Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाले युक्रेनभन्दा विद्यालय सुरक्षामा ध्यान दिनुपर्छ: डोनल्ड ट्रम्प

nepal_readers nepal_readers
जेष्ठ १४, २०७९
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

    “[यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने] हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ,” उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ। युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो।

    ट्रम्पले के भने?
    “हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्‍यौँ र त्यसबाट केही उपलब्धि भएन,” ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए। “हामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ।”

    यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्।

    ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै “दुष्ट”हरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए। उनले प्रत्येक विद्यालयमा धातु पहिचान गर्ने उपकरण, कम्तीमा एक सशस्त्र प्रहरी अधिकारी र विद्यालय सुरक्षाको निम्ति एक मात्र प्रवेश विन्दु सुनिश्चित गर्ने प्रस्ताव अघि सारे।

    उनले डेमोक्र्याटहरूले त्यस्ता सुरक्षा उपायहरूलाई ढुङ्गा हानेको आरोप लगाए। उनले लोकतन्त्रवादीहरू यस्ता सुरक्षा उपायको बाधक बनेको आरोप समेत लगाए। ट्रम्पले युभाल्डीमा गोली काण्डमा परेका पीडितहरूको नाम पढेर आफ्नो भाषण सुरु गरेका थिए।

    पचास लाख सदस्य रहेको हतियार समर्थक एनआरएको वार्षिक सम्मेलन अमेरिकाको एक दशकयताकै सबैभन्दा क्रूर विद्यालय गोली काण्ड भएको युभाल्डीबाट ४५० किलोमिटर टाढा भइरहेको छ।

    कार्यक्रम हुनुभन्दा अगाडि धेरै वक्ताहरू र सङ्गीतकर्मीहरूले उनीहरूले टेक्ससका गभर्नर ग्रेग एबोट, सेनेटर जोन कोर्निन र युभाल्डी आक्रमणमा प्रयोग गरिएको राइफलको निर्माता लगायतको विपक्षमा रहेको घोषणा गरेका थिए। ट्रम्पले आफ्नो मन्तव्यमा अमेरिकीहरूलाई “मानसिक स्वास्थ्यप्रति दृष्टिकोणमा व्यापक परिवर्तन गर्न” पनि आह्वान गरे। उनले आफ्नो कार्यकालमा पनि यस्तो आह्वान गरेका थिए।

    यद्यपि आलोचकहरूले भने उनलाई मानसिक स्वास्थ्य सेवा समाविष्ट चिकित्सा कार्यक्रमहरूको खर्च कटौती गर्ने प्रयास गरेको आरोप लगाएका थिए। ट्रम्पले बोल्नुअघि टेक्ससका सेनेटर टेड क्रुजले धार्मिक कार्यमा उपस्थिति कम हुनु, सामाजिक सञ्जाल र भिडियो गेमहरू सामूहिक गोलीबारीको मुख्य कारणहरू भएको बताएका थिए।

    कार्यक्रमस्थल बाहिर एनआरएको विरोध गर्न सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । उनीहरूले “एनआरएले बालबालिका मार्‍यो”, “बच्चालाई बन्दुक होइन, सुरक्षा देऊ”जस्ता नारा अङ्कित प्लेकार्ड र गोलीकाण्डमा परेका पीडितहरूको तस्बिर बोकेका थिए। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.