Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादी प्लेग : उपभोक्तावाद

असिम ढकाल असिम ढकाल
जेष्ठ ७, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    असिम ढकाल

    पोहोर सालको कुरा हो, कोरोनाले पूरा विश्व आक्रान्त हुने क्रम सुरु भएको थियो। महामारीलाई कसरी फैलिन नदिने भन्नबारे सरकार, सामाजिक संजालदेखि साथीसंगतीका वृत्तमा अनेक खालका तर्कहरू आए। साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउनेदेखि लिएर गुर्जो, बेसार पानी, नीमको पात प्रयोग गर्नेलगायतका अनेक प्रमाणित/अप्रमाणित कहावत सुनिए। मान्छेहरू आत्तिएका थिए, सबैलाई ज्यानको माया थियो। जजसले जेजे भनेपनि पत्याउनु पर्ने अवस्था थियो। यस्तैमा, नियमित बाफ लिँदा कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ भन्ने कुराहरू रोगका विशेषज्ञहरूबाट पनि आउन थालेपछी धेरै मान्छेले घरेलु उपचारका रूपमा तातो बाफ लिन थाले।

    खिस्रिक्क
    यिसै बीचमा फेसबूकमै एउटा ‘सुद्ध बाफ लिने मेसिन’को बिज्ञापन देखापर्यो। कोरोना कहरमा ‘यो त अति आवश्यक र जीवन रक्षक’ सामान हो भन्ने सोचेर मैले पनि एक हजार रुपियाँ हालेर सो ‘स्टिमर’ किने। घरकै भाँडोमा पानी तताएर बाफ लिन छोडेर ‘सुद्ध’ बाफ आउने सोचमा त्यही मसिनबाट बाफ लिन सुरु गरेँ।

    मैले सोचे बिपरित, न त मेसिनले ‘सुद्ध’ बाफ फाल्यो, न त मैले पहिला बाफ लिन प्रयोग गर्ने भाँडोभन्दा प्रयोग गर्न यो सजिलो नै थियो। बरु ल्याएको दुई हप्तामा सो मेसिन बिग्रीयो। म खिस्रक्क परेँ। बरु एक हजार बराबरको फलफूल किनेर खाएको भए शरीरलाई त उल्टै फाइदा त गर्थ्यो नि! यी उपभोक्तावादीहरूले पनि मान्छेलाई पङ्गु बनाउन चाहिँ साँच्चै जानेका रहेछन् भन्ने सोचेर म फेरि उही पुरानै भाँडोमा फर्किएँ।

    बाफ लिने मेसिन, घरमै बसीबसी मोटोपन घटाउन मिल्ने जिम र फिट्नेस, भान्सामा प्याज काट्ने औजार, आलु काट्ने छुट्टै औजारजस्ता बस्तुहरुको बिज्ञापन जताततै देख्न सकिन्छ। एउटा मानिसले एक दिनमा दर्जनौँ बस्तुहरुको बिज्ञापन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हेरिरहेको हुन्छ। हामीले हेर्ने फिल्म र हामीले पछ्याउने कलाकारहरू सबैले नचाहिने र अनावश्यक बस्तुहरूको समेत उपभोग गर्न हामीलाई लालायित गरिरहेका हुन्छन। र, प्रायजसो हामीलाई सहज जीवन बनाउने र सुविधाका नाममा छक्याउँदैछन् भन्नेबारे हामीलाई छनकसमेत हुदैन। रेडियो, पत्रिका, फेसबूक, इन्स्टाग्राम, टिभि र बाटातिर भेटिने होर्डिङ बोर्ड सबैतिर कुनै न कुनै यस्ता उत्पादनहरूको बिज्ञापन छ्याप्छ्याप्ति भेट्टाउन सकिन्छ। खासमा विज्ञापनले हामीलाई सामान किन्नका लागि जर्वजस्ती मनोवैज्ञानिक दवाव दिइरहेका हुन्छन्।

    ट्र्याप
    ‘आखिर गलत के छ र? एउटा कम्पनी सामान बनाउन स्वतन्त्र छ र उपभोक्ता त्यसलाई उपभोग गर्न स्वतन्त्र छन’, ‘जाबो बिज्ञापनकै भरमा आफूलाई आवश्यक नभएको सामान कसले प्रयोग गर्लान् र?’ कसैले यसरी पनि सोच्न सक्छ, तर सुक्ष्म रूपमा हेर्दा विज्ञापनका बहुआयामिक असर र प्रभाव छन्।

