Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपति?

सहयोगीबाट सहयोगीबाट
भदौ १, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तालिबान आन्दोलन सधैं गोप्य पात्रहरुबाटै चलेको छ। जसरी नेपालमा माओवादी आन्दोलन चलेको थियो। जसरि भारतमा चारु मजुमदारको नेतृत्वमा चलेको थियो। अझ तालिबानको आन्दोलन त नेपाल र भारतको भन्दापनि निकै गुणा गोप्य नेतृत्वबाट निर्देशित थियो। नेपालका माओवादीका प्रचण्ड भनिएका नेता शान्ति संझौतामा आएलगत्तै पुष्पकमल दाहाल देखा परेझैं अफगानिस्तानको तालिबानका संस्थापक मोल्लाह उमर भनेर एक्कासी चिनिए। तिनै नेता हाल सर्वोच्च नेता बैबतुल्लाह अखुन्जादा द्वारा नेतृत्व गरिएको छ।

    जब विद्रोहीहरुले आइतबार अफगानिस्तान कब्जाको काम पूरा गरे तब यो समूहको सबैभन्दा सार्वजनिक अनुहार, राजनीतिक प्रमुख ब्यक्ति मुल्ला अब्दुल गनी बरादारले सोशल मिडियामा तालिबान विजयी भएको दाबी गरे। त्यसपछि त सारा दुनियाँले उनलाई चिन्ने नै भयो।

    तालिबान लडाकू अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेपछि मुल्ला अब्दुल गनी बरादरको एउटा भिडियो सामाजिक सञ्जालमा देखा पर्‍यो। क्यामेराको अगाडि असहज देखिए उनी। तालिबानको राजनीतिक ब्यूरोका प्रमुख उनले अफगानिस्तानको इस्लामिक इमिरेट्सको सेतो झण्डा अगाडि एउटा छोटो भाषण दिए।

    “हामी यस्तो जीतमा पुग्यौं जुन अपेक्षित थिएन। हामीले अल्लाहको अगाडि नम्रता देखाउनुपर्छ” उनले भने। काबुलको पतन बिजुलीको गतिमा फैलियो। सबै आश्चर्यचकित बने।

    “अब यो परीक्षण र प्रमाणित गर्ने समय हो, अब हामीले यो देखाउनु पर्छ कि हामी आफ्नो राष्ट्रको सेवा गर्न सक्छौं। सुरक्षा र जीवनको सुविधा सुनिश्चित गर्न सक्छौं,” बरादारले आफ्नो लडाकुहरुलाई शहरको नियन्त्रण लिएपछि अनुशासित रहन आग्रह गर्दै भने। यद्यपि उनका कोमल शब्दहरुले हजारौं अफगानहरुको डर र त्रासलाई तत्कालै कम गर्दैनन्। अझ खासगरि जो तुरुन्तै तालिबानको कब्जाबाट बच्न, शान्तिको खोजीमा काबुल एयरपोर्टमा पुगेका थिए।

    लामो समयदेखि कट्टर इस्लामी समूहको उदारवादी पात्रको रूपमा सेवा गर्दै आएका बरादार आफ्नो २० वर्षको निर्वासनपछि सत्तामा फर्किने सम्भावना छ। २००१ मा अमेरिकी सेनाले तालिबान शासन उखेलेपछि अफगान जनताको समर्थन बटुल्न उनको लक्ष्य एक विद्रोही सैन्य कमाण्डरको रूपमा फेरि फर्किएको छ।

    बरादारले सन् २००९ मा एउटा कार्यपत्र जस्तो, केहि लिखित सामाग्री तयार पारेर बाहिर ल्याए। त्यसमा उनले तालिबानका पैदल सैनिक (सरकारी सेना जस्तो गाडी र विमान, हेलिकोप्टर सुविधामा नभएर) हरुले एउटा सानो पुस्तिका बोकेर जानुपर्ने आदेश दिए। त्यसमा गाउँलेहरुको मन र दिमाग कसरी जित्ने भनेर उल्लेख थियो।

