Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बालबालिकालाई किन डरपोक बनाइन्छ?

सहयोगीबाट सहयोगीबाट
असार १५, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “कुसुम नानु अलिक पर गएर पिसाब गर हैं !”

    “नाइ टाढा जान्न । बाबाजीले लैजान्छन् । आमाले भन्नु भा’को, धेरै टाढा गयो भने बाबाजीले लान्छन् । टाढा जानु ठीक हुन्न ।”
    यो सुनेर म छक्क परे । थाहा छैन आमाबुबा आफ्ना बालबालिकालाई किन यसरी डर देखाउँछन् । जे होस, बालबालिालाई डर देखाउनु एउटा सामान्य कुरा भएको छ । आमाबुबालाई यसले हानी गर्छ भन्ने थाहै छैन ।

    कुनै बालकले बरफ खान जिद्धी गर्यो र कसैगरी पनि उसले हठ त्यागेन भने आमा भन्छिन्–
    “तँ चूप लाग्छस् कि लाग्दैनन् ? चूप नलागे तँलाई कालो कोठरीमा हाल्दिन्छु । अझै चूप लाग्दैनस् भने पुलिस बोलाइदिन्छु ।”
    आमाले आफ्नी छोरीलाई कोरीवाटी गर्छिन । छोरीलाई खेल्न जानु छ । काकाले भन्छन्–
    “नानु ! खबरदार ! तिमी बाहिर नजानु नि । गयौ भने तिमीलाई माग्नेले लान्छ । तिमीले त्यो बोरावाला त देखेकी छ्यौ नि, त्यसले स–साना नानीहरूलाई आफ्नो ठूलो बोरामा हालेर लान्छ ।”

    गिजुभाई बधेका

    कुनै कारणबस् साना नानीहरू राति अचानक रुन शुरू गर्छन् । आमाले थप्पड मार्दै डर देखाउँदै भन्छिन्–
    “तँ सुत्छस् कि सुत्दैनस् ? सुन ! बाहिर स्याल कराइर’को छ । तँलाई त्यही स्यालसँग लग्दिन्छु । अनि तँलाई स्यालले खान्छ ।”
    साँझपख अलिक ठूला बालबालिका खेल्न निस्कन्छन् । हजुरआमा भन्छिन्–
    “त्यो पिपलको फेदमा नजानु । त्यहाँ त एउटा भूत बस्छ । खाला नि फेरि !”
    बुवाले आफ्नो छोरालाई पिटिरहेका छन् । छोरो रोएको देखेर हजुरवा भन्छन्,–
    “कान्छा, तँ मुख बाएर रोइरा’को छस्, अब बिच्छी आएर तेरो मुखमै डसदिन्छ ।”
    झरी परेको बेला केटो भिज्न निस्कन्छ । अनि उसकी दिदी भन्छिन्–
    “पख बुबालाई आउन त दे ! तेरो हाडछाला केही रहने छैन !”
    कान्छा काका भन्छन्–
    “सुन् रोशन ! राम्रो सबक सिक ! हैन भने तेरो सरलाई भनेर पिट्न लाउँछु ।”
    हजुरबा भन्छन्–
    “त्यो तलाउको  छेउछाउ नजानु, नत्र मरिन्छ नि !”
    गाउँले बडाबा भन्छन्–
    “अरे ! तँ कुकुरसँग जिस्किरा’को छस्, टोक्छ नि त्यसले ।”
    आमा भन्छिन्–
    “लु हनुमानजीको खुट्टा ढोग । नत्र त हनुमानजी रिसाउनु हुन्छ नि !”
    बाबाजी भन्छन्–
    “बाबु गान्धीजीको जय भन् । बन्देमातरम भनेन भने सरकारले हामीलाई जेलमा हाल्छ ।”
    उफ् ! कतिप्रकारक कस्ता–कस्ता डर । बाबाजीको डर, भूतप्रेतको डर, बाघ–भालुको डर, माग्नेको डर, पुलिसको डर, शिक्षकको डर, सरकारको डर, चारैतिर डरैडर । यी सब डरका कारण बालबालिका नामर्द, नालायक, कातर, नासमझ र डरपोक बन्न जान्छन् ।
    “धेरै पर गयौ भने स्यालले खान्छ, बाबजीले लान्छ ।” बालापन देखि नै डर शुरू हुन्छ ।
    अलिक हुर्केपछि बालबालिका आफ्नो शिक्षकसँग डराउँछन् । जो जो शिक्षकसँग डराउँछन्, तिनीहरू पुलिससँग डराउन थाल्छन् । जो पुलिससँग डराउँछन्, तिनीहरू सरकारसँग डराउन थाल्छन् । सरकार तिनीहरूको लागि जिउँदो बाघ जस्तो भयावह बन्न थाल्छ ।
    बालापनमा बालबालिका अध्यारोसँग डराउँछन् । अलिक ठूलो भएपछि भूतको डर लाग्न थाल्छ । फेरि डंकनी र पिसाचको डर लाग्न थाल्छ । हुँदाहुँदा बालबालिका भगवानसँग पनि डराउन थाल्छन् । यसरी डरको एउटा लामो परम्परा नै बस्न जान्छ । डरले हाम्रो शरीर कमाइदिन्छ । मनलाई कमजोर बनाइदिन्छ । डराएको बालक, आफ्नो आँखा झुकाउँछ र निर्बल बन्न जान्छ । उसको मुटु बेस्सरी धड्कन्छ । अनुहारबाट चिट्चिट् पसिना छुट्छ । डराउँदा डराउँदै पाइन्ट मै दिशापिसाब गर्न सक्छ । डराइरहेको बालकको अनुहार निहाल्ने हो भने, उसको छातिमाथि हात राख्ने हो भने हामीलाई डरको त्रासदी थाहा हुन्छ ।

