Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाइन्ट लगाउनकै लागि महिलाले गरेको संघर्ष

मनिषा पौडेल मनिषा पौडेल
बैशाख ३, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    मनिषा पौडेल

    सन् १८५२ मा इमा नोडग्रासलाई पाइन्ट लगाएको आरोपमा पक्राउ गरियो । त्यसको आठ वर्षपछि हेलेन ह्युलिकलाई पनि यही अभियोगमा जेल पठाइयो । यी दुई महिला र अमेरिकाको पाइन्ट इतिहासलाई नजिकबाट हेर्दा महिलामाथि दमन गर्न र प्रभुत्व जमाउन कसरी ‘पोशाक निषेध’लाई प्रयोग गरिएको थियो भनेर स्पष्ट हुन्छ ।

    बोस्टन, १८५२ 

    १७ वर्षीय इमा नोडग्रासले १९ औं शताब्दिको मध्यमा पाइन्ट र ट्राउजर लगाएपछि सिंगो देशको ध्यान उनीतर्फ तानियो । द बोस्टन हेराल्डले उनलाई ‘पुरुषको लुगामा घुमफिर गर्ने’ भनेर लेख्यो, द डेली अल्टा क्यालिफोर्नियाले केटाहरुको छिटो ध्यान तान्न गरिएको हिंस्रक प्रयास’ भनेर टिप्पणी गर्यो र न्युयोर्क डेली टाइम्सले यसको निन्दा गर्दै ‘डनिङ द ब्रिचेज’ भनेर आलोचना गरेको थियो ।

    इमाले प्रायः नियमहरु तोड्ने काम गरिन् । बोस्टनमा उनी जर्ज ग्रिनको माताहतमा रहेको कपडा उद्योगमा क्लर्कको रुपमा काम गर्थिन् । उनको कपडा छनोट बारे अनेक आलोचना गर्दै असंख्य पत्रपत्रिकाहरुमा लेखिएको भए पनि उनले ती ‘प्यान्टलुनहरु’ लगाइरहन्थिन् ।

    ‘उनले आफ्नै लैंगिक पहिचानलाई अस्वीकार गरेर पुरुषको लुगा लगाउनुको पछाडि उद्देश्य के हुन सक्छ, थाहा छैन,’ न्युयोर्क डेली टाइम्स ।

    इमालाई धेरैपटक पाइन्ट लगाएका कारण पक्राउ गरिएको थियो । उनको परिवारलाई पनि जोडेर आउने सनसनीपूर्ण हेडलाइन्सको कारणले प्रत्येकपटक गिरफ्तार गरेपछि इमालाई न्युयोर्कमा बस्ने उनको परिवारको जिम्मा लगाइन्थ्यो । तर अझै स्पष्ट छैन उनको जीवन बारेमा मिडियाले लेखेका कुनै विवरणहरु सत्य छन्, वा छैनन् । उनका बुबा न्युयोर्क प्रहरी विभागको उच्च ओहोदामा भएका कारण पनि उनलाई जेल नपठाइएको हुन सक्ने अनुमान गरिन्छ ।

    त्यस समयमा सांस्कृतिक अपराधको ठूलो हिस्सा बनेकी इमा जति भाग्यमानी भने उनकी साथी हेरिएट फ्रेन्च थिइनन् । पाइन्ट लगाएकै आरोपमा इमासँगै पक्राउ परे पछि फ्रेन्चलाई दुई महिना ब्ल्याकवेल आइल्यान्डको जेलमा पठाइयो । दुवैजना सन् १८५२ मा पाइन्ट लगाएर पुरुषजस्तै भएको अवस्थामा समातिएका थिए । तर इमालाई पाइन्ट लगाएको आरोपमा केही सजाय भएन, तर फ्रेन्चलाई जेल पठाइयो । यसले शक्तिशाली महिला र शक्तिविहीन महिलाबीच भएको विभेदकारी व्यवहारलाई प्रस्ट्याउँथ्यो ।

    ती दुई महिलाले किन पाइन्ट नै रोज ? किन पाइन्ट लगाए ? फ्रेन्चले सन् १८५६ मा दिएको अन्तर्वार्तामा आफूहरु दुवैजनाले पुरुषले बराबर पारिश्रमिक पाउनका लागि पाइन्ट लगाएको प्रतिक्रिया दिएकी थिइन् । पाइन्ट लगाउनुले केवल पितृसत्तात्मक परम्परालाई मात्र अस्वीकार गर्दैन्, यसले महिलालाई अझ मौद्रिक शक्ति प्रदान गर्छ ।

