Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाफा के होः चलाखीपूर्ण उद्यमशीलता वा शोषणको फल

nepal_readers nepal_readers
सोमवार, अशोज ३१, २०७९
- विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मजदुर र मालिकबीचको सम्बन्ध शोषणमा आधारित हुन्छ। यद्यपि धेरैजसोलाई ‘राम्रो जागिर’ अर्थात पर्याप्त तलब, पेन्सन, विरामी बिदा लगायत राम्रो सेवासुविधा भएका काममा शोषण हुँदैन भन्ने लाग्छ। यो गलत हो।

    अधिकांश मानिसहरू आफ्नो कामको केही पक्षमाथि गुनासो गर्छन्, उनीहरूलाई आफू शोषित भएको महशुस हुँदाहुँदै पनि काम छोड्दैनन्। किनकी उनीहरूलाई त्यो कामबाट बाँच्नका लागि आम्दानी भएको छ। तर बाँच्नका लागि श्रम बेच्ने र नाफा कमाउनका लागि त्यो श्रम किन्नेहरूबीचको सामाजिक तथा आर्थिक सम्बन्धमा शोषण मौलाएको छ।

    नाफा चोरी हो: यो दाबी आफैंमा स्पष्ट सत्य हो भन्दैमा यस तथ्यलाई सहजै अर्थ्याउन सकिँदैन। पूँजीवादका आलोचकहरूले यस तथ्यलाई स्वीकार्य बनाउन स्पष्ट  कारणहरु ल्याउन आवश्यक छ। नभए कामदार वा मजदुरहरू र मालिकबीचको सम्बन्ध शोषणमा आधारित छ भनेर तपाईं  किन विश्वास गर्नुहुन्छ? कुनैपनि व्यापार व्यवसायले कामदारलाई भुक्तान गरेको भन्दा बढी श्रम नलिईकन नाफा कमाउनै सक्दैन भन्ने एउटा साधारण तथ्यमै यससम्बन्धी तर्क घुमिरहन्छ।

    शोषण के हो?
    काममा मजदुरमाथि किन शोषण हुन्छ भन्ने कुरा बुझ्नका लागि शुरुमा शोषित हुनु भनेको के हो भनेर बुझ्न आवश्यक छ। समान्यतः शोषण भनेको एक व्यक्ति वा एउटा सामाजिक समूहको श्रममा अर्को व्यक्ति वा समूहले फाइदा लिनु भन्ने बुझिन्छ। जसमा श्रम गर्नेले त्यो लाभ पाउँदैन। यसको एउटा स्पष्ट उदाहरणका लागि एउटा इन्टर्नलाई लिन सकिन्छ। इन्टर्नको प्रयोग व्यक्तिगत तहमा शोषणको एउटा स्पष्ट उदाहरण हो। व्यवसायीले इन्टर्नलाई कुनै भुक्तान नगरीकन उसले गरेको श्रमबाट लाभ लिएको हुन्छ। एउटा इन्टर्नले भविष्यमा कुनै राम्रो काम पाउने अपेक्षामा स्वेच्छाले नै काम गर्न सहमत भएको हुन्छ।

    शोषण एउटा आर्थिक सम्बन्ध हो। यो श्रमबाट बनेको मूल्यको स्वायत्तकरण हो। तपाईंको कामको उत्पादन कुनै समान भुक्तान बिना नै पचाइन्छ भने यो शोषणको विषय हो। यदि कोही व्यक्ति व्यक्तिगत रुपमा शोषित हुन सहमत छ भने यो विषय यस सवालसँग प्रासंगिक छैन। बरु यो विषय एउटा सिंगो सामाजिक समूहमाथिको शोषणसँग सम्बन्धित छ। मालिकहरूले कामदारको श्रमबाट बनेको उत्पादन वा मूल्यलाई बिना भुक्तान निजी बनाउँछन्, यो विषय यससँग सम्बन्धित छ।

