Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसैको विर्ता होइन एमाले

रामकृष्ण उपाध्याय रामकृष्ण उपाध्याय
फाल्गुन २५, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाको नाम जुधेको सवालमा सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्रभन्दा पर पुगेर दिएको फैसलापछि राजनीतिको नियमित कोर्स नै बदलिएको छ। दुई तिहाईसहितको सत्ता शक्ति भत्कने गरी संसद विघटन गरेर नेकपाकै भविष्य धरापमा पार्ने खड्गप्रसाद ओली ‘फेरि बलियो’ भन्ने खालका ‘स्याल विश्लेषण’हरू सतहमा छन्। संसद विघटनपछि नियमित रूपमा थप्दै खड्गप्रसाद ओेली समूहले बनाएको त्यस समूहको २ हजार हाराहारीको केन्द्रीय कमिटीको अस्तित्व के होला भन्ने कुरो उत्तिकै रोचक छ ।

    हिजो कुनै पनि नेता/कार्यकर्तासँग नसोधी एकलौटी रूपमा माओवादीसँग एकताको निर्णय गर्ने खड्गप्रसाद ओली थिए। तर आजै तिनै ओलीका साइबर स्यालहरू देशैभरी ‘एमाले पुनर्स्थापित गरियो’ भन्दै अबिर दलिरहेका छन्। मानौं, एमाले उनीहरूको विर्ता र वपौती थियो। अदालतको फैसलाका पछाडि कुन मनोग्रन्थी, समूह, शक्ति र कुन स्तरसम्म द्रव्यको प्रभाव छ, त्यो पछि खुल्ला-नखुल्ला तर प्रमूख रूपमा ओलीकै कारणले जटिल बन्दै गएको नेकपाभित्रको कलहका बीच अदालतले नेकपाको बिघटन गराई दिएको छ।

    नेकपा विघटनसँगै अनेक कानुनी र व्यवहारिक जटिलता सुरु भइसकेका छन्। नेकपाकै नाम र सूर्य चिन्ह लिएर जितेका ४६ जनप्रतिनिधिहरू अब कुन पार्टीका? संसद पुनर्स्थापना हुँदा यही न्यायालयले यो सरकार संविधानको धारा ७६ (१) अनुसार बनेको ठहर गरेको थियो। ७६ को १ को भन्नुको अर्थ यो सरकार नेकपाको एकल सरकार हो।

    तर न्यायाधिसद्वय कुमार रेग्मी र बमबहादुर श्रेष्ठले गरेको अजब फैसलाले भने यो सरकारलाई संयुक्त सरकारका रूपमा चिन्यो अर्थात् ७६(२) अनुसार बनेको ठहर गरिदियो । ललितानिवास प्रकरणमा जोडिएका र श्रीमतिको हत्या कवुल गरेका रञ्जन कोइरालासम्बन्धी विवादास्पद फैसला गरेका न्यायधिसहरुबाटै यो फैसला आउनु संयोगमात्र नहुनसक्छ। बिर्सन नहुने तथ्य के छ भने २ वर्षसम्म घुम्दैघुम्दै, मुद्धाको पेशी सार्दैसार्दै यी दुई न्यायाधिसको बेन्चमा पुगेपछि मात्र यो मुद्धाको फैसला भएको छ।

    यी सारा संसय र प्रश्नको जवाफ अदालतले दिनु पर्छ कि पर्दैन? अदालतले यसबारे प्रष्ट पार्नु पर्छ कि पर्दैन? अनि ती ४६ जनप्रतिनिधी र उनीहरूलाई मत दिने मतदाताको हकमा के हुन्छ? जनताले उनीहरूलाई नेकपा ठानेर भोट दिएका थिए? त्यो भोट अब कसरी बाँडिन्छ? यसको न्यायिक निरुपण नगरीकनै काठमाडौंस्थित रामशाहपथको सर्वोच्च उभिराख्छ अथवा ‘चित्तमा जस्तो सुझ्यो हामीले त्यस्तै फैसला गर्ने हो’ भन्ने मान्यता स्थापित गर्न लाग्छ न्यायालय?

    यो भयो अदालतप्रति प्रश्न। र, बाँकी प्रश्नचाहिँ साइबर स्यालहरूलाई। उसो त यो शव्द कोइन गर्ने अदालतद्वारा विघटित नेकपा स्थायी समितिका सदस्य र पुनर्जिवित एमालेका उपमहासचिव घनश्याम भूसाल यति संगीन घडीमा पनि कम्युनिष्टहरूकै संयुक्त सरकार बनाउन सकिन्छ कि भन्ने प्रयत्नमा लागेका खबर पढ्न पाइएको छ। तर, कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने ‘सेटिङ्ग’ सक्रिय भइरहेका बेला साइवर स्यालहरुलाई हुँइय्याँ मच्चाउन कसले पेट्रोल भरिरहेका छन् प्रष्टै छ।

    पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूको एउटा अर्धभूमिगत गिरोह ‘क्यानोन’ छ। उसले अफवाह फैलाउने, ट्रम्पलाई देवत्कवरण गर्ने, ट्रम्प नै जिससका अवतार हुन् र पापीहरूबाट अमेरिकालाई मुक्त पार्नका लागि ट्रम्पको उदय भएको हो भन्ने धारणा राख्छन्। अनेक खालका काल्पनिक र षड्यन्त्र सिद्धान्तमा उनीहरू विश्वास गर्छन्। नेकपा एमालेभित्र पनि ठ्याक्कै त्यही मति र गतिका अर्धशिक्षित र दक्षिणपन्थी थोरै युवाहरूको झुण्ड छ। त्यस्तै झुण्ड नै साइबर स्यालले कुख्यात छन्।

    र, अहिले ती स्यालहरू नेकपा एमालेलाई देशकै सबैभन्दा बलियो पार्टी बनाउन लागेका नेता र कार्यकर्ताहरूलाई उल्टै ‘एमालेमा स्वागत छ’ भन्दैछन् । मानौं,साइबर स्यालहरूको विर्ता हो एमाले। यी स्यालहरू तिनै हुन् जो विधि, पद्धति र कम्युनिष्ट सिद्धान्तलाई तिलान्जली दिई गुलामवादको नेतृत्व गर्ने खड्गप्रसाद ओलीलाई आफ्नो सर्वश्व र आदर्श मान्छन्। ओली तिनै हुन्, जसले एमाले खारेज गर्ने सन्धीपत्रमा सबैभन्दा माथि सही गरेका हुन्। र, आज कुन काकतालि या षड्यन्त्रबाट एमाले पुनर्स्थापित हुँदा यिनीहरू भन्दैछन् –एमालेमा स्वागत छ ।

    २००६ सालमा जन्मिएको नेकपा आज पनि अनेक मोर्चामा छिन्नभिन्न छन्। जुनजुन मोर्चामा भए पनि सबै कम्युनिष्ट पार्टीहरू त्यही मूल पार्टीका प्यारा सन्तान हुन्। र, यदि कम्युनिष्ट आदर्शलाई निष्ठापूर्वक मान्ने हो भने सबै कम्युनिष्ट पार्टीका लक्ष्य र सपना एउटै हुन्–सम्पूर्ण रूपमा समतामूलक समाज। सोही कारण खड्गप्रसाद ओली र प्रचण्डले एमाले र माओवादी केन्द्रलाई एकिकरणको प्रयत्न गर्दा उतिखेर चुपचाप लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले त्यसलाई स्वागत गरेका हुन्। एमालेलाई खारेज गर्ने कुराको स्वागत थिएन त्यो, बरु बलियो कम्युनिष्ट शक्तिको स्वागत थियो त्यो। ओलीले त केवल प्रधानमन्त्री हुनका लागि त्यो एकताको नाटक गरेका थिए भन्ने कुरा आज पटाक्षेप भएको छ। किनकि सर्वोच्चले नेकपा फुटाएको फैसला गर्दा चर्को तालमा रत्यौली नाच्नेहरू ओलीकै क्षुद्र सिपाहीहरू छन्।

    आजका सबै कम्युनिष्ट पार्टीहरू इमान्दार नेता–कार्यकर्ताहरूको साझा निर्माण हो। न्यायमूलक समाजको निर्माणको परिकल्पना गर्नेहरूकै कारण तिनको सिर्जना भएको हो। ठीक त्यसैगरी नेकपा एमाले बनेको हो। हजारौं र लाखौं नेता–कार्यकर्ताको रगत र पसिनाको आर्जन हो एमाले। अनेक आन्दोलन र युद्धको परिणाम हो। र, कम्युनिष्ट आदर्श र नैतिकता नभएपनि आजको दिन पनि ओलीहरुको पार्टी एमाले नै हो। एमाले बौरेपछि जसरी खड्ग ओली एमाले फर्केका छन् उसैगरी माधवकुमार नेपाललगायत सबै नेताहरू फर्केका छन्। र, यसबेला नेकपा (एमाले) को मूल भवनभित्र बसेर ‘वेलकम ब्याक’ भन्ने वैधानिकता कोसँग छ?

    बरु स्यालहरूले ख्याल राखुन्, घरको आधिकारिक स्वामित्व भएका सिद्धान्तनिष्ठ मूलीहरू नै घर फर्केपछि तिमीहरूजस्ता म्यादी, सिद्धान्तहिन र दक्षिणपन्थीहरूको हैसियत र हालत के हुन्छ? घरको जग बसाल्ने घरमूलीहरू घर फर्केका बेला बरु तिमीहरूले बेलैमा आफ्नो बाटो तय गर। को हौ तिमीहरू हामीलाई हाम्रै घरमा स्वागत गर्ने?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामकृष्ण उपाध्याय

      रामकृष्ण उपाध्याय

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.