    त्यो एक “आचारसंहिता” थियो जसमा नागरिक हताहतबाट बच्ने सल्लाहसमेत दिईएको छ। कमसेकम आत्मघाति हमलाको उपयोग गर्नको लागि प्रतिकारबाट कसरी बच्ने भन्ने उल्लेख छ। त्यसबाट बच्न मुल्लाको राजनीतिक प्रवृत्तिको प्रतिबिम्बित गर्दछ। तालिबानको सन् १९९६ र २००१ को बीच आफ्नो निर्दयी शासनपछि फेरि लोकप्रिय समर्थन बढाउनुपर्ने हुनाले उनको त्यो राजनीतिक प्रतिबेदन सरहलाई लागू गर्न आदेश दिए।

    तालिबानका शीर्ष कूटनीतिज्ञ
    सन् २०१० मा मुल्ला बरादरलाई पाकिस्तानको दक्षिणी शहर कराँचीमा पाकिस्तानको शक्तिशाली गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरुले गिरफ्तार गरेका थिए। वासिंगटनलाई देखाउन तालिबान विद्रोहीहरुको खोजीलाई पाकिस्तानी अधिकारीहरुले गम्भीरताका साथ लिएको प्रमाणित गर्नुथियो। त्यसैले तालिबान बिद्रोहीहरुको फोटो खिचिएको थियो र तिनका हातमा सिक्री बाँधेको देखाइएको थियो।

    अमेरिकाले अफगानिस्तान छोड्ने प्रयासलाई तीव्र बनाएपछि बरादर सन् २०१८ मा रिहा भएका थिए। धर्मगुरुलाई कतार पठाइयो र तालिबानको वार्ता टोलीको उनी हिस्सा बने। त्यही बेलाबाट उनी तालिबानको सबैभन्दा प्रसिद्ध अनुहार बने जसले समूहमा कूटनीतिक प्रभाव बढायो।

    पहिलो तालिबान शासन (१९९६-२००१) लाई पाकिस्तान, सउदी अरेबिया र यूएई मात्र तीन देशद्वारा मान्यता प्राप्त थियो। बरादारले वैश्विक मान्यता प्राप्त गर्नको लागि धेरै प्रमुख विदेशी गन्यमान्य व्यक्तिहरुसँग भेट गरे। सेप्टेम्बर २०२० मा उनले तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गरे जो अमेरिका सम्मानजनकरुपमा बाहिरिने आशामा थिए। गत महिना उनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न एक प्रतिनिधिमण्डलको नेतृत्व गरे। त्यो एउटा यस्तो यात्रा हो जसले अब फल दिइरहेको छ। बेइजिङले अगस्त १६ मा भन्यो (चीन नयाँ तालिबान शासनसँग “मैत्रीपूर्ण र सहयोगी” सम्बन्ध को लागि तत्पर छ।

    अफगान जनताको लागि यो साँच्चिकै ऐतिहासिक समयमा दोहा भ्रमण गर्न पाउँदा गर्व लाग्यो। अफगानिस्तानका जनताको लागि दिगो शान्ति ल्याउने प्रयास गर्दा यी महत्वपूर्ण वार्ताको लागि कतारको सरकारलाई उनीहरुले दिएको समर्थनको लागि धन्यबाद भन्दै उनले सामाजिक सन्जालमा ब्यक्त गरे।

    पश्चिमी सरकारहरु एउटै भाषा प्रयोग गर्दैनन्। जता स्वार्थ पर्‍यो उतै वा जतापनि मिल्ने कूटनीतिक भाषा बोल्छन्। बरु उनीहरु तालिबानलाई चेतावनी दिइरहेछन्, मानव अधिकारको सम्मान गर्नको लागि। उनीहरु तालिवानलाई पुरै निस्तेज पार्न सक्ने अवस्थामापनि देखिएनन्। त्यसैले उनीहरुको प्रमुख चिन्ता उस्तै छ- तालिबान अन्य जिहादी समूहहरु जस्तो नबनोस्। जिहादीहरुले अफगानिस्तानलाई एक आधार क्षेत्रको रूपमा प्रयोग गर्न नपाउन्। जस्तै, अल-कायदाले अमेरिकामा सन् २०११ को सेप्टेम्बरमा हमला गर्नु अघि प्रयोग गरेको थियो।

