Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिलाहरूलाई नै पितृसत्ताले कसरी लिङ्गभेदी बनाउँछ?

मेरो कार्यालयमा कर्मचारी छनौटको समयमा मैले आफ्ना सहकर्मीहरूसँग भनेँ, ‘अबको छनौटमा म पर्छु भन्ने कुरा कसलाई थाहा छ?’ मेरो कुरा भूइँमा खस्न नपाउँदै मेरी एक सहकर्मीले जवाफ दिई, ‘तिमी त छनौट हुन्छौँ, किनकी तिमी यति धेरै राम्री छौँ।’ यो कुराले मलाई चोट पु-यायो। मैले उनलाई सच्याउँदै भनेँ, ‘मलाई मेरो योग्यता र अनुभवका कारण छनौट गरिएको हो, मेरो कामको पूर्व योग्यतामा मेरो शरीर र अनुहार बेच्ने काम सामेल छैन।’

अतिया अनिश अतिया अनिश
जेष्ठ २६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रा कुराकानी, अनुभव, पत्रपत्रिका, टेलिभिजनका दृश्यहरूमा मात्रै होइन, जताततै हामीले लिङ्गभेदसँग ठक्कर खाइरहनुपरेको छ। धेरैजसो केसमा पुरुषहरू यस्ता लैङ्गिक हिंसाका कर्ता हुन्छन्, जसको शिकार अन्त्यमा महिला हुन्छन्। विश्वको आधा जनसंख्या महिलाको छ, यसका बावजुद अहिले पनि महिलाहरूले असमानता तथा भेदभावको सामना गर्नुपरेको छ। आम रूपमा महिलाका मुद्दालाई नजरअन्दाज गर्ने गरिन्छ। जबकि यो एउटा कुनै दुर्गम क्षेत्र वा विश्वको कुनै एउटा कुनाको मात्रै कथा होइन। विश्वका जुनसुकै ठाउँका महिलाहरूले हरेकदिन भोग्ने कथा हो यो, जुन समाजको हरेक तप्कामा फैलिएको छ।

    भर्खरै एकजना फ्रान्सेली साथी भारत घुम्न आएकी थिइन्। उनका अनुसार उनी आफ्नो श्रीमानसँग अफिसको काम छ भन्ने बहाना बनाएर साथीहरूसँग घुम्न आएकी रहिछन्। उनी एउटा उदाहरणमात्र हुन्। यदि तपाईँ पश्चिमी समाजमा महिलाहरूको अवस्था आशाजनक छ भनेर सोच्दै हुनुहुन्छ भने यो एउटा भ्रम मात्रै हो, जुन डोनाल्ड ट्रम्पजस्ता व्यक्ति अमेरिकाका राष्ट्रपति चुनिएपछि टुटेको छ।

    महिलाबाटै लिङ्गभेदलाई पोषण

    लिङ्गभेद अथवा लिङ्गकै आधारमा हुने भेदभावले जुनसुकै लिङ्गलाई पनि प्रभाव पारेको हुन्छ। तर यहाँ महिलामाथि भएको विभेदका विषयमा मात्रै कुरा गर्दैछु। लिङ्गको आधारमा हुने हिंसा एउटामात्रै लिङ्गलाई अरुभन्दा माथिल्लो स्तरमा राख्दाको परिणाम हो। यो हिंसा यति विश्व्यापी छ कि धेरै जसो महिलाहरूले नै यसलाई सामान्यीकरण गर्ने गर्छन्। सामाजिक संरचनाले निर्धारण गरेको लैङ्गिक भूमिका समाजको अघोषित नियम नै बनेको छ, जसले भेदभावलाई दिगो र संस्थागत बनाएको छ। लैङ्गिक भूमिकालाई वैधानिकता दिने काम पुरुषबाट शासित सामाजिक–राजनीतिक संस्थाले गरेका छन् भने यसलाई समर्थन गर्ने काम सञ्चारमाध्यमले गरिरहेका छन्।