    एकपटक मेरो घरको कोठामा मुसा कराइरहेको थ्यो, चीँ.. चीँ.. चीँ.. । मुसालाई चुप लगाउन म झ्यालमा गए अनि जोडसँग झ्यालको खापालाई भित्तामा ठोक्काएँ । मानौँ म मुसासँग लड्न गइरहेको छु । त्यसपछि मैले जोडसँग सिठ्ठी बजाएँ । मैले मेरो २ वर्षकी छोरी बोकेको थिएँ । मलाई थाहा छ, त्यसभन्दा पहिले त्यो कहिल्यै मुसाको चीँ.. चीँ.. सँग डराएकी थिइन । तर मुसो धपाउँदा  मेरो जुन रूप बन्यो, मेले जसरी झ्याल हल्लाए, रौद्र रूपमा सिट्टी बजाएँ, यी सब गतिविधिले एउटा भयानक दृश्य बनायो । यस्तो कि म कुनै भयावह संकटको सामना गरिरहेको थिए । मेरो यस्तो व्यवहारले बच्चाको मनमा त्रासको गहिरो छाप बस्यो । यो त्रास उसको अनुहारमा झल्कियो । मुसा कराउँदा कहिल्यै नडराउने बच्चा आजदेखि डराउने भई । उसको अनुहारमा त्रासको राम्रै झल्को देखियो । त्यति बेला त उसलाई मैले खासै ध्यान दिइन तर केहीबोर पछि मैले उसलाई लल्याक लुलुक्क पर्दै आँखा चिम्लेर मसँग टाँसिइरहेकी थिइ । डरै डरमा उ लुपुक्क निदाएकी थिइ । ‘के भो’ भनेर सोधखोज गर्दा थाहा भयो, उ त मुसासँग डराइरहेकी थिइ । डरकै कारण उ यो खुल्ला ठाउँमा पनि आँखा बन्द गरेर मसँग टाँसिइरहेकी थिइ । ऊ आफैँलाई लुकाइरहेकी थिइ ।
    मलाई आफ्नो गल्ती महसुस भयो । मैले फेरि छोरीलाई झ्यालमा लगें । उसको डर भगाउन मैले भने–
    ‘नानु त्यो त नाथे मुसो पो थ्यो त । अनि मैले त्यसलाई भगाएको पो हो त ।’

    तर अहँ ! उसको डर भागेन । मैले पहिल्यै भने नि उ मुसासँग होइन मेरो मुसो भगाउने तरिकासँग डराएकी थिई । त्यसपछि ऊ ढोकातिर देखाएर मुसा.. मुसो.. भन्दै डराउन थाली । ऊ पिंडीमा सुतेको बेलापनि ढोकातिर देखाएर डराउँदै उठ्ने भई । खाटमा बसेको बेलापनि मुसोदेखि डराएर मसँगै टाँसिएर चुपचाप बस्ने भई । यसले हिँड्न–डुल्न अनि खोल्नै छाडिदिई  । अन्ततः मैले उसलाई विश्वास दिलाए कि मुसो भागिसक्यो । मैले त्यसलाई भगाए । अब त्यो यहाँ छैन । चीँ… चीँ…पनि गरेको छैन । तब मात्र उसको डर भाग्यो वा भनौँ उसले डरबाट छुट्कारा पाई ।

