Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो ‘नयाँ तालिबान?

तर विशेषज्ञहरूमध्ये अर्कोथरीको यो पनि भनाई छ कि तालिबानको यो चेहरा केबल बाहिर देखाउन र मान्छेहरूको सहानुभुति प्राप्त गर्नका लागि हो। एक पटक सत्तामा आएपछि र राज्यमा पकड जमाएपछि उनीहरूले पहिलेजस्तै आफ्नो कट्टरपन्थी रबैया अपनाउने छन्।

प्रमोद मल्लिक प्रमोद मल्लिक
साउन २०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अफगानिस्तानको धेरैजसो क्षेत्रमा तालिबानको कब्जा तथा पुरुषहरूलाई अनिवार्य रूपमा दारी पाल्न तथा महिलाहरूलाई एक्लै घरबाहिर निक्लन नदिने फरमान जारी भएसँगै यो देश पुनः सन् २००६ अघिको युगमा फर्किएको बताइँदैछ। के वास्तवमै अफगानिस्तानमा त्यस्तै अवस्था छ त? के तालिबान अहिले पनि पहिलेझैँ नै छ अथवा मुल्ला उमरको नेतृत्वको तालिबानभन्दा अहिलेको ‘नयाँ तालिबान’ अलग छ?

    फ्रेब्रुअरी २०२० मा जब युएईको दुबइ शहरमा कट्टरपन्थी इस्लामी संगठन तालिबान, अमेरिकी प्रशासन र अफगान सरकारका बीचमा बहुपक्षीय कुराकानी भयो। त्यस कुराकानीका क्रममा तालिबानले अबदेखि अमेरिकी सैनिकलाई निसानामा नपार्ने बाचा गर्यो। यस छलफलमा अमेरिकी सैनिकलाई त्यहाँबाट फिर्ता गर्ने कुरा पनि तय गरियो।

    यसबाट यो कुरा प्रष्ट देखिन्छ कि अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भएपछि अफगानिस्तानमा तालिबानको भूमिका के र कस्तो हुन्छ भन्नेमा केही प्रष्ट छैन। चाखलाग्दो के छ भने अमेरिकी सैनिक त्यहाँबाट हट्नुअघि नै तालिबानी लडाकुहरूको प्रभुत्व बढ्न थाल्यो। उनीहरू अघि बढ्न थाले र अफगानी सेना भने पछि धकेलिन थाल्यो। मौजुदा स्थितिमा अफगानिस्तानका ३२० जिल्लामध्ये २२१ मा तालिबानले कब्जा गरेका छन्। उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को अनुमानअनुसार तलिबानसँग अहिले कमसेकम ८५ हजार लडाकुहरू छन्।

    को हो तालिबान?

    पश्तो भाषाको ‘तालिब’ शब्दको अर्थ छात्र (विद्यार्थी) हो र त्यसको बहुबचन तालिबान हो। तालिबानहरू पहिले साउदी अरबको लगानीमा यस क्षेत्रमा चलेका मदरसा (मुसलमानहरूको धार्मिक स्कुल) का छात्रहरू थिए, जहाँ उनीहरूलाई बहाबी इस्लामको शिक्षा दिइने गरिन्थ्यो। बहाबी मुस्लिम समूदायले मुसलमान धर्मको पुरानो र कट्टर परम्परालाई पुनः जागृत गराउने उदेश्य राख्छ।

    इस्लामको कट्टरपन्थी व्याख्यामा आधारित यो शिक्षाले अफगानी बच्चाहरूलाई इस्लाम धर्मकै लागि आफ्नो ज्यान फाल्नका लागि समेत तयार त गरि नै रहेको थियो, उनीहरूबीच पश्चिमी सभ्यता–संस्कृतिका प्रति एक खास किसिमको घृणा रोपिएको थियो र गैरमुसलमानप्रति उनीहरूलाई असहिष्णु पनि बनाइएको थियो।

    यो त्यस्तो समय थियो, जतिखेर अफगानिस्तानमा सोभियत संघको समर्थनमा सरकार चलिरहेको थियो र त्यहाँ सोभियत संघको सेना तैनाथ थियो। त्यसपछि त्यहाँ अमेरिकाले सोभियत संघलाई हटाउनका लागि तालिबानलाई प्रयोग गर्यो र अन्तत : अमेरिका आफ्नो रणनीतिमा सफल पनि भयो।

    पश्चिमी मूल्यका विरुद्ध

    अफगानिस्तानबाट रुसी सैनिकहरू फर्किएपछि पश्चिमी मूल्यको प्रतिक गैरइस्लामी मूल्यहरूलाई बढावा दिनेवाला अमेरिकीहरूको विरुद्ध तालिबान खनिन थाले। सन् १९९८ मा अफगानिस्तानको ९० प्रतिसत स्थानमा तालिबानको कब्जा थियो। तालिबानको मुख्य उदेश्य सरिया नामक मुसलमान कानूनका अनुसार शासन गर्नुथियो। उनीहरूले त्यस कानूनलाई कडा रूपमा लागु गराए किनकि उनीहरूको नजरमा वास्तविक इस्लाम कानून नै त्यही थियो।