    पितृसत्ताको प्रभावले गर्दा केही महिलाहरू आफूभित्रको सम्भावनालाई महशुस गर्न सकिरहेका छैनन्। केही महिलाहरूले पुरुषलाई नै श्रेष्ठ सम्झिन्छन् र उनीहरूलाई आलोचना भन्दा बाहिर राख्छन्। पुस्तौँदेखि महिलाहरूले महिला भएर जन्मिएकोमा आफैँलाई धिक्कारिरहे र आफ्नै आलोचना तथा अस्तित्वलाई इन्कार गरेर आफूमाथि दमनको औचित्य साबित गरिरहे।

    आधा आकाश ढाकेका महिलाहरूविरुद्धको विभेद र स्त्रीद्धेषी मानसिकतामा हजारौं वर्षदेखि सफलतापूर्वक कायम रह्यो। पितृसत्ताको पहिलो दोषी पुरुष हो भन्ने कुरामा कुनै शंका छैन। र, यो पनि सत्य हो कि यसलाई कायमै राख्ने र पोषण दिइरहने काम महिलाहरूले नै गरे वा उनीहरूलाई गराउन लगाइयो। यो चाहिँ अनौठो कुरा हो।

    शिक्षित महिला पनि भ्रममा

    मेरो कार्यालयमा कर्मचारी छनौटको समयमा मैले आफ्ना सहकर्मीहरूसँग भनेँ, ‘अबको छनौटमा म पर्छु भन्ने कुरा कसलाई थाहा छ?’ मेरो कुरा भूइँमा खस्न नपाउँदै मेरी एक सहकर्मीले जवाफ दिई, ‘तिमी त छनौट हुन्छौँ, किनकी तिमी यति धेरै राम्री छौँ।’ यो कुराले मलाई चोट पु-यायो। मैले उनलाई सच्याउँदै भनेँ, ‘मलाई मेरो योग्यता र अनुभवका कारण छनौट गरिएको हो, मेरो कामको पूर्व योग्यतामा मेरो शरीर र अनुहार बेच्ने काम सामेल छैन।’

    हामी कतिपटक जानी नजानी एक अर्कालाई तल झार्छौँ। यहाँसम्म कि कति महिलाहरू आफ्ना महिला सहकर्मीहरूको ‘बडी सेमिङ’ गरिरहेका हुन्छन्, ‘ड्रेस सेन्स’को नाममा उनीहरूको मजाक उडाइरहेका हुन्छन् र अरुको वैवाहिक जीवनको अनावश्यक अड्कलबाजी गरिरहेका हुन्छन्। यसरी विस्तारै–विस्तारै र लगातार उनीहरू हाम्रो विचार र विश्वासलाई एउटा आकार दिन्छन्। यसरी नै उनीहरूका कुराले हाम्रो दिमागमा डेरा जमाउँछन्, यी कुरा हाम्रा रगतमा घुल्न थाल्छन् र एउटा स्थायी प्रभाव पार्छ, जसलाई हटाउन अझै पनि मुश्किल छ।

    हामी अन्जानमै लिङ्गभेदलाई कायम राख्नका लागि अपमान, अनुमोदन, प्रशंसा, समावेश आदिको प्रयोग गर्छौ। समयसँगै लिङ्गभेदलाई हामीले आत्मसाथ गरिसकेका हुन्छौँ। हामी एउटा अकल्पनीय चित्रतर्फ विस्तारै दौडिँदै गर्दा महिलाहरू पुरुषहरूको हेराईमा आफूलाई सही सावित गराउनका लागि प्रतिश्पर्धा गर्छन् र क्रितिम मोडमा आफूलाई फिट राख्न खोज्छन्। जसले हामीलाई मानसिक तनाव दिन्छ, समय, पैसा र उर्जाको बरबादी हुन्छ र हामी आत्मसम्मान गुमाउन थाल्छौँ।

    कति महिलाहरूले पितृसत्ताको यो परिस्थितिक प्रणालीलाई आत्मसाथ गरेका छन्। त्यस प्रणालीले महिलाहरूलाई कम आत्मविश्वासी, मृदुभाषी, आफ्नो विचार राख्न नचाहने, पालिनुपर्ने र संरक्षित गरिनुपर्ने प्राणीका रूपमा लिन्छ।

