Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

नौ हजार वर्ष पुरानो फर्सीको कथा

by नेपाल रिडर्स
April 7, 2021
- यो हप्ता
नौ हजार वर्ष पुरानो फर्सीको कथा
Share on FacebookShare on TwitterEmail

किसानका खेतबारीमा सहजै पाइने तरकारी हो फर्सी। नेपाली समाजमा फर्सीको फलमात्रै होइन, फर्सीको जराबाहेक बोट, पात र फूललाई पनि तरकारीका रूपमा प्रयोग गर्ने चलन छ । नेपालमा तरकारी र सुप (सिरुवा) बाहेक फर्सीलाई खङारेर खाने चलन पनि छ। पश्चिमा देशहरूमा भने फर्सीलाई कफीमा समेत मिसाएर खाने चलन छ। ‘पम्पकिन स्पाइस लाट्टे’ त्यहाँका कतिपय कफि पसलहरूले बचिने प्रचलित पेयपदार्थ हो । फर्सीको याममा त्यहाँका कतिपय पसलहरूमा फर्सी हालेका कुकिज् र फर्सीवाला आइसक्रिमका ‘सिजनल एडिसन’हरू समेत पाइन्छन्।

अमेरिका र युरोपमा अक्टोबरको महिनामा ‘हलोइन’ पर्व मनाइन्छ, जसमा फर्सीको गुदी निकालेर त्यसको बाहिर राक्षसको चित्र कोरिन्छ र भित्र बत्ति बालिन्छ। ‘थ्यांक्सगिभिङ’ नामको पर्वमा क्रिश्चियनहरू फर्सीका नरम रोटी (पम्पकिन पाइ) खाने गर्छन्। फर्सीको उद्भव र विकाशलाई मात्रै नियाल्दा पनि मानव समाजका कतिपय रोचक पक्षहरू उजागर हुन्छन् । खाद्य संस्कृतिका नयाँ तथ्यहरू थाहा पाइन्छ । संसारका प्रायः सबै मान्छेले चिनेको यो फल÷वनस्पतिकाका बारे हामीले केही तथ्य बटुलेका छौँ :

फर्सीलाई हामीले तरकारी ठाने पनि वनस्पति विज्ञहरू यसलाई फलफूल वर्गमै राखेका छन् । यो ‘गोर्ड परिवार’को तरकारी/फल हो। गोर्डभित्र काँक्रो, खरबुजा, तरबुजा र जुकिनी (लामो फर्सी) पर्छन्। मध्यअमेरिका र मेक्सिकोमा करीब ९ हजार वर्षअघि देखि नै फर्सी फलाइन थालेको अध्येताहरूको बुझाइ छ । अमेरिकन आदिवासिहरूले हजारौँ वर्षदेखि फर्सी उमारिरहेको फर्सी आजका दिनमा अनेक रुप र रङमा विश्वका जुनसुकै तरकारी बजारहरूमा पाइन्छ। अन्य गेडागुडी र मकै आउनुभन्दा अघि देखि नै अमेरिकामा फर्सी फल्न थालेको वैज्ञानिकहरूको धारणा छ ।

सन् १५८४ मा फ्रेन्च अन्वेसक ज्याक्स कार्टियरले उत्तर अमेरिकाको सेन्ट लरेन्स क्षेत्र घुम्ने क्रममा ‘ग्रस लेमन’ भेटिएको कुरा आफ्नो समूहलाई जानकारी गराए। त्यो चीज नै फर्सी थियो । त्यो चीजलाई उनीहरूले ‘पोम्पियोन्स’ भने। त्यही शब्दलाई पछि अमेरिकन उपनिवेशवादीहरूले ‘पम्पकिन’ बनाए। अमेरिकाभरमा इलिनोइस राज्य फर्सीको सबैभन्दा ठूलो खेती गर्ने राज्य हो। यसले अहिले पनि अन्य प्रमुख फर्सी फलाउने राज्यहरुभन्दा प्रायः दोब्बर फर्सी फलाउँछ। अहिले चीन र भारतमा यसको धेरै खेती हुन्छ । अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो फर्सी सन् २०१६ मा फलेको बेल्जियमको हो, जुन ११ सय ९० किलोग्रामको थियो। नेपालमा सामान्यत: फर्सी चैत्र, वैशाख, ज्येष्ठमा रोपिन्छ र भदौ/असोजमा पाक्छ । फर्सी फलेर पाक्न ९० देखि १२० दिन लाग्छ ।

आदिवासी अमेरिकनहरूले फर्सीलाई ताछेर त्यसका चाना सुकाउँथे । उनीहरूले फर्सीका लामा चानालाई खुला आगोमा पोलेर पनि खान्थे। उपनिवेशवादीहरूले फर्सी ताछेर, भित्रको गेडा निकालेर त्यसमा दुध, मसला र मह हालेर त्यसलाई भुङ्ग्रोमा पकाएर खान थाले । फर्सी खाने त्यो शैली बदलिँदै जाँदा त्यसले पम्पकिन पाईको रूप लियो । यस्तो फर्सीवाला नरम रोटी अहिले पश्चिमा विश्वको लोकप्रिया खाजा/खाना हो।

रोचक कुरा यो छ कि अचेल आम रूपमा पाइने सुन्तले रङको र गुलियो स्वादको फर्सीजस्ता हुन्थेनन् प्रारम्भका फर्सी। प्रारम्भमा देखिएको वास्तविक फर्सी सानो, कडा र अलि तितो स्वादको थियो। फर्सी मानव उपभोगका लागि उतिखेर उपलब्ध सिमित खेती गरिएका फल/तरकारीमध्ये एक थियो। कठीन मौसममा पनि लामो समयसम्म टिक्ने र अभावका समय जोगाड गरेर राख्न सकिने गुण भएकाले यो सर्वत्र प्रचलित र लोकप्रिय भएको हो ।

छिमेकी देश भारतमा उतिखेर अस्तित्वमा रहेका १३८ मध्ये ११० दश राज्यहरू घुमेका चिनियाँ यात्री जुआङ जाङले भारतमा फर्सी, अदुवा, तोरी र खरबुजा देखेको उल्लेख गरेका छन्। नेपालमा पनि फर्सी भारततिरै आएको अनुमान गर्न सकिन्छ । अर्का विश्वयात्री आइबिएन बतुत्ताले सुख्खा सिन्ध मरुभुमीको निकट रहेका नदी किनारहरूमा ‘फर्सी मात्रै फलेको देखेको’ आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए । संस्कृतमा फर्सीलाई उरुबुक भनिन्छ भने भारतका अन्य भाषाहरूमा यसलाई लालकुम्रा, कद्धु, कुम्बलकायी भनिन्छ । पश्चिम नेपालमा फर्सीलाई भुजो पनि भन्छन्। फर्सी भारतको राष्ट्रिय तरकारी पनि हो । सहजै बारी र खेतमा फल्ने भएकाले यसलाई गरीबको तरकारी पनि भनिन्छ।

–विभिन्न एजेन्सीहरूको सहयोगमा नेपाल रिडर्स

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.