Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्रान्तिपछिको हालत क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ, त्यस्तै हुन्छ

घनश्याम भूसाल घनश्याम भूसाल
भदौ ३०, २०७६
- यो हप्ता, विचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सबैभन्दा पहिला म स्वर्गीय बीपी कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । स्वयम् बीपीलाई धेरै हिसाबले हेर्न सकिन्छ । आज लोकतन्त्रका कुरा, यसमाथि चुनौतीका कुरा गर्दा बीपी प्रधानमन्त्री भइसकेपछिका भाषणहरु। उहाँ सामन्तवाद, जमिन्दारहरुको राज सामाजिक राजनीतिक हिसाबले उनको वर्चश्वबाट मुलुकलाई अगाडि निकाल्न चाहनुहुन्थ्यो।

    तर सामाजिक स्थिति, स्वयम् उहाँको पार्टी जमिन्दारहरुबाट यसरी घेरिएको थियोकि त्यो हाम्रो पुराणको हात्ति जसरी हिलोमा गढेको थियो उहाँका खुट्टा त्यसरी गढेको देखिन्छ, त्यो छटपटी देखिन्छ। एक हिसाबले भन्दा त्यतिखेर लोकतन्त्रको समस्या त्यही थियो। म यसलाई जोड दिएर भन्दैछु, उहाँको पार्टी उदार लोकतान्त्रिक समाजवादी दिशामा जानका लागि तयार थियो कि थिएन? किन बीपी असफल हुनुभयो ?

    महेन्द्रले असफल पारिदिएर वा उनले सपोर्ट गरेर बीपी सफल हुने हो भन्ने मान्यताबाट बीपीको अध्ययन गरियो भने गल्ती हुनेछ।मैले यो कुरा दोहोर्‍याएर तेहेर्‍याएर किन भनेको हो भने स्वयम् बीपीको पार्टी कस्तो थियो ? त्यही कुरा आज हामी बाँचेकाले नबुझ्ने हो भने र हाम्रा पार्टी कहाँ छन् भन्ने कुरा नबुझ्ने हो भने लोकतन्त्रमाथि खतरा पर्छ है भन्ने सन्दर्भसँग यो कुरा गाँस्न चाहेको हुँ।

    उदार लोकतान्त्रिक समाजवाद कति हो कति होइन त्यसमा बहस हुन सक्ला। तर उदार लोकतान्त्रिक राजनीतिक व्यवस्थालाई समानतापूर्ण आर्थिक व्यवस्थालेमात्रै टेको दिन सकिन्छ भन्ने कुरा भने विवाद छ, बीपीका बारेमा। समाजवादका बारेमा भने बहस गर्न सकिन्छ। उहाँलाई मैले फेरि श्रद्धाञ्जली अर्पण गर्छु। यो ‘लोकतन्त्रमा चुनौती’ विषयक मुद्दालाई धेरै कोणबाट हेर्न सकिन्छ। एउटै व्यक्तिले पनि धेरै कोणबाट हेर्न सक्छ र वैचारिक हिसाबले पनि विभिन्न ठाउँमा रहेका मान्छेहरुले यसलाई विभिन्न किसिमले विश्लेषण गर्न सकिन्छ।

    यसका बारेमा बौद्धिक, प्राज्ञिक बहस धेरै हुन सक्छ। तर व्यवहारमा क्रान्तिकारी व्यवहार हुनु पर्छ हाम्रो मार्क्सले भनेका छन्। यो क्रान्तिकारी व्यवहार केवल भाषणले होइन कि मार्क्सले यसलाई दार्शनिक तहबाट उठाएका छन्। मैले त्यस अर्थमा भन्न खोजेको हुँ।क्रान्ति कसरी बाँच्छ भन्दा मेरो निष्कर्ष के छ भने क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ क्रान्तिको पनि त्यस्तै हालत हुन्छ। फ्रान्सको क्रान्ति, रुसको क्रान्तिलगायतका क्रान्तिहरु, ०७ सालको क्रान्ति । हामी कहाँ ००७ सालको क्रान्ति वस्तुतः कांग्रेस र राजाको एलाइन्समा भएको थियो। क्रान्ति सकियो त्यसपछि तिनीहरुको ‘इन्ट्रेस्ट’ (स्वार्थ) हरु फुट्दै गए क्रान्ति ओरालो लाग्यो ।