    विज्ञापनको त्यत्रो महत्व नहुँदो हो त कोकाकोला कम्पनीले विश्वभर वार्षिक ४ अर्बभन्दा बढी रूपैयाँ बिज्ञापनमा मात्रै किन खर्च गर्थ्यो होला? विज्ञापनलाई आम मान्छेले नजरअन्दाज गरेपनि पनि त्यसले हामी सबैलाई उपभोक्ताबादको जालोमा यसरी फसाउँछ कि हामी बढी भन्दा बढी वस्तु उपभोग गर्न बाध्य हुन्छौँ। मनोविज्ञान नै त्यस्तै बनिरहेको हुन्छ। मानिसहरू आवश्यक भएर भन्दा पनि आत्मसन्तुष्टिको खोजीमा सामान खरिद गर्छन्। त्यो आत्मसन्तुष्टिको मनोविज्ञान पनि विज्ञापनले नै बनाइदिइरहेको हुन्छ। अनि कतिपय मान्छेहरू त कुनै सामान बोक्दा वा लगाउँदा त्यस वस्तुले समाजमा आफ्नो प्रतिष्ठा बढाउँछ भन्ने भ्रममा परेर पनि उपभोक्ताबादको शिकार बनिरहेका हुन्छन् ।

    १९ शताब्दीका समाजशास्त्री तथा अर्थशास्त्री थोर्स्लेइन वेब्लेनका अनुसार व्यक्तिको सामाजिक स्थिती देखाउने एउटा साधन हो उपभोग। जब खरिद गरिएका वस्तुहरु सार्वजनिक रूपमा प्रदर्शित हुन्छन्, जुन सामान अन्य वर्गका सदस्यहरूका लागी महङ्गो हुन्छ , त्यसले गर्दा उपभोग गर्नेलाई आफ्नो सामाजिक स्तर बढेको भ्रम हुन्छ। समाजमा आफ्नो आर्थिक स्थानको हैसियत के छ भन्ने कुरा वस्तुको स्वामित्वले दर्शाउँछ भन्ने मानसिकता नै उपभोक्तावादको प्रमुख हतियार हो।

    र, प्राय: मध्यम वर्गीय मानिसमा यो सोच रहेको पाइन्छ। आफ्नो सामाजिक प्रतिष्ठा र आथिक स्तर अब्बल रहेको देखाउने चक्करमा उनिहरू आफ्नो मासिक आयको धेरैभन्दा धेरै पुँजी वस्तु खरिदमा लाउँछन र कम बचत गर्छन्। साइकल हुँदा बाइक किन्ने धोको, बाइक किनेपछि कारको इच्छा र कार किनेपछि अर्को कारको इच्छा! यसरी उपभोक्तावादले कहिल्यै नमेटिने अतृप्त प्यास मेटाउन खोज्दाखोज्दै मान्छेको जीवन सकिन्छ। वस्तु खरिदको लत हाम्रो मस्तिष्कमा यसरी गाडीएको छ छ कि हामी विज्ञानपनका रङ्गीचङ्गी झुटहरूलाई वास्तविक ठानिरहेका छौँ। ठान्न वाद्य पारिएका छौँ।

    कोकाकोला र मोही
    हामीलाई घरमा उपलब्ध एक गिलास चिसो मोही (१५० के क्यालोरी) भन्दा बजारमा भेट्टिने कोक(४० के क्यालोरी) लाग्छ। घरको दालभातभन्दा मिठो बजारको महंगा पिज्जा र बर्गर लाग्छ। भलै, त्यसले हाम्रो स्वास्थलाई फाइदा नगरोस् तर त्यसको खरिदले समाजमा आफ्नो छुट्टै प्रतिष्ठा रहेको झुटो अनुभुती गराउँछ त्यसले। उपभोक्तावादले वस्तुको खरिद र उपभोग सक्नेहरूलाई क्षणिक अहंकार र सन्तुष्टी दिन्छ भने किन्न नसक्नेहरूलाई चाहिँ निरासा दिन्छ। र, बजार र विज्ञापनले हामीलाई निरन्तर यो जालोमा अल्झाइरहेको छ। सम्भवतः थोरै मात्र मान्छेले यी विषयमा सोचेका छन्। यसले एउटा प्रश्न उब्जाउँछ, ‘के हामी हामीले चाहेको र हामीलाई साँच्चै आवस्यक पर्ने वस्तु उपभोग गर्न हामी स्वतन्त्र छौँ त?’