    लस एन्जलस, क्यालिफोर्निया, सन् १९३८ 

    ‘तपाईं न्यायाधीशलाई भन्नुहोस्, म मेरो अधिकारमा अडिग हुन्छु, यदि उसले मलाई मेरो पहिरन फेर्ने आदेश दिन्छ भने पनि म गर्दिनँ, मलाई स्ल्याक्स मन पर्छ, तिनीहरु सजिलो हुन्छन् ।’ यी शब्दह २८ वर्षीय किन्टर गार्डेन शिक्षिका  हेलेन ह्युलिकले सन् १९३८ मा लस एन्जलस टाइम्ससँग अन्तर्वार्ताका क्रममा बोलेकी हुन् ।

    लसएन्जलस अदालतमा दुई वटा चोरीको अभियोगविरुद्ध बयान दिन अदालत पुगेकी उनलाई न्यायाधीश आर्थर एस गुयरीनले उनले लगाएको स्ल्याक्स अनुपयुक्त भएको टिप्पणी गरे । यसपछि उनलाई उपयुक्त लुगा लगाएर अदालतमा उपस्थित हुन भनियो । त्यसपछि पनि उनी स्ल्याक्स लगाएर अदालत पुगिन् । न्यायाधीश गुयरीनले अदालतमा हुने कामकारबाही भन्दा दर्शकको ध्यान ह्युलिकको पहिरनतर्फ तान्ने र न्यायिक कारबाही गर्ने अदालतको काममा अबरोध पुग्ने भन्दै अनुशासन तथा कर्तव्यको खुल्लमखुल्ला अस्वीकार गरेको आरोप लगाए ।

    उनलाई पुनः अर्को दिन उपयुक्त पोशाक लगाएर अदालतमा उपस्थित हुन भनियो, यदि त्यसो नगरे अदालतको अवहेलना गरेको आरोपमा कानुनअनुसार तोकेको सजाय भोग्नका लागि तयार हुन न्यायाधीशले आदेश दिए । ‘मैले १५ वर्षको उमेरदेखि स्ल्याक्स लगाइरहेको छु, मैले औपचारिकबाहेक अन्य लुगा लगाउँदिन्’ ह्युलिकले भनिन्, ‘म स्ल्याक्स नै लगाएर जानेछु, यदि अदालतले मलाई जेल पठाए पनि यसले महिला स्वतन्त्रता सुनिश्चित गर्न सहयोग पुर्याउँछ ।’

    यो पनि पढ्नुहोस् – महिलाको कुर्ता, मोवाइल र मोटरसाइकल 


    न्यायाधीशको चेतावनीको बावजुद उनी तेस्रोपटक पनि अदालतमा पाइन्ट लगाएर पुगिन्, न्यायाधीशले उनलाई अदालतको अवहेलना गरेको आरोपमा पाँच दिन जेल सजाय सुनाए ।

    भाग्यवश, ह्युलिकका वकिल विलियम काट्जले उनको रिहाइका लागि सहयोग गरे र उनको मुद्दा पुनरावलोकनका लागि अदालतमा लगे । पछि अदालतले ह्युलिकले कपडाको कारण अदालतको अवहेलना गरेको भनिएको मुद्दामा सफाइ पाइन् ।

    अदालतको निर्णय ह्युलिक र धेरै प्रदर्शनकारीका लागि महत्वपूर्ण क्षण थियो, जसले पोशाककै कारण अदालतमा महिलालाई अनुचित व्यवहार गरेको र अदालतमा महिलाको कपडामा औंला उठाएको बारे अदालतलाई पत्र लेखेर विरोध गरेका थिए । यसपछि ह्युलिक र अन्य महिलालाई अदालतमा स्ल्याक्स लगाउने अधिकार प्राप्त भयो । तर तत्कालै कार्यालयमा महिलाले पाइन्ट लगाउनुलाई स्वीकार गरिएन् र धेरै व्यक्तिहरुको यस विषयमा अलग अलग राय तथा टिप्पणी गरिरहे ।

    पाइन्टको क्रमिक स्वीकृति

    यी दुई फरक अनुभवहरुले अमेरिकामा सन् १८५२ र १९३८ मा बीचमा महिलाहरुको फेसनमा कसरी परिवर्तन आयो भन्ने कुरा प्रकाश पार्छ । उल्लेखनीय कुरा के छ भने १९ औं शताब्दिको मध्यदेखि अन्त्यसम्ममा चर्चित लेखक एलिजावेथ मिलरले टर्किस प्यान्टलुन्स र प्यान्ट लगाउने निर्णय गरिन् ।

    त्यसपछि महिला अधिकारकर्मी एलिजावेथ स्ट्यानटन र एमेलिया ब्लुमरले लगाएका कारणले यस शैलीलाई ‘ब्लुमर्स’ भनियो । यसपछि धेरै महिलाले ‘ब्लुमर्स’ शैलीका सुरुवाल लगाउन थाले पनि यस पहिरनलाई स्वीकार गरिसकिएको थिएन् ।