    ०४६ सालमा हामी एउटै झण्डा बोकेर हिँड्यौं, ०४६ साल सकियो ०४७ को एउटा भाषण, संयोग होला गिरिजाबाबुको सम्झिन्छु मैले। पश्चिमतिर पछिका माओवादी त्यतिखेरका मोटो मशालका साथीहरुले उहाँलाई ढुंगामुढा गरिदिए। रोल्पातिर हो क्या हो सायद!त्यहाँबाट फर्केर माले, मसाले, मण्डले एकै हुन् भन्दिनु भो। म अनेरास्ववियूमा थिएँ । म सम्झिन्छु असाध्यै राम्रो मित्रता थियो हाम्रो । म अनेरास्ववियूको महासचिव थिएँ तर म नेविसंघको महामन्त्री होइन भन्न मलाई मन लाग्दैन थियो, म आफूलाई त्यस्तो सोच्थे । हाम्रोबीचमा त्यस्तो प्रकारको सम्बन्ध थियो ।

    तर उहाँ (गिरिजाप्रसाद कोइराला) ले भाषण गरेकै दिन कमसेकम ८–९ क्याम्पसहरुमा झडप भइहाल्यो । त्यसपछि हामी मिल्न सकेनौं, एक ठाउँमा उभिएनौं । त्यसपछि माओवादीले ठाउँ पायो । अरुले कसरी ठाउँ पाए र किन पाए यसमा नाम नगनौं। म अहिले पनि आफू प्रत्यक्ष संलग्न भएर होला ०४७ सालको प्रजातन्त्र प्रतिक्रियावादी र काम नलाग्ने थियो भन्दिनँ। हाम्रो राजनीतिक आन्दोलनको इतिहासमा त्यो सामन्तवादलाई एक हिसाबले त्यसबाट बिच्छेद गरेको थियो। संविधान ती चारवटा धारामा मात्रै सामन्तवाद थियो। नत्र भने त्यो ‘परफेक्टली’ उदार लोकतान्त्रिक संविधान नै हो।

    तर त्यसले आफैभित्रको प्रगतिशीलता पूरा गर्न सकेन । राजाका महत्वकांक्षा, उनलाई क्लरान्डातिका शक्तिहरुलाई लडाउन पर्ने थियो, भारतका स्वार्थहरु, देशभित्रैका उग्रवादीका स्वार्थहरु थिए। त्यस कारण त्यो संविधान अकालमै मर्‍यो भन्छु मैले । ०४७ सालको संविधान अकालमा पर्‍यो । यसो भन्दा फेरि यसलाई नेगेटिभ्ली लिन सकिने कुरा के हो भने त्यतिबेला राजा थिए राजा भएको संविधान कसरी प्रगतिशील हुन्छ भन्ने हुन्छ । काँग्रेस  र एमाले एकै ठाउँमा रहेको भए आजभन्दा धेरै अगाडिनै अझै शान्तिपूर्ण तरिकाले रगत नबगिकन राजतन्त्रलाई बिदा गर्ने थियौं । किनभने त्यस (राजतन्त्र)का इन्ट्रेस्टका कारणले, त्यसभित्रका भ्रष्टाचारका कारणले, त्यसका आर्थिक स्वार्थहरुका कारणले गर्दा लोकतन्त्रसँग त्यो सँगै जानै सक्दैनथ्यो । सँगै जान्थ्यो र उ बुद्ध भएर आउँथ्यो भने के कुरा हुन्थ्यो ? यसकारण संविधान आफैँमा अकालमा मरेको भनेको हुँ, मलाई लागेको त्यो हो ।