    प्रायः यस्तो हुन्छ कि जुन कुरामा डरको कुनै कारण नै हुँदैन, त्यसमा पनि हाम्रा कतिपय बेवफूक व्यवहारले बालबालिका डराउन थाल्छन् । घरमा कुकुरलाई सामान्यसँग भगाएर देखाउने हो भने बालबालिकाले पनि त्यसलाई नडराइकन खेदाउन सक्छन् । तर यदि आमाबुवा वा दाजु–दिदी नयाँ कुकुर देखेर आत्तिँदै भाग्छन् भने साना बालबालिका पनि कुकुर देखेर डराउँदै भाग्न सिक्छन् । आफ्नो परिवारका मान्यजन अध्याँरोमा डराएको देखेर वा ‘मलाई त डर लाग्छ’ भनेको सुनेर वा डरको कारण भागेको देखेर बालबलिका पनि डराउन सिक्छन् । त्यस्तै जब घरका बुढापाका आफ्नो भयावह अनुहार र भयभित आवाजमा बालबालिकालाई भूतप्रेत या पिसाचका कथा डराइ डराई सुनाउँछन्, यसले पनि बालबालिकालाई डराउन सिकाउँछ ।

    बालबालिकालाई डर लाग्नु स्वभाविक नै हो । परनिर्भरता र अज्ञानता यसका प्रमुख कारण हुन् । डरलाई भगाउनुको साटो, डरको कुनै कारण नै नभएको विषयहरूमा पनि हामीले बालबालिकालाई डरछेरुवा बनाइरहेका हुन्छौँ । यसले हाम्रा बालबालिकालाई हानी पुर्याइरहेको हुन्छ । बिच्छी निस्कदा पनि विच्छी.. विच्छी.. चिच्याउँदै नभागेर, थर–थर नकापेँर, फुर्तिसँग हातमा चिम्टा लिएर हिम्मतसाथ बिच्छी समायो भने बालबालिकाले बुझ्छन् कि बिच्छीसँग त्यस्तरी डराउनु पर्ने केही रहेनछ छैन भनेर । मात्र केही हेशियार हुनु पर्छ भन्ने बालबालिकाले बुझ्छन् ।

    सिंह, बाघ या सर्प जस्ता डराउनु पर्ने जनवारको सामना पनि कसरी नडराइकन गर्न सकिन्छ भन्ने बताउनाले, यस्तो संकटमा पनि आफ्नो सुरक्षालाई ध्यान राख्दै निडरता देखाउनाले बालबालिकाले पनि वास्तविक संकटमा पनि नडराइकन आफ्नो सुरक्षा गर्न सिक्छन् । राक्षसकै विषयमा पनि बालबालिकसँग हामीले बल भयो भने राक्षसलाई पनि मार्ग सक्छौ भनियो भने बालबालिका राक्षसको डरदेखि पनि जोगिन्छन् ।

    भन्नुको तात्पर्य यो हो कि जुन प्रसङ्ग या विषयमा साँच्चै डराउनुपर्ने कुनै कुरै हुँदैन, यस्तोमा पनि हाम्रो आफ्नै व्यवहारका कारण बालबालिका डराउन थाल्छन् । यस्तो नहोस्, यसको लागि निश्चयनै हामी सावधान रहनुपर्छ । यसको अतिरिक्त सुरक्षाका दृष्टिले जहाँ जहाँ सावधानी अपनाउनु पर्ने हुन्छ, त्यहाँ निडर बन्दै कस्तो सावधानी अपनाउनु पर्ने हो भन्ने जानकारी बालबालिकालाई दिनुपर्छ । यस्तो भएमा संकटका समयमा पनि डरले नभागीकन वा त्रासको शरणमा नपरिकनै बालबालिकाले संकटको सामना आफैँ गर्न सक्छन् ।

    (बालशिक्षणविद् गिजुभाइ बधेकाको पुस्तक ‘बालजगतकी लालिमा’को पुस्तक अंश/द मार्जिनको साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.