Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मृत्युसँगको हाम्रो सम्बन्ध बदल्दैछ कोरोना

अनेक कोणबाट हेर्दा कोभिड १९ का मृत्युहरू आफैँमा मौलिक छन्। यो रोगबाट संक्रमितहरूको मृत्यु प्राय: एकान्त ठाउँमा हुन्छ। आफन्तहरू नभएको र प्रतिकुल अवस्थामा, अनेकौँ भेन्टिलेटर्सका पिँपिँ आवाज आइरेहेको ठाउँमा, कपडा(पिपिइ)ले पूरै शरीर ढाकेका, कठोर र धमिला अनुहारहरू भएका मान्छेहरू भएको ठाउँमा। र, मर्ने बेला हातमा समातेर ढाडस दिने अनुमति पनि हुँदैन यहाँ।

डा. साह आलम खान डा. साह आलम खान
जेष्ठ ९, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही महिनाअघि सम्म मात्र कोभिडका कारण भएका मृत्युहरू हाम्रा लागि केबल नम्बर थिए। नदी किनारमा बसेर नदीको छाल हेरेजस्तै थियो त्यतिखेरको अवस्था। तर चलचित्रमा हुने ड्रिम सिक्वेन्समाझैँ ती संख्याहरू अचानक नाममै परिणत भए। त्यो आँधी हाम्रै जीवनमै आइसकेको थियो।

    आँगनमै शोक
    श्याम, पवित्रा, सोहेब, बाबु र फुर्बा नामका मान्छेहरू ज्यानमारा भाइरस संक्रमणका कारण मरेको ‘कोही मान्छे’ नभएर मेरै ५ जना साथीहरू थिए । तिनलाई म चिन्दथेँ, माया गर्थेँ, उनीहरूसँग बोल्थेँ, सँगसँगै उत्सव र भोज जान्थेँ। उनीहरूको खुसीमा खुसी र उनीहरूको दुःखमा दुखी हुन्थेँ। ब्रिजेस, कमल, इन्द्रजित र राकेशहरू मेरा साथी–सहयात्रीहरू थिए।

    र, मृतकका यस्ता लिस्ट अनन्तः छन्। यो महामारीले हामीलाई एउटा शोकमग्न देशका रूपमा सिमित पारिदिएको छ। आफूले पूरा गर्न नपाएका इच्छाहरू सम्झेर हाम्रा शवहरू व्यथित छन्, पश्चातापमा छन् : छोराको विवाह छुटेकोमा या छोरीको स्नातकको दिक्षान्त समारोहमा जान नपाएकोमा, अथवा त्यो गुप्त इक्षा पूरा गर्न नपाएकोमा, जसकै कारण यो भाइरसले नमारुन्जेलसम्म उनीहरू यस धर्तीमा बाँचिरहेका थिए।

    र, उनीहरू सम्भवत : त्यस्तो देशमा जन्मेकोमा पनि विषाद मान्दै होलान्, जहाँको राजनीतिक नेतृत्वले आफ्ना नागरिकका लागि अलिकति पनि वास्ता गरेन। मृतक शवहरूले साँच्चै यस्तै ठाने होला? अहँ, यो कुरा हामीले कहिल्यै थाहा पाउने छैनौँ।

    डाक्टरका रूपमा, मलाई मर्दै गरेका मान्छे र मृतकहरूलाई हेर्ने र ख्याल गर्ने तालिम दिइएको थियो। विश्व स्वास्थ्य संगठनले शोकका बारेमा वर्गिकृत गरेका पाँच चरणहरू मैले पनि पढेँको थिएँ। त्यस संगठनले मानव शोकको प्रारम्भ र अन्त्य उल्लेख थियो। हामीले विगतमा जेजे गर्यौँ, त्यो मूर्खतापूर्ण थियो भनेर यो महामारीले अहिले उदांगो पारिदिएको छ। भाइरसबारे र यसले ल्याउने परिणाम अर्थात् मृत्युबारेको हामीमा भएको ज्ञानको नित्तान्त अपर्याप्ततालाई महामारीले उजागर गरिदिएको छ।