    ब्लुमर्सका कारण उन्नाइसौं शताब्दि र बिसौं शताब्दिको सुरुमा महिलालाई खेल पोशाकको लागि नयाँ बाटो खुल्यो । मोटसाइकल चढ्न तथा बेसबल खेल्न अन्य लुगाको तुलनामा पाइन्ट सजिलो थियो । यसका लागि पनि उनीहरुले पाइन्टको प्रयोगलाई बढावा दिए । सन् १९३४ मा लेभी स्ट्रास एन्ड कर्पोरेटले महिला कृषकका लागि जिन्स बनाउन सुरु गर्यो, लगत्तै महिलाहरुले छिट्टै जिन्सको प्रयोगलाई पछ्याए र पाइन्टहरु लगाउन थाले ।

    सन् १९३८ पछि दोस्रो विश्वयुद्धको समयमा पुरुषहरु युद्धमा सहरबाहिर गएपछि महिलाको भूमिका फेरियो । उनीहरुले पुरुषका स्थानमा प्रभुत्व जमाउन थाले र कारखानामा काम गर्न थाले । त्यसपछि महिलाहरुको फेसन झन् छिटो फेरिन थाल्यो, पुरुषहरु नभएपछि उनीहरुले स्वतन्त्र भएर पाइन्ट लगाउन पाए । तर युद्धपछि पुरुषहरु घर फर्किए, धेरै महिलालाई कामबाट हटाइयो । महिलाका लागि काम गर्ने ठाउँमा पाइन्ट लगाउन अनुमति थिएन । यसलाई अनौपचारिक पहिरनको रुपमा मात्र लिइन्थ्यो ।

    यो बिसौं शताब्दिको मध्यदेखि पछिसम्म पाइन्टलाई महिलाको पहिरनका रुपमा अमेरिकामा स्वीकार गरिएको थिएन । पछि केही सेलिब्रेटीले यसको परिवर्तनमा थप सहयोग पुर्याए, जस्तो अमेरिकी अभिनेत्री मेरी टेलर मुरले ७० को दशक र त्यसपछिका समयमा पाइन्टलाई महिलाको पहिरनको रुपमा स्थापित गर्न धेरै सहयोग गरिन् ।

    अहिले पाइन्टलाई कसरी लिइन्छ ?

    अब, कोही पनि पाइन्ट लगाउने महिलाबारे दुईपटक सोच्दैन, तर पनि अझै विशेष गरी शैक्षिक तथा पेशागत क्षेत्रमा महिलाले लगाउने पोशाकका बारेमा बहस जारी नै छ । उदाहरणका लागि, महिलाहरुले सन् १९९३ देखिमात्र संसदमा पाइन्ट लगाउन सुरु गरेका थिए । अहिले पनि कार्यस्थलमा महिला र पुरुषले एकै किसिमको पोशाक लगाउने अधिकार भए पनि पुरुष समकक्षीको तुलनामा महिलाहरुको पोशाकमाथि विभिन्न टिप्पणी भइरहन्छ ।

    आचरणसँग जोडेर महिलाहरुको पोशाकमा नियन्त्रण गर्ने इच्छाले पछिल्ला पुस्तालाई पनि असर गर्छ । उदाहरणका लागि, सन् २०१६ मा परेको रिट पछि मात्रै उत्तरी क्यारोलिना चार्टर स्कुलमा परम्परागत ड्रेस कोर्डअन्र्गत केटीहरुलाई स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको नियम सन् २०१९ मा हटाइएको थियो ।

    स्पष्ट रुपमा, पाइन्ट चित्रको केवल एक पक्ष हो । यी उदाहरणहरु एक व्यक्तिको अन्य पक्षमा लागू हुन सक्दैन, जुन लिंग, जातियता र धर्मले ट्याटु, गहना, हेयरस्टाइलमार्फत विभेद गरेको हुन्छ ।

    यस्तै विभेदमध्ये शैक्षिक तथा कार्यक्षेत्रमा प्राकृतिक कपालविरुद्ध हुने भेदभावको अन्त्य गर्न अमेरिकाका धेरै राज्यले सन् २०१९ मा द क्राउन एक्ट पारित गरेका थिए ।
    स्पष्ट कुरा के छ भने महिलाले पाइन्ट लगाउने वा उनीहरुको फेसन छनोट पूर्ण रुपमा समस्या थिएन । खासमा पोशाकले के कुरालाई प्रतिनिधित्व गर्छ भन्ने कुराको विरोध थियो, जस्तो परम्परालाई तोडेर महिलाहरु शक्तिशाली बन्नु ।

    इमा र फ्रेन्चको मामिलामा उनीहरुले उच्च पारिश्रमिकका लागि शक्तिशाली हुनु थियो र ह्युलिकको उद्देश्य पेशा तथा कार्यक्षेत्रमा महिलाको पोशाकमाथि लगाइएका नियमहरु परिवर्तन गर्नु थियो ।

    हिस्ट्री अफ एस्टर्डेबाट गरिएको अनुवाद ।  (साभार :www.webtvkhabar.com)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मनिषा पौडेल

      मनिषा पौडेल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.