    नाफा कहाँबाट आउँछ?
    मूलतः नाफा कामदारको बिना भुक्तानको कामबाट प्राप्त हुन्छ। नाफाको सामान्य अर्थ  यदि कसैले कुनै वस्तु वा सेवा प्रदान गर्दा उसले त्यसका लागि लगानी गरेको भन्दा बढी प्राप्त गर्छ भने त्यसलाई सामान्य रुपमा नाफा भन्ने गरिन्छ। ऐतिहासिक रुपमा नाफा कमाउनका लागि कुनै एउटा क्षेत्रमा एउटा वस्तु कम मूल्यमा किनेर अर्को ठाउँमा बेच्ने गरिन्थ्यो। पूँजीवादी समाजमा नाफा कमाउनु भनेको वस्तुलाई सस्तोमा किनेर महंगोमा बेच्नुमा मात्रै सीमित रहेन।

    अधिकांश पूँजीवादी फार्महरू वस्तु वा सेवा उत्पादनका लागि आवश्यक औजारहरू, मेसीनरी, भवन, भूमि र श्रम किनेर यसको लागत भन्दा बढी पैसा कमाउनका लागि ती वस्तु तथा सेवा बजारमा बेच्छन्। यसमा एउटा दिमाग तिरमिर्याउने  खालको प्रश्न उब्जन्छ। व्यवसायमा औजार, उपकरणहरू, भाडा तथा तलवको लागत भन्दा बढी पैसा कसरी कमाइन्छ ?

    स्टारवक्स(कफीहाउस कम्पनी)ले कफी ग्राइन्डर, एस्प्रेसो मेसिन, भाडा तथा तलव लगायतमा पैसाको बिटो खर्चिएको हुन्छ। उसले यी सबैमा गरेको खर्चमा भन्दा बढी पैसा कमाउँछ। यो अतिरिक्त मूल्य कहाँबाट आउँछ? उपकरण, भाडा र मजदुरीमा लगभग समान लागतको भुक्तान गर्दागर्दै र तीव्र प्रतिस्पर्धाका बावजूद एउटा कफी बेच्ने कम्पनीले कसरी लाभ कमाउने प्रबन्ध गर्छ? यसको सरल उत्तर छ- श्रमले उक्त व्यवसायका लागि तलव भुक्तान गरिएभन्दा बढी मूल्य उत्पादन गरेको हुन्छ।

    मजदुरहरूः पूँजीवादको ‘दुहुनो गाई’
    पहिलेको समाजमा जस्तो व्यवसायका मालिकहरूले वैधानिक रुपमा तिनका कामदार तथा कामदारका श्रममाथि स्वामित्व लिँदैनन्। यसको सट्टामा उनीहरू व्यवसायका मालिकहरूले कामदारको श्रम किन्छन्। कामदारहरूले बाँच्नका लागि प्रत्येक दिनको निश्चित समयआफ्नो कम्पनीको मालिकका लागि बेच्छन्। यो अनिवार्य रुपले एउटा रोजगार सम्झौता हो। तपाईंले प्रत्येक दिन निश्चित समयभरी व्यवसायस्थलमा आफूलाई प्रस्तुत गर्नुपर्छ र रोजगारदाताको उचित आदेशको पालना गर्नुपर्छ। त्यसैगरी रोजगारदाताले काम गरेको घन्टाको पैसा तिर्छ। रोजगारदाताले तपाई को कार्यक्षमता भाडा (रेन्ट) मा लिएको हुन्छ। र, सबैभन्दा महत्वपूर्ण कुरा मजदुरहरूलाई वास्तवमा उनीहरूको उत्पादनको पूर्ण मूल्य तिरिएको हुँदैन।