    लुकाउनुपर्ने मृत्यु
    मलाई दिइएको चिकित्सा तालिममा हाम्रो पारिवारिक ह्वाट्सएप ग्रुपमा आएको त्यो पहिलो डरलाग्दो म्यासेजलाई कसरी सम्हाल्ने या सहने कुरा उल्लेख थिएन। हाम्रो परिवारको एकदमै प्यारो मान्छेको ज्यान गएको थियो। यो समाचार ठूलो झड्काका रूपमा आएको थियो किनभने मृतक भतिज केही घण्टाअघिसम्म पनि स्वस्थ्य नै थियो। त्यसपछि मेरो फोनमा भयानक मौनता रह्यो। परिवारको त्यति कलिलो केटो बितेको खबरले परिवारका वृद्धवृद्धामा मानसिक आघात पर्ला भन्ने ठानेर तत्कालै वृद्धवृद्धाहरूलाई त्यस पारिवारिक समूहबाट हटाइयो।

    मर्नु आफैँमा अपराध वा दुष्कर्म भएझैँ त्यस तथ्यलाई एकछिन लुकाइयो। सिरोकले छोपियो। तर हामीले गरेका ती सबै प्रपन्चहरू मलाई चाहिँ नक्कलीझैँ लाग्यो। किन पनि भने प्रारम्भिक मौनतापछि भावना, सम्झना र पश्चातापका छालहरू व्यक्त भए, उर्लिए। कोरोनाको पहिलो छाल सुस्कसुस्क आएको यात्रीझैँ लागेको थियो, तर दोस्रो छाल त बेस्कन दौडेर मूलढोकैबाट छिर्यो। मृत्युको अमरतालाई कसैले पछार्न सक्दैन, र कुनै पनि वर्गिकरणले शोकको प्रारम्भ र मूख्य रूपमा त्यसको अन्त्यलाई व्यक्त गर्न सक्दैन।

    विशेष मरण
    अनेक कोणबाट हेर्दा कोभिड १९ का मृत्युहरू आफैँमा मौलिक छन्। यो रोगबाट संक्रमितहरूको मृत्यु प्राय: एकान्त ठाउँमा हुन्छ। आफन्तहरू नभएको र प्रतिकुल अवस्थामा, अनेकौँ भेन्टिलेटर्सका पिँपिँ आवाज आइरेहेको ठाउँमा, कपडा(पिपिइ)ले पूरै शरीर ढाकेका, कठोर र धमिला अनुहारहरू भएका मान्छेहरू भएको ठाउँमा। र, मर्ने बेला हातमा समातेर ढाडस दिने अनुमति पनि हुँदैन यहाँ।

    आफ्नो अत्यन्त प्रिय मान्छे मर्नै लाग्दा वार्ड अथवा आइसियुको धमिलो सिसाबाट नियाल्न खोज्नुलाई समेत अस्पतालको नियम उल्लंघन गरेको ठानिन्छ। म आफैँले मेरो भतिजलाई अँगालो हाल्न सकिनँ, जतिखेर उनकी मृत आमा कोठामा ढलिरहेकी थिइन्। रोगबाट बच्नका लागि अपनाइने यस्ता स्वास्थ्यसम्बन्धी अनुशासनहरूले प्रेमलाई व्यक्त गर्नबाट हामीलाई रोक्छ। अनि त हामीले शोकलाई समेत थाति राख्नुपर्यो।

    तर आम मान्छेहरू त अस्पतालको बेडमै थकित नर्स र डाक्टरहरूको सेवा र संरक्षणमा अन्तिम श्वास फेर्न पाउने मेरा घरका ५ जना सदस्यजस्तै भाग्यमानी या विशेषाधिकारयुक्त पनि थिएनन्। मेरो साथी ब्रिजेश, मजस्तै अर्थोपेडिक सर्जन थिए। उसले मर्नुभन्दा ४ दिनअघिमात्रै आफ्नो अस्पतालको बेडबाट मुटु नै छुने एउटा अडियो सन्देश सबैलाई छोडेर गए। हाम्रो समयको सबैभन्दा ठूलो ‘भाग्य’ भनेकै अस्पतालको बेड, अक्सिजन सिलिन्डर र जीवनदायक औषधीहरू पो बन्न गए !

