Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तिमी मेरी प्रेमिका बन्ने कि श्रीमती ?

nepal_readers nepal_readers
चैत्र ११, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -बलराम तिमल्सिना-

    प्रेमको लागि रहेछ पहिलो सर्त,
    एकले अर्काको स्वतन्त्रताको सम्मान गर्ने
    सम्मान मात्र होइन अझ
    स्वतन्त्रताको संरक्षण गर्ने
    हामीले कहिल्यै त्यसो गर्न सकेनौँ
    हामीले मिचिरह्यौँ सीमा
    एक अर्काका स्वतन्त्रताका
    कहिल्यै सुखी हुन सकेनौं
    कहिल्यै खुसी हुन सकेनौं
    एउटा पट्यारलाग्दो व्यवस्था मानेर
    हामीले जिन्दगी लतारिरह्यौँ
    प्रेम हुनको लागि रहेछ दोस्रो शर्त,
    तिमीभन्दा म सानो पनि होइन
    तिमीभन्दा म ठूलो पनि होइन
    मभन्दा तिमी सानी पनि होइन
    मभन्दा तिमी ठूली पनि होइन
    एकदम बराबर
    एकदम उस्तै उस्तै
    तर हामी कहिलै बराबर बनेनौँ
    किन कि
    यी कुराको आविष्कार नै थियो
    असमानताको जगमा
    न पुरुष सत्ता
    न महिला सत्ता
    सत्ताभन्दा बाहिर
    एकदम स्वतन्त्र
    साँच्चैको स्वतन्त्र
    त्यस्तो हुनु पर्थ्यो हामी
    तर हामी कैलै बराबर हुन सकेनौं
    त्यसैले प्रेमी र प्रेमिका बन्न सकेनौं
    श्रीमती हुनका केही सुविधा होलान
    त्योभन्दा धेरै दलन नै दलन छन
    त्योभन्दा बढी दुखै दुख
    र अपमान नै अपमान छन्
    सुनकै भए पनि पिंजडा पिंजडा नै हो
    तिमी त्यही पिंजडामा छौ
    श्रीमान हुनका कैयन् सुविधा होलान्
    तर प्रेम प्राप्त गर्ने सुविधा नहुने रहेछ
    इतिहासले जन्माएको
    दश हजार वर्ष बुढो लोग्ने दर्जा
    जहिले पनि ठूलो भैरह्यो
    जहिले पनि शासक भैरह्यो
    जहिले पनि शोषक भैरह्यो
    र हेपिरह्यो श्रीमतीलाई
    इतिहासले जन्माएकी
    दश हजार वर्ष पुरानी श्रीमती
    जहिले पनि सानै भैरही
    दासी भैरही
    अबला भैरही
    र खपीरही दलन पुरुष सत्ताको
    मालिकले दासलाई
    दया गर्न सक्ने रहेछ प्रेम होइन
    तिमीले त्यही दयालाई प्रेम ठान्यौ सायद
    दासले मालिकलाई
    चाकरी गर्न सक्ने रहेछ प्रेम होइन
    मैले त्यही चाकरीलाई प्रेम सोचें सायद
    दाम्पत्य जीवनको
    दिव्य दुई दशकमा
    एक दिन पनि प्रेम नपाएको म लोग्ने
    एक मिनेट पनि प्रेम नपाएकी
    तिमी पिंजडाकी चरीसँग
    गरिरहेछु यो प्रस्ताव
    आजैबाट विघटन गरिदिऊँ
    यो अत्यास लाग्दो नाता
    र सुरु गरौं प्रेमको नयाँ अध्याय !
    भन भन भन
    तिमी मेरी प्रेमिका बन्ने कि श्रीमती बन्ने ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.