    पुरुषले दारीजुँगा पाल्न र महिलाहरूलाई हिजाब लगाउन उनीहरूले अनिवार्य गराए। घरको कुनै पुरुषको अनुमति बेगर महिलालााई घरबाहिर नजान प्रतिबन्ध लगाइयो। केटीहरूलाई स्कुल र कलेज जान बन्द गराइयो। महिलाहरूलाई जागिर खान प्रतिबन्ध लगाइयो। चोरी गरेमा हात काट्ने तथा अवैध सम्बन्धहरूमा संलग्न महिलाहरूलाई ढुंगा हानेर मार्ने सजायँ दिने प्रावधान लागू गरियो।

    १९९६ मा अफगानिस्तानमा यस्तोसम्म घटना बाहिर आएको थियो, जसमा २२६ महिलाहरूलाई चारैतिरबाट घेरेर नराम्रोसँग पिटिएको थियो। उनीहरूले तालिबानको लुगाकपडासम्बन्धी तालिबानी कानून उल्लंघन गरेको आरोप लागेको थियो।

    ९/११ बाट बदलिएको समीकरण

    तर २००१ को ९/११ मा अमेरिकाका भएको जुम्ल्याहा अग्ला भवनमाथिको आतंकवादी हमलाले पूरा समीकरण नै बदलिदियो। यो हमलाका लागि साउदी मूलका ओसामा बिन लादेनलाई जिम्मेवार मानियो, जो घट्ना हुँदाताक अफगानिस्तानमा लुकेर बसेका थिए। उनी अलकायदाका प्रमुख नेता थिए। विशेषज्ञहरू भन्छन् कि अल कायदा कहिले पनि तालिबानसँग धेरै नजिक थिएन। यिनीहरूबीच कतिपय मुद्धाहरूमा वैचारिक समानता थिए भने कतिपय विषयमा तिखो मतभेद पनि थियो।

    तर तत्कालीन् अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले तालिबानलाई अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई अमेरिकालाई सुम्पन तथा अरु लडाकुहरूलाई अफगानिस्तानबाट निकाल्नका लागि चेतवानी दिए। तर तालिवानले बुसको चेतावनीलाई इन्कार गरिदियो।
    जर्ज बुसले त्यसपछि आफ्नो अमेरिकी सेना ठूलो संख्यामा अफगानिस्तान पठाए, जसले तालिबान प्रशासनलाई उखेलेर फ्याँक्यो।

    र, तालिबानका प्रमुख नेता मुल्ला ओमार भने अफगानिस्तानका ओढारहरूमा लुक्दै भागिरहे। सन् २०१३ मा जाबुलमा भएको अमेरिकी ड्रोन हमलामा उनी मारिएको बताइन्छ। मूल्ला उमरको मृत्युपछि मुल्ला अख्तर मंसुर तालिबानका प्रमुख बने। तर उनको नेतृत्वलाई मुल्ला उमरकै छोरा मुहम्मद याकुबले चुनौती दिए। अमेरिकन ड्रोन हमलामा मुल्ला अख्तर मंसुर पनि मारिए।

    त्यसपछि…

    तालिबानको शरीआ अदालतका प्रमुख हबीतुल्लाह अखुन्दजदाले मन्सूरको ठाउँ लिए। उनी तालिबान प्रमुख बने। मुल्ला मन्सूर अथवा हबीतुल्लाह अखुन्दजदा कहिल्यै पनि टेलिभिजन च्यानलमा आएका अनुहार थिएनन्। उनीहरूले अमेरिकालाई सक्याउने धम्कि दिएको सन्देश कहिल्यै पनि टेलिभिजनमा सुनिएको थिएन। तालिबानका बारेमा समाचार लेख्ने पत्रकारहरू र विशेषज्ञहरूले पनि यिनीहरूका बारे एकदमै कम जानकारी पाएका थिए।

    हबीतुल्लाह अखुन्दजदाका दुई जना सहयोगी हुन्–सिराजद्दीन हक्कानी तथा मुहम्मद याकुब। सिराजुद्दीन हक्कानीले पछि आफ्नै नाममा ‘हक्कानी नेटवर्क’ गठन गरे, जसमा विदेशबाट आएका धेरैजसो आतंकवादीहरूसमेत संलग्न थिए। सो नेटवर्कको पाकिस्तान, साउदी अरब तथा अल कायदासँग गहिरो सम्बन्ध थियो। मुहम्मद याकुबको पनि अफगानिस्तानमा ठूलो प्रभाव थियो र उनी तालिबानको सेना प्रमुख थिए। उनलाई सेना प्रमुखबाट हटाएपछि इब्राहिम सद्रले उनको ठाउँ लिए।