    गुहार्दा गुहार्दै
    अमेरिकामा छोरा रहेकी ७५ वर्षकी श्रीमती दासगुप्ता पनि उति भाग्यमानी ठहरिइनन्। ब्रिजेशले अस्पतालको बेडबाट छाडेको अडियो मेसेजजत्तिकै मन दुखाउने विषय थियो ती बुढी आमाले मेरो मोबाइलमा पठाएको सन्देश : ‘बेटा (छोरा), कृपया, मलाई अस्पतालमा एउटा बेड मिलाइदेउ ।’ सरकारी अस्पतालको कार पार्किङमा आफू मर्नुभन्दा ४ घण्टाअघि उनले मलाई यस्तो सन्देश पठाएकी थिइन्। म आफ्नो अर्कमण्यताका लागि मृतक दासगुप्ताप्रति लज्जित छु।

    उनको देहावसानपछि उनका छोराले मलाई सन्देश पठाए, ‘तिमीलाई धन्यवाद। मलाई थाहा छ, तिमीले पर्याप्त कोसिस गर्यौ। मलाई थाहा छ भारतमा पूरै संयन्त्र ध्वस्त भएको छ। आमाको अन्तिम अवस्थामा सँगै हुन पाइन, यसमै दुखी छु।’ उनले भनेजस्तो कुनै संयन्त्र कोल्याप्स भएको थिएन। लेखक अरुन्धती रोयले आफ्नो पछिल्लो लेखमा लेखेझैँ, ‘खासमा भारतमा कुनै प्रणाली नै थिएन। यहाँ प्रणाली भन्ने चीज विरलै थियो।’

    चिरिको पेन्टिङ
    दुखको कुरा, यही तथाकिथत प्रणालीको रहलपहल हुँ म पनि। त्यस्तो बेकारको ‘रहलपहल डाक्टर’, जसले मर्दै गरेकी आफ्नी साथीको आमाका लागि बेडसमेत पाएन। न्युयोर्क टाइम्सका प्रतिष्ठित सम्पादक अनाटोल ब्रोयार्डले आफ्नो ‘इन्टक्सिकेटेड बाइ माइ इलनेस’ शीर्षकको लेखमा लेख्छन्, ‘गम्भीर रूपमा बिरामी भएका मान्छेको उदासिनता चिरिको नामक प्रसिद्ध कलाकारले बनाएका पेन्टिङहरूजस्तै हुन्।’ तर चिरिकोको आत्मसम्बन्धी कला कार पार्किङको घुर्मैलौ प्रकाशमा आफ्नो जीवनको अन्तिम क्षण गुजारेकी श्रीमती दासगुप्ताको त्रास र उदासिनताको एक छेउ पनि थिएन। अन्तिम क्षणमा उनको उद्विग्नता मेरो कल्पनाभन्दा धेरै पर छ।

    हामीलाई ङ्याकिरहने शोकको यो मार्गलाई कुनै पनि वर्गिकरणमा नाप्न सकिँदैन। कोभिड १९ को अर्को लहरले मृत्युको दर रकेट गतीमा बढ्दै जाँदा, शोकको चरित्रका बारेमा अझै धेरै बुझ्दै छौँ हामी। शोक र मृत्युका अर्थ गहिरोसँग खोज्दै गर्दा हामी टोल्हाउँछौँ, कहालिन्छौँ। र, ‘आखिर मर्नु नै छ’ भन्दै अपरिवर्तनीय मृत्युसँग भिड्नेबारे हामी आफ्नै खालका तरिकाहरू पनि सोच्छौँ।

    बीचको समय
    महान साइन्स फिक्सन लेखकहरूमध्ये एक आइज्याक असिमोभले एक पटक लेखेका थिए, ‘जीवन आनन्ददायक छ। मृत्यु शान्तिपूर्ण छ। जीवन र मृत्यबीचको समय (सक्रंमणको समय) चाहिँ कष्टप्रद समय हो।’ असिमोभले भारतको अहिलेको महामारीको यो संकट देखेका थिए भने यस्तै भन्थे वा भन्थेनन्, थाहा छैन। किनकि यहाँ त जीवन र मृत्युबीचको समय कष्टप्रद होइन, अत्यन्त क्रुर र निर्दयी हुन गएको छ।

    कोभिडबाट मर्नु अक्सिजनको अभाव वा मेडिकल केयरबिनै मर्नुजस्तो होइन। यी मृत्युहरू जन्म र मृत्युबीचका संक्रमणकालिन क्षण नै होइनन्। यी मृत्यु आकस्मिक र क्रुरतम् दुर्घटना हुन पुगेका छन्, पूर्व तयारी नहुनुको, असवेंदनशीलता हुनुको, र शक्तिमा भएकाहरूमा भएको अति अभिमानका कारण। यी मृत्युहरू मृत्यु होइनन्, हत्या हुन्। र, अहिले यी मृत्युका घट्नाहरू भारतका दुर्गम गाउँठाउँमा उही क्रुरताका साथ बढ्दै गइरहेका छन्।