    गरीब तथा अशिक्षित महिलामा मात्रै यो भ्रम हुन्छ भन्ने तपाईँलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ। यहाँ धेरै महिलाहरू छन्, जसले भयानक तरिकाले लिङ्गभेदलाई समर्थन गरेका छन्। तपाईँले त्यस्ता कामकाजी महिलाहरू भेट्नुभएको छ होला, जो आफ्नो आम्दानीमा गौरव गर्छन्, तर उनीहरू आफ्नो श्रीमानको लामो आयुका लागि व्रत बस्ने गर्छन् वा विवाहपछि आफ्नो थर परिवर्तन गर्छन् वा श्रीमानद्वारा शासित हुन मन पराउँछन्।

    सामूहिकतामा बल

    महिलाहरूको मजाक उडाइन्छ, महिलाहरू सताइएका छन् र तपाईँले कल्पना गर्न सक्ने जति सबै तरिकाहरूबाट महिलाहरू पीडित बनाइएका छन्। यो कुरा हामी सबैलाई थाहा छ र यो दुःखेसो एक अर्कालाई पोख्ने पनि गर्छौँ। केही महिलाहरू नै अरु महिलाको पीडालाई छिट्टै उपहास गरिदिन्छन्, तर यो पनि सबैलाई थाहा छ कि यस्तो परिस्थिति घुमिफिरी तिनै महिलाहरूको जीवनमा पनि आइपुग्छ।

    हाम्रो सामाजिक संरचनामा प्रायः हामी सबै महिलाले कुनै न कुनै तवरबाट कष्ट भोगेकै छौँ। त्यसैले, यदी हामीलाई परिवर्तन गर्नु नै छ भने किन हामी कुनै सामूहिक समाधान खोज्दैनौं? अब महिलाहरूका बारेमा कुराकानी गरिनु र अफवाह फैलाउनुलाई सबैले आफ्नो तर्फबाट ठाडो अस्वीकृति दिऔं।

    आखिर हामी सबै एउटै समूहमा छौ। तर हामी नै विभाजित हुन्छौँ भने हाम्रो टिमले कहिले जित्ने? केही सफल महिलाहरूको कदर गरौं र उनीहरूबाट पे्ररित बनौँ। हामी महिलाहरू एक ठाउँमा बाँधिनुपर्छ ताकि हामी हाम्रो गठबन्धनलाई अझै अगाडि बढाउन सकौँ।
    मलाई अहिले पनि याद छ, मेरो एक आफन्त दिदीले मलाई उनको श्रीमानलाई मैले खोसेको आरोप लगाएकी थिइन्।

    राति अबेरको समयमा उनको श्रीमान्कै जिद्दीका कारण उनले मलाई घर ल्याईपु¥याइदिएका थिए। महिलाका बारेमा यो पुरातनवादी सोच राख्नु वास्तवमै विश्वासघातको पराकाष्ठा हो। त्यसैले तपाईँ स्वयं महिला भएर कोही पनि महिलामाथि पितृसत्ताले बनाएको कुनै भाष्यको प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक रोकिनुहोस् र सोच्नुहोस्। पितृसत्ताले आप्mनो सहजताका लागि बनाएका निति, नियम र धर्महरूलाई त्यही रूपमा नलिनुस्। प्रश्न गर्न सिक्नुस्।

    हामी एकजुट हुनका लागि सबैभन्दा पहिले पितृसत्ताबाट समाजलाई परेको नकारात्मक प्रभावलाई स्वीकार गर्न सक्नुपर्छ। एउटा भनाई छ ‘तिमी भित्रैबाट सचेत नभएसम्म बाहिरका कुनैपनि नराम्रा पक्षमाथि जित हाँसिल गर्न सक्दैनौ।’ एक अर्कामा करुणा र सहयोगको प्रतिबद्धताले नै महिलालाई स्वतन्त्रता दिन सक्छ र सशक्त बनाउँछ। यसर्थ, एक अर्कामा माया बढाऔँ। जब हामी सँगै अघि बढ्छौँ, तब मात्रै एउटा तागत बन्न सक्छौँ। शोषण गर्नेले आफूअनुकुल नियम बनायो। तर उसले बनाएकै नियमको प्रतिरक्षामा उत्रन छाडौँ। उसले बनाएका नियमले हामी शोषणको जाँतोमा पिँधिएको धेरै भयो, अब प्रतिकारमा उत्रौँ।

    (युथकि आवाजबाट मेनुका बस्नेतको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अतिया अनिश

      अतिया अनिश

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.