    आम मान्छेहरूले कुन सामान उपभोग गर्ने भन्ने कुराको निर्धारण आजको दिनमा उपभोक्तवाद र विज्ञापनले गर्छ। पूँजिवादको एउटा विस्तारित रूप हो उपभोक्तावाद। र, पूँजिवादीहरूले यो कुरालाई लुकाएर यसलाई विज्ञान र विकासको परिणामका रूपमा प्रस्तुत गरेका छन्। समयको प्रवाह सङ्गै आफूलाई परिवर्तन गर्न सक्ने चरित्र बोकेको पूँजिवाद अहिले उपभोक्तावादलाई अँगालो हालेर हिँडेको छ। दोश्रो विश्वयुद्धको अन्त्यपछि भूमी(जमिन)लाई अधिनमा लिइ साम्राज्यवादी निति अपनाएर अनेकौँ देशका आर्थिक स्रोतहरूको दोहन गर्ने राष्ट्रहरु अहिले आफ्नो सामानलाई विभिन्न देशमा बिकाएर आर्थिक दोहन गरिरहेका छन्।

    ‘खुसी हुन सामान किन्नुपर्छ’
    सन् १९८० मा हङ्गेरियन अमेरिकी मनोवैज्ञानिक मिहाइ चिख्सन्मिहायिको एक अध्ययन अनुसार बढी वस्तु उपभोग गर्ने मानिसहरूमा बढी मात्रामा मानसिक तनाब हुने गरेको पाइयो। ‘खुशि हुन सामान उपभोग गर्नुपर्छ’ भन्ने मान्यता बोकेको उपभोक्तावादी सोचले मानिसलाई एउटा अतृप्त भोकको जालोमा फसाइरहन्छ, जसबाट एकै छिनको खुसी त मिल्ला तर स्थायी रूपमा तनावग्रस्त बनाउँछ। व्यक्तिगत र पारिवारिक स्तरमा यसले बेफाइदा त गर्छ नै, विश्वव्यापी रुपमा प्रकृति र मानवजातिलाइ नै खतरा पार्छ।

    बैज्ञानिकहरूको अनुसन्धानका आधारमा भन्ने हो भने विश्वका केवल १०० कम्पनीहरू ७१% कार्बन् उत्सर्जन (वायुमण्डमा कार्बन)को प्रमुख स्रोत् हुन्। कुनै पनि सामानको उत्पादन गर्नको निम्ति कच्चा पदार्थको आवश्यक पर्दछ, जुन केवल प्रकृतिबाट निकालिन्छ। यसरी हेर्दा अनावश्यक वस्तु उत्पादन गर्नको निम्ति प्रकृतिको चरम दोहन गरिँदो रहेछ।

    उपभोक्तावादको अपराध
    र, ख्यालयोग्य कुरा के छ भने चरम गरिबी बढ्नुको कारण वस्तुको उत्पादन नभएर होइन, गरिएको उत्पादनको समान वितरण नभएर हो। अनुसन्धानकर्ताहरूको तथ्यांक हेर्ने हो भने विश्वमा जनसंख्या उत्पादनको अनुपातमा खाद्यान्न उत्पादन डेढ गुणाले बढी छ। यसको मतलब अहिले ११ अरब जनसंख्यालाइ धान्न सक्ने खाद्यान्य उत्पादन भइसकेको छ जबकि पृथ्वीको जनसंख्या मात्र ७ अर्ब रहेको छ। चाहिनेभन्दा बढी उत्पादन भएपनि विश्वमा भोकमरिको मूल कारण पूजिँवादले निम्त्याएको असमान वितरण र उपभोक्तावाद हो।

    अर्को एउटा दावीअनुसार विश्वमा ३० देखि ४० प्रतिसत अन्न नखाइकन नष्ट हुन्छ। खेर फालिन्छ वा जान्छ। सही ढंगले उत्पादन र उत्पादन भएको वस्तुको सही उपयोग हुन नसक्दा विश्वमा भोकमरी अझै पनि व्याप्त छ। पूँजिवाद आफ्नो फाइदाका लागि जति पनि सामान उत्पादन गर्दछ। र, पूँजिवादले मानिसले असिम उपभोग गर्ने साधनको रूपमा प्रयोग गरी अनावश्यक वस्तु भिडाउन चाहन्छ। उसले नाफा कमाउने नै यसैगरी हो। एक अध्ययनबाट मैले के थाहा पाएँ भने हामीले प्रयोग गर्ने फेयरनेस क्रिम, पर्फ्युम, श्याम्पोलगायतका सौन्दर्य प्रसाधनका सामानहरू वार्षिक ५०० खरब बराबरको उत्पादन गरिँदो रहेछ। जबकि वार्षिक ११ खरब रुपैयाँ खर्च गर्दा विश्वबाट गरिबी हट्ने अनुमान गरिएको छ।