    अहिलेको संविधान के हुन्छ भन्दा, यो संविधान जसको हो जसले ल्याएका हुन् तिनको हालत जे हुन्छ यो संविधानको हालत पनि त्यही हुन्छ। आज हामी सत्तामा छौं, र हाम्रा अहंकारले यो संविधानमाथिको हाम्रो दायित्व पूरा गर्ने कुराबाट हामीले तलमाथि गर्यौं भने त्यो क्रान्तिका विरुद्धको तलमाथि हुन्छ । अर्को यदि कांग्रेसले संविधान ल्याएको हो भन्छ र यसको जिम्मेवारीबाट तलमाथि हुन्छ भने त्यो क्रान्तिका प्रति उसको इमान्दारिता तलमाथि हुन्छ भन्ने लाग्छ मलाई ।

    यस्तो किनभने राजाबाट हामीले लिएको राजनीतिक चरित्र दलाल पुँजीवादी हो । दलाल पुँजीवाद भनेको नकमाउने तर बहुत उपभोग गर्ने हो । दलाल पुँजीवाद गाली गर्ने कुरामात्रै होइन यो जीवित वास्तविकता हो । यसले हाम्रो लोकतन्त्रमा पार्टीहरुभित्र आम कार्यकर्ताहरुको सार्वभौमसत्ता ‘हाइज्याक’ गर्छ । मुलुकका नागरिकको सार्वभौमसत्तालाई पनि ‘हाइज्याक’ गरिदिन्छ ।

    ती अनेक निर्णयहरु, जसमा एक ठाउँमा उभिनुपर्ने हो त्यसमा संसदमा र बाहिर झगडा गर्छन् । र ती मुद्दाहरु जहाँ तिनीहरु भयंकर झगडा गर्नुपर्ने हो त्यसमा राष्ट्रिय एकता गर्छन्। म फेरि पनि भन्छु, राजा, दरबार, त्यसभित्रका अन्तरविरोध, त्यसका स्वार्थहरुबाट हामीले आफूलाई पूर्णरुपले बिच्छेद गर्न सकेनौं। त्यो निरन्तर–निरन्तर रह्यो। आज ५० करोडभन्दा माथिको कुनै पनि घोटाला (नीतिगत वा अरु हिसाबले) मा सामान्यतया माथिका सबै नेताहरुको स्वीकृतिबिना हुँदैन भन्ने लाग्छ, यो मेरो पूर्वाग्रह छ । अनि यो बाँकी राख्ने, यसमाथि प्रश्न कसैले नगर्ने, अनि हामी कम्युनिस्टहरुले सरकारका पक्षमा यो कुरालाई यथावत राखेर यसलाई नजरअन्दाज गरेर जनजागरण गर्ने, दलाल पुँजीवादका बारेमा एउटा प्रश्न पनि नगरेर कांग्रेसले दुई–दुईवटा जनजागरण गर्ने र? ‘अल्टिमेट्ली’ कसले गुमाउँदैछ भन्दा क्रान्तिका यी शक्तिहरुले गुमाउँदैछन् त्यसर्थ यो क्रान्तिले गुमाउँछ, यसर्थ यो मुलुकले गुमाउँछ ।