    मुल्ला बरादरको प्रारम्भिक जीवन हेर्ने हो भने उनीहरुलाई दुई पटक सोच्नुपर्ने बनाउन सक्छ। मृदुभाषी तर कसैलाई खुशी पार्न बढी ब्यग्र (स्लिक डिप्लोम्याट) कूटनीतिज्ञको पछाडि लाग्नसक्ने त्रास र शंका मान्छन्। उनी धेरैका लागि एक युद्ध-कठोर सैन्य कमाण्डर देखिएका छन्। सख्त धार्मिक विश्वास भएका कमाण्डरले विश्वलाई कसरि आस्वस्त पार्न सक्छ भन्ने संसय, त्रास र शंका छ।

    पहिले सोभियत संघ, त्यसपछि अमेरिका
    सन् १९६८ मा वीटमक गाउँमा जन्मेका अब्दुल गनी बरादार तालिबान आन्दोलनको जन्मस्थान दक्षिणी अफगानिस्तानको कन्दहार शहरमा हुर्किए। उनी सन् १९७९ – १९८९ को युद्धमा अफगानिस्तानबाट सोभियत सेनाहरुलाई निकाला गर्न लडेका थिए। त्यसले विश्वभरबाट हजारौं इस्लामी लडाकुहरुलाई आकर्षित गर्‍यो। यसपछि अफगानिस्तान र विदेशी जिहादीहरुबीच व्यक्तिगत सम्बन्धलाई बलियो बनायो।

    उनले मुल्लाह उमरलाई यस्तो समयमा भेटे जसले सोभियत संघर्षको बेला एक आँखा गुमाए र तालिबानको सर्वोच्च नेता बने। दुबै कट्टर इस्लामी तालिबान आन्दोलनका संस्थापक सदस्य थिए। त्यो आन्दोलन मुलत सन् १९९० को दशकको शुरुमा दक्षिणी अफगानिस्तानको धार्मिक विद्यालयहरु र पाकिस्तानमा अफगान शरणार्थी शिविरहरुबाट उभिएको थियो। बीबीसीको एक रिपोर्ट अनुसार बारादारले मुल्ला उमरकी बहिनीसँग विवाह गरेकाले ती दुई जेठान र बहिनी ज्वाइँ हुन पनि सक्छन्।

    बारादारको वयस्क जीवन तालिबानले अफगानिस्तान नियन्त्रण गरेको पाँच वर्ष (सन् १९९६- २००१)बाहेक पूरै एक विद्रोहीको रुपमा रह्यो। उनी पहिले देखि नै एक प्रमुख तालिवान व्यक्तित्व थिए। अफगानिस्तानको रक्षा मन्त्रीको पदमा थिए। सन् २०११ सेप्टेम्बरपछि जब अमेरिकी सेनाले देशमा आक्रमण गरे त्यसपछिको हमलालेनै तिनको शासन गिरायो। तालिबान लुकेर गएपछि मात्र उनको भूमिका फेरि बढ्यो। सन् २०१० को गिरफ्तारी भन्दा पहिले धेरै विद्रोही हमलामा उनैको ‘मास्टरमाइन्ड’ लाई श्रेय दिने गरिन्छ।

    अब फेरि बरादर काबुल राष्ट्रपति भवनमा प्रवेश गर्दा उनले के सोच्लान्? पहिले सोभियत संघलाई लघारेको र त्यसपछि अमेरिकीहरुलाई निष्कासित गर्न सफल लडाइँहरुमा आफ्नो भूमिकाको पक्कै याद गर्नेछन्। अब ती रुसी र अमेरिकी लगायत बाँकी विश्वले उनलाई गहिरो धार्मिक दर्शन भएको नेताको रूपमा हेर्न सक्छन्। नेपाल प्लसबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.