Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्रान्तिको दोस्रो नामः शहीद भगत सिंह

nepal_readers nepal_readers
साउन ३०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतले ब्रिटिश शासनबाट स्वतन्त्र भएकोमा गर्व महशुस गर्दैगर्दा भारतीय जनताको शिर ती महापुरुषहरूप्रति झुक्छ जसले स्वतन्त्रताका लागि आफ्नो ज्यानको बाजी लगाए। देशको स्वतन्त्रता संग्राममा हजारौं नौजवानको शक्तिको बलमा भारत स्वतन्त्र भयो र उनीहरू क्रान्तिकारीका रुपमा चिनिए। भारतमा जब क्रान्तिकारीको नाम लिइन्छ, तब सबैभन्दा पहिले शहीद भगत सिंहको नाम आउँछ ।
    शहीद भगत सिंहले देशका नौजवानहरूबीच उर्जाको यस्तो ज्वाला दन्काए, जसबाट विदेशी शासक नै डग्मगाउन थाल्यो। अंग्रेज सरकारसँग हात जोडेर झुक्नुको सट्टा इटको जवाफ पत्थरले दिँदै स्वतन्त्रताको लडाइँ लडेका भगत सिंहको वीरताको गाथाले आज पनि भारतीयहरूमाझ देशप्रेमको आगो उठ्छ।

    त्यससमय ठूला नेताले पनि भगतसिंह र उनका क्रान्तिकारी साथीहरूलाई सहयोग गरेका भए भारत केही वर्ष अघि नै स्वतन्त्र भइसकेको हुन्थ्यो। तर, देशको एक नौजवान क्रान्तिकारीलाई अंग्रेजहरूले फाँसीको सजाय दिए।

    मृत्युपछि पनि भगत सिंह मरेनन्। छलकपटको भावना बोकेर बसेका आजका नेताहरू मुम्बई आक्रमणको घटनापछि पनि आफ्नो स्वाभिमान र आक्रोशलाई दाउमा राखेर बसेका छन्। भगतसिंह एक यस्ता आदर्श व्यक्तित्व हुन्, जसबाट आजका नेताले पनि केही सिक्नुपर्ने हुन्छ।

    भगत सिंहको जन्म
    भारत स्वतन्त्रताको इतिहासमा अमर शहीद भगत सिंहको नाम स्वर्ण अक्षरमा लेखिएको छ। भगतसिंहको जन्म २८ सेप्टेम्बर, १९०७ मा पञ्जाबको लायलपुर जिल्लाको बंगा गांउ (अहिले पाकिस्तानमा पर्छ) मा भएको थियो। भगत सिंहका पिताको नाम सरदार किशन सिंह र आमाको नाम सरदारनी विद्यावती कौर हो।

    उनको पिता र उनका दुई काका अजीत सिंह र स्वर्ण सिंह पनि अंग्रेजविरुद्ध स्वतन्त्रताको लडाइँको एउटा हिस्सा थिए। भगत सिंहको जन्म भएको समयमा उनका बुवा र काका जेलबाट रिहा भएका थिए। उनकी हजुरआमाले उनको नाम भागांवाला (राम्रो भाग्य भएको) राखिदिएकी थिइन्। पछि उनलाइ भगत सिंह भन्न थालिएको हो। एउटा देशभक्तको परिवारमा जन्म लिएका कारण नै भगत सिंहलाई देशभक्तिको पाठ विरासतका रुपमा प्राप्त भयो।

    भगत सिंहको बाल्यकाल
    भगतसिंह चार/पाँच वर्षको भएपछि उनलाई गाउँकै प्राथमिक विद्यालयमा भर्ना गरियो। उनी आफ्ना साथीहरूबीच निकै लोकप्रिय थिए। प्राथमिक तहमा पढ्दा ताका पनि उनी विद्यालयको चार पर्खालमा बस्न मन पराउँदैन थिए। उनको मन सधैं खुल्ला मैदानमा नै रमाउँथ्यो।

    भगत सिंहको शिक्षा
    प्राथमिक शिक्षा पूरा गरिसकेपछि भगतसिंह १९१६ – १७ मा लाहौरको डीएवी स्कुलमा भर्ना भए। त्यहाँ उनको सम्पर्क लाला लाजपतराय र अम्बा प्रसाद जस्ता देशभक्तहरूसँग भयो। सन् १९१९ मा रलेट एक्टको विरोधमा सम्पूर्ण भारतमा प्रदर्शन भइरहेको थियो र यसै वर्ष १३ अप्रिलमा जलियांवाला बाग काण्ड भयो।