    ‘हाइज्याक’ कसरी हुन्छ सार्वभौमसत्ता ? निर्णय प्रक्रिया पार्टीमा ‘मेकानिजम’ त्यस्तै बन्दै गयो । तल कसले टिकट पाउँछ ? प्रष्ट छ । केही बाँकी छन् लाजकाजले भने पनि अर्को पटकको चुनावमा तिनीहरु घट्ने छन् । हेर्नुहोला घट्ने छन् । यस्तै हो भने अब दोस्रो तेस्रो चुनावपछि भयंकर अपराधको आरोप लगाउन मिल्ने मान्छेहरु संसदमा हुनेछन् (न्यायिक अदालत कुनै दिन खडा भयो भने) । अनि यिनीहरुले चुनाव जित्छन्, यिनीहरु नीति बनाउने ठाउँमा जान्छन् । यिनीहरुले कानुन बनाउँछन् । बजेट पनि कानुन नै हो । आमरुपमा आफ्ना आफ्ना ठाउँमा हाल्छन्। अनि हुनुपर्ने निर्णय नहुन दिन र नहुनुपर्ने निर्णय गर्न यिनीहरुको गठबन्धन हुन्छ। माथि यिनीहरु मिल्छन्। लोकमानसिंह कार्की मलाई एउटा बडो उदाहरण लाग्छ । ती कसरी आए ? मैले त्यो अलि नजिकबाट हेरेको मान्छे हुँ। तत्ककालीन  राष्ट्रपतिले कुनै बेला लेख्नुहोला त्यो बारेमा। उनी कसरी आए । लोकमानलाई ल्याउँदा सार्वभौमसत्ताको प्रयोग कसरी भयो । उदाहरणका रुपमामात्रै भनेको मैले यो फेरि !

    अनि उनलाई पठाउँदा पनि कति मान्छेलाई थाहा थियो ? सुशीला कार्कीसँगको झगडामा भनियो, त्यति मात्रै हो ?”साच्चै हो, हामीले लोकमानलाई लखेटेको ? सुशीला कार्कीमाथि उनले गरेको षडयन्त्रका कारणमात्रै हामीले उनलाई लेखेट्यौं ? भन्दा म चैँ मान्दिनँ ।लोकतन्त्रको चुनौती आजको पार्टीको स्वरुप, लिडरसीपको स्वरुप, हाम्रो पार्टी सञ्चालनको तरिका, यसको प्रक्रियाहरु लोकतन्त्रका र लोकतान्त्रिक क्रान्तिका खतरा हुन् भन्ने कुरा मलाई पूर्वाग्रहको तहमा लाग्छ । म यहीँमात्रै भन्दै हिँड्ने भएको छु अचेल । र, यो होइन भनेर कोही आएको पनि छैन। समाजको समृद्धि, विकासका लागि बहस नै छैन । हामी दुईतिहाइ, एक हिसाबले हामी जब बोल्छौं अहंकार बोल्छौं। अनि इतिहासमा कहिल्यै नपछारिएको कांग्रेस पछारिएको अवस्था छ। जब उ बोल्छ उसमा हिनताबोध देखिन्छ, अँ दुईतिहाइ फुर्ती लगाएर हुन्छ ? भन्छ ।

    यो अहंकार र संकीर्णताबाट खसेर, खस्नुपर्ने धेरै कुराहरु छन् । हामी पनि खस्नुपर्ने कुरा छन्, कांग्रेस पनि खस्नुपर्ने धेरै कुराहरु छन् । यसबाट खसेर छलफल चलाउँ, लोकतन्त्र आजै जाने चुनौती होइन, आजै जाँदैन लोकतन्त्र । कसैले चाहेर जाँदैन । तर लोकतन्त्रमाथि खतरा जहिले पनि रहिरहन्छ । किनकि लोकतन्त्रको चरित्रले नै खतरा आउँछ । अर्को हाम्रो भूराजनीतिले आउँछ ।यसर्थ क्रान्तिका शक्तिहरु एकै ठाउँमा क्रान्ति बचाउने नाममा जबसम्म एकै ठाउँमा छन्, तबसम्म क्रान्तिलाई कसैले केही गर्दैन । क्रान्तिका शक्ति फाटेपछि क्रान्तिलाई कसैले बचाउन सक्दैन । त्यसबारे छलफल गरौं । आज बीपी दिवसको दिन ।

    (१०६ औं बीपी जयन्तिका अवसरमा गान्धी अध्ययन तथा शक्ति केन्द्र, समता अध्ययन केन्द्रले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा व्यक्त गरेका धारणा । बाह्रखरी डटकमबाट)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.