    उदार तालिबान र अन्र्तर्राष्ट्रीय समर्थन

    ‘इण्डियन एक्सप्रेस’ले बेलायतको रोयल सर्बिसेज् इन्स्टीच्यूटका एन्टोनियो गिस्तोत्जीको हवाला दिँदै भनेको छ कि अहिले याकुब र मुल्ला अब्दुल बरादरले ‘उदार तालिबान’को प्रतिनिधत्व गर्छन्। अमेरिकासँग दुबईमा भएको कुराकानीमा यी दुबैले भाग लिएका थिए।
    चीन यही तालिबानी समूहसँग पछिल्लो पटक सम्पर्कमा छ। विशेषज्ञहरूका अनुसार तालिबानले चीनलाई आफूहरूले चीनियाँ प्रान्त सिन्जियाङ तथा त्यहाँका उइगुर मुसलमानहरूलाई समर्थन नदिने तथा तिनीहरूलाई अफगानिस्तानमा शरण नदिइनेबारे आश्वस्त पारेका छन्। तालिबान सो सर्तमा चीन तालिबानलाई समर्थन गर्न तयार छ।

    चीनले अफगानिस्तानमा आफ्नो स्थान बनाएको छ र चीन अब तालिबानलाई सो सर्तमा सहयोग गर्न तयार छ।

    साँच्चै बदलिएको छ तालिबान?

    पश्चिमी देशका विशेषज्ञहरूको भनाई छ कि अंतरराष्ट्रीय स्वीकृति मिलेपछि र आम जनताका बीचमा काम गर्दै गएपछि तालिबानको रबैयामा बदलाव आएको छ। उनीहरू अब आधुनिक शिक्षा, प्रविधि र मीडियाको स्वीकार गर्न थालेका छन्। उनीहरू अब मानवअधिकारका कुरासमेत बुझन थालेका छन्।

    जब तालिबानले महिलालाई उनीहरूको नोकरी, शिक्षा दिने कुरा स्वीकार गर्यो तथा हिजाब लगाएरै बाहिर निक्लने कुरामा प्रतिबन्ध नलगाउने बतायो। तथा इस्लामी मूल्यका आधारमा मानवअधिकारको सम्मान गर्ने बताए, पश्चिमाहरूले उनीहरूप्रति भरोसा गरे।
    पहिले तालिबानहरू स्थानीय स्तरमा अनेक गुटहरूमा बाँडिएका थिए र तालिबानका स्थानीय कमाण्डहरूले नै तमाम फैसलाहरू लिने गर्थे। तर अहिले यसको एउटा केन्द्रीय नेतृत्व छ र त्यो उदार छ। त्यसो हुँदा स्थानीय स्तरमा पनि अब उदार रबैया अपनाइने सम्भावना छ। किनकि विश्वभर मान्छेहरू उदारता र स्वतन्त्रता रोज्दैछन्।

    तर विशेषज्ञहरूमध्ये अर्कोथरीको यो पनि भनाई छ कि तालिबानको यो चेहरा केबल बाहिर देखाउन र मान्छेहरूको सहानुभुति प्राप्त गर्नका लागि हो। एक पटक सत्तामा आएपछि र राज्यमा पकड जमाएपछि उनीहरूले पहिलेजस्तै आफ्नो कट्टरपन्थी रबैया अपनाउने छन्।

    अब अफगानिस्तानमा के हुन्छ ?

    यद्यपि, यति कुरा त प्रष्टै छ कि तालिबानलाई रोक्न अब कठिन छ। अमेरिकी सेना घर फर्किसकेको छ। अफगानिस्तानको सरकारी सेनालाई तालिबानका लडाकुहरूले पछि धकेलिरहेका छन्। यस्तो अवस्थामा अफगानीहरूका लागि लडिदिने कोही छैन। भारतका लागि अफगानी राजदूतले भारतबाट आफूहरूले सैनिक बन्दोबस्ति सहितको धेरै सहायताको अपेक्षा गरेको तर सहयोगको नाममा भारतीय सेना अफगानिस्तान पठाउने कुरा आफूले नचाहेको बताएका छन्। पहिलेभन्दा पनि धेरै सैनिक सहायताको अपेक्षा छ उनको।

    के गर्ला भारत?

    भारतले अफगानिस्तानलाई कुन तरिकाले सहयोग गर्ला, उ तालिबानसँग कस्तो सम्बन्ध राख्ला, अफगानिस्तानको बैधानिक सरकारका लागि उसले के गर्ला? यी कुराहरू अहिलेसम्म प्रष्ट छैन। अफगानिस्तानमा करिब तीन अरब डलर लगानी गरिसक्दा समेत भारतको हालत यस्तो छ।

    पाकिस्तानको रवैया भने प्रष्ट छ। उ तालिबानकै साथमा छ। चीन एकदमै प्रष्ट छ–उसले तालिबानलाई स्वीकार गर्न सक्छ। अमेरिका आफ्ना कर्मचारीको सुरक्षाको लागि ६०० अमेरिकी सैनिकलाई अफगानिस्तानमा राख्नेछ। योबाहेक उसलाई अरु कुराको मतलब छैन। यस्तो अवस्थामा नयाँ तालिबान होस् या पूरानै तालिबान, भारत भने उल्झनमा छ। तालिबानसँग के गर्ने र कस्तो व्यवहार गर्ने भन्नेबारेमा भारत प्रष्ट छैन।

    (सत्यहिन्दीबाट नेपाल रिडर्सको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रमोद मल्लिक

      प्रमोद मल्लिक

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.