    मृत्यु र शोकले हाम्रो जीवनमा शासन गरिरहँदा पनि हामीले आशाको त्यान्द्रोमा झुण्डिनुको पनि विकल्प छैन। वृद्धवृद्धा, वालक तथा अशक्तहरूको संरक्षणको लागि सेवाकेन्द्रको अवधारणा ल्याउनेमध्ये एक थिइन् मनोचिकित्सक एलिजाबेथ कुब्लेर रोथ। उनको अति प्रभावशाली पुस्तक ‘डेथ एण्ड डाइङ’मा उनले लेखेकि छन्, ‘वास्तविकता के हो भने तपाईँ सधै शोकमै रही रहनुहुनेछ।

    आफूले गुमाएको आफन्तका मृत्युबाट तपाईँ कहिल्यै मुक्त हुनुहुनेछैन। बरु यस्तै हो, के गर्नु त भन्दै बाँच्न सिक्नुहुनेछ। तपाईँ निको हुनुहुनेछ र आफूले गुमाएको प्रियजनको वरपर नै आफूलाई पुर्ननिर्माण गर्नुहुनेछ। तपाईँ पहिलेजस्तै पूर्ण देखिनुहुनेछ तर पहिलेजस्तै भने तपाईँ रहनुहुनेछैन। न तपाईँले पहिलेजस्तै हुनुपर्नेछ, न तपाईँ पहिलेजस्तै हुन चाहनुहुनेछ।’

    सान्टिआगोको ताल
    रोथका कुरालाई हामीले जीवनको एक सत्यका रूपमा आत्मसाथ गर्नुपर्छ। हाम्रो वरपर थुप्रिएका अवशेषहरूबीच नै हामीले आफूलाई निर्माण गर्नुपर्नेछ। हामीले आफ्नै तरिकाले शोक मनाउनुपर्छ। हामीले पवित्र गंगाजलभन्दा बाहिर फालिएका हाम्रा प्रत्येक प्रियजन, साथी र शवको सम्झनामा शोक मनाउनुपर्छ। यो भयंकर समयमा शोक मान्ने विषय पनि हाम्रो अस्त्वित्वको एक अनुस्ठान नै हो।

    ‘इन क्रोनिकल अफ अ डेथ फोरटोल्ड’मा मार्खेजले सान्टिआगो नस्र नामको एक अरबी मान्छेको हत्याका बारेमा व्याख्या गरेका छन्। पाब्लो र पेद्रो नामका जुम्ल्याहा दाजुभाइले सान्टिआगोको पेटमा चक्कु प्रहार गर्छन् र सान्टिआगोको पेटबाट आन्द्रा निस्केर झोल्लिएको हुन्छ। तर यति भइसकेपछि पनि आफ्नो आन्द्रलाई हातमा बोकेर केही बेरसम्म सान्टिआगो हिँड्छ। जब उ अन्तिम पाइलामा अल्झेर लड्छ, त्यतिखेर पनि आफ्ना आन्द्रामा टाँसिएका फोहरहरू सफा गर्ने प्रयास गर्छ।

    अहिले भारत पनि सान्टिआगोले जस्तै आफ्नो पेटभित्रको आन्द्रा बाहिर हातमा झुण्ड्याएर हिँडिरहेको छ। यसरी पेटबाहिर झोल्लिएको आन्द्रोको फोहरलाई कसले नै ख्याल गर्ला र ? त्यो कुरा त समयले नै बताउला। तर त्यसअघि पनि हामीले हिँड्नु नै छ। हामीले हाम्रो घाउका बारेमा बोल्नुपर्छ। हामी अझै जिउँदै छौँ। रगत बगिरहँदा पनि हामीले श्वास फेरिरहनुपर्छ।

    द वायरबाट प्रकाश अजातको अनुवाद। (डाक्टर साह अलाम खान एआइआइएमस, नयाँ दिल्ली, भारतका अर्थोपेडिकका प्राध्यापक हुन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. साह आलम खान

      डा. साह आलम खान

      डाक्टर साह अलाम खान एआइआइएमस, नयाँ दिल्ली, भारतका अर्थोपेडिकका प्राध्यापक हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.