    गान्धीको असहयोग आन्दोलन
    सन् १९२० मा महात्मा गान्धीको असहयोग आन्दोलनबाट प्रभावित भएका भगत सिंहले सन् १९२१ मा विद्यालय छोडे। असहयोग आन्दोलनबाट प्रभावित छात्राछात्रका लागि लाला लाजपतरायले लाहौरमा नेशनल कलेजको स्थापना गरेका थिए। यो कलेजमा भगतसिंहले पनि प्रवेश पाए। पञ्जाब नेशनल कलेजमा उनको देशभक्तिको भावना झनै बढ्दै गयो।

    यसै कलेजमा उनको यशपाल, भगवती चरण, सुखदेव, तीर्थराम, झण्डासिंह आदि क्रान्तिकारीहरूसँग सम्पर्क भयो। कलेजमा एउटा नेशनल नाटक क्लब पनि थियो। यसै क्लबको माध्यमबाट भगत सिंहले देशभक्तिपूर्ण नाटकहरूमा अभिनय पनि गरे।

    सन् १९२३ मा उनको दाइको मृत्यु भएपछि उनलाई परिवारबाट विवाह गर्न दबाब सुरु हुन थाल्यो। त्यही दबाबका कारण उनी घरबाट भागे। यसै दौरान उनले दिल्लीमा ‘अर्जुन’ को सम्पादकीय विभागमा ‘अर्जुन सिंह’ को नामबाट केही समय काम गरे र आफ्नो नौजवान भारत सभामा पनि सक्रिय भए।

    चन्द्रशेखर आजादसँग सम्पर्क
    सन् १९२४ मा उनको भेट कानपुरमा दैनिक पत्र प्रतापका सञ्चालक गणेश शंकर विद्यार्थीसँग भयो। यस भेटको माध्यमबाट उनी बटुकेश्वर दत्त र चन्द्रशेखर आजादको सम्पर्कमा आए। चन्द्रशेखर आजादको प्रभावबाट भगतसिंह पूर्णतः क्रान्तिकारी बने। चन्द्रशेखर आजाद भगत सिंहलाई सबैभन्दा क्षमतावान र आफ्नो प्रिय मान्थे। आजाद र भगत सिंह दुवै मिलेर विभिन्न मौकमा अंग्रेज सरकारलाई बराम्बार झट्का दिइरहे।

    भगतसिंहले लाहौरमा सन् १९२६ मा नौजवान भारत सभाको गठन गरे। यो सभा धर्मनिरपेक्ष संस्था थियो। यस सभाका प्रत्येक सदस्यले देशको हितलाई आफ्नो जाति र धर्मको हित भन्दा माथि मान्नेगरी सपथ लिनुपथ्र्यो। तर मे, १९३० मा यस सभालाई गैर कानुनी घोषित गरियो।

    साण्डर्सको हत्या
    सन् १९१९ देखि लागु भएको शासन सुधार अधिनियमहरूको छानबिनका लागि फेब्रअरी, १९२८ मा ‘साइमन कमीशन’ मुम्बई पुग्यो। देशभर यस साइमन कमीशनको विरोध भयो। ३० अक्टोबर, १९२८ मा यो कमीशन लाहौर पुग्यो।

    साइमन कमिशनको विरोधमा लाला लाजपतरायको नेतृत्वमा एउटा जुलुस निस्किएको थियो। शान्तिपूर्ण रुपमा भइरहेको प्रदर्शनमा सहभागीको संख्या बढ्दै गएको थियो। प्रदर्शनकारीहरूको उपस्थिति देखेर आत्तिएका सहायक अधीक्षक साण्डर्सले शान्तिपूर्ण रुपमा उत्रिएका प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरे।

    लाठीचार्जबाट लाला लाजपतराय घाइते भए। जसका कारण १७ नोभेम्बर, १९२८ मा लालाजीको मृत्यु भयो। लाला लाजपतराय भगतसिंहका आदर्श पुरुषमध्ये एक थिए। लाला लाजतरायको मृत्युलाई सहन नसकेका भगत सिंहले उनको मृत्युको बदला लिने निर्णय लिए। यसका लागि ‘हिन्दुस्तान सोशलिस्ट रिपब्लिकन एशोसिएसन’ ले भगतसिंह, राजगुरु, सुखदेव, आजाद र जयगोपालाई यस कामको जिम्मेवारी दियो।

    क्रान्तिकारीहरूले साण्डर्सलाई मारेर लालाजीको मृत्युको बदला लिए। साण्डर्सको हत्याले भगतसिंहलाई पूरै देशमा एउटा क्राीन्तकारीको पहिचान दियो।

    तर यस घटनाबाट अंग्रेज सरकार क्रोधित हुन पुग्यो। अंग्रेज सरकारबाट हुन सक्ने सम्भावित घटनाबाट बच्न भगत सिंहले सिख धर्मावलम्बी हुनुका बावजुद कपाल र दाह्री काटेर आफ्नो भेष बदले र यसरी अंग्रेजहरूको आँखामा धुलो फ्याक्न सफल भए।

    असेम्बलीमा बम धमाका
    त्यही समय अंग्रेज सरकारले दिल्लीको असेम्बलीमा पब्लिक ‘सेफ्टी बिल’ र ‘ट्रेड डिस्प्युट्स बिल’ ल्याउने तयारी गरिरहेको थियो। सरकारले यस दमनकारी कानुन पास गराउने निर्णय गरिसकेको थियो। यस बिललाई कानुन बनाउनुको उद्देश्य जनतामा क्रान्तिको बिउको अंकुरण हुन नपाउँदै यसमा निमोठ्नु थियो।

    तर चन्द्रशेखर आजाद र उनका साथीहरूलाई सरकारको यो हर्कत स्वीकार्य थिएन। उनले यसको विरोधमा संसदमा धमाका गर्ने निर्णय लिए, जसबाट जनताको आवाज सुन्न नसकेको सरकारसम्म उनको आवाज पुगोस भन्ने उद्देश्य उनले लिएका थिए। यस कामको जिम्मा भगत सिंह र बटुकेश्वर दत्तलाई दिइयो।

    ८ अप्रिल, १९२९ का दिन असेम्बलीमा बिल सम्बन्धी घोषणा भएलगत्तै भगत सिंहले बम प्रहार गरे र त्यहाँ उपस्थित सबै क्रान्तिकारीले नाराबाजी गर्न थाले– इन्कलाव जिन्दाबाद! साम्राज्यवाद नाश होस्! साथमा विभिन्न पर्चा पनि फ्याके। यी पर्चाहरूमा अंग्रेज साम्राज्यवादप्रति आम जनताको आक्रोश प्रकट गरिएको थियो।

    यसपछि क्रान्तिकारीलाई गिरफ्तार गर्ने क्रम चल्यो। भगत सिंह र बटुकेश्वर दत्तलाई जेलमा राखियो। भगत सिंह जेलमा रहेकै बेला उनी र उनका साथीहरूमाथि लागेको ‘लाहौर षडयन्त्र’ मुद्दा चलिरहेको थियो। फरार रहेका क्रान्तिकारीका प्रमुख राजगुरु पूनाबाट गिरफ्तारमा परे। अन्त्यमा अदालतले त्यही फैसला दियो, जसको पहिलेदेखि नै अनुमान लगाइएको थियो।

    मृत्युदण्ड
    अदालतले भगत सिंहलाई भारतीय दण्डसंहिता धारा १२९, ३०२ तथा विस्पोटक पदार्थ अधिनियमको धारा ४ तथा ६ एफ तथा भारतीय दण्ड संहिताको धारा १२० अन्तरगत अपराधी सिद्ध गर्‍यो। साथमा ७ अक्टोबर, १९३० मा ६८ पृष्ठ लामो निर्णय गर्दै भगत सिंह, सुखदेव र राजगुरुलाई मत्युदण्डको सजाय तोकियो।

    २३ मार्च को रात
    २३ मार्च, १९३१ को साँझ अंग्रेज शासकले भारतका तीन सपूतहरू भगत सिंह, सुखदेव र राजगुरुलाई फाँसीमा चढाए। अदालतको आदेशअनुसार तीनै जना क्रान्तिकारीलाई २४ मार्च, बिहान ८ बजे फाँसी दिनुपर्ने थियो। तर २३ मार्च १९३१ को साँझ करीब ७ बजे नै तीनै जनालाई फाँसीमा चढाइयो र आफन्तलाई शव नबुझाई रातारात व्यास नदीको किनारमा लगेर जलाइयो।

    अंग्रेजले भगतसिंह तथा अन्य क्राीन्तकारीहरूको बढ्दो लोकप्रियता र २४ मार्चमा हुनसक्ने सम्भावित विद्रोहका कारण २३ मार्चमा नै भगतसिंह र अन्यलाई फाँसी दिएको हो। अंग्रेजले भगतसिंहलाई त फाँसी दिए तर उनको विचारको अन्त्य गर्न सकेनन्, जसले देशको स्वतन्त्रतालाई प्राथमिकतामा राखिरहे। आज पनि भगतसिंह क्रान्तिको एउटा पहिचान हुन्।

    जागरण डटकमबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.