    तरैपनि विश्वबाट गरिबी हटाउनुभन्दा महत्वपुर्ण कुरा हाम्रो अनुहारको गोरोपना बढाउनु हो भनेर उपभोक्तवादले हामिलाइ रटाएको रटाइ छ। जबकि यस्ता क्रिमहरूले मान्छेको सेतोपना बढाउने कुरामा अलिकति पनि सत्यता छैन। तर यस्ता अनुपयोगी वस्तुहरू उत्पादन गर्न चाहिने कच्चा पदार्थ र उत्पादन हँुदा निस्किने प्राकृतिक प्रदुषणले भने पूरा विश्वलाई नै आक्रान्त पार्दछ।

    अर्को कुरा, उत्पादन र उपभोग गर्ने प्रवृत्ति र प्रकृति विश्वभर एक समानको छैन। एक अध्ययनले के देखाउँछ भने एक आम आमेरिकन नागरिकले एक आम नेपाली नागरिकभन्दा सय गुणा बढी प्राकृतिक स्रोत र उर्जाको दोहन गर्दछ। यसरी सोच्ने हो भने केही सय पूँजीवादी व्यापारीहरूको मुनाफाको लागि पूरा दुनियाको सबै जीवहरूले आर्थिक तथा प्राकृतिक संकट व्यहोर्नुपरेको छ। त्यसकै कारण बढ्दै गएको जलवायू संकट र जल, जमिन र आकाशमा हुने प्रदुषण हटाउनको लागि देशहरूले प्रयास गरिरहेको भएपनि सोचे अनुरूपको सफलता भने हाँसिल हुन सकेको छैन।

    जीवनशैली बदलौँ
    सन् २००९ मा दक्षिण कोरियाले आफ्नो कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत (३८ बिलियन डलर) वातावरण सन्तुलन गर्ने हरित योजनामा उपयोग गर्यो। वातावरण प्रदुषण रोकथामको लागि गरिएको यो योजना आफैँमा सराहनीय थियो। यसले नयाँ रोजगारीहरूको सिर्जना गर्यो र आर्थिक बृद्धि पनि हासिल गर्यो। तर वातावरणीय प्रदुषण रोक्न ल्याइएको योजना भने सफल हुन सकेन। सोही बर्ष दक्षिण कोरियाको कार्बन उत्सर्जन ११.८% ले बढ्यो। कारण थियो, चरम उपभोक्तवादको प्रभाव। अनेकन् वस्तुको अत्याधिक उत्पादनले निकालेको वायुका कारण निम्तेको प्रदुषणलाई अन्ततः ३८ बिलियन डलरले समेत थेग्न सकेन। भनिन्छ, कुल ग्राहस्थ उत्पादन १% ले बढ्दा पनि ०.५–०.८ प्रतिसतले प्रदुषण पनि बढिरहेको हुन्छ।

    यसर्थ, विश्वलाइ नै आक्रान्त पर्ने गरी प्राकृतिक साधनको चरम दुरुपयोग गर्ने उपभोक्तावादलाइ निर्मुल पार्न अब हामीले व्यक्तिगत, संस्थागत र विश्वव्यापी रुपमै कदम चाल्नु आवश्यक छ। उपभोक्तावादले निम्त्याएका समस्याहरूलाई नजरअन्दाज गरिरहने हो भने प्रदुषणकै कारण अन्य ठूला महामारीहरू आउने निश्चित छ। यसका लागि आजैबाट हामीले कम साधन र स्रोतको उपयोग गर्न थालौँ। अति धेरै सामान किनेर देखाउने र थुपार्ने प्रतिस्पर्धालाई पूँजिवादी प्लेग ठानेर त्यसबाट मुक्त होउँ। हाम्रा बाजेबज्यैहरूले भन्ने गरेको सादा जीवन, उच्च विचारको सिद्धान्तलाई जीवनमा लागू गरौँ। अनि हामीले हाम्रा सबै तहका सरकारलाई वातावरणमैत्री बनाउन दवाब दिउँ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      असिम ढकाल

      असिम ढकाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.