    एउटा व्यस्त स्टारवक्समा एउटा वरिस्टाले एक घन्टामा सयौं डलर मूल्य बराबरको कफी बेच्छ, जसबाट उसले दिनको १५ डलर पैसा पाउँछ। ८ घन्टा अर्थात् आधा दिनमा उसले पसलको भाडा, कफी ग्राइन्डर लगायत सबै वस्तुको दैनिक लागत समेट्नसक्ने मूल्य बराबरको कफी बेचिसकेको हुन्छ। तर के पूरै दिनको लागतआधा दिनमा उठाउँदैमा उसले बाँकी आधा दिनको समयमा कामबाट छुट्टी पाउँछ ?अवश्य पाउँदैन। स्टारबक्सले उसलाई अरु ४ घन्टासम्म काममा लगाउँछ– जुन अवधिमा उसले निशुल्क काम गरेको हुन्छ र यो बिना भुक्तानको श्रमबाट निस्किएको नाफा मालिकको खल्तिमा जान्छ।

    ८ घन्टाको दौरान तपाई जति कठिन र तीव्र काम गर्नुहुन्छ, यसका लागि तपाईले उत्पादन गरेको मूल्य तपाईंको तलव भन्दा बढी हुन्छ। जब अन्तिम वस्तु तथा सेवा बिक्छ, व्यवसायको मालिकले त्यो अप्रत्याशित कमाइलाई  कुनै परिश्रम बिनाआफ्नो गोजीमा  राख्छ। तपाईंको भाडामा लगाइएको श्रम अर्थात् तपाईंले बेचेको श्रमबाट उसले तपाईंलाई जति भुक्तान गरेको हुन्छ त्यो भन्दा बढी मालिकले लिन्छ। उत्पादन प्रक्रियामा श्रमशक्तिका सम्बन्धमा एउटा अद्धितीय तथ्य छः कामदार मात्रै एउटा यस्तो तत्व हो, जसले उत्पादनमा नयाँ मूल्य थप गरेको हुन्छ।

    यसकारण मालिक र कामदारबीचको सम्बन्ध शोषणमा आधारित हुन्छ। व्यवसाय चलाउनका लागि मालिकले कामदारलाई भुक्तान गरेको मूल्य भन्दा बढी उसबाट लिनुपर्छ। यदि एउटा कमदारलाई साच्चिकै उसको श्रम अनुसारको भुक्तान गरिन्थ्यो भने नाफा कमाउन असम्भव नै हुन्थ्यो। किनभने श्रम शक्ति मात्रै त्यस्तो उत्पादन लागत हो, जसले व्यवसायका लागि बढी मूल्य कमाउँछ। स्टारवक्स आफूले चाहेका सबै स्टोरहरू, एस्प्रेसो मेसिनहरू र कफि विनहरू किन्न सक्छ।तर, उसलाई यति सक्षम बनाउने तिनै वारिस्टा मात्रै हुन्छन्, जसले यस कम्पनीको मालिकले पाउने नाफाका लागि मूल्य थप्ने काम गरिरहेका छन्।

    आपूर्ति र माग
    नाफा चोरी हो भन्ने तर्कमा एउटा आम असहमति हुने गर्छः नाफा कामदारको बिना-भुक्तानको श्रमबाट नभएर आपूर्ति तथा मागको सम्बन्धबाट आउँछ। एउटा व्यवसायीले कुन वस्तुमाथि खर्च गर्न उपभोक्ता तयार हुन्छ भन्ने कुरा पहिचान गरेको हुन्छ र यो चतुर्‍याँइका कारण नै उसले नाफा कमाउने गर्छ भन्ने आम तर्क छ।

    यदि व्यवसायीले उत्पादन कम र माग बढी भएको उत्पादन आफ्ना प्रतिस्पर्धीहरूले भन्दा कम लागतमा उत्पादन गर्छ भने उसले त्यसबाट प्रशस्त नाफा कमाउन सक्छ। यो अकाट्य सत्य हो कि एउटा व्यवसायीले यसखालका अभ्यास वा कामदारको उत्पादकत्व बढाउने खालको कुनै प्रविधिको विकास गरेर आफ्नो नाफाको मार्जिनलाई बढाउन सक्छ। यद्यपि यो व्याख्याले अर्को प्रश्न उब्जाउँछः जब उसका प्रतिस्पर्धीले त्यस्तै खालको प्रविधि विकास गर्दै माग धान्न थाले भने यहाँ कसरी माग र आपूर्तिको सम्बन्धले मात्रै नाफा बन्न सक्छ?त्यसो भए के अब यहाँ पहिलो व्यवसायीले कुनै नाफा नै कमाउँदैन ? उत्तर स्पष्ट छ: होइन।

    एउटा मध्यमखालको शहरको मुख्य गल्लीमा छोटो पैदल यात्रा गर्नुहोस् र ‘चेन कफी सप’को गन्ति गर्नुहोस्। याद गर्नुहोस्, ती मध्ये सबैले उस्तै प्रविधि प्रयोग गरेर लगभग उस्तै उत्पादनबाट उत्तिकै आधारभूत माग पूरा गरिरहेका हुन्छन्। जसका बावजूद ती निरन्तर रुपमा सफलतापूर्वक काम गरिरहेका छन्।

    यी व्यवसायको लामो समय र निरन्तरको कार्य कुनै चलाखीपूर्ण तौरतरिकामा आधारित हुँदैन, तर कामदारले रेन्टमा दिएको श्रमको बढी भन्दा बढी उत्सर्जनमा आधारित हुन्छ। जसलाई एउटै शब्दमा भन्नुपर्दा शोषणमा आधारित हुन्छ।

    जोखिम
    अर्कोथरी भन्ने गर्छन् कि यदि व्यवसायीले औजार, उपकरण, भूमि लगायत व्यवसाय सुरु गर्न आवश्यक धेरै कुरामा खर्च गरेको हुन्छ, त्यसैले उसले कामदारलाई दिने तलव भन्दा बढी लिनु उचित छ। उनीहरूका अनुसार नाफा केवल त्यो मुआब्जा हो, जुन मालिकले सुरुवाती लगानी गर्न लिएको जोखिम वापत आफैँलाई भुक्तान गरेको हुन्छ। तर,आफैँले लिएको जोखिमले चोरीलाई न्याय गर्न सक्दैन।

    यदि कुनै चोरले तपाईंको घर भत्काएर चोर्छ भने उसले पनि त्यहाँ त्यस्तै महत्वपूर्ण खालको जोखिम मोलेको हुन्छ। पक्राउ पर्ने वा कुटाइ खाने जोखिम मोल्दै उ चोर्न गएको हुन्छ। के त्यो जोखिमले उसलाई तपाईंको घरको सम्पत्ति राख्ने अधिकार दिन्छ?

    मध्यकालिन भूस्वामीहरुले समेत आफ्नो भूमि र सम्पत्तिको सुरक्षाका लागि हातहथियारमा पर्याप्त लगानी गरेका हुन्थे। जब डाकुले छापा मार्छन्, तिनलाई लखेट्नका लागि ती मालिकहरूले आफ्नो ज्युज्यानलाई खतरामा राखेका हुन्थे। के त्यो जोखिम र लगानीले आफ्ना कृषिदासबाट निशुल्क लिएको श्रमलाई न्याय गर्न सक्छ ?अवश्य पनि सक्दैन। र, अहिले कामदारलाई पनि त्यस्तै भएको छ।

    मध्यकालिन मालिकहरूका लागि सम्पत्ति भनेको कुलिन साहस र शक्ति थियो- आधुनिक व्यवसायीका लागि यो उद्यमशील गुण हो। तर आखिरीमा यी व्याख्याहरूले यी सम्पत्तिहरू कसरी प्राप्त भए भन्ने कुरा खुलस्त पार्न भूमिका खेल्छन्ः यो बिना कुनै भुक्तानी अरुको श्रमबाट खोसिएको हो। यो शोषणबाट प्राप्त भएको हो।

    स्पिङम्याग डट सिएबाट भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      कञ्चन झा
      सोमवार, अशोज ८, २०८०

      संघीयताको परिभाषा र विविधता एउटा राजनीतिक प्रणालीका रूपमा संघीयतालाई विश्वभर विविध स्वरूपमा देख्न पाइन्छ। जसले विविधतापूर्ण विश्वमा शासनको अनुकूलन क्षमतालाई...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      बिहिबार, अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist