बारे हामीले केही तथ्य बटुलेका छौँ :

    फर्सीलाई हामीले तरकारी ठाने पनि वनस्पति विज्ञहरू यसलाई फलफूल वर्गमै राखेका छन् । यो ‘गोर्ड परिवार’को तरकारी/फल हो। गोर्डभित्र काँक्रो, खरबुजा, तरबुजा र जुकिनी (लामो फर्सी) पर्छन्। मध्यअमेरिका र मेक्सिकोमा करीब ९ हजार वर्षअघि देखि नै फर्सी फलाइन थालेको अध्येताहरूको बुझाइ छ । अमेरिकन आदिवासिहरूले हजारौँ वर्षदेखि फर्सी उमारिरहेको फर्सी आजका दिनमा अनेक रुप र रङमा विश्वका जुनसुकै तरकारी बजारहरूमा पाइन्छ। अन्य गेडागुडी र मकै आउनुभन्दा अघि देखि नै अमेरिकामा फर्सी फल्न थालेको वैज्ञानिकहरूको धारणा छ ।

    सन् १५८४ मा फ्रेन्च अन्वेसक ज्याक्स कार्टियरले उत्तर अमेरिकाको सेन्ट लरेन्स क्षेत्र घुम्ने क्रममा ‘ग्रस लेमन’ भेटिएको कुरा आफ्नो समूहलाई जानकारी गराए। त्यो चीज नै फर्सी थियो । त्यो चीजलाई उनीहरूले ‘पोम्पियोन्स’ भने। त्यही शब्दलाई पछि अमेरिकन उपनिवेशवादीहरूले ‘पम्पकिन’ बनाए। अमेरिकाभरमा इलिनोइस राज्य फर्सीको सबैभन्दा ठूलो खेती गर्ने राज्य हो। यसले अहिले पनि अन्य प्रमुख फर्सी फलाउने राज्यहरुभन्दा प्रायः दोब्बर फर्सी फलाउँछ। अहिले चीन र भारतमा यसको धेरै खेती हुन्छ । अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो फर्सी सन् २०१६ मा फलेको बेल्जियमको हो, जुन ११ सय ९० किलोग्रामको थियो। नेपालमा सामान्यत: फर्सी चैत्र, वैशाख, ज्येष्ठमा रोपिन्छ र भदौ/असोजमा पाक्छ । फर्सी फलेर पाक्न ९० देखि १२० दिन लाग्छ ।

    आदिवासी अमेरिकनहरूले फर्सीलाई ताछेर त्यसका चाना सुकाउँथे । उनीहरूले फर्सीका लामा चानालाई खुला आगोमा पोलेर पनि खान्थे। उपनिवेशवादीहरूले फर्सी ताछेर, भित्रको गेडा निकालेर त्यसमा दुध, मसला र मह हालेर त्यसलाई भुङ्ग्रोमा पकाएर खान थाले । फर्सी खाने त्यो शैली बदलिँदै जाँदा त्यसले पम्पकिन पाईको रूप लियो । यस्तो फर्सीवाला नरम रोटी अहिले पश्चिमा विश्वको लोकप्रिया खाजा/खाना हो।

    रोचक कुरा यो छ कि अचेल आम रूपमा पाइने सुन्तले रङको र गुलियो स्वादको फर्सीजस्ता हुन्थेनन् प्रारम्भका फर्सी। प्रारम्भमा देखिएको वास्तविक फर्सी सानो, कडा र अलि तितो स्वादको थियो। फर्सी मानव उपभोगका लागि उतिखेर उपलब्ध सिमित खेती गरिएका फल/तरकारीमध्ये एक थियो। कठीन मौसममा पनि लामो समयसम्म टिक्ने र अभावका समय जोगाड गरेर राख्न सकिने गुण भएकाले यो सर्वत्र प्रचलित र लोकप्रिय भएको हो ।

    छिमेकी देश भारतमा उतिखेर अस्तित्वमा रहेका १३८ मध्ये ११० दश राज्यहरू घुमेका चिनियाँ यात्री जुआङ जाङले भारतमा फर्सी, अदुवा, तोरी र खरबुजा देखेको उल्लेख गरेका छन्। नेपालमा पनि फर्सी भारततिरै आएको अनुमान गर्न सकिन्छ । अर्का विश्वयात्री आइबिएन बतुत्ताले सुख्खा सिन्ध मरुभुमीको निकट रहेका नदी किनारहरूमा ‘फर्सी मात्रै फलेको देखेको’ आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए । संस्कृतमा फर्सीलाई उरुबुक भनिन्छ भने भारतका अन्य भाषाहरूमा यसलाई लालकुम्रा, कद्धु, कुम्बलकायी भनिन्छ । पश्चिम नेपालमा फर्सीलाई भुजो पनि भन्छन्। फर्सी भारतको राष्ट्रिय तरकारी पनि हो । सहजै बारी र खेतमा फल्ने भएकाले यसलाई गरीबको तरकारी पनि भनिन्छ।

    –विभिन्न एजेन्सीहरूको सहयोगमा नेपाल